Posts

Showing posts from June, 2016

झण्डै डेड करोड लागतमा ‘एनिमल कर्नर’

Image
कृष्ण खनाल बुटवल, १०  असार ।   बुटवलको आन्तरिक तथा वाह्य पर्यटकहरुको गन्तव्य बन्दै आएको मणिमुकुन्द शेन उद्यान (फुलबारी)मा रहेका चराचुरुङ्गी तथा जनावारहरु अव व्यवस्थीत हुने भएका छन् । उद्यानले पार्कमा घुम्ना आउने आन्तरिक तथा वाह्य पर्यटकहरुलाई मध्यनजर गर्दै करिव डे ड करोडको लागतमा एकै स्थानमा  चरचुरुङ्गी तथा जनवारहरु राख्ने (एनिमल कर्नर) निर्माणको कार्य अगाडी बढाएको हो । करिव १ करोड २५ लाख रुपैया लागतमा निर्माण हुन लागेको एनिमल कर्नरले अहिले भग्वाशेसको रुपमा रहेको मणिमुकुन्द शेनको दरवारलाई  दुई तिरबाट घर्ने छ । विभिन्न छुट्टा छुट्टै अवस्थामा रहेका जनावार तथा चरचुरुङ्गलाई एकिकृत स्थानमा व्यवस्थापन गर्ने गरी एनिमल कर्नरको निर्माण सुरु गर्न लागिएको   मणिमुकुन्द शेन उद्यान संरक्षण समितिका अध्यक्ष खेम प्रसाद लुईटेल बताउछन् । उनका अनुसार शुक्रवार सिलन्यास गरिएकोमा पहिलो चरणमा आधारभुत भौतिक संरचनाहरु निर्माण हुनेछन् । ‘अहिले पहिलो चरणमा करिव १५ देखि २० लाखमा फाउन्डेसन निर्माण गर्नेछौ, त्यसपछि दोस्रो चरणमा फलामबाट निर्माण हुने कार्य गर्ने छौ ’ । उनले भने । विगत ३–४ बर्षको लामो छलफल

धानखेती भन्दा माछामा १० गुण बढि आम्दानी

Image
कृष्ण खनाल  बुटवल, ५ असार ।  रुपन्देहीको दयानगर गाविसमा नै साढे ५ विघा क्षेत्रफलमा माछा पाल्दै आएका विन्दुलाल श्रेष्ठले केही बर्ष पहिला खेतमा धान खेती गर्दै आएका थिए । केही बर्ष देखि उनले धान खेती मासेर माछा पोखरी निर्माण गरेका छन् । एक सिजनमा मात्रै धान खेती र अन्य समयममा तरकारी  खेती गर्दै आएका उनले केही समय ब्रोईलर कुखुरा समेत पालेका उनले अहिले सबै खेतमा माछा पोखरी निर्माण गरी माछा पाल्दै आएका छन् । उनी भन्छन्–‘धान खेती भन्दा माछाबाट १० गुणा बढि आम्दानी हुने गरेको छ ।’ प्याक्टको सहयोगमा माछाको दाना उत्पादन गर्ने उद्योग समेत स्थापना गर्ने तरखरमा गरेका श्रेष्ठ भन्छन्–‘छपिया, माछाको लागि विशेष क्षेत्र भएको कारणले पनि यस तर्फ मोडिएको हुँ ।’  उच्च क्वालीटिको दाना प्रयोग गर्दा माछाको वृद्धि विकास समेत छिटो हुने भन्दै उनले कमसल प्रकृतिको दाना प्रयोग कर्दा पानी प्रदुशित भएर पनि कहिलेकाही समस्या आउने भन्दै कमसल प्रकृतिको दाना प्रयोग नर्गनसमेत आग्रह गर्दछन् । नयाँ पङ्गसियर जातको माछा पालन गरेका उनले अन्य  माछा भन्दा कयौ गुणा छिटो वृद्धि विकास हुने प्रकृतिको जात भएको बताउँछन् । ५४

कुन विद्यालयको कस्तो नतिजा ?

Image
रुपन्देहीमा ‘ई ग्रेड’मा सुन्य ‘ए प्लस’ मा ६ सय ३ जना                ‘वि प्लस’ मा सबैभन्दा बढि विद्यार्थी  कृष्ण खनाल बुटवल, २ असार ।   एस्.एल्.सी्.को नतिजा सार्वजनिक भएको छ । रुपन्देही जिल्लामा ९५.६ प्रशित विद्यार्थीहरुले ‘डिप्लस’नतिजा ल्याएका छन् । जिल्ला शिक्षा कार्यालय रुपन्देहीका अनुसार जिल्लामा ‘ए प्लस’ ६ सय ३ जना विद्यार्थी छन् ।  ‘ए ग्रेड’ ल्याएका १ हजार ७ सय ५३ जना विद्यार्थीहरु रहेका छन् । यस्तै ‘वि प्लस’मा २ हजार ५ सय १० जना,  वि ग्रेडमा मा २ हजार ४ सय ९८ जना, सि प्लसमा २ हजार २ सय ६३ जना, सि ग्रेडमा १ हजार ८ सय ८३, डि प्लसमा ७ सय ५ जना, डि ग्रेडमा ९३ जना  र ई ग्रेडमा विद्यार्थीहरु शुन्य रहेका छन् ।  रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाका अनुसार परिक्षामा सहभागी ९७ जना विद्यार्थीहरुको नतिजा रोकिएको छ ।  रुपन्देहीका सामुदायिक तथा तथा संस्थागत विद्यालयहरुले आफ्नो नतिजा बुटवल टुडेलाई आ–आफ्नो विद्यालयको नतिजाको बारेमा जानकारी गराएका छन् ।  बुटवलको अक्सफोर्ड उमाविबाट सहभागी कुल ९९ जना विद्यार्थीहरु मध्ये ए प्लसमा १७  जना, ए मा ४२ जना, वि प्लसमा

नगरपालिकाको ‘हठ’का कारण कृषि उपज अस्तव्यस्त

Image
कृष्ण खनाल बुटवल, ३२ जेठ ।  स्थानिय निकायमा  हुने हालिमुहालीको कारण  राजधानी बाहिरको सबैभन्दा ठुलो कृषि उपज केन्द ‘बुटवल कृषि उपज तथा थोक बजार केन्द्र’ अहिले थला परेको छ । पुर्व सम्झौता अनुसार उपजकेन्द्र सञ्चालक समितिलाई स्वाक्तता प्रदानगरी आम्दानिको निश्चित प्रतिशत स्थानिय निकाय अर्थात बुटवल उपमहानगरपालिकाले पाउने गरी सञ्चालनमा आएको उपज केन्द्रमा केही समय देखि बुटवल उपमहानगरपालिकाले अफै नै सञ्चालन गर्ने गरी अड्डी कसेपछि अहिले उपज केन्द्र अस्तव्यस्थ बनेको हो ।‘स्थानिय निकायमा जनप्रतिनिधि विहिन हुँदाको अवस्था’ जस्तै अहिले बुटवल कृषि उपज तथा थोक बजार केन्द्र  सञ्चालक समिति विहिन छ ।  पहिला गठन भएको सञ्चालक समितिको पदावधी  समाप्त भएपछि गठन हुनुपर्ने नयाँ सञ्चालक समितिमा बुटवल उपमहानगरपालिकाबाट ३ जना प्रतिनिधि नपठाएकै कारण उपजकेन्द्र अभिभावकत्वविहिन भएकोहो । वि.स.२०६४ सालमा भएको सम्झौतामा बुटवल उप–महागरपालिकाले आम्दानीको केही निश्चित प्रतिशत मात्र लिने गरि सहमती भएको थियो । तर अहिले पछिल्लो समयमा आएर बुटवल उपमहानगरपालिका केही कर्मचारीहरुले ‘ऐन’ लाई आधार बनाउदै पुरानो सम्झौता

माछा किसान लोडसेडिङ्गको मारमा

Image
कृष्ण खनाल बुटवल, १ असार ।  रुपन्देहीको दयानगर गाविस–९ सिद्धवारकी तारा पाण्डेले ३ विघा क्षेत्रफलमा पोखरी निर्माण गरी माछा पाल्दै आएकी छिन् । तिन विघा क्षेत्रफलमा उनले ६ वटा पोखरी निर्माण भाडामा लिएर सञ्चालन गरेकी छिन् भने २ वटा पोखरी र एउटा ह्याचरी आफ्नै  नीजि जग्गामा निर्माण गरेकी छिन् । कयौ पटक उनले पालेका माछामा  समस्या आयो ।  अहिले पनि विहानको समयमा माछा पोखरी बाहिर आउने समस्या उनको रहेको छ । यहि समस्या लगायत  पानीमा के कती मा त्रामा अक्सिजन रहेको छ भन्ने विषयमा जाँच गर्नको लागि पाण्डेले प्राविधिक जाँच गराईन् । पोखरीको माटो, पानी लिएर परिक्षणका गराएकी  उनी भन्दै थिईन्,–‘पहिला माछा मरेभने मात्र के भएको रहेछ भनेर जचाउन जान्थ्यौ तर यसो गर्नुभन्दा पहिला नै जाँचको लागि जानुपर्ने रहेछ बल्ल थाहा पाए ।’ पाण्डे भन्छीन्–‘एरिएटर मेसिन जडान गरिएको छ, तर  लोसेडिङ्गको कारण एरिएटर मेसिन  चलाउन नपाउदा समस्या भएको छ ।’ उनी जस्तै छपियाका केही किसानहरुले माछामा अक्सीजनको कमी आउन नदिनको लागि एरिएटर मेसिन जडान गरेका छन् । तर घण्टौ घण्टा सम्म हुने लोडसेडिङ्गको कारणका  एरिएटर मेसिन चलाउन नसक्दा

आकाशबाट पानी पर्दा धारा सुख्खै

Image
कृष्ण खनाल बुटवल, २ असार । झम् झम पानी पर्दा पहाडी क्षेत्रका स्थानियहरुमा खुुसीको सिमा रहन्न् । गर्मिको समयमा आकाशवाट पानी पर्दा   गाउँघरका पानीका मुल ‘सर्सिएर’ पानि बढ्छ । तर रुपन्देहीको बुटवल वडा नम्बर ८, ९ र १० का स्थानियहरुलाई भने आकाशबाट पानी प¥योकी धारामा खानेपानी नआउनेहोकी भन्ने चिन्ता थपिन्छ । नेपाल खानेपानी संस्थान बुटवल शाखाबाट वितरण हुने खानेपानी बुटवलको वडा नम्बर ८ को मैत्री पथ, चाँदबारी, लगायतका क्षेत्र, वडा नम्बर १० को शुख्खानगर क्षेत्र र ९ को दिपनगर र शिवनगर क्षेत्रका उपभोक्ताहरुलाई झम् झम् पानी प¥योकी धारामा खानेपानी खानेपानी नै आउदैन । नेपाल खानेपानी संस्थान बुटवल शाखाले तिनाउ नदिबाट पानी तानेर उपभोक्ताहरुलाई वितरण गर्दै आएको छ । तर पानी ठुलो परेको दिन तिनाउ नदिनमा पानीको बहाव बढि भएको दिन धमिलो र लेदो पानी आउने भएको कारण खानेपानी संस्थानले उपभोक्ताहरुलाई खानेपानी नै वितरण गर्दैन । जसको कारण उपभोक्ताहरुलाई खानेपानीको समस्याले सताउने गरेको हो । बुटवल–८ ज्वोतिपथमा सुभश्री संगीता खाजा पसल सञ्चालन गरेका  उपभोक्ता राम प्रसाद खनाल भन्छन्–‘आकाशबाट पानी प¥यो की धारम

झण्डै ३ करोड लागतमा बहुउदेश्य कृषि फर्म

Image
कृष्ण खनाल बुटवल, २७ जेठ ।  रुपन्देहीको तामनगर–१४ मा एक कृषि उद्यमीले करिव ३ करोडको लागतमा  बहुउदेश्यिक कृषि पशु फर्म स्थापना गरेका छन् । सतगढी   खोला नम्बर दुईको नजिकै १० कठ्ठा क्षेत्रफलमा किसान सन्तोष पुनले बंगुर पालन, माछा पालन, मौरी पालन, कुखरा, र भैसी पालनको अलवा विभिन्न  जातका फलफुल र तरकारी खेती सुभारम्भ गरेका हुन । यस अघि साईनिङ्ग स्टार स्कुलमा अध्यायपन गराउदै आएका उनले शकुन्तला बहुउदेश्य कृषि पशु फर्म स्थापना गरी ५३ वटा बंगुर पालेका छन् ।  ५ जातीका बंगुरपालेका उनले धराने कालो बंगुर, योर्कसायर, ह्यामसायर, टेमवर्क, ट्यरोर्क लगायतका बंगुर पालन गरेका हुन । ७ वटा माछा पोखरी रहेकोमा उनले अहिले विस्तार गरी ३ वटा माछा पोखरी बनाउदै छन् । उनी भन्छन्–‘व्यवसायीक रुपमा नमुना फर्म बनाउने योजनाको साथ अगाडी बढाएको छु ।’  वि.स.२०७२ चैत महिनामा सुरु गरेको कृषि फर्ममा अहिले सम्म  जग्गा सहित करिव ३ करोड लागनी गरेको उनको भनाई रहेको छ । 

अनुगमन चाडबाडमा मात्रै !

Image
सुविधा सम्पन्न प्रयोगशाला अभाव मुद्धा दायर हुन छाड्यो कृष्ण खनाल बुटवल, २६ जेठ । गत आशोज महिनामा बाणिज्य कार्यालय रुपन्देहीको संमन्वयमा जिल्लाको पडसरीगाविसमा रहेको बैष्णव आयल सप्लायर्समा अनुगमन गरियो । भैरहवामा रहेको नेपाल आयल निगमको विक्रि  पम्पमा पनि जिल्ला स्तरिय अनुगमन संयन्त्रयले अनुगमन गर्दा त्रुटी भेटेपछि करिव एक महिना विक्रि पम्प बन्द भयो, अहिले नयाँ मेसिन जडान गरि सञ्चालनमा आएको छ । बैष्णव आयल पनि करिव १ महिना बन्द भयो र अहिले सञ्चालनमा आएको छ ।  यस्तै रुपन्देहीको पडसरीमा नै रहेको रेशमा आयल सप्लायर्समा पनि गत चैत महिनामा अनुगमन भयो अनुगमनको क्रममा विक्रि गर्ने परिणाम कम भेटेपछि नाप तौल तथा गुणस्तर कायालय रुपन्देहीले जिल्ला अदालतमा मुद्धा समेत दायर गरेको छ जुनमुद्धा विचाराधीन छ ।  यि माथि उल्लेख गरिएका केही उदाहरणहरु जिल्ला स्तरिय अनुगमन संयन्त्रले गत असोज ६ गते भारतले गरेको अघोषित नाकाबन्दी पछी गरिएका अनुगमन  हुन । अशोज देखि चैत महिना सम्म बाणिज्य कार्यालय भैरहवाको संमन्वय र सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन गर्ने, कारवाही गर्ने प्रक्रिया

शौचालय बनाउन ‘राजनीतिक बखेडा’

Image
११ हजार घरधुरीले खुल्ला ठाउँमा सौच लुम्बिनी सास्कृतीक नगरपालिकामा सबैभन्दा कम शौचालय  कृष्ण खनाल बुटवल, २६ जेठ ।  रुपन्देहीको दक्षिणी करौता गा.वि.स.का १ हजार २ सय ८०  घर छन्  । जसमध्ये अहिले सम्म मात्र ५  सय ४८ वटा घरमा शैचालय छ । जिल्ला स्तरिय खानेपानी तथा सरसफाई स्वच्छता संमन्वय समितिले संयोजकत्वमा गाविस स्तरिय खानेपानी तथा सरसफाई स्वच्छता संमन्वय सयमिति गठन गरिएको छ । जसको सह संयोजकमा स्थानिय राजनीतिक दलका प्रतिनिधि रहेका छन् । एउटा राजनीतिक दलका व्याक्तिको नियुक्त गरिएको भन्दै  अन्य राजनीतिक दलका व्याक्तिहरुले  शौचालय निर्माण गर्ने कुरामा समेत बखेडा झिक्दै आएका छन् ।  अन्य राजनीतिक दलका व्याक्तिहरुले“फलोना पार्टीको मान्छे सह संयोजक भयो, त्यसलाई जसरी भएपनि असफल बनाउनुपर्दछ भनेर नेताहहरुले लभिङ्ग गर्दै हिडेपछि झण्डै झडप समेत भएन’ विगत लामो  समय देखि खानेपानी तथा सरसफाईको क्षेत्रमा  क्रियाशिल खानेपानी तथा सरसफाई डिभिजन कार्यालाय योगीकुटी बुटवलका ईन्जीनियर धुब्र धिताल भन्छन्–‘शौचालय बनाउने कुरामा पनि राजनीति हुने गरेको छ, जसको कारण खुल्ला दिशाम मुक्त गाविस घोषण ग

अर्घाखाँचीका गाविस सचिव ‘भेट्याउनै मुस्कील’

Image
कृष्ण खनाल सन्धीखर्क(अर्घाखाँची),२६ जेठ ।   दाङ्ग जिल्लाको घोराहीबाट आफ्नो छोराको नागरिकत्ता बनाउनको लागि अर्घाखाँची जिल्लाको पश्चिम ढाकावाङ्ग गाविसमा आएका शिव प्रसाद खनालले कम्ती दुःख पाएनन् । दाङ्ग जिल्लामा अस्थायी बसोबास गर्दै आएका उनले अहिले कक्षा १२ को परिक्षा दिएर बसेको आफ्ना छोराको नागरिकता बनाउनको लागि ढाकावाङ्ग गाविसमा आएका थिए ।  गाविसमा पुगेका उनले त्यहा गाविस सचिव हिम बहादुर भाटलाई भेटाउनन् सकेन्न । उनी सदरमुकाममा छन् भन्ने खबर पाएर सन्धीखर्क आएका उनले करिव ५ दिन सम्म होटलको बास बसेपछि मात्रै सचिवलाई फेला पार्न सफल भए । विहिवार सन्धीखर्क टुडीखेल नजिकै रहेको लबकुस होटलमा भेटिएका उनी भन्दै थिए–‘ पाँच(५) दिन सम्म  सचिव खोज्दा खोज्दै बल्ल आज फेला पारे । ’ सचिव भाटले कहिले बाबुको पेन्सन बुझ्न तम्घास गएको छु, त कहिले गाउ गरेको  छु भन्दै टारेको उनको  गुनासो छ ।  ‘म यति दिन सम्म भ्याउन्न, यो दिनमा आउनुस् भनेको भएपनि हुन्थयो, तर पाँच दिन सम्म ल ल म आईहाले भन्दै होटलमा बस्न   भने ।’– उनले गुनासो पोखे । सचिव भाटले सेवा ग्राही खनालले पटक पटक फोन गरेको भन्दै अस्लील शब्ल प्रयोग

बैशाखीको साहारामा ‘ईन्जीनियर’

Image
कृष्ण खनाल   बुटवल, २५ जेठ ।  ‘जहाँ ईच्छा त्यहाँ उपाय’ भन्ने युक्तीलाई कपिलवस्तुका एक अपाङ्गता भएका व्याक्तिले पुष्टी गरेका छन् । अपाङ्गता भएकै कारण दुबै खुट्टामा बैशाखी प्रयोग गर्दै आएका बिफई प्रजापती(कोहार)ले बैशाखीकै सहारामा ईन्जीनियरिङ्ग शिक्षा अध्यायन पुरा गरेका छन् । जन्मजात नै अपाङ्गता रहेका उनले भारतको गोखरपुरमा रहेको एम एम ईन्जीनियरिङ्ग कलेजमा ५ बर्ष सम्म कम्प्युटर ईन्जीनियरमा ग्रेजुवेट गरेका छन् ।  पारिवारिक वातावरण सहज भएको कारण भारतको गोखरपुरमा होस्टेलमा बसेर  अध्यायन पुरा गरेका  कोहारले अहिले कफिलवस्तु जिल्लाको विजुवा–८मा स्टेप राईज ईग्लिस बोडिङ्ग स्कुलको प्रिन्सीपल बनेका छन् भने, प्रगतिशिल सहकारी संस्थाको सञ्चालक र कपिलवस्तुमा नै ग्रेजुवेट कम्प्युटर ईन्सीच्युट सञ्चालन गरेका छन् । केही दिन पहिला रुपन्देहीमा भएको एक कार्यक्रममा प्र्रशिक्षको रुपमा आएका कोहार भन्दैथिए–‘सानैमा राम्रो संग पढ्न पाए त्यहि भएर अहिले जिविको पार्जनको  लागि सकैको मुख  ताक्नु परेको छैन ।’ २०६८ सालमा स्थापना गरेको स्कुल मा अहिले ५ कक्षा सम्म पढाई हुदै आएको छ । ८ जना शिक्षक शिक्षिकाहरुलाई

रुपन्देहीमा बाह्रमहिना सिंचाही हुने भुमी मात्र १२ प्रतिशत

Image
कृष्ण खनाल बुटवल, २४  जेठ । रुपन्देही जिल्ला पछिल्लो समयमा खाद्यान्न उत्पादनमा अब्बल जिल्लाको रुपमा पहिचान बनाउदै गएको छ ।  धान उत्पादनमा नेपालकै  सबैभन्दा बढि धान उत्पादन हुने जिल्लामा मध्ये दोस्रो स्थानमा रुपन्देही पर्दछ । रुपन्देही जिल्लाले विभिन्न प्रकृतिको खाद्यान्न विउ उत्पादन गरी १४ प्रतिशत अन्य जिल्लाहरुमा समेत निर्यात गर्दै आएको छ ।  खाद्यान्न उत्पादनमा संभावना बोकेको जिल्लामा बर्षभरि नै सिंचाहीको पहुच  जम्मा १२ प्रतिशतमात्र रहेको छ । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत  भोजराज सापकोटाका अनुसार जिल्लामा ८२ हजार ६ सय २२  हेक्टर जमिन  खेती योग्य जमिनको रुपमा रहेको छ  । जिल्लामा कुल ५८.४५ प्रतिशत जमिन कुल योती योग्य रहेको छ । जस मध्ये कुल ८० हजार १ सय २२ हेक्टर क्षेत्रफल अर्थात कुल ९८.४५ प्रतिशत जग्गामा  खेतीपाती हुदै आएको छ ।  जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका अनुसार कुल ५७ हजार ९ सय ८९ हेक्टर क्षेत्रफल सिंचित भुमीको रुपमा रहेको छत ।  जसमा बर्षभरी नै सिंचाही हुने कुल १० हजार ३ सय २२ हेक्टर भुमी मात्र रहेको छ । कुल खेती योग्य जनिम

अर्घाखाँचीका बसमा सधैं लोक दोहोरी

Image
  कृष्ण खनाल जेठ २२, बुटवल । गत शनिवार बुटवलबाट अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धीखर्कको लागि हिडेको लु २ ख७६८३ नम्बरको बसमा हिन्दी गित बजेपछि एक जना यात्रुले भने–‘अर्घाखाँचीको गाडीमा पनि हिन्दी गीत ।’ यतिभनेपछि गाडीका सहचालकले भने–‘साथीसंग पेनड्राईभ साटेको हिन्दी गीतको पो परेछ, कसैसंग http://sajhasabal.com/rupandehi/news/gfsgghh/ लोक दोहोरी गीत भएको मेमोरी वा पेनड्राईभ छ भने पाउ है ।’ ठाडा पुगेपछि केही दिन पहिला आफुले दिएको पेन ड्राईभ सह चालकले ट्रक डाईभर संग मागे र गाडीमा गीत बजाए । सिमिसिम पानी परेको, त्यहि पानीमा रुजेको … खैत सानु तिम्ले मेरो मनको कुरा बुझेको, आज यतै बसम्, आज यतै बस्म पिरतीले बेरम्लाई फिलीम हेरम्ला ….. यो गीत बजेपछि यात्रु मध्येका एक जनाले भने –‘लौ है बल्ल अर्घाखाँची आए जस्तो भो ।’ उनी जस्तै लोक दोहोरी गीत र अर्घाखाँचीको यात्रा प्रायबाची जस्तै बन्ने गरेको छ । कोही नयाँ व्याक्ति अर्घाखाँचीको यात्रा गर्दछ भने प्रयः सबै जसो गाडीहरु जीप, बस, हाईस्मा लोक दोहोरी गीत नै बज्ने गरेका छन् । यसलाई अर्घाखाँचीको विशेषताको रुपमा लिन सकिने राष्ट्रिय लोक दोहोरी