Posts

Showing posts from May, 2014

कोरियामा कामदार, नेपालमा शिक्षक ! एउटै कोर्षको मनपरी शुल्क

Image
कृष्ण खनाल बुटवल, १५ जेठ । बुटवलको राजमार्ग चौराहामा रहेको न्यु ईपिएस स्टडी सेन्टरका सञ्चालक खीम अर्याल शिक्षक होईन्न । करिव १५ बर्ष  दक्षिण कोरियामा बसेर नेपाल आएका उनी कोरियामा कामदार थिए अहिले नेपालमा उनी शिक्षक भएका छन् । उनी मात्र होईन्, बुटवल ११ कालिकानगरमा रहेको युनाईटेड नेपाल एजुकेशन कन्सल्टेन्सीका सञ्चाक आशोक बस्नेतपनि दक्षिण कोरियामा १० बर्ष बसेर नेपाल आएका हुन् । उनीपनि कोरियामा बस्दा कामदार थिए तर नेपालमा आएपछि उनी शिक्षक भएका छन् । यि व्यक्तिहरु केवल प्रतिनिधी पात्र मात्र हुन् । पछिल्लो समयमा दक्षिण कोरिया सरकारले रोजगार अनुमति प्रणाली (इपीएस)  अन्र्तगत सन् २०१५ का लागि असोजको १० र ११ गते (सेप्टेम्बर २६ र २७) मा नेपालमा कोरियन भाÈा परीÔा सञ्चालन गर्ने भएपछि कोरियामा पहिला कामदार भएका अधिकांस व्याक्तिहरुले यस क्षेत्रमा कोरियन भाषा परिक्षाको तयारी कक्षा सञ्चालन गरिरहेका छन् ।  कुनै–कुनै कन्सल्टेन्सीले कोरियाबाट नै शिक्षकहरु  ल्याएर ‘कोरियन भाषा तयारी कक्षा सञ्चालन’ गरेका भएपनि अधिकांश कन्सल्टेन्सीहरुले कोरियामा कामगरि फर्केर आएका ‘कामदार शिक्षक’ बाट कोरियन भाषा परिक्षाको

किसानलाई धानको ब्याड राख्न भ्याईनभ्यई

Image
कृष्ण खनाल बुटवल, १३  जेठ । आईतबर मात्र यस क्षेत्रमा पानी परेपछि रुपन्देहीका कृषकहरुलाई धानको(बिउ) व्याड राख्ने चटारो सुरु भएको छ । लामो समयसम्म पानी नपरेको कारण  धानको ब्याड राख्न नपाएका  किसानहरुले पानी परेसंगै राहतको महसुस समेत गरेका छन । अहिले  दिनकमा करिव ५० जना भन्दा बढि किसानहरु कुन जातको धान रोप्दा धेरै फलाउन सकिन्छ भनेर कृषि कार्यालय धाएका छन् त कोही खेत जोताइमा लागेका छन भने कोही व्याडका लागि मल जुटाउन व्यस्त  छन । सोमबार  मात्रै  कृर्षि विकास कार्यालय रुपन्देहीमा आउने कृषकहरुको संख्या उल्लेखनिय रहेको जिल्ला कृर्षि विकास कार्यालय रुपन्देहीका प्रमुख कृष्णभद्र अधिकारीले जानकारी दिए । उनका अनुसार अहिले जिल्ला कृर्षि विकास कार्यालयमा अनुदानको धानको विउ बितरण गर्न, किसानहरुलाई परामर्श दिन कर्मचारीहरुलाई भ्याई नभ्याई छ ।  खडेरी पर्ने महिना भनेर चिनिने जेठमा यो बर्ष भने आईतबार मात्र पानी परेको हो । कतिखेर पानी पर्ला र धानको  ब्याड राख्न पाईयला भनेर प्रतिक्षामा बसेका कृषकहरुले  सोमबार देखि धमाधाम धानको ब्याड राख्न सुरु गरेका छन् । जिल्ला कृषि विकास कार्यालय भैरहवाका प्रमु

‘सोमबारको सामान आईतबारै किन्नुस्’

Image
कृष्ण खनाल बुटवल, १२ जेठ । तपार्इं आईतबार बजारमा किनमेल गर्न जाँदै हुनुहुन्छ भने किनमेलको बजेट अलि बढाएर जानुहोला । त्यस दिनको लागि मात्र होईन सोमबारको दिनको लागि पनि अब  तपाईंले सामान किन्नु  पर्नेछ । किन भने अव सोमबारको दिन खुद्रा तथा किराना पसलहरु सम्पूर्ण रुपमा पसल बन्द हुनेछन् ।  होईन भने सोमबारतपाई भोकै बस्नु पर्ने पनि अवस्था नआउला भन्न सकिन्छ ।  खुद्रा, किराना व्यवसायी संघ रुपन्देहीले अब देखि प्रत्येक सोमबार अनिबार्य रुपमा किराना तथा गल्ला बसलहरु बन्द गर्ने उर्दि जारी गरेको  छ । जसको कारण अव सोमबार सबै पसलहरु बन्द हुनेछन् । सोमबार पनि बुटवलमा करिव २०÷२२ वटा मोटरसाईकलमा ‘सूचना अबदेखि सोमबार अनिवार्य रुपमा पसल गर्नुहोला’ लेखिएको प्ले कार्ड सहित दुईवटा झुण्डले पसल बन्द  गराउँदै हिडेको थियो । सधंै भरी पसल खुला राख्ने गरेको कारण ‘एक दिन विश्राम गर्नै’ भन्दै खुद्र व्यवासी संघ रुपन्देहीको आव्हानमा  व्यपारीहरुले अव देखि बुटवलको मैनाबगर क्षेत्रमा शनिबारको दिन र अन्य  क्षेत्रहरुमा सोमबार अनिवार्य रुपमा पसल बन्द गर्नेछन् । खुद्रा किराना व्यसायी संघ रुपन्देहीका अध्यक्ष लक्ष्मण न्यौपाने

धुलो उडाउदै ‘फुटबल खेल्दै’

Image
कृष्ण खनाल बुटवल, ९ जेठ । युवा संघ नेपालको आयोजनामा बुटवलमा १२ औं मनमोहन स्मृती अन्र्तर वडा  फुटवल प्रतियोगीता विहिवार सकिएको छ ।  फाईनलमा प्रवेश गरेका वडा नम्बर १३ र वडा नम्बर १० को विचमा  प्रतिष्पार्धा भैरहेको समयमा खेल मैदानमा कुकुर प्रवेश ग¥यो । स्टेजबाट उद्घोषण भयो–‘कृपया दर्शकहरु त्यो कुकुरलाई वाहिर जाने बाटो मिलाईदिनुस्’ । कुकुर प्रवेश गर्नु कुनै नौलो कुरा होईन ।  एक साता भन्दा लामो चलेको  फुटवल प्रतियोगीतामा खेलाडीहरुले  उपयुक्त मैदानको अभावको कारण ‘धुलो उडाउदै’ बललाई नेट चुमाउन सफल भए ।  फुटवल खेलाडीहरु मात्र होईन, दर्शकहरुले  पनि धुलोको सामान गर्दै  प्रतिस्पर्धा को अवलोकन गरिरहे । जुन अवस्था  उपयुक्त खेल मैदानको अभावको कारण आएको हो । खेलाडीहरु  नेपालमा धुलो र हिलोको सामाना गर्नु एउटा बाध्यत्मक अवस्था हो भन्छन्’– फुटवल खेलाडी पुकार गहतराज  । केही समय अगाडी बुटवल टुडे संग कुराकानी गर्दै उनले सरकारले  खेल र खेलाडीहरुलाई उपयुक्त स्थान नदिएको कारणले गर्दा जहिले पनि खेलाडीहरुले राम्रो प्रर्दशन  गर्न नसकेको उनी बताउदछन । विहिवार भएको खेलमा सम्पूर्ण खेलाडिहरुल

पर्यटनको हब बन्न सक्छ रुपन्देही

Image
कृष्ण खनाल   बुटवल, ५  जेठ । शाक्यमुनी गौतम बुद्धको जन्म स्थान लुम्बिनी, १ करोड १० लाख बर्ष पुरानो मानवजातीको पुर्खा रामापिथेकसको अवसेस पत्ता लगाएको स्थान सिद्धबाबा क्षेत्र । यति मात्र होईन गौतम बुद्धको मावली क्षेत्र दवदह र अग्रेजहरुलाई हराएको नेपालको एक मात्र किल्ला जितगढी । यि सबै ऐतिहासिक सम्पदा रुपन्देहीको मुटुमा नै छन् ।  पर्यटकिय संभावना बोकेका यि स्थानहरुको सर्मधन र विकास हुन नसकेको कारण अहिले सम्म पनि यथेष्ट मात्रमा पर्यटकिको लागि रुपन्देही आर्कषक गन्तव्य स्थान बन्न सकेको छैन । कुनै स्थानमा भौतिक पुर्वाधारको अभाव त कुनै कुनै स्थानमा प्रचार प्रसारको अभावको कारण आझेलामा परेक पर्यटकिय गन्तव्य हरुको पहिचान गरी त्यसको देश र विदेशमा समेत प्रचार प्रसार गरी रुपन्देहीलाई पर्यटकिय हब बनाउने उदेश्यमा लागेको छ रुपन्देही होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देही । जसलाई बुटवल नगरपालिकाले समेत साथ दिएको छ । होल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष मोदनाथ बेल्बासेले पर्यटन व्यवसाय संगै होटल व्यवसाय समेत जोडिएको कारण आफुहरु पर्यटकिय स्थानको महत्व र प्रचार प्रसारमा लाग

गर्मीका कारण रुपन्देहीमा विद्यालयमा ६० जना विद्यार्थी बेहोस

Image
  कृष्ण खनाल  बुटवल, ८ बैशाख ।  केही दिन यता अत्याधिक मात्रामा बढेको गर्मीको कारण यस क्षेत्रको जनजिवन प्रभावित भएको छ । करिव एक हप्तामा बुटवल–१३ देविनगरमा रहेको नविन औद्योगीक कद्दरबहादुर रिता उच्च माविमा ६० भन्दा बढि विद्यार्थीहरु बेहोस भएका छन । विद्यार्थीहरु छिन छिनमै बेहोस हुने गरेको विद्यालयमा पढाई समेत प्रभावित भएको छ ।  एकै दिन करिव ३० जना भन्दा बढि विद्यार्थीहरु बेहोस भएका छन  भने भने एउटा कक्षा ६ को ‘बि’ सेक्सनबाट ११ जना भन्दा बढि विद्यार्थीहरु बेहोस भएको विद्याललयले जनाएको छ ।   बेहोस भएका विद्यार्थीहरु सम्हाल्नको लागि ‘हम्मे हम्मे’ परेको विद्यालयले जनाएको छ ।  ‘विद्यालयमा राख्ने ठाउँ नि अभाव भएको छ कार्यालयमा, कक्षा कोठामा र क्यान्टीमा समेत राखेका विद्यार्थीहरुलाई चिसो पानी र कपडा भिजाएर होस्मा ल्याउने प्रशास गरिरहेका छौ ।’–विद्यालयका प्राचार्य प्रेम बहादुर बस्नेतले भने ।  उक्त विद्यालयमा अहिले करिव १ हजार ३ सय भन्दा बढि विद्यार्थीहरुले अध्यन गरिरहेका छन् ।  गर्मीको कारणले हो की भन्दै विद्यालयले लाईन (विद्युत)जाने वित्तीकै जेनेरेटरबाट विद्युत व्यवस्

बुटवलको ‘ठमेल’–ईंटा भट्टीमा खुलेयाम ‘यौन रेट’ को बार्गेनिङ्ग

Image
कृष्ण खनाल   बुटवल, ५  जेठ ।  ‘जाबो १ हजार जान्न जा“दै जान्न’ ‘होईन के अलिकती थप्दीन्छु जाउँ न ल ।’ ‘उसो भए २ हजार दिनुस् जान्छु ।’  ‘ल ल हिड् छिटो जाँउ फेरी कप्स (पुलिस) आउँछ जाँउ’ यति संवाद पछि मोटरसाईकल स्टार्ट हुन्छ, अनि २ वटा बाईकमा दुई जना  युवती बस्छन् अनि मिलनचोक तर्फ हुईकिन्छन् । माथिको संवाद र दृश्य बुटवल–११ ईट्टा भट्टीको हो । केही दिन अगाडी रातको समयमा स्थलगत रिर्पोटिङ्गको लागि गएको संवाददाताले यस्तो संवादको प्रत्यक्ष रुपम  सुन्ने अवसर पाएको थियो ।   रातको करिव सवा १० बजे बुटवलको नयाँबस पार्क पछाडी बाट  ईट्टा भट्टी हुदै  देविनगर तर्फ जाँदै गर्दा बाटोमा दुई जना युवतीहरु कसैलाई कुरेका थिए । कुरेको केही मिनेटमा फोनमा घण्टी बज्यो..... यता बाट युवतीले भनिन्–‘कुरेको एक घण्टा हुन लाग्यो आउने होईन?’  यति भन्न नपाउँदै दुई जना युवक बाईकमा आए । अनि माथि उल्लेख गरेको संवाद स्पष्ट सुरु भएको हो ।   बुटवलमा पछिल्लो समयमा फस्टाउदै गरेको यौन विकृतीको यो नमुना मात्र हो । बुटवल र यस आसपासमा यौन विकृती यति फस्टाउदै छ कि, जसलाई कतिपय अभिभावकहरुले‘डरलाग्दो सामाजिक समस्या’को

लुम्बिनी शान्तीको शहर बनाउने आश्वासन

Image
कृष्ण खनाल    लुम्बिनी(रुपन्देही) ३१ बैशाख ।  शाक्यमुनी गौतम बुद्धको जन्मस्थल लुम्निीलाई पटक पटक‘विश्व शान्तीको शहर’(पिस सिटी अफ वल्र्डःलुम्बिनी) बनाउने कुरा उठ्ने गरेको छ ।  विभिन्न राजनीतिक दलका धेरैजसो भाषणामा लुम्बिनी र  भगवान गौतम बुद्धको नामा जोडिएको हुन्छ । खासगरी चुनावी एजेण्डाको रुपमा केही समय पहिला सम्पन्न भएको संविधान सभा निर्वाचन–२ मा पनि यस क्षेत्रका सयौ नेताहरुले लुम्बिनीको विकास गरी देशको मुहार फेर्ने चुनावी भाषण गरेका थिए ।  पटक÷पटक लुम्बिनीको गुरुयोजना समयमै पुरा गरी लुम्बिनी क्षेत्रको वृहत्तर विकास गरी लुम्बिनीलाई विश्वको सामु शान्तीको सहर बनाउने कुरा उठेको भएपनि अहिले सम्म यसले मुर्त रुप पाउन सकेको छैन ।  बर्षको एक पटक लुम्बिनीमा आई गौतम बुद्धको दर्शनको बारेमा चर्चा गर्ने सरकारले यस पटक पनि आफ्नो निरन्तरता पुरा गरेको छ  । यति मात्र होईन लुम्बिनीलाई शान्तीको सहर बनाउने समेत पुरानो प्रतिवद्धताको पुरारावृत्ति  समेत गरिएको छ ।  २५५८ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको अवसरमा बुधवार गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा सरकारले औपचारीक कार्यक्रम समेत सम्पन्न

पत्रकारिता गर्न अपाङ्गताले छेक्दैन : पत्रकार खनाल

Image
पत्रकारको व्यथा  अर्घाखाची जिल्लाको ढाकावाङ्ग गाविस–३ हरेनडाँडामा जन्मीएका कृष्ण खनाल पछिल्लो समयमा बुटवलमा क्रियाशिल युवा पत्रकार हुनुहुन्छ। जन्मदा खेरी नै गर्भमै पोलियो रोगको सिकार भएका खनाल शररिक रुपमा अशक्त हुनुहुन्छ । दायाँ खुट्ट्मा पोलियो रोग लागेको कारण अपाङ्गता बनेका खनाल विगत ६ बर्ष यता बुटवलमा रहेका क्रियाशिल रुपमा पत्रकारिता गर्दै आएका आएका आउनु भएको छ । बुटवलको नयाँ भावना दैनिक, दैनिक पत्र दैनिक, जनसंर्घष दैनिक , स्वाधीन दैनिकमा समेत काम गरिसक्नु भएका खनाल अहिले बुटवलको रंगिन कलेवर पत्रिका बुटवल टुडे दैनिका काम गर्दै आएका छन् ।  जिवन संघर्षमा बुटवल सौगात ले  गरेको कुराकानी ।  तपार्इंको बाल्यकाल कसरी वित्यो? –म  ७ बर्षको हुँदा सम्म विद्यालयको मुख देख्न पाएन । घरका बुबा आमाले यो अपाङ्ग छ स्कुल जान सक्दैन भनेर विद्यालय पठाउनु भएन् । म घरमा दिदीहरु र दाईले पढेको  देखेर सिक्न थाले । दाई दिदीहरुले मलाई स्कुल नजाँदै कखरा र एविसीडी सबै सिकउनु भएको थियो । सात बर्षहुदा सम्म म ठाडोभएर(उभिएर )हिड्न सक्ने थिएन्  । विस्तारै विस्तारै हिड्न थालेपछि म विद्यालय  गएको हुँ । कक्

स्वच्छ पानीको चाहनाः अलपत्र झुम्सा परियोजना

Image
एडिविको अनुदानमा फेरि अर्को खानेपानी योजना  कृष्ण खनाल बुटवल, २५ बैशाख । बुटवल नगरपालिकाले आधुनिक पशुबधशालाको लागि ०६५ फागुनमा भवन निर्माण र ०६६ बैशाखमा बधशालाको भित्री भौतिक संरचना निर्माणको लागि सम्झौता गरेको थियो । बुटवल–१२ रामनगरमा नेपाल सरकार र गोरखा कन्ट्रक्सनको विचमा सम्झौता भएको पनि  ६ बर्ष पुरा भएको छ । तर पशु बधशालाको पुर्वाधार अहिले सम्म पुरा भएको छैन ।  बुटवल नगरपालिका भित्रको  ‘असफल योजना’ यो एउटा उदाहरण मात्र हो । यी यस्ता केही महत्वकांक्षी योजनाहरु निर्माणकै क्रममा अलपत्र भएका छन् भने  बुटवल नगरपालिकाले सुरु गरेका दर्जनौ योजनाहरु  कागजमा नै सिमित रहेर अलपत्र परेका छन् । प्रत्येक बर्ष नयाँ÷नयाँ योजना ल्याएपनि समयमा नै  पुरा नहुने र अलपत्र हुने नगरपालिकाको लागि कुनै नौलो कुरा होईन ।  यसै विच बुटवल नगरपालिकाले फेरी अर्को योजनाको सुरुवात गरेको छ । आज भन्दा करिव ५ बर्ष पहिला सन् २०१०(०६६÷०६७) मा सुरु हुनु पर्ने योजना कागजमा मात्रै सिमित राखेर बुटवल नगरापलिकाले बल्ल खानेपानी योजना सुरु गर्न लागेको हो ।  नेपाल सरकार र  खानेपानी संस्थानको आन्तरिक स्रोतबाट १९

रुपन्देही जिल्लामा, शिक्षा र स्वाथ्यमा लगानी बढ्दै, प्रतिफल घट्दै

Image
कृष्ण खनाल बुटवल, २४ बैशाख ।  रुपन्देही जिल्लामा गत बर्ष १२ हजार ५ सय १ जना परिक्षार्थीहरुले प्रवेशिका परिक्षा अर्थात एसएलसीमा सहभागी भएका थिए । परिक्षामा सहभागी मध्ये जम्मा ७ हजार ३ सय ५ जना विद्यार्थीहरु मात्र उत्र्तीण भए । ५८.४४ प्रतिशत विद्यार्थीहरु उत्र्तीण भएकोमा  जसमा अधिकांस नीजि स्कुलका विद्यार्थीहअरु रहेका छन् ।  सरकारले नेपालको नीजी क्षेत्रमा कुनै पनि लगानी गर्र्दैन तर प्रवेशिका परिक्षाको नतिजा उचाईमा पु¥याउनको लागि योगदान अधिकांस निजी विद्यालयहरुको रहेको छ ।  सरकारी विद्यालयहरुको प्रवेशिका परिक्षको नतिजा उच्च  बनाउनको लागि कुनै खास भुमिका रहेको पाईदैन तर नेपाल सरकारले भने तिनै सरकारी विद्यालयहरुलाई बर्षीैनी अरबौ रुपैँया खन्याईरहेको छ । सरकारले रुपन्देही जिल्लामा आर्थिक बर्ष २०६९÷०७० मा ९८ करोड २० लाख २५ हाजार रुपैया विनियोजन गरेको छ ।  जिल्लामा शिक्षा क्षेत्र मात्र होईन स्वाथ्य क्षेत्रमा पनि सरकारले करोडौ रुपैया लगानी गरेको छ । आर्थिक बर्ष २०६८÷०६९ मा स्वाथ्य क्षेत्रमा ३२ करोड ४० लाख ३१ हजार रुपैया सरकारले खर्च गरेको छ ।  तर सरकारले जुन अनुपातमा लागनी

ब्रेल लिपी मै ‘लोक सेवाको तयारी’

Image
कृष्ण खनाल बुटवल, २२ बैशाख । रुपन्देहीको  दुधराक्ष गाविस १ पटवा कलौनीका शंकर बन्जाडे केही दिन यता दिनहुँजसो बुटवल–६ मा रहेको कान्ति उच्च माविमा भेटिन््छन् ।  बुटवल बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययन गरिएका उनी कान्ति उच्च माविमा  दिनहुँ जसो त्यतिकै आएका भने होईन्न । सेतो छडी (ह्वाईट क्यान)को सहायताले हिड्ने उनी पूर्ण रुपमा दृष्ष्टिविहिन विद्यार्थी हुन् ।   एकाविहानै रामापुर कलौनी देखि उनी बुटवल आउनुको कारण हो लोक सेवा परिक्षाको तयारी । केही महिनामा हुने लोकसेवा आयोगको राजपत्र अनाकिृत तृतिय तहको खरिदारमा  फारम भोरेका उनी जिल्ला विकास समिति रुपन्देहीले अपाङ्गता भएका व्याक्तिहरुलाई लोक सेवाको तयारी कक्षा सञ्चालन  गरेको कारण  नियमित नै तयारी कक्षा लिन उनी आउँदछन् । जिल्ला विकास समिति रुपन्देहीको सहयोगमा अपाङ्गता उत्थान जिल्ला संमन्वय समिति रुपन्देहीले अहिले बुटवलमा अपाङ्गता भएका व्याक्तिहरुको लागि लोक सेवा तयारी कक्षा सञ्चालन गरिरहेको छ  ।जसम करिव २ दर्जन भन्दा बढि विद्यार्थीहरु सहभागी भएका छन् ।  ‘प्रशिक्षकले भनेको कुरा बे्रल लिपीमा लेखर छामेर पढ्दै लोकसेवाको

मजदुर दिवस पनि भएन विश्राम

Image
कृष्ण खनाल बुटवल, १८ बैशाख ।  विहिवार बुटवल–१३ देविनगरको  न्यू होराईजन चोक नजिकै घर निर्माण गर्ने स्थानमा खटिएकी ५० बर्षिय विष्णु मायाँ थापा दिउँसको टन्टलापुर घाममा पसिनाले निथुक्क भिजेर ईँट्टा ओर्साने काम गर्दै थिईन् । ईंटाको भारी विसाउँदै गर्दा उनले भनिन् ।–‘के गर्ने कामनगरी त हाम्लाई कहा पुग्यो र?  ५० बर्षको उमेरमा पनि मजदुरी नगरि घरमा चुलो नबोल्ने बताउने थापाले दिनको ३ सय रुपैँया  पाएको ज्यालले आफ्नो घर खर्च चलाउदै आएको बताईन् । यति मात्र होईन् विष्णु मायाँको पिडा  अर्कौ छ । करिव १५ बर्ष  अगाडी श्रीमान् वेपत्ता भएपछि बुटवलको ट्राफिक चोककमा सेकुवा बेच्दै आएकी थिईन् ।  तर बुटवलको ट्राफिक चोकका प्रहरीले ठेला राख्न नदिएपछि उनी निर्माण मजदुरको रुपमा काम गर्दै आएकी थिईन् ।  जिविको पार्जनको बाटो नभएको कारण विकल्पको रुपमा निर्माण मजदुरको  काम गर्न लागेको उनले बताईन । ‘करिव एक बर्ष यता  निर्माण मजदुरको रुपमा काम गर्दैै आएकी छु ’ उनले भनिन् । छोरा, छोरी बुहारी समेत घरमा रहेको बताउनेउनले विहिवार परेको मजदुर दिवसको बारेमा कुनै पनि  जानकारी थिएन ।  उनी संगै काम गरिरहेकी अर्की ४० बर्ष