Posts

Showing posts from 2014

परिवार नियोजनको अवस्था, पहाडमा पुरुष तराईमा महिला बढि

Image
कृष्ण खनाल बुटवल, १५ पुस ।  परिवार नियोजनाको सेवा लिनेहरु पहाडमा पुरुषको संख्या र तराईमा महिलाहरुको संख्या उच्च भएको पाइएको छ  । नेपाल परिवार नियोजना संघ शाखा  रुपन्देहीका अनुसार पहाडी जिल्लामा परिवार नियोजनाको सेवा लिनेहरुमा पुरुषहरुले भ्यासेक्टोमी बढि मात्रामा गराउने गरेका छन् भने तराईका जिल्लाहरुमा अधिकांस महिलाहरुले मिनिल्याप  गराउने गरेको पाइएको हो ।  नेपाल परिवार नियोजन संघ बुटवल रुपन्देही शाखा प्रबन्धक मोहन बस्यालका अनुसार तराईका जिल्लाहरुमा पुरुष बन्ध्याकरण सेवा  भ्यासेक्टोमी गर्नेहरु कम रहेका छन् भने महिलाहरुका संस्या उच्चरुपमा बढिरहेको छ ।  उनी भन्छन्–‘तराईमा पुरुषहरु काम गरेर जिविकोपार्जन गर्नुपर्ने धारणा अहिले सम्म कायम रहेको कारणले महिलाहरुलाई बढि मात्रामा बन्धयाकरणको लागि दबाब दिने गरेको पाईन्छ ।’  उनका अनुसार अधिकांस तराईका जिल्लाका महिलाहरुले शिविरमा परिवार नियोजना गराउने गरेको पाईन्छ भने पहाडका जिल्लाहरुमा भने पुरुषहरुले शुविधासम्पन्न अस्पतालमा गएर बन्ध्याकरण  गराउने गरेका पाईन्छ ।  नेपाल परिवार नियोजन संघ रुपन्देही शाखाबाट सन् २०१४ को नोभेम्बर महिना सम

ब्रेलमा प्रश्नपत्र हुने भएपछि दृष्टिविहिन विद्यार्थीमा उत्साह

Image
कृष्ण खनाल बुटवल, १२ पुस ।  त्रिवेणी सुस्ता गाविस–३ नवलपरासीका १९ बर्षका राजन मल्लाह अहिले रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्राम मा रहेको शान्ती नमुना उच्च मावि कक्षा ९ का विद्यार्थी हुन । विगत ९ बर्ष देखि उनी उक्त उच्च माविमा आवाशियरुपमा अध्यायन गर्र्दै आएका छन् । पुर्णरुपमा दृष्टिविहिन मल्लाहले दजानौ पटक साथीहरुले  पढेर सनाइएको प्रश्नको आधारमा परिक्षा दिदै आए । तर आईतबारको दिनबाट मल्लाहले अव कहिल्यै पनि साथीहरुको परिक्षा दिनको लागि साहारा लिनुपर्ने छैन । कारण हो विद्यालयमा एक गैरसरकारी संस्था रुपन्देही नेत्रहिन पुर्नस्थापना कार्यक्रममा ब्रेलमा नै प्रिन्ट हुने र छामेर अध्ययन गर्न सकिने खालको प्रीन्टर हस्तान्तरण गरेको छ । मल्लाह भन्छन्–‘कयौ परिक्षा साथीहरुले पढेर सुनाएको आधारमा दिए, कयौ पटक साथीहरुले समेत प्रश्न स्पष्ट रुपमा पढ्न नजानेको कारण पटक परिक्षा समेत बिग्रीएको छ ।’ आगामी दिनमा विद्यालयले ब्रेलमा नै प्रश्नपत्र र आवश्यक शैक्षिक सामग्री प्रिन्ट गरेर दिने भएपछि उक्त विद्यालयमा अध्यायनरत २९ जना दृष्टिविहिन विद्यार्थीहरु उत्साहित बनेका छन् । उनी थप्छन्–‘पहिला साथीहरु

सार्वजनिक बस: अपाङ्गता भएका महिला लाई असहज

Image
कृष्ण खनाल बुटवल, ११ पुस । मैया लम्साल, रुपन्देहीमा अपाङ्गताको क्षेत्रमा क्रियाशिल नाम हो । ह्वीलचियर प्रयोगकर्ता लम्सालको यात्राको क्रममा कयौ पटक तितो अनुभव बटुलेकि छन् । करिव ४ बर्ष पहिला बहिनीको घर नवलपरासीको कावासोती जाँदा उनी चितवन जाने बस कुरेर बसिन । एक्लै  उनी बस चढ्नको लागि आँट गरेकी थिईन । कयौ पटक माईक्रो उनकै अगाडीबाट हुईकिन्थे तर उनलाई अधिकांस बस चालक र सहचालकले ‘समय छैन ’ भन्दै बस हुईकाउथे । निकै बेरको पर्खाईपछि एकवटा बसले रोक्यो र सहचालकले ह्वीलचियर गाडीमा राखिदिए र उनी बसको अघिल्लो सिटमा बसीन् । सिटको छेवैमा एक जना मधेसीमुलका व्याक्ति थिए । उनलाई भुमहि कतिबेला आउला जस्तो भयो, कारण सिटको छेवैमा बसेका व्याक्तिलाई उनलाई  मानसिक र शररिक रुपमा टर्चर दिईरहे । यति मात्र होईन,  केही समय पहिला  उनी लम्साल बुटवल देखि नवलपरासीको भुमही जाँदा एउटा माईक्रोमा चढिन,  माईक्रो मा के चढेकी थिईन, उनलाई  माईक्रोको सहचालक(खलासी)ले नराम्रो संग गालि गरे। अपशब्द प्रयोग गरि होच्याएर गालि गलौच गरेको कारण उनले तत्काल प्रहरीलाई खबर गरिन् । देवदह प्रहरीले सहचालकलाई तत्काल नियन्त्रणमा लियो तर

जोखिममा लुम्बिनी अञ्चलको सडक सञ्जाल

Image
कृष्ण खनाल बुटवल, १ पुस ।   –जिल्ला प्रविधिक कार्यालय पाल्पाका अनुसार १ सय ४२ वटा सडकमा ८ करोड १० लाख रुपैया“  खर्च गरिएको छ । सोही बर्षमा  ६० लाख रुपैया“ पुल निमार्णका लागि खर्च गरिएको छ । पछिल्लो तथ्यांक अनुसार जिल्लामा कुल २ हजार २ सय किलोमिटर सडक खनिएको छ । तर बर्षभरी नै  गाडी चल्ने बाटो जम्मा ७१ किलोमिटर मात्र छ ।  – लुम्बिनी अञ्चलको सबै गाविसहरुमा सडक सञ्जालले जोडिएको जिल्ला हो अर्घाखाँची ।  जुन जिल्लामा करिव १८ सय किलोमिटर सडक खनिएको छ । ६८ किलोमिटर पक्की बाहेक बर्सातको समयमा पक्की बटो बाहेक अन्य बाटोमा गाडी गुड्न सक्दैनन्   – लुम्बिनी अञ्चलको तराईको जिल्ला नवलपरासीमा ६९ वटा गाविस र ६ नगरपालिका रहेका छन् । जिल्लामा अहिले सम्मा  २ सय २६ किलोमिटर कालेपत्रो गरेको सडक रहेको छ । जसमा मुख्य राजमार्गले करिव १ सय किलोमिटर ढाकेको छ । तराईको जिल्ला भएपनि ५० प्रतिशत सडकमा  बर्ष भर गाडी  गुड्छन् । अन्यसडकमा बर्सातको समयमा गाडी गुड्न संभव छैन ।  –प्रमुख व्यापारीक नगरबुटवल भएको रुपन्देही जिल्लामा जिल्ला विकास समिति, नगरपालिका र सडक विभाले बाटो निर्माण गर्ने काम गर्दछन् । पछिल्लो त

स्वावलम्बी बन्दै ग्रामिण भेगका महिलाहरु

Image
कृष्ण खनाल बुटवल, १० पुस । रुपन्देहीको सैनामैना नगरपालिका (साविक पर्रोहा गाविस) –३ की २४ बर्षिय  अञ्जना राना मागर करिव ३ बर्ष पहिला घरबाट बाहिर नस्कन पनि अफ्ठारो हुन्थ्यो । आम्दानीको बाटो  नदेखि बेरोजगार  बनेकी  उनको समुदायमा मानिसहरु एक आपसमा मिलेर सामुहिक कार्य  गर्न हिच्कीचाउथे । रानामगरलाई अन्य समुहका आमा समुहको पोसाक लगाएर बाटोमा हिडेको कार्यक्रममा गएको देख्दा लाग्थ्यो ति महिलाहरु ठुलै मानिसहरु हुनकी क्या हो । एक दुई रुपैयाको लागि पनि श्रीमान्कै भर पर्नुपर्ने बाध्याता थियो उनलाई । तर पछिल्लो समयमा सैनामैना  नगरपालिकाका १४ सय ४० घरपरिवारका १७ सय २८ जना महिलाहरु आफै स्वाबलम्बी बनेका छन् । कसैले सामुहिक रुपमा धान खेती, कसैले तरकारी खेती, त कसैले बाख्रा पालन, कुख्रा पालन, भैसी पालन गरी मनग्य आम्दानी गरेका छन् । अञ्जना रानामगर भन्छीन्–“ पहिला १÷२ रुपैयाको लागि पनि श्रीमान्को भर पर्नुपर्ने अवस्था थियो , तर अहिले त्यस्तो छैन ।’ जागृती  आमा समुहमा आवद्व रहेकी उनले  होली, तिहार र कुनै गाउमा विदेशबाट मानिस आउदा, विवाह तथा अन्य उत्सवमा पनि सास्कृतीक कार्यक्रम आयोजना गरी हजारौ

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

Image
बुटवल संवाददाता/ बुटवल, ७ पुस । यस क्षेत्रमा सामुदायिक विद्यलय तर्फ नमुना विद्यालयको रुपमा रहेको बुटवल–१२ कालिकानगरमा रहेको कालिका उच्च माविले ५४ औं बार्षिक उत्सव तथा अभिभावक दिवस–२०७१ मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होम बहादुर गालामीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै सरोकारवालाहरुले कालिका उच्च मावि नेपालकै नमुना उच्च मावि बन्नको लागि शुभकामना दिएका छन् । कार्यक्रममा बोल्दै रुपन्देही जिल्लाका जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाले अहिले कालिका उच्च माविको नतिजा उत्कृष्ठ भएको भन्दै अझै प्रगतीको पथमा लम्कीनको लागि सुझाव दिए । कार्यक्रममा विशिष्ट आतिथीको रुपमा रहेको उच्च माध्यमिक शिक्षा परिषद् बुटवलका प्रमुख सुवास पन्तले उच्च मावि तह कालिका उच्च माविले साुमदायिक  विद्यालयमा राम्रो नतिजा ल्याएको भन्दै अझ प्रगतीको कामना व्याक्त गरेका थिए । कार्यक्रममा विद्यालयको बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्दै प्राचार्य घनश्याम पाठकले अवको केही समयमा विद्यालयमा स्मार्टबोड बाट अध्यायन अध्यापन हुने जानकारी दिएका थिए । उनले केही समयमा कुनै पनि विद्यार्थी विद्यालय आए

विद्यालयको अक्षय कोषबाट विद्यार्थी र शिक्षकहरु पोत्साहन

Image
कृष्ण खनाल बुटवल, पुस ।  यस  क्षेत्र लगायत नेपालमै सामुदायिक  उच्च माविमा आफुलाई अब्बल उभ्याउदै आएको कालिका उच्चमा स्थापना गरेको अक्षयकोषबाट बार्षिक रुपमा दजर्नौ गरिब तथा जेहेन्दार विद्यार्थीहरु पुरस्कृत हुदै आएका छन् । अहिले सम्म उक्त उच्च माविमा २० वटा अक्षयकोष स्थापनाभएको छ । विद्यालयमा स्थापना भएको  अक्षयकोषबाट बार्षिक करिव १ सय जना  जेहेन्दार, गरिब विद्यार्थीहरु पुरस्कृत हुदै आएका छन् ।  अहिले विद्यालयले ५४ औं बार्षि उत्सव मनाउन लागिरहेको छ । ५० औं बार्षिक उत्सव तथा स्वर्णमहोत्सवबाट अक्षयकोष स्थापना गर्ने क्रम बढेको बताईन्छ । उच्च माविमा अहिले न्युनतम् २५ हजार देखि अधितम १ लाख ११ हजार १ सय ११ रुपैयाँ सम्मको अक्षयकोष स्थापना गरिएको छ ।  विद्यालयमा अहिले सम्म १३ लाख ६९ हजार ४ सय ८३ रुपैया अक्षयकोषको लागि रकम जम्मा भएको छ । जसबाट आउने  व्याजबाट गरिब, जेहेन्दार तथा विभिन्न प्रतियोगीतामा प्रथम, द्धितिय  र तृतिय स्थान प्राप्त गर्ने विद्यार्थीहरु पुरस्कृत हुदै आएका छन् । नर्सरी देखि कक्षा ५ सम्मका गरिब तथा जेहेन्दार विद्यार्थीहरुको लागि सिता लक्ष्मी गोर्खाली अक्षयकोष २०६३

किसानको अर्गानिक तरकारी दैलाबाटै खोसाखोस

Image
कृष्ण खनाल बुटवल, ५ पुस ।  रुपन्देहीको देवदह नगरपालिका–१० भलुहिका किसान अमर लामिछाने र छेत्रबहादुर क्षेत्रीले अर्गानिक खेती गर्न थालेको केही बर्ष भएको छ ।  संयुक्त रुपमा कहिलैपनि विदेश नजाने कसम खाएका लामिछाने र कतारमा करिव ६ बर्ष सम्म पसिना बगाएर नेपाल फर्किएका क्षेत्रीय संयुक्त रुपमा लिजमा जग्गा लिएर अर्गानिक तरकारी खेती गरेका हुन ।  अहिले  उनीहरुले करिव १ विगाहा क्षेत्रफलमा टमाटर, आलु, लसुन, बन्दाभोभी लगायतका विभिन्न  जातका तरकारी खेतीगरिरहेका छन्  । पूर्णरुपमा अर्गानिक तरकारी उत्पादन गर्दै आएका उनीहरुलाई बजारको कुनै पनि चिन्ता छैन । ‘मेरो बजार भनेको यहि भुलुहि भन्दा बाहिर जान्न’ अर्गानिक  तरकारी खेतीका सञ्चालक किसान अमर लामिछाने भने । उनले थपे–‘हामीले पूर्णरुपमा अर्गानिक तरकारी उत्पादन गर्दैै आएका छौ, यहिबाट नै  तरकारी खोसाखोस हुन्छ ।’  आईतबार तरकारी उत्पादन गरिएको खेतमा उनले हल्का खैरो भएको टमाटर देखाउदै भने–‘हेर्नुस् यो खैरो भएको टमाटरपनि खोसाखोस छ केही समयमा नै उपभोक्ता यहि खेतमा आएर किनेर लैजानन्छन् ।’ अर्का सञ्चालल क्षेत्र बहादुर क्षेत्रीले करिव ६ बर्ष सम्म विदेशी भुम

‘भाषण गर्र्दै’ दमकल

Image
कृष्ण खनाल बुटवल, ४ पुस ।  ‘आउनुस् आउनु, सवै नगरवासीहरु आउनुस्, भोली र पर्सी दुई दिन देवीनगरमा निःशुल्क स्वाथ्य शिविर आयोजना गरिएकाले आउनुस्, मौकाको फाईदा उठाउनस्  ।’ एक जना व्याक्ति गाडी भित्र बसेर सूचना पढिरहेका छन् भने अर्कोले सबारी साधन चलाईरहेका छन् ।  यसरी सवारी साधान चलाउने व्यक्ति सरकारी कर्मचारी हुन भने सूचना पढ्ने व्यक्ति पनि सरकारी कर्मचारी, उनीहरु कुनै सवारी साधनमा बसेर उक्त सूचना भनिरहेका भने होईन् उनीहरु बसेको साधनको नाम हो ‘दमकल ।’ दमकल शब्द सुन्ने वित्तिकै सबैले अनुमान लगाउने कुरा हो, आपत विपत पर्दा आगो निभाउने यन्त्र । तर बुटवलमा विगत १५÷१६ बर्ष देखि उक्त आगो निभाउने यन्त्र भाषण गर्दैहिनीरहेको छ । अर्थात सरकारी क्षेत्रबाट नै उसलाई भाषण गर्न लगाइएको छ ।  तत्कालिन बुटवल नगरपालिका(हाल, उपमहानगरपालिका) हुँदा रोटरी क्लव ईन्टरनेशनलको सहयोगमा रोटरी क्लव अफ बुटवलले उपमहानगरपालिकालाई दिएको उक्त दमकल अहिले उपमहानगरपालिका सुचना तथा  नगरभित्र हुने विभिन्न सामाजिक काममा सूचना दिने माध्याम भएको छ ।  दमकल भित्र जोडिएको  कारण बुटवल उप–महानगरपालिकाले सूचना प्रवाहको लागि प्र

एका विहानै सरकारी कार्यालय खुल्ने

Image
कृष्ण खनाल बुटवल, २९ मंसिर । तपाईं विगतको दिनहरुमा यातायात व्यवस्था कार्यालयमा राजश्व बुझाउन, गाँडी जाँच पास गर्न या लाईसेन्स रिन्यु गर्नको लागि  घण्टौ लाईन बस्नु परेको छ । या, मालपोत कार्यालयमा तिरो(राजश्व) बुझाउन, जग्गा रजिष्ट्रेसन गर्न(जग्गा पास) गर्न वा जग्गा नामसारी गर्नको लागि घण्टौ लाईनमा बस्दा समेत पालो नआएर अर्को दिन समेत  कार्यालय जानु पर्ने बाध्यता पो थियो की  । आज अर्थात पुस १ गेतबाट तपाईले लाईन लाउनु  पर्ने वा  सरकारी कार्यालयमा काम नभएर त्यतिकै फकर्नुपर्ने बाध्यता आउने छैन ।  तर त्यसको लागि तपाई समय व्यवस्थापन गरी एका विहानै सरकारी कार्यालय जानु पर्ने छ ।  नेपाल सरकारले  सेवा ग्राहीहरुको बढि चाँप हुने सरकारी निकायहरु, मालपोत कार्यालय, जिल्ला प्रसाससन कार्यालय, नापी  कार्यालय र यातायाता व्यवस्था कार्यालय एकाविहानै आर्थत ६ बजे देखि सझा ६ बजे सम्म सञ्चालन गर्ने निती अनुसार आज बाट  नापी, यातायात, जिल्ला प्रशासन कार्यालय विहान ६ बजेबाट नै सञ्चालनमा आउने छन् ।  जिल्ला प्रशासन कार्यालयको राहदानी र नागरित्ता फाँट विहान देखि नै खुल्ने छ भने अन्य मालपोत, नापी र यातायात व्य

उपज केन्द्र निर्माणको लागि कृषकलाई २५ लाख अनुदान

Image
कृष्ण खनाल बुटवल, २९ मंसिर । गत बर्षको भन्दा ७७ प्रतिशतले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीको बजेटबाट हजारौ कृषकहरु लाभांवित हुने संकेत देखिएको छ । अहिले जिल्ला कृषि  विकास कार्यालय रुपन्देहीको संयोजनमा अुदानका कार्यक्रमहरु धमाधम जारी रहेका छन् । केही समय पहिला अनुदानको गहुको विउत वितरण गरेको जिल्ला कृषी विकास कार्यालय ले अहिले माछापालन तथा च्याउ खेतीको लागि अुदान प्राप्त गर्नको लागि सूचना प्रकाशित गरेको छ । यसको साथै पकेट क्षेत्रमा तेलहन बालि लगाउनको लागि समेत कृषकहरुबाट आवेदन माग गरिरहेको छ । यसै आर्थिक बर्षमा कृषि ब्यवसाय प्रवद्र्धन तथा बजार बिकास कार्यक्रम अन्र्तगत बजार स्थल संरचना निर्माण एवं सुधार स्थल निर्माणको लागि रुपन्देहीका विभिन्न ४ वटा स्था नहरुमा कृर्षि उपज संकलन केन्द्र निर्माण हुने भएको छ । जिल्ला कृषि विकास कार्यालेको ५÷५ लाख अनुदानमा कृषि उपज संकलन केन्द्र, करहिया, कृषि उपज संकलन केन्द्र, मानपकडी, पुरैनी, रोहिणी कृषि सहकारी संस्था लिं., पटखौली, डमडमबाबा कृषि सहकारी संस्था लिमिटेड जोगडा र  धकधई कृषि सहकारी संस्था लिमिटेड धकधई मा कृषि उपज केन्द

बुटवल उप–महानगरपालिकाको वेभ साईट, नाम फेरियो, तथ्यांक फेरिएन

Image
कृष्ण खनाल बुटवल, २९ मंसिर ।  www.butwalmun.org.np (डब्लुडब्लुडब्लु.बुटवलमुन.ओआरजी.एनपी)यो वेभसाईट लगअन गर्ने जो कोही प्रयोगकर्ताले सुरुमा मा यहालाई स्वागत छ भनेर लेखिएको सन्देश पाउनुहुनेछ । केही समय अगाडी मन्त्री परिषद्ीय निर्णयबाट  साविकको बुटवल नगरपालिकामा मोतिपुर गाविस र सेमलार गाविस गाभेर बुटवल उपमहानगर पालिका निर्माण गरिएको हो । बुटवल नगरपालिका उप–महानगरपालिका भएको  २ हप्ता वितेको छ । तर बुटवल उप–महानगरपालिका जनाउने उक्त वेभसाईटको माथिल्लो  तहमा ‘बुटवल उप महानगर पालिका, बुटवल रुपन्देही’ बाहेक अन्य कुरा फेरिएको छैन । केही समय पहिला कार्याकारी अधिकृतको रुपमा आएका धुव्र बहादुर खड्को तस्वीर र नेमप्लेट बाहेक अन्य कुरा फेरिएको छैन ।  रोचक कुरा त के छ भने उप–महानगरपालिकाको वेभसाईटमा नगर परिचय क्याटगरीको तथ्यांकिय जानकारी सेक्मेन्टमा सबै तथ्यांक पुराना नै रहेका छन् । पछिल्लो जनगणना नेपालमा २०६८ अनुसार बुटवल नगरपालिकामा  २९ हजार ६ सय ८७ घरधुरीरहेका छन् भने कुल जनसंख्या १ लाख २० हजार ९ सय ८२ जना रहेको छ । जसमा  पुरुषको संख्या ६० हजार ८ सय ७० र महिलाको संख्या ६० हजार १ सय १२ जना

कालिका उच्चमाविको उदादहरणीय काम,बिपन्न विद्यार्थी पढाउदै विद्यालय व्यवस्थापनका पदाधिकारी

Image
कृष्ण खनाल बुटवल, २५ मंसिर ।  बुटवल–१२ कालिकानगरमा रहेको कालिका उच्च माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होम बहादुर गलामीको छोरी कक्षा १२ मा अध्यन गर्दछिन् ।  गलामीले आफ्नो छोरीको अलवाका कालिका उच्च माविमा अन्य २ जना विद्यार्थीहरुलाई समेत पढाउँदै आएका छन् । गालामीले विद्यालयको कक्षा कोठामा गएर विद्यार्थीहरु अध्यपन गराउनु भन्दा पनि २ जना गरिब विपन्न विद्यार्थीलाई  आप्mनै सम्पूर्ण खर्चमा अध्यपन गराउँदै आएका छन् ।  उनी मात्र होईन विद्यालयका प्राचार्य घनश्याम पाठकलको  छोरीले अहिले कालिका उच्च माविमा पढ्दै आएकी छिन् ,  प्राचार्य पाठकले छोरीलाई मात्र होईन  छोरीलाई जस्तै सम्पूर्ण खर्चमा अन्य दुई जना विद्यार्थीहरु लाई समेत अध्यापन गराउदै आएका छन् । अध्यक्ष र प्राचार्यमात्र होईन  उक्त उच्च माविका १४ जना  गरिव विपन्न विद्यार्थीहरुलाई विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुले अध्यापन गराउदै आएका छन् ।  रुपन्देहीमा पहिलो पटका यसरी विद्यालयमा शैक्षिक व्यवस्थापनको लागि आर्थिक अभावबाट शिक्षाबाट बञ्चित हुनुपर्ने विद्याथीको अवस्था आएपछि कालिका उच्च माविले गत बर्षबाट यसरी अध्यायपन गर

ढिलो चाडो हिन्दु राष्ट्र बनाएरै छोड्छौः रिमाल

Image
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल(राप्रपा नेपाल) ले यहि पुस २० गते विर्तामोडबाट मेची महाकाली पशुपती नाथ रथ यात्रा सुरु गर्दैै छ ।  सनात हिन्दु राष्ट्रको माग लाई देशभर जनलहर सृजना गर्नको लागि दोस्रो पटक रथ यात्रा सुरु गरिएको पार्टीको भनाई रहेको छ । रथ यत्राको क्रममा बुटवलमा पुस १२ गते बेलुका साढे ३ बजे ट्राफिक राप्रपा नेपालका राष्ट्रिय अध्यक्ष कमल थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पुस १८ गते काठमाण्डौमा समापन हुने रथ यात्रा र युवा संगठनका विषयमा राप्रपा नेपालको युवा संगठन‘ राष्ट्रिय प्रजातन्त्रीक युवक संगठन नेपाल’ का केन्द्रीय अध्यक्ष प्रकाश रिमाल बुटवल आएको बेला  कृष्ण खनालले कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सम्पादीत अंशः–सं. यो रथ  यात्रा के को  लागि ?  –राप्रपा नेपालले मेची महाकाली पशुपती नाथ रथ यात्रा गर्नलागेको छ । यसको प्रमुख उदेश्य भनेको नेपाललाई सनातन हिन्दु राष्ट्र कायम गर्नु नै हो । यसको लागि जनमत तयार गर्नको लागि पनि हो । विगतमा नेपाल हिन्दु राष्ट्र नै थियो, विचमा अन्तरिम संविधान सभाबाट हटाइयो । अहिले संविधानसभाबाट संविधान जारी गर्ने  कुरा समेत आएक

सन्र्दभ ६६ औ अन्र्तराष्ट्रिय मानवअधिकार दिवस, ७ जिल्लामा ४३ को हत्या ३० वटा बलात्कारका घटना

Image
कृष्ण खनाल बुटवल, २४ मंसिर । ६६ औ अन्र्तराष्ट्रिय मानवअधिकार दिवस मनाईरहदा देशमारभ मानवअधिकार उलघंनका घटनाहरुमा कमी आएको छैन । यस क्षेत्रमा महिला हिंसाका घटनाहरु साथै विभिन्न कराणबाट मानिसहरुको हत्या हुने क्रम रोकिएको छैन । राष्ट्रिय मानवअिधकार अयोग उपक्षेत्रीय कार्यालय बुटवलका अनुसार यस बर्ष  लुम्बिनी अञ्चलका ६ जिल्ला र चितवनमा मा २१  वटा मानवअधिकार उलघंनका उजुरी दर्ता भएका छन् । यो उजरी कार्यालयमा आएर दर्ता भएका उजुरीहरुको संख्या मात्र हो ।  सोही अवधिमा न्ययमा पहुच सम्बन्धी ११ वटा,  याताना सम्बन्धी ३ वटा, गैर कानुनी थुना वा पक्राउ सम्बन्धी २ वटा , बाल अधिकार सम्बन्धी १, रोजगारीको अधिकार सम्बन्धी १ वटा, वेपत्ता १, गैर न्यायिक हत्या १(द्वन्द्वकाल) को रहेको छ । कार्यालयबाट १२ वटा उजुरीहरु  टुग्निे प्रक्रियामा रहेका छन् भने ९ वटा उजुरी कारवाहीको प्रक्रियामा रहेका छन् । लुम्बिनी अञ्चलका पाल्पा, गुल्मी, अर्घाखाँची,नवलपरासी, कपिलवस्तु र रुपन्देही र चितवन जिल्लमा  गरी सोही अवधिमा ४३ जना मानिसहरुको हत्या भएको छ । जसमा ५ जना झुण्डीएको अवस्थामा र अन्य ३८ जनाको हत्या गरिएको  राष्ट्रिय मानवअधिक

गुरुयोजनाको अभावमा थलिदै ‘गैडहवा ताल’

Image
कृष्ण खनाल  बुटवल, २३ मंसिर ।  रुपन्देहीको सबैभन्दा ठुलो, लुम्बिनी अञ्चलको दोस्रो ठुलो ताल गैडहवा । भगवान गौतम बुद्धको जन्मस्थान लुम्बिनी देखि मात्र १२ किलोमिटर उत्तर पूर्व र पश्चिम क्षेत्रको प्रमुख व्यापारीक सहर बुटवल देखि मात्र ३२ किलोमिटर दुरीमा रुपन्देहीको विष्णुपुरा गाविसको वडा नम्बर १ मा रहेको छ । पहिलो पटक दृश्ववलोकनको लागि जाने जोकोहीको मन प्रफुल्ल हुने उक्त तालमा करिव २ सय भन्दा बढि प्रजातीका जराचुरुङ्गको साथै नेपालमा एक मात्र पाईन ईन्डीयन ईन्ट्रा नामको कछुवा समेत पाईन्छ । ताल पछिल्लो समयमा स्थानियको बेवास्ता र अतिक्रमणको कारण चपेटामा परेको छ ।  तालको विकासको लागि दिर्घकालिन  गुरुयोजनाको अभाव र स्थानियले माल पाएर चाल नपाएको कारण तालको विकास हुन सकेको छैन ।   वि.स.२०२० साल स्थानिय बलिराम यादवले मानवनिर्मित तालको रुपमा विकास गरेको उक्त तालको अहिले सम्म दर्घकालिन गुरुयोजना निर्माण भएको छैन । बर्षेनी तालको विकास र संरक्षणको लागि भनेर केन्द्र र जिल्ला विकास समितिले निश्चित बजेट विनियोजना हुने गरेको भएपनि उक्त बजेट बालुवामा पानी सरह हुने गरेको स्थानिय बताउछन् ।   ताल स

पहाड र तराईमा बराबर बहुप्रदेश बन्नु पर्छः लेखी

Image
राजकुमार लेखी तराई केन्द्रीत राजनितिक दलहरुले एक मधेश प्रदेशको माग उठाउँदा त्यसलाई निष्तेज पार्ने अभियानका एक अभियन्ता थिए । आदिकालदेखि वस्दै आएका थारु जातीको अस्तित्व नै मेट्ने गरी कुनै पनि हालतमा तराईमा एक मधेश प्रदेश वन्न नदिइने बताउने लेखी नेपाल आदिवासी जनजाति महासंघ र थारु कल्याणकारिणी सभाका पूर्वअध्यÔ समेत हुन् ।  पछिल्लो समय मधेशी जनअधिकार फोरम नेपालले फेरि एक मधेश प्रदेशसहीत ९ प्रदेशको खाका अघि सारेको छ तर लेखीले कुनै पनि हालतमा त्यो संभव नहुने जिकिर गर्छन् भने अर्को तर्फ पछिल्लो समयमा जनजाती अगुवा पद्यमरत्न तुलाधारको अगुवाईमा जनजाती आन्दोलन अघि वढाउन खोजिएको प्रति पनि कडा विरोध जनाएका छन् । आदिवासी जनजाती आन्दोलनको नेतृत्व आदिवासी जनजाती महासंघले मात्रै गर्न सक्ने बताउने उनी सिमिति जातलाई मात्रै माथि उठाउन खोज्ने गरी हुने कुनै पनि आन्दोलनले समग्र आदिवासी जनजाती आन्दोलन माथि उठ्न नसक्ने बताउँछन् । प्रदेश निर्माणका सन्दर्भमा सत्तासिन नेपाली कांग्रेस र नेकपा एमालेका विचमा प्रारम्भिक सहमती भैसकेको अवस्थामा त्यो मान्य नहुने निष्कर्ष निकालेको बुटवलमा सम्पन्न आदिवासी जनजाती अगुवा