‘सडक लेन नमान्दा’ ट्राफिक समस्या

कृष्ण खनाल
बुटवल, २४ मंसिर  । 
बुटवल देखि  सिद्धार्थनर नगरपालिका वेलहिया सम्म अहिले सिक्सलेन सडक निर्माणधीन छ । अहिले सम्म करिव ८ किलोमिटर सडक निर्माण पुरा भएको बुटवल–वेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाले जनाएको छ । निर्माण सम्पन्नभ एको सडक प्रयोगकर्ताले लेन अनुसासन पालन नगर्दा विगत केही दिन देखि बुटवलमा ट्राफिक जाम सुरु भएको छ । 

पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका डिएस्पी अवधेश विष्टका अनुसार बुटवलको मिलनचोकमा  खासगरी विहान र साझँ ‘पिकआवर’ समयमा ट्राफिक जाम हुने गरेको हो । जसको लागि पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले २ जना ट्राफिक प्रहरी समेत खटाएको छ । 
निर्माण सम्पन्नभ एको सिक्सलेन सडकमा सडक प्रयोग कर्ताहरले जथाभाविरुपमा  लेन अनुसासन पालन नगरेको कारण अहिले स्थानिय प्रहरी प्रशासन र ट्राफिक प्रहरीले सडक विभाग संग संमन्वय गरेर क्रसङ्गि चेक हटाएको छ ।

 जसको कारण दुर्घटना न्युनीकरणमा आधा भन्दा बढि कमी आएको डीएसपी विष्ट बताउछन् । उनी भन्छन्–‘जथाभाविरुपमा वाटो काट्नेहरुको कारण सडक दुर्घटना जोखिम बढेकोले हामीले  नचाहिदो स्थानका रोड क्रसङ्गी हटारु ब्लक गरेका हौं, जसको कारण विच, विच बाटोबाट सडक काट्न नपाउने भएको कारण केही ट्राफिक जाम देखिएको छ, जुन सामान्य हो ।’

उनले विच विचमा सडक निर्माण गर्दा टनिङ्ग प्वाईन्ट राखिएको कारण दुर्घटनाको जोखिम बढाएको थियो । अहिले ति टर्निङ्ग प्वाईन्टको  बन्द गरेर  ट्राफिक प्रहरीले बुटवलको गोलपार्क देखि राजमार्ग चौराह सम्म ‘ब्लकले रोड ब्लक’ गरेको छ । 
डिएस्पी विष्ट भन्छन्–‘दुर्घटनाबाट मानिसको ज्यान जानुभन्दा बरी  केही बेर कुरेर यात्रा गर्दा ठिक होला भनेर यसो गरिएको हो, जसको कारण अहिले दुर्घटना कमै मात्रामा हुने गरेको हामीले पाएका छौ । ’
बुुटवलको मिलनचोकमा चार तर्फबाट सडक आएको कारण विहान करिव ९ बजे देखि ११ बजे सम्म र साँझ ४ बजे देखि करिव ५ बजे सम्मको समयमा केही समय ट्राफिक जाम हुने गरेको छ । जसको व्यवस्थापनको लागि ट्राफिक प्रहरी आफै सडकमा खटिएर लेन अनुसान सिकाउदै गाडी पार गराउदे आएको छ । 

काठमाण्डौमा विगत लामो समय देखि लेन  अनुसानको पालन भएको तर बुटवलमा यसको अभ्यासन भएको कारण केही महिना सिकाउनै लाग्ने ट्राफिक प्रहरीको भनाई रहेको छ । सिक्सलेन सडकको विच डिभाईटर देखि दायाँ बाया टनिङ्गप्वोईन्टबाट बाटो पार गर्ने यातायातका साधानहरु गुड्ने नियम छ, यस्तै विच डिभाईडर देखि दोस्रो लेनमा कतै पनि नरोकी तीव्रगतिमा जाने एक्सप्रेस, निजी सवारीसाधन, रिजर्भ सवारी, एम्बुलेन्स, दमकल, शववाहन लगायतका साधनले मात्र प्रयोग गर्ने नियम बनाएको छ  ।
तर बुटवलमा यसको पालन हुन सकेको छैन । जसको कारण सडक प्रयोग कर्ताहरु त हैरान भएका छन् जसको  कारण ट्राफिक प्रहरी पनि हैरान हुने गरेका छन् । 

डिभाईडर देखिको पहिलो लेनमा भने भाडाका सवारीसाधन, हेवी गाडी, बस, ट्रक, निर्माण सामग्री बोकेका सवारीसाधन, यात्रुवाहक सवारीसाधन, मोटरसाइकल, ट्याक्सीलगायतका साधनले प्रयोग गर्नुपर्ने नियम ट्राफिक प्रहरीको रहेको छ । 

आफ्नो लेन भन्दा फरक लेनमा र आभेरट्याग जथाभावि गर्ने गरेको कारण  पछिल्लो समयमा सडकमा जाम हुने जस्ता समस्याहरु आउन थालेको प्रति सचेत रहन प्रहरीले आग्रह समेत गरेको छ । 
अहिले तत्काल बुटवलमा आकासे पुल निर्माण नभएको परिपेक्ष्यमा सडक  यात्रुले जेब्रा क्रसीङ्गबाट मात्र बाटो काट्न  पनि प्रहरीले आग्रह गरेको छ । जेब्रा क्रसीङ्गमा यात्रुले बाटो पार गरिरहदा सवारी चालकहरुले आफ्नो सवारी राकेर यात्रुलाई सहयोग गर्नुको साटो उल्टै यातायातको साधनहुईक्याउने, याुत्रलाई क्षती पु¥याउने तथा लेन अनुसासन पालन नर्गेप्रति सिसी क्यामेराबाट अध्यायन गरी कारावाही समेत गरिने जनाइएको छ । 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै