चार दलका नेताले एउटै मञ्चबाट भने–प्रदेश आन्दोलन डग्दैन


कृष्ण खनाल 
बुटवल, १७ मंसिर । 

प्रदेश नम्बर ५ बाट पहाडी जिल्लाहरु टुक्राईएको विरोधमा नेकपा एमाले, नेपाली काग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका शिर्षस्थ नेताहरुले विरोध गरेका छन् ।
 बुटवल आयोजना गरिएको संयुक्त विरोध सभालाई सम्बोधन गर्दै एमाले उपमहासचिव तथा पुर्व अर्थ मन्त्री विष्णु पौडेल, नेकपा माओवादी केन्द्रका केन्द्रीय नेता तथा पुर्व उपप्रधान मन्त्री  टोप बहादुर  रायमाझी, नेपाली काग्रेसका केन्द्री सदस्य चन्द्र भण्डारी एमाले नेताहरु गोकर्ण विष्ट, प्रदिप ज्ञवाली, बैजनाथ चौधरी, राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष दुर्गा पौडेल लगायतले सम्बोधन गर्दै   प्रदेश नम्बर ५ बाट कुनै पनि जिल्लाहरु टुक्राउन नदिने बताएका हुन । 
 संयुयक्त  विरोध शभालाई सम्बोधन गर्दै नेकपा एमालेका उपमहासचिव, पुर्व अर्थ मन्त्री तथा रुपन्देही क्षेत्र नम्बर ४ का सांसद विष्णु पौडेलले सम्बोधन गर्दै संविधान कार्यान्वयको चरणमा रहेको बेला सरकारले संविधान संसोधानको विध्येक दर्ता गरेर आफ्नो खुट्टामा आफै बन्चरो हानेको टिप्पणी गरेका छन् । सरकार संविधान कार्यान्वय  र निर्वाचनको कुरालाई थाती राखेर संविधान संसोधनको बखेडा झिकेको पौडेलको आरोप रहेको छ । 
उनले अहिले प्रदेश विभाजनको कुरा सरकारको मालिक भन्दा पनि आयातित निर्णय भएको बताएका थिए । संविधान संसोधनको  प्रस्थाव संसदमा दर्ता  हुँदा खेरी नै असफल भैसकेको उनको दावि रहेको  छ । कार्यक्रममा बोल्दै नेता पौडेलले भने–‘प्रदेश विभाजन कुनै पनि हालतमा  मान्य हुदैन, यसको लागि जस्तो सुकै आन्दोलन छेड्न तयार छों ।’

उनले  प्रधानमन्त्री पुष्प कमल दाहल प्रचण्ड लगायत यस क्षेत्रका नेताहरुलाई  मन्त्री तथा पार्टीको पद त्यागेर जनताको भावना बुझ्नको लागि गाउ गाउमा जान आग्रह समेत गरे । ‘पाटीको झण्डा र मन्त्री पद भन्दा पनि बढि राष्ट्रियता ठुलो हो, यसमा नेताहरुको ध्यान जानु जरुरी  छ ।’ उनले भने ।  जनताको भावना विपरित  संसोधनको प्रस्ताव आएको भन्दै उनले यो प्रस्ताव कुनै पनि हालतमा मान्य नहुने बताएका थिए । 

 संयुक्त विरोध सभालाई सम्बोधन गर्दै पुर्व उपप्रधानमन्त्री, तथा नेकपा माओवादी(केन्द्र)का केन्द्रीय नेता, अर्घाखाँची क्षेत्र नम्बर १ का सांसद टोप बहादुर रायमाझीले पार्टी भन्दा पनि ठुलो जनता भएको कारण आफुले जनताको पक्षमा अखण्ड प्रदेश नम्बर ५ को पक्षमा उभिएको बताएका थिए । 
प्रदेश नम्बर ५ का जनताहरुलाई नै  चाहान नगरेको, जनताका जनमत विपरित आएको संविधान संसोधन प्रस्तावबाट आफु  अचम्मीत भएको नेता रायमाझीको भनाई रहेको छ । उनले अहिले जनताहरुले स्थानिय स्तरबाट गरेको विरोध फिल्मको टेलर मात्र भएको भन्दै यदि संविधान संसोधन प्रस्ताव खारेज नभएर पुरै फिल्म जस्तै जनताले जवाफ दिने बताएका थिए ।  
जनताको भावना विपरितको  प्रदेश टुक्राउने प्रस्ताव कुनै पनि हालतमा मान्य नहुने भन्दै उनले जनतामाथी गरिएको खेलवाड माथि आफ्नो समर्थन  नरहेको बताएका थिए । विरोध सभालाई सम्बोधन गर्दै नेता रायमाझी भने–‘सयम र जनताको माग अनुसार नचल्ने नेता, अव नेता रहेन्, हाम्रो पाटीले नै दर्ता गरेको प्रस्थावको विरुद्वमा म आफै लागेको छु, म जनताको साथमा छु ।’
उनले तराई र पहाडलाई टुक्राउने गरी आएको संसाधेनको पक्षमा कोही पनि नभएको भन्दै नेता रायमाझीले देश र जनताको लागि आफु तासको जोकर भएर आएको बताएका थिए । उनले देश र जनताको लागि आफुले पार्टी र नेतृत्वको स्वार्थ भन्दा माथि उठेर अगाडी बढेको भन्दै अखण्ड प्रदेश नम्बर ५ को लागि सबै जनताहरुको साथ र सहयोग जरुरी रहेको बताएका थिए । 
उनले थपे–‘सदन, सडक र जनताको साथबाट कुनै पनि हालतमा प्रस्ताव पारित हुन दिदैनौं,  त्यसको लागि जस्तो सुकै मुल्य चुकाउन पनि  तयार छौ । ’
विरोध सभालाई सम्बोधन गर्दै नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा गुल्मी क्षेत्र नम्बर ्१ का सांसद चन्द्र भण्डारीले प्रदेश नम्बर ५को एकतालाई गिद्दे दृष्टि लगाएर विखण्ड गर्न खोजिएको आरोप लगाएका थिए । तराईका जनताहरुको ढाडमा टेकेर देश टुक्राउने काम भएको भन्दै नेता भण्डारीले आफु कुनै पनि हालतमा कायर नबन्नेर  प्रदेश विखण्ड हुनबाट  जसरी भएपनि रोक्ने प्रतिवद्वता जनाएका थिए । 
पाटी भन्दा माथि उठेर देश र जनताको  पक्षमा आफु उभिएको भन्दै  नेता भण्डारीले प्रादेशिक विखण्डको पक्षमा लाग्ने जो कोहीलाई  विरुद्वमा लाग्न आफु पछाडी नपर्ने बताएका थिए ।उनले भने–‘प्रदेश विखण्डको पक्षमा लाग्ने  जो कोहीको पनि आँखा फोड्नुपरेपनि हामी तयार छौ, देश र जनताको लागि अन्य कुनै पनि सम्झौता हुन सक्दैन ।’
प्रदेश नम्बर ५  जोगाउन मुस्कील भैरहेको भन्दै नेता भण्डारीले अव कुनै शक्ति केन्द्रले प्रदेशलाई विखण्डन गर्न नसक्ने बताएका थिए । ‘जस्तो सुकै शक्ति आएपनि हाम्रो एकता र अखण्डतालाई तोड्न सक्दैन, हामी यसको प्रतिवाद जहिले पनि गरिरहने छौ ।’– नेता भण्डारीले भने । 
विरोध सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष दुर्गा  पौडेल ले नालापानी किल्ला जोगाउनको लागि भोक भोकै लडेका नेपालीहरु प्रदेशको विखण्डनको विरुद्व पनि जस्तो सुकै संघर्ष गर्न तयार रहेको बताएकी थिईन् । 
नेपाली जनता कहिल्यौ झक्न नजानेको भन्दै उनले प्रदेश नम्बर ५  जगाउनको लागि अन्तीम लाडाईं लड्न पनि तयार रहेको  बताएकी थिईन् । उनले भनिन्–‘बुटवल मुटुहो, यहाँ सुरु भएको आन्दोलनको रापले देश जलाउनेछ, त्यसकारण अखण्ड  प्रदेशको लागि आजबाट नेताहरुमा बुद्धी पलाउनु जरुरी रहेको छ ।’
कार्यक्रममा सम्बोधन गर्दै एमाले उपमहासचिव घनश्याम भुषालले नाकान्दीको बेला रुपन्देहीले बचाएको देशलाई अहिले सरकारमा नेतृत्व गर्नेहरुले चिरा चिरा पारेर उपहार दिने प्रयास गरिएको भन्दै यसको विरुद्वमा जो कोही पनि आन्दोलन छेड्न  तयार रहेको बताएका थिए । उनले भने–‘नेपाली जनता, प्रदेश नम्बर ५ का जनतामािथ भएको षडयन्त्रको विरुद्वमा हामी सबै  जाग्ने बेला आएकोछ, षडयन्त्रलाई हामीले तुहाएरै छाड्ने छौं  ।’ तराईमा दुई प्रदेश बनाएर विस्तारै भारतीय भाषा नेपाली भाषामा लाद्ने षडयन्त्र रचिएको भन्दै उपमहासचिव  भुषालले यसमा बेलैमा सचेत हुने बेला आएको बताएका थिए । 
नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले देश ईतिहासको कालखण्डमा गयिम्भर मोडमा उभिएको भन्दै सरकारले मध्यरातमा संसोधन प्रस्ताव दर्ता गरी प्रदेश नम्बर ५ का जनताहरुको आँखा छारो हाल्ने काम गरेको आरोप लगाएका थिए । उनले देश खण्ड खण्ड  नहुने भन्दै  भने–‘देश एक्लो चाहियो, देश अखण्ड चाहियो, देशमा आगो लगाउने विध्येक विरुद्व फिर्ता गर्नुको विकल्प छैन ।’ उनले  नेपाली भुमीका आएको अग्रेजलाई परास्त गर्ने बुटवलले प्रदेश विखण्डको नारा लगाउने जो कोहीलाई  पाखा लगाउने बताएका थिए । 
नेकपा एमालेका सचिव तथा पुर्व मन्त्री  गोकर्ण विष्टले नेपाल र नेपाली गौरवका साथ बाच्ने वातावरण सृजना गर्नुको साटो  विखण्डन को काम गरिएको भन्दै यसको विरुद्वमा  जो कोही नेपालीहरु एक जुट हुने बेला आएको बताएका थिए । पार्टीको दया मायाँ र दायरा भन्दा माथि उठेर देश र जनताको पक्षमा लाग्नुपर्ने बेला आएको भन्दैनेता विष्टले जनताको मागलाई आत्मसाथ गर्न नसक्ने नेता नेता नै नहुने धारणा राखेका थिए । उनले भने–‘काली गण्डकी को पानी सुक्ला, तर जनताको अखण्डता झुक्ने छैन ।’
कार्यक्रममा एमालेका सांसद बैजनाथ चौधरीले जनताको माग भन्दा पनि  पृथक किसीमले आएको प्रस्तावको विरुद्वमा सबैको ऐक्यवद्वता भएको बताएका थिए । जनतामा एक प्रकारको जनलहर सृजना भएको भन्दै नेता चौधरीले यसको प्रवाह सरकारले थेग्न नसक्ने भन्दै एक दुई दिनमा प्रस्ताव फिर्ता गर्नुपर्ने बताएका थिए । 
स्वतःस्फुतरुपमा जम्मा भएका विभिन्न व्याक्तिहरुको सहभागीतामा बुटवलको राजमार्ग चौराहबाट विरोध ¥याली ट्राफिक चोकम पुगेर समापन भएको थियो । 
अवको  केही दिनमा प्रदेश नम्बर ५ का सबै जिल्लाहरुमा पुगेर विभिन्न राजनीतिक दल, व्यवसायीक संघ संस्था तथा सरोकारवालाको निकायको सहभागीतमा सर्वदलिय संयन्त्र गठन गरि विशेष आन्दोलनको घोषणा गर्ने गरी कार्यक्रम तय गरिएको नेकपा एमाले केन्दंीय सदस्य खिमलाल भट्राईले जानकारी दिए । 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्




Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै