Posts

Showing posts from April, 2016

खाद्यान्न विउ उत्पादनमा लगानी बढ्दो

Image
कृष्ण खनाल बुटवल, १५ बैशाख । खाद्यान्न उत्पादनमा आत्मनिर्भर बन्दै गएको रुपन्देही जिल्लाले क्रमस खाद्यान्न विउ उत्पादनमा समेत अब्बल जिल्लाको रुपमा अगाडी बढाउदै गएको छ । जिल्लामा आवश्यक पर्ने उन्नन प्रकृतिको खाद्यान्न विउ उत्पादन गरी जिल्लाको मागलाई परिपुर्ती गरी अन्य जिल्लामा समेत विउ निर्यात हुदै आएको छ । रुपन्देही जिल्लामा २७ वटा बीउ उत्पादक संस्थाहरु रहेकोमा  निजी बीउ बिजन कम्पनीहरु ४ वटा स्थापना भएर सञ्चालनमा आएका छन् भने  समूह तथा कृषि सहकारी मार्फत २३ वटा संस्थाहरुले विउ विजन उत्पादन गर्र्दै आएका छन्  भने सरकारी क्षेत्रबाट १ वटा कम्पनी स्थापना भई सञ्चालनमा भएको छ । केही समय पहिला रुपन्देहीमो मोतिपुरमा नेपालकै नमुना  ४ वटा विउ प्रसोधन उत्पादन तथा भण्डारण केन्द्रको रुपमा  सिम्रीक कृषि सहकारी संस्थाले फर्म स्थापना गरी सञ्चालनमा ल्याएको छ ।  जिल्लामा  बीउ प्रशोधन क्षमता भएका कम्पनीहरु ४ वटा नीजी क्षेत्रबाट सञ्चालनमा आएका छन् भने  सहकारीमार्फत ३ वटा र सरकारी १ गरी कुल ८ वटा कम्पनी तथा संस्थाहरुको कूल बीउ प्रशोधन  गर्दै आएका छन् । जसबाट रुपन्देहीमा  २० मेट्रिक टन प्रति घण्टा विउ प्र

ख्याल गरौं विद्युत काटिएला २७५ जनाको लाईन काटियो, ४८० हुकिङ्ग हटाइयो

Image
विद्युत चुहावट नियन्त्रण महाभियान कृष्ण खनाल बुटवल, १५ बैशाख । तपाईले घर, कार्यालय, उद्योगधन्दा तथा अन्य कुनै व्यवसायीक प्रतिष्ठानहरुमा नेपाल विद्युत प्राधिकरणसंग भएको सम्झौता विपरित विद्युतीय मिटर जडान  गर्नुभएको छ की ? ख्लाल गर्नुपर्ने बेला आएको छ । नेपाल सरकारले  घोषित रुपमा बैशाख महिनाभर ‘विद्युत चु नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय बुटवलका प्रमुख कासेन्द्र प्रसाद यादवका अनुसार क्षेत्रीय कार्यालय रहेको माताहतका ९ वटा वितरणशाखाहरुबाट अहिले विद्युत चुहावट नियन्त्रण गर्ने काम जारी रहेको छ ।  उनी भन्छन्–‘सरकारको केन्द्र्रीय नितिअनुसार नै हामीहरुले यो अभियान चलाएका हौं, रुपन्देही लगायत लुम्बिनी अञचलका सबै जिल्लाहरुमा जारी छ ।’ उनका अनुसार पहाडी जिल्लाहरु गुल्मी, पाल्पा र अर्घाखाँची जिल्लमा रहेको एक ÷एक वटा वितरण शाखा र तराईका जिल्लाहरु रुपन्देही, नवलपरासी र कपिलवस्तुमा रहेका दुई÷दुईवटा  वितरण कार्यालयहरुबाट खटिएका कर्मचारीहरुले विद्युत चवाहट नियन्त्रण कार्य गरिरहेका छन् । विगतका महिनाहरुमा पनि विद्युत चुहावट नियन्त्रणको लागि काम गर्दैै आएको विद्युत प्राधिकरणले बैशाख महिनालाई

विमा कम्पनीको ठगिधन्दा, जालझेल गरेपछि न्यायको खोजी

Image
कृष्ण खनाल बुटवल, १३ बैशाख ।  तेस्रो पक्ष विमा गरेका व्याक्तिहरुको  दुर्घटनामा निधन भएपछि पाउनुपर्ने तेसो पक्षको विमा बापतको रकम नपाएपछि दुई मृतकका अभिभावकहरुले न्यायको खोजी गरेका छन् । आफुहरुलाई न्याय दिलाईदिनको लागि कहिले जिल्ला प्रशासन कार्यालय, कहिले प्रहरी कार्यालय त कहिले राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय धाएका छन् । वि.स.२०७२ असोज २ गते रुपन्देहीको सैनामैना नगरपालिका–२ झारवैरा कालिका चोक नजिक मोटरसाईकल दुर्घटनामा परी सोही नगरपालिका –६ बक्सड डाँडाका ३१ बर्षिय चिनक थारु र कापिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–१५मोहर्मीका २६ बर्षिय रुद्रप्रसाद पोखरेलको निधन भएको थियो । दुर्घटनामापरी दुवै जना छोराहरुको निधन भएपछि तेस्रो पक्ष विमा गरेको कम्पनी एन.एल्.जी ईन्स्योरेन्स कम्पनी र नेको ईन्सुरेन्स कम्पनीमा मा जाँदा दुवैजनाले न्यायनपाएपछि दुर्घटनमा आफ्नो छोरा गुमाएका भोनिन थारु र विष्णु प्रसाद पोखरेले न्ययाको खोजीमा भौतारिएका छन् ।  लु.५ प ९६१८ नम्मबरको मोटसाईकल चलाएका चिनक चौधरीको एन.एल्.जी. कम्पनीमा बिमा गरिएको  छ  भने लु १ प ४३७७ नम्बरको मोटरसाईकल चलाएका रुद्रप्रसाद पोखरेलको नेको

आशामै सिमित ‘चिस्यान केन्द्र’

Image
कृष्ण खनाल बुटवल, १४ बैशाख । दैनिक करिव १ करोडको कारोवार गर्दै आएकोे ‘बुटवल कृषि उपज तथा फलफुल थोकबाजार केन्द्र’ एक दिन बन्द हुँदा करिव साढे ६ देखि ७ लाख रुपैयाँ सम्म घाटा व्यहोर्नुपर्दछ । राजनीतिक दलहरुले विभिन्न प्रकृतिले गर्ने बन्द हडतालको कारण उपज केन्द्र बर्षमा करिव ५० दिन बन्द हुन्छ । यसबाट उपजकेन्द्रले बार्षिक रुपमा ३५ करोड रुपैयाँको घाटा व्यवसायीहरुले व्यहोर्नुपर्दछ । बेला बेलामा हुने बन्द हड्तालको कारण फलफुल तथा तरकारी घाटा व्यहोर्नुपर्ने व्यवसायीहरुको वाध्याता छ । यो ाजधानी बाहिरको सबैभन्दा ठुलो कृषि उपज केन्द्र हो । मौसमी रुपमा उत्पादन भएका विभिन्न फलफुल तथा तरकारी स्टोर गरी बेमौसमीरुपमा विक्रि वितरण गर्न सहजताको लागि व्यवसायीहरुले कोल्ड स्टोर अर्थात चिस्यान केन्द्र स्थापनाको पहल गरेको लामो समयसम्म पनि स्थापना हुन सकेको छैन । व्यवसायीहरुको पहलमा आर्थिक बर्ष २०६९ ÷०७० मा नेपाल सरकार  अर्थ मन्त्रालयको रातो किताबमा नै एक क्षेत्र एक कोल्ड स्टोरेज स्थापना गर्न निश्चित बजेट विनियोजना भएको थियो । बजेटको समयमा नै सदुपयोग नभ एको कारण उक्त बजेट फ्रिज भएर गएको थियो । कोल्ड स्टोर नि

नियमित विद्युत आपुर्ती नहुँदा उद्योगी आजित

Image
कृष्ण खनाल बुटवल, १२ बैशाख । रुपन्देही जिल्लामा रहेका उद्योगी व्यवसायीहरुले घण्टौ लामो लोडसेडिङ्गको कारण उद्योग धन्दा   धरासायी बन्दै गएको भन्दै उद्योग धन्दालाई सरकारले लोडसेडिङ्ग मुक्त क्षेत्रको रुपमा घोषणा गर्नुपर्ने माग गरेका छन् । औद्योगीक क्षेत्र भित्र स्थापना भएका उद्योगहरुले समेत लोडसेडिङ्गको मारमा परेको भन्दै औद्योगीक क्षेत्र लगायत उद्योगीहरु रहेको क्षेत्रमा सरकारले छुट्टै बैकल्पीक व्यस्थापन गर्नुपर्ने  उद्योगी व्यवसायीहरुको माग रहेको छ । बुटवल उद्योग बाणिज्य संघका  बाणिज्य उपाध्यक्ष उज्जव कसुजले उद्योग धन्दाको विकासको पहिलो मेरुदण्ड भनेको  उर्जा भएको कारण सरकारले औद्योगीक क्षेत्र लगायत अन्य उद्योग स्थापना भएका क्षेत्रमा लोडसेडिङ्ग अन्त्य गर्नुपर्ने बताउछन् । उनी भन्छन्–‘अझै पनि सरकारले यथेष्ठ मात्रामा उर्जाको विकासको लागि लगानी गर्न सकेको छैन, अहिलेको अनुपातमा देश अगाडी बढ्ने हो भने देश विकास होईन अधोगती तर्फ जानेछ ।’

सन्र्दभःलोकतन्त्र दिवस –‘लोकतन्त्र आयो खै के आयो आयो ?’

Image
कृष्ण खनाल बुटवल, १० बैशाख । Butwal today daily news paper  वि.स.२०६२साल चैत २५ गते लोकतन्त्रको पक्षमा आन्दोलन उत्कर्ष विन्दुमा पुगेको थियो । तत्कालिन् श्री ५ को सरकारले देशभर कफर््यु आदेश जारी गरेको थियो । सोही दिन बुटवलको दिपनगरबाट एमाले नेता भोजप्रसाद श्रेष्ठ र नेपाली काग्रेसका नेता  युवाराज गिरीको नेतृत्वमा विहान करिव ८ बजे एक हुल युवा कफर््युको प्रभाह नै नगरी सडकमा उत्रीए । बुटवल–८ मैत्री पथको बाटो हुदै पुष्पलाल पार्कमा गएर चर्को नारावाजी गर्दै आन्दोलन अगाडी बढाउने योजनाका साथ आएका युवाहरुलाई पुष्पलाल पार्क नजिकै नपुग्दै तत्कालिन शाही नेपाली सेनाको झुण्डले आक्रमण ग¥यो । हवाई फायर ग¥यो, अश्रु ग्यासको सेल हान्यो । करिव ८० जनाको संख्यामा रहेका युवा तथा नेताहरुमा भागा–भाग भयो । सोही आन्दोलनमा सहभागी थिए अञ्जन श्रेष्ठ  । उनी प्रहरीले  हानेको लाठी छल्दै भाग्दै गर्दा नजिकैको घरमा पसे । उनलाई घर भित्रबाट आन्दोलनकारी तै होस् भन्दै तत्कालिन साही नेपाली सेनाले कठालोमा  समाउदै वाहिर ल्यायो र बन्दुकको नाल ले आँखामा हिर्कायो । उनी भन्छन् –‘मेरो देब्रे आखाँमा बन्दुकको नालले हानेपछि म

घुसको अखडा बन्दै मालपोत कार्यालय बुटवल खुलेयाम घुसको कारोवार (भिडियो सहित)

Image
कृष्ण खनाल बुटवल, ९ बैशाख ।  भिडियो हेर्न यहाँ थिच्नुहोस   (भिडियो सहित)   मंगलबार बुटवलको मालपोत कार्यालयमा रोचक दृश्य देख्न पाईयो । जुन दृष्य मालपोत कार्यालयमा पहिलो पटक जाने जो कोहीलाई अनौठो लाग्न सक्छ तर मालपोतमा नियमित कामको लागि जानेहरुको लागि भने यो नयाँ कुरा होईन । मालदार अड्डाको रुपमा पहिचान बोकेको मालपोत कार्यालयलाई घुस लिनदेनको अखडा केन्द्र भन्दा फरक नपर्ने देखिन्छ । मालपोत कार्यालयमा कार्यरत कर्मचारीहरु भन्दा पनि विचौलियाहरुले नै कर्मचारीहरुलाई घुस दिन प्रोत्साहन गर्ने गरेको देखिन्छ । काम  छिटो गरिदिने निउँमा बिचौलियाहरुले सेवाग्राहीबाट अतिरिक्त रकम लिई दिएको देखिन्छ ।  मंगलबार दिउँसो करिव १ बजे बुटवल–१० शुख्खानगरमा रहेको मालपोत कार्यालयमा जाँदा सेबा ग्राहीहरुलाई भन्दा बढि विचौलियाहरुलाई हतारो थियो । लेखापढी व्यवसायीहरुको नाममा भजाएका र बित्तिय संस्थाहरुबाट कागजात मिलाउन पुगेका विचौलियाहरु आफैले नै सेवाग्राहीलाई घुस दिन आग्रह गरिरहेका दृष्टि कोठा कोठामा देखिथ्यो । एक जना महिला विचौलिया जो आफै मालपोत कार्यालयको दर्ता चलानी फाँटमा गईन्, आफै  कार्यालयको छाप फटाफट्

मोवाईल मेलामा कस्ता–कस्ता मोवाईल , पाका पुस्ताले चलाउने देखि ‘स्मार्ट’ सम्म

Image
कृष्ण खनाल बुटवल, ५ बैशाख ।  तपाईं आफ्ना केही उमेर पाको भएका आफन्तजन, प्रियजन वा नजिकको मान्छेलाई मोवाईल उपहार दिने सोँच बनाईरहनुभएको छ भने बुटवलमा लागेको मोवाईल मेला तपाईंहरुको उत्तम विकल्प हुन सक्छ । मोवाईल मेलामा पाका पुस्ताहरुले चलाउन सक्ने सस्तो मोवाई देखि अहिलेको नयाँ पुस्ताहरुको रोजाईमा परेका स्मार्ट मोवाईलहरु रोजी रोजी किन्न पाईन्छ । न्युनतम ८ सय ७५ रुपैयाँको सबै भन्दा सस्तो मोवाईल देखि लिएर १ लाख रुपैयासम्मको मोवाईल अहिले मेलामा राखिएको छ ।  मोवाईल मेलामा आउने अधिकांस व्यक्तिहरुको रोजाईमा मध्यम मुल्यको स्मार्ट फोनमा पर्ने गरेको पाईएको छ । तिस वटा विभिन्न ब्रान्डका मोवाईलहरु विक्रिमा राखिएका छन् मेलामा । ईन्टेक्स मोवाईलको लागि क्षेत्रीय सेल्स म्यानेजर झविन्द्र भण्डारीका अनुसार मेलामा अहिले मध्यम मुल्यका स्मार्ट फोनहरुको रोजाई सबैको रोजाईमा पर्ने गरेको छ । यस क्षेत्रको लागि ईन्टेक्स मोवाईलको अधिकारिक विक्रेता पि एण्ड पी मोवाईल रहेको छ ।  एरिया सेल्स म्यानेजर भण्डारीका अनुसार ईन्टैक्स मोवाईल १२ सय रुपैया देखि १८ हजार रुपैयाँ सम्मका रहेका छन् । अहिले मोवाईल मेलामा

उद्योगी व्यवसायीले भने– ‘योजना खल्तीबाट नआओस्’

Image
कृष्ण खनाल बुटवल, ५ बैशाख ।   स्थानिय स्तरबाट उठाइएका विकास  निर्माणको लागि माग गरिएको बजेट  नेपाल सरकारले सार्वजनिक गर्ने बजेटको प्रथमिकीकरणमा नगरेको भन्दै प्रदेश नम्बर ५ का  उद्योगी व्यवसायीहरुले गुनासो गरेका छन् । आईतबार नेपाल उद्योग बाणिज्य महासंघ र बुटवल उद्योग बाणिज्य संघको आयोजाना तथा नेपाल सरकार राजश्व विभागको संमन्वयमा भएको अन्र्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांस उद्योगी व्यवसायी तथा सरोकारवाला निकायहरुले स्थानिय स्तरका मुद्धामा नेपाल सरकार गम्भिर हुनुपर्ने बताएका थिए । नेपाल सरकारका अर्थ मन्त्री तथा रुपन्देही क्षेत्र नम्बर ४ का सांसाद विष्णु पौडेल प्रमुख अतिथि रहेको कार्यक्रममा बोल्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष महेशमान सिंहले बर्षौ देखि उठाइएको विकास निर्माणका करिव ४ दर्जन बढि कुराहरु प्रस्तुत गर्दै नेपाल सरकार अर्थ मन्त्रालयबाट यथोचित बजेट विनियोजनको लागि माग गरे ।  शिद्धार्थ राजर्माको स्तरउन्नी, प्रस्ताविक मोतिपुर औद्योगीक क्षेत्र संञ्चालन, बुटवलमा मेडिकल कलेज स्थापान, स्थायी प्रर्दशन स्थान तथा अन्र्तराष्ट्रिय सम्मेल केन्द्र निर्माण, बुटवलको खानेपानी सम

विद्यालय भर्ना अभियान २०७३, छुट्लान् है बालबालिका ?

Image
कृष्ण खनाल बुटवल, ३ बैशाख । तपाईको छरछिमेकमा विद्यालय नजाने बालबालिका छन् ? ५ देखि १२ बर्ष उमेरका विद्यालय नजाने बालबालिका छन् भने ख्याल गर्नुहोस् है । तपाईले विद्यालय लगेर भर्ना नगरिदिए उनिहरु शिक्षाबाट बञ्चित हुनसक्छन् । त्यसैले तपाई हामीले यसबारे गम्भिर भएर सोच्ने बेला आएको छ ।  अहिले नेपाल सरकारले नै विद्यालय बाहिर रहेका ५ देखि १ २ वर्षसम्मका बालबालिकालाई विद्यालयमा ल्याउन भर्ना अभियान सुरु गरेको छ  । नयाँ शैक्षिक सत्र सुरु भएसँगै सरकारले यस वर्ष ‘हामी सबैको इच्छा, सर्वसुलभ विद्यालय शिक्षा’ भन्ने नाराका साथ भर्ना अभियान अगाडि बढाएको हो । रुपन्देही जिल्ला लगायत देशभर अहिले भर्ना अभियान सुरु भएको छ । नेपाल सरकार शिक्षा मन्त्रालयको कार्यक्रम अनुसार वैशाख २ देखि १४ गते सम्म चेतनामूलक र प्रचारात्मक र वैशाख १५ देखि ३० गतेसम्म घरदैलो कार्यक्रम गरिने रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा बताउछन् ।  विद्यालय उमेर भएका बालबालिकाहरु विद्यालय जानबाट बञ्चित नहुन भन्ने मुख्य उद्देश्यले भर्ना अभियान सुरुवात गरिएको भन्दै जिल्ला शिक्षा अधिकारी थापाले सबैको सहकार्यमा यो

विशिष्टकृत मेलामा फड्को मार्दै बुटवल

Image
कृष्ण खनाल  बुटवल,२ बैशाख । नेपालको प्रमुख सहर काठमाण्डौमा बेला–बेलामा विभिन्न प्रकृतिका मेलाहरु आयोजना भैरहन्छन् । कहिले मोवाईल, कहिले जुत्ता, कहिले ग्रामेट र कहिले पुष्प मेला । काठमाण्डौमा जस्तै औद्योगीक र शैक्षिक  नगरिको रुपमा पहिचान बनाएको बुटवलमा पनि पछिल्लो केही बर्ष यता विशिष्टीकृत प्रकृतिको मेला महोत्सवहरु आयोजना हुनेक्रम बढ्दै गएको छ । यस क्षेत्रका उद्योगी व्यवसायीहरुको सबैभन्दा पुरानो संस्थाको बुटवल उद्योग बाणिज्य संघले केही बर्ष देखि विशिष्टीकृत प्रकृतिको मेला आयोजनाको सुरुवात गरि निरन्तरता दिएको छ ।   वि.स.२०६२ सालमा विशिष्किृत मेलाको रुपमा राजधानी बाहिर पहिलो पटक कृषि मेला आयोजना गरेको बुटवल उद्योग बाणिज्य संघले गत बर्षबाट पहिलो पटक जुत्ता मेला समेत सम्पन्न गरेको थियो । 

निकट भविश्यमा व्यवसायीक‘कन्ट्राक्ट फर्म खोल्दै छौं ।’

Image
कलाधर पन्थी अध्यक्ष रारा कृषि सहकारी संस्था लिमिटेड,बुटवल गुल्मीको वाग्ला गाविस–१ स्थायी घर भएका कलाधर पन्थी वि.स.२०५८ साल देखि बुटवलमा बस्न थालेका हुन । स्वरोजगार ठेला युनियनको जिल्ला  कमिटिको सचिव , लुम्बिनी फलफुल तथा तरकारी व्यवसायी संघको ९ बर्ष महासचिव भएर काम गरे । कृषि उपज थोक बजार सञ्चालक समितिको ४ बर्ष अध्यक्ष भएर समेत काम गरिसकेका छन् । एसएलसी पास गरेका पन्थी अहिले रारा कृषि सहकारी संस्था लिमिटेड बुटवलको अध्यक्ष छन् । तिनै अध्यक्ष पन्थी संग सहकारीका विविध विषयमा केन्द्रीत रहि बुटवल टुडे कर्मी कृष्ण खनालले गरेको कुराकानी ।  सहकारीको स्थापना कहिले गर्नुभयो ?  – वि.स.२०६६ साल मंसिर महिनामा स्था पना गरेका हौं ।  सहकारी स्थापना गर्दा कति सदस्य ?  –१२ जना  सदस्यबाट दैनिक १० रुपैयाबाट संकलन गरेर सुरु गरेका  हौ ।  कृषि सहकारीको अवधारणा कसरी आयो?  –हामी संग जोडिएका अधिकांस साथिहरु दुग्ध व्यवसाय गर्ने हुनुहुन्थ्यो भने हामी फलफुलको व्यापार गर्दथ्यौ । सोही अनुसार एउटा समुह र सहकारी स्थापना गर्नुपर्दछ भन्ने धारणाको विकास भएर हामी यो कृषि क्षेत्रमा लागेका हौ । हा

रुपन्देहीमा ३४ प्रतिशत खाद्यान्न बचत

Image
कृष्ण खनाल बुटवल, १ बैशाख ।  खाद्यान्न उत्पादनमा नेपालमै नमुना जिल्लाको रुपमा पहिचान बनाउदै गएको रुपन्देही जिल्लाले यस क्षेत्रको माग पुरा गरी करिव ३४प्रतिशत खाद्यान्न अन्य जिल्ला मा निर्यात गर्दै आएको पाइएको छ । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका बालि विकास अधिकृत विनोद ज्ञवालीका अनुसार रुपन्देही जिल्ला कृषि उत्पादनका लागी उर्वर भुमी भएको जिल्ला हो । रुपन्देहीमा करिब ८२ हजार ६ स य २२ हेक्टर क्षेत्रफल खेति योग्य जमिन रहेको छ भने  धान र गहुँ यस जिल्लाको प्रमुख बालीहरु हुन । यस जिल्लामा ६९ हजार ६०० हेक्टर क्षेत्रफलमा धान लगाई करिब ४.६ मे.टन प्रति हेक्टर उत्पादन भएको छ । जुन गत बर्षको तथ्यांक हो ।  पछिल्लो समयमा व्यवसायीकरण र बढ्दो नाफामुखि कृषि पणाली अवलम्बन गर्ने गरेको कारण रुपन्देहीको माटो रोगीदै जानु कृषि उत्पादकत्वमा ह्रास आउने मा बालि विज्ञहरु चिन्तीत भएका छन् । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका वालि विकास अधिकृत विनोद ज्ञवाली भन्छन्–‘माटोको स्वास्थ अवस्था सुधार गर्न सकेमा हाल रहेको उत्पादन तथा उत्पादकत्वलाई अझै बृद्धि गर्न सकिन्छ । ’ जिल्लामा यो बर्ष गहुँबाली करि

नयाँ बर्ष नयाँ उमङग कहाँ घुम्ने, कहाँ रमाउने ?

Image
कृष्ण खनाल  बुटवल, ३० चैत ।  औपचारिक रुपमा  वि.स.२०७२ साल विदा भएको छ । उमङ्ग लिएर २०७३ साल भित्रिएको छ । नेपालीहरुले फरक फरक तरिकाले नयाँ बर्षलाई स्वागत गरिरहेका छन् । मनाइ रहेका छन् । रमाइरहेका छन् । नयाँ बर्षले जीवनमा खुसी, प्रगति, देशमा शान्ति र अमचयन ल्याओस भन्ने कामना गरिरहेका छन् ।    नयाँ बर्षको अवसरमा बैशाख १ गतेका दिनलाई सरकारले सार्वजनिक विदा दिदै आएको छ । नेपालीहरुले नयाँ बर्षको दिनलाई विशेष दिनको रुपमा मनाउदै छन् । यस क्षेत्रमा नयाँ बर्षको उमङ्ग साट्नका लागि कोही विभिन्न मठ मन्दिर, कोही पार्क त कोही नयाँ मनपर्ने स्थानहरुमा गएर नयाँ बर्ष मनाउने र शुभकामना आदान प्रदान गर्ने गर्दछन् ।  नयाँ बर्ष सेलिब्रेट गर्ने स्थानको रुपमा पहिचान बनाएको बुटवलको मणिमुकुन्द सेन उद्यान (फुलवारी) यस क्षेत्रको प्रमुख स्थल हो । फुलबारीमा विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि फुलवारीमा आउने  आन्तरिक पर्यटकहरुको लागि  सहज व्यवस्था मिलाइएको मणिमुकुन्द सेन उद्यान फुलबारीका कार्यालय प्रमुख विक्रम बस्याल बताउँछन् । उनका अनुसार गत बर्ष हजारौको संख्यामा आन्तरिक पर्यटकहरु नयाँ बर्ष मनाउनको लागि फु

नयाँ यातायात निती खारेज को माग

Image
पश्चिम नेपाल बस व्यवसायी संघको २१ औ साधारण सभा कृष्ण खनाल  बुटवल, २९  चैत ।  नेपाल सरकारले केही समय पहिला यातायात व्यवसायलाई कम्पनी अनुसार दर्ता गरी सञ्चालनमा ल्याउने गरि गरेको निर्णयलाई यस क्षेत्रका यातायात व्यवसायीहरुले उक्त नीति खारेज गर्न माग गरेका छन् । नेपालमै सबैभन्दा बढि यातायात भएको पश्चिम नेपाल बस व्यवसायी संघ बुटवलको २१ औं बार्षिका साधारण सभामा बोल्दै अधिकांस वक्ताहरुले सरकारले कम्पनी ऐन अनुसार यातायात क्षेत्रलाई अगाडी बढाउने गरि गरेको निर्णय साना स्वरोजगार यातायात व्यवसायीहरुलाई विस्तापित गर्ने गरि ल्याइएको भन्दै यसको अविलम्ब खारेजीको माग गरेका हुन  । कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय यातायतात व्यवसायी महासंघका केन्द्रीय कार्यवाहक अध्यक्ष डोलनाथ खनालले आम यातायात व्यवसायीहरुको लागानी सुरक्षिणको ग्यारेन्टी गर्नुको अलवा सरकारले उल्टै व्यवसायीहरुको ढाड  सेक्ने काम गरेको भन्दै नयाँ आउन लागेको नीति पुर्णरुपमा खारेजीको लागि माग गरेका छन् । उनले यातायात व्यवसायीहरुको साझा समस्या समाधानको लागि नेपाल सरकारबाट उच्च स्तरिय यातायात प्राधिकरण विकास आयोग गठन गर्नको लागि मा

डेन्टिीङ्ग पेन्टीङ्गले होला स्तरोन्नती

Image
लुम्बिनी अञ्चल अस्पताल  कृष्ण खनाल बुटवल, २९ चैत । यस क्षेत्रको पुरानो  लुम्बिनी अ ञ्चल अस्पतालका अधिकांस भवनहरु जिर्ण छन् । केही समय पहिला गएको भुकम्पको कारण भवनको अधिकांस क्षेत्र चर्किएका छन् भने आकासे पानी पर्दा  भवन चुहेर विरामीहरुलाई समेत अन्यत्र सार्नुपर्ने बाध्यता विद्यमान छ । केही बर्ष पहिला निर्माण भएको अस्पतालको दिर्घकालिन गुरुयोजना थाती राखेर अञ्चल अस्पताल विकास समतिले अहिले अहिले डेन्टिङ्ग पेन्टीङ्ग गर्दै अस्पताल रङ्गाउने काम गरेको छ । यति मात्र होईन भुकम्पको कारण क्षतीपुगेको भवनमा अझै माथिल्लो तलामा कोठाहरु समेत थप्ने काम गरिएको छ ।  पुरानै भवनलाई चिरिच्याट्ट पारेको अवको केही महिनामा अञ्चल अस्पताले स्तर उन्नती गर्ने योजना अगाडी बढाईरहदा अत्याधुनिक भवन र सोही अनुरुपको विरामीहरुलाई सेवा प्रदान गर्ने गरी निर्माण गरिएको लुम्बिनी अञ्चल अस्पताल विकास दिर्घकालिन गुरुयोजना कहिले सुरु हुने हो भन्ने विषयमा सबैको ध्यान तानिएको छ ।  मध्यम प्रकृतिको भुकम्पजाँदा  सबै भन्दा बढि क्षती अञ्चल अस्पताले व्होर्नुपर्ने भन्दै केही समय पहिला भुकम्प विदहरुले सचेत समेत गराएका थि

रुपन्देहीमा माछाबाट बार्षिक १ अर्ब आम्दानी

Image
कृष्ण खनाल बुटवल, २५ चैत ।  माछा पालनमा नमुना जिल्लाको रुपमा रहेको रुपन्देही जिल्लाले बार्षिक १ अरव रुपैयाँ बराबरको आम्दानी माछाबाट मात्र गर्दै आएको पाइएको छ । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका अनुसार माछा उत्पादनमा नमुना जिल्लाको रुपमा पहिचान बनाउदै गरेको रुपन्देहीले जिल्लाको माग पुरा गरी अन्य जिल्लामा समेत माछा निर्यात गर्दै आएको छ । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाका अनुसार रुपन्देही जिल्लामा कुल जलाशय क्षेत्रफल ९ सय ३५ हेक्टर रहेकोमा पोखरी जलाशय क्षेत्रफल ८ सय ९ हेक्टर मा किसानहरुले माछा पालन गर्दै आएका छन् ।  प्राकृतिक घोल÷ताल जलाशय क्षेत्रफल  १ सय २६ हेक्टर रहेको छ भने जिल्लामा २ हजार १ सय ४ ले  किसानले व्यवसायीक रुपमा माछा पाल्दै आएका छन्  । रुपन्देहीमा कुल पोखरी संख्या ३ हजार ७ सय ८० वटा रहेको जिल्ला कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ । यद्यपी पछिल्लो समयमा भने केही संख्या बढेको छ ।  बार्षिक रुपमा ४ हजार २ सय ५ मेट्रिक टन माछा उत्पादन हुदै आएको जिल्लाको उत्पादकत्व  ४.८७ मेट्रिक टन प्रति हेक्टर रहेको छ ।  जिल्ल

दृष्टिविहिन शिक्षकलाई हाजिर गर्न रोक

Image
कृष्ण खनाल बुटवल, २३ चैत । नेपाल सरकार शिक्षक सेवा आयोगले लिएको परिक्षामा प्रतिस्पर्धागरी निमावि शिक्षक पदमा नाम निकाल्न सफलभई नियुक्ती लिएका एक दृष्टिविहिन शिक्षकलाई रुपन्देहीका दुई वटा विद्यालयहरुले शिक्षकको रुपमा स्वीकार नगरेपछि पिडीत शिक्षकले न्यायको खोजी गरेका छन्  । रुपन्देहीको सैनामैना नगरपालिका–११ दुधराक्षमा स्थायि घर भएका शंकर बन्जाडेलाई दृष्टिविहिन भएकै कारण रुपन्देहीको भैरहवाको पिरहवामा रहेको ‘महात्म बुद्ध मावि’ र रुपन्देहीको सैनामैना नगरपालिका–११ मा रहेको ‘रामापुर उच्च मावि’ले  शिक्षकलाई हाजिर गर्न नदिएको हो ।   नेपाल सरकार शिक्षा मन्त्रालय, क्षेत्रीय शिक्षा कार्यालय पोखराले को मिति २०७२÷०९÷२७ गते च.न.४६१ सहितको सिफारिस पत्रको आधारमा जिल्ला शिक्षा कार्यालय रुपन्देहीले मिति २०७२  साल माघ २९ गतेको को निर्णय अनुसार भैरहवामा रहेको महात्म बुद्ध माविमा स्थायि नियुक्तिगरी पठाएको थियो । जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाको हस्ताक्षर सहित ‘शिक्षा नियमावली–२०५९(संसोधन सहित)बमोजिम तोकेको सिमा भित्र नियुक्ती पत्र बुझि विद्यालयमा हाजिर हुन जानु, विद्यालय शिक्षा सेवाको शिक्षक

कहाँ जान्छ पेट्रोल

Image
नापतौल कार्यालय भन्छ–‘नाप्ने यन्त्र भएन’ कृष्ण खनाल बुटवल, २० चैत ।  रुपन्देही र यस आसपासमा आउने पेट्रोलियम पद्धार्थ भारतको बैतालपुरबाट भलवारी(रुपन्देही) डिपोमा ल्याईन्छ ।पहिलो चरणको पेट्रोलियम पदार्थ त्यहा लोड गरेपछि पुःन त्यहाँबाट अनलोड गरी टैकरको माध्यामबाट पेट्रोल पम्पमा  लगिन्छ । तर  यसरी लगेको पेट्रोलियम पदार्थ जहिले पनि कमी हुने गरेको  पेट्रोलिय व्यवसायीहरु बताउछन् । विगत लामो समय देखि नै यसरी नै एक टैकरबाट तेल ल्याउदा ५० लिटर सम्म कमी तेल आउने गरेको व्यापारीहरुका भनाई रहेको छ । जसको कारण आफुहरु मर्कामा परेको विगत लामो समय देखि पेट्रोलियम पदार्थको कारोवार गरिरहेका व्यवसायी पे्रम न्यौपाने बताउछन् । उनी भन्छन्–‘एक चेम्बर(एक टैंकरमा) ३० देखि ५० लिटर सम्म कमी पेट्रोल आउन गरेको छ, किन यस्तो हुन्छ? यस विषयमा हामीले पटक पट कुरा उठाएका छौ तर यस विषयमा सम्बन्धीत निकायले ख्याल गर्दैन ।’ भारतको बैतालपुरबाट पेट्रोलियम पदार्थ भैलवारीमा रहेको डिपोमा ल्याई त्यहा चेक जाँच गरेर पेट्रोलियम पद्धार्थ डिलरहरुमा पठाउने गरिन्छ । तर यसरी जाँने तेलमा ५० लिटर सम्म कमी हुने गरेको अर्का व्यवसायी