Posts

Showing posts from June, 2012

बाल दिवसले छोएन बाल मजदुरलाई कृष्ण खनाल

सन्र्दभः बालश्रम विरुद्वको अन्र्तराष्ट्रिय दिवस, बुटवल, जेठ ३० ।  भर्खर मात्र उमेरले १५ बर्षमा लागेका बुटवल –४ का धर्मेन्द्र चौधरी बुटवलको नयाँ बस पार्कबाट रिक्सामा ३ जना यात्रु लिएर गोलपार्क तर्फ जादै थिए ।   प्रचण्ड गर्मीमा एक हातले रिक्साको ह्यान्डील र अर्को हातले पसिना पुछ्दै यात्रहरुलाई लिएर गन्तव्य तर्फजाँदै थिए ।  गत एक बर्ष देखि उनको दैनिकी यसरी नै वितिरहेको छ ।  साहुको  रिक्सा भाडामा लिएर रिक्सा चलाउदै आएका उनि घर परिवारमा आर्थिक अभाव भएपछी विद्यालय जान पनि पाएन्न । घरमा एक जना दिदी ,आमा र आफु मात्रै भएका धर्मेन्द्र बुटवल– ४ मा बसोवास गर्दे आएका छन । विभिन्न संघ संस्थाहरुले ठुल–ठुला भाषण गर्दे बाल श्रम विरुद्वको अन्र्तराष्ट्रिय दिवस मनाईरहदा उनि भने उदेक लाग्दो प्रचण्ड गर्मिमा  रोजी रोटिकोलागि रिक्सामा  संघर्ष गर्दे थिए । सरकारले बालश्रम विरुद्वको अन्र्तराष्ट्रिय दिवस मनाईरहदा उनलाई उक्त खिवसको बारेमा थाहा समेत थिएन । उनले भने –‘मलाई बाल दिवसको बारेमा केहि थाहा छैन ।’ बालश्रमिकको रुपमा काम गर्दै आएको धेरै समय भए पनि उनलाई अहिले सम्म सरकारी तथा गैर सरकारी निकायबाट

भट्राई सरकारले घोषणा गरेको निर्वाचन वैधानिक ः पौडेल

Image
कृष्ण खनाल  बुटवल, असार ९  प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले स्पष्ट रुपमा बहुमत प्राप्त सरकारले घोषणा गरेको निर्वाचन संबैधानिक भएको दावि गरेका छन । रिर्पार्टस क्लव लुम्बिनीद्वरा शनिवार बुटवलमा आयोजि  साक्षात्कार कार्यक्रममा बोल्दै उनले बर्तमान अवस्थामा ताजा जनादेशमा जानु बाहेक अर्को विकल्प नभएको समेत बताए । संविधानसभामा प्रतिनिधित्व गर्ने ३३ दलमध्ये १९ दलको सर्मथनमा पुर्ण बहुमत प्राप्त सरकारले घोषणा गरेको निर्वाचनलाई असंवैधानिक भन्नु पुर्वाग्रह बाहेक अरु केहि हुन नसक्ने उनको तर्क छ । अहिलेकै अवस्थामा प्रधानमन्त्री डा.बाबुराम भट्राईले राजिनामा दिए संवैधानिक संकट आउने  भएकाले तत्काल राजिनामा नदिने बताउदै नेकपा एमाओवादीका पोलिटव्युरो सदस्य समेत रहेका पौडेलले कसको नेतृत्वमा सरकार गठन गर्ने भन्ने विषयमा  राष्ट्रिय  सहमति कायम भएमा भने प्रधानमन्त्रीले राजिनामा दिने प्रष्ट पारे । प्रतिपक्षदलहरु लगाएत एकिकृत नेकपा माओवादीकै केहि नेताको विरोधका बाबजुुद प्रधानमन्त्री भटराई ब्राजिल भ्रमण गर्नु उपयुक्त थियो त ? भन्ने संञ्चार कर्मीहरुको जिज्ञासामा प्रम सल्लाहाकार