Posts

Showing posts from 2013

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

Image
कृष्ण खनाल भैरहवा, ११ पुस ।  रुपन्देही  जिल्ला सहित  १२ वटा जिल्लाहरुमा लागू औषध कार्यकर्ताहरुको क्षेत्रमा काम गर्ने भनेर सिद्धार्थनगरमा केन्द्रीय कार्यालय रहेको नमुना एकिकृत विकास परिषद् नामक एक गैरसरकारी संस्थाको विरुद्धमा टान्सपेरेन्सी ईन्टरनेशन नेपाल(टीआई नेपाल) र अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरामा उजुरी परेको छ ।  विश्व विकास बैंकको  सहयोग  र नेपाल सरकारको राष्ट्यि एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको सहयोगमा लागू औषध प्रयोग कर्ताहरुलाई न्युनतम तथा निःशुल्क रुपमा विभिन्न सेवा सुविधा प्रदान गर्नको लागि स्थापना भएको संस्थाले उल्टै लागू औषध प्रयोगकर्ताहरुसंग रकम अशुल्ने गरेको, कर्मचारीहरु तलब बाट ‘नमुना फन्ट ’ भन्दै ५ प्रयितशत रकम काटेको  र नेपाल सरकारको तलब खाएका  र उक्त संस्थाको सहकार्यमा का गरिरहेको व्याक्तिहरुलाई विदेशमा अध्यायनको लागि पठाएको भन्दै उजुरी परेको हो ।  टान्सपरेन्सी ईन्टरनेशन नेपाल, पारदर्शी नेपाल सिद्धार्थनगरमा मिति २०७० साल मंसिर २७ गते निवेदन परेको छ  भने अख्तिीयार दुरुपयोग अनुसन्धान आयोग क्षेत्री कार्यालय पोखरामा पुस ११ गते(विहि

‘नमुना’ बन्दै माछा पालन व्यवसाय

Image
कृष्ण खनाल भैरहवा, २४ मंसिर ।  रुपन्देही जिल्ला मानमटेरिया गाविस वार्ड नम्बर—१ भगलापुरका पुन्यप्रसाद चौधरीले वि.स.२०५८ सालमा माछा पालन सुरु गरे । आजभन्दा ठिक १२ वर्ष पहिला आफ्ना बुबा फौदार प्रसाद चौधरीसंग ३० हजार रुपैया मागेर माछा पालन सुरु गरेका उनले अहिले ६ विगाहा क्षेत्रफलमा माछा पोखरी निर्माण गरी माछा पालन गर्दै आएका छन ।  तिन विगाहा क्षेत्रफल आफ्नै हो भने ३ विगाहा क्षेत्रफल  लिजमा (भाडामा) लिएर माछा पालन गर्दै आएका छन ।  केही दिन पहिला उनले माछा पालन गरेको  स्थान मानमटेरिया गाविसको भगलापुरमा पुग्दा उनले पालेको माछाको बारेमा जानकारी लिनको लागि र आफैले पनि माछा पालन व्वसाय गर्नको लागि करिव १ दर्जन कृषकहरु भेटिए ।  माछा पोखरको अवलोकान गर्ने क्रममा भेटिएका दया नगर गाविस वार्ड नम्बर २ का ४८ बर्षीय विष्णुप्रसाद भट्राई भन्दै थिए—“माछा पाल्ने तरिका वारे तालिम लिए तर यसको फिल्डमा नै गएर अवलोकन गरौ भनेर आएको ।”  जिल्ला कृर्षि विकास कार्यालय रुपन्देहीबाट करिव २० जनाको टोलि माछा पालन सम्बन्धी तालिम लिएर  पुन्यप्रसाद चौधरीको माछा पालन गरिएको स्थानमा अवलोकानको लागि आएका  उनले जानकारी

गाउँमै “ग्रडिङ्ग मिल” स्थापनापछि गृहणीलाई राहत

Image
कृष्ण खनाल भैरहवा, २३ मंसिर ।  रुपन्देही जिल्ला मानपकडी गविस वार्ड नम्बर ५ केवलपुरकी ३१ बर्षीय तिला  चौधरी केही दिन पहिला मानपकडी गाविसमा रहेको अन्नपूर्ण विउ उत्पादक सहकारी संस्थाको परिषरमा भेटिईन । उनी उक्त कृषक सहकारीमा नगद जम्मा गर्नको लागि या अन्य सहकारीको कामले भने आएकी होईन्न । विहान करिव ६ बजेतिर उक्त स्थानमा  उनी अन्य कुनै कामले भन्दा पनि धान कुटाउनको लागि आएकी थिईन । केही दिन पहिला धान ल्याएर सहकारी परिषरमा रखेकी उनको पालो  करिव  ३ दिन पछि मात्र आएको थियो ।  सहकारीको “खल”मा धान सुकाउदै मानपकडी गाविसका तिला चौधरी र शिवा भुषाल । तस्वीरःकृष्ण खनाल ÷बुटवल टुडे ।  कारण हो उक्त मिलमा  धानकुटाउनेको लामो सुचीनै हुनेगर्दछ । घर छेउमै अन्य साधारण मिल भएपनि उक्त क्षेत्रका  कृृषकहरु भने अन्नपूर्ण कृषि सहकारीको मिलमा नै आउने गर्दछन । कारण हो उक्त मिलमा धान कुटाएपछि कुनै पनि ढुंगा, माटोको मिसावट हुने कुरा त परै जाओस किसानहरुले ग्रडिङ्ग अर्थात स्तर अनुसारको चामल पाउदँछन  अन्य स्थानमा भन्दा धेरै सस्तो रेटमा  । उच्च गुणस्तर, मध्यम गुणस्तर र न्युन गुणस्तरगरी ३ प्रकारको चामल कुटाउन
Image
खोई जानकारी दिने मान्छे?ः जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा प्रवेश नजिकै राखिएको सोधपुछ कक्षको विजोग । सोधपुक्ष कक्षलाई स्टोररुम जस्तै बनाइएको छ । जसको मर्मत  तथा संहारको लागि कसैले पनि ध्यान दिएको पाईदैन । तस्वीरःकृष्ण खनाल ÷बुटवल टुडे । 

रुपन्देहीमा ‘च्याउ खेती’को लहर

कृष्ण खनाल भैरहवा, १६ मंसिर । केही दिन पहिला जिल्ला कृषि  विकास कार्यालय रुपन्देहीले जिल्लाका करिव ३० जना  कृषकहरुको लागि च्याउ खेती  गर्ने तरिकको वारेमा तालिम आयोजना गर्ने निणर्य गर्यो । तर यसको माग यती धेरै भएकोकी उक्त तालिम लिनकोलागि करिव ४ सय जना भन्दा बढि कृषकहरुले ईच्छा  देखाए । जिल्ला कृषि विकास कार्यालयलाई सिमित स्रोत र साधनमा तालिम प्रदानको लागि अफ्ठारोे भयो । ३० जना बाहेक अन्य कृषकहरुलाई गाँउ— गाँउमा गएर तालिम प्रदान गर्ने  निर्णय समेत गरियो । यो कृषकहरुमा आएको उत्साहको एउटा नमुना मात्र हो । अहिले  रुपन्देहीका अधिकांस क्षेत्रमा च्याउ खेती गर्ने कृषकहरुको संख्या उल्लेखनिय रहेको छ । अहिले सम्म जहा च्याउ खेतीको लागि जिल्ला कृषि विकास कार्यालयले तालिम अयोजना गर्दछ त्यहा कृषकहरुको सहभागीता उत्साजनक हुने गरेको छ । जिल्ला कृर्षि विकास कार्यालय रुपन्देहीका  प्रमुख विष्णुभद्र अधिकारी अनुसार च्याउ खेती गर्नको लागि तालिम लिनको लागि जिल्ला कृषि विकास कार्यालयमा आउने कृषकहरुको संख्या  अधिक रहेको छ । बुटवल टुडेसंगको कुराकानीमा जिल्ला कृर्षि विकास कार्यालय रुपन्देहीका प्रमुख  विष्णुभद्र अ

चेलिवेटी बेचविखनको बाटो परिर्वतन हुदै

कृष्ण खनाल भैरहवा, ९ भदौ । चार्डपर्वको मौका छोपेर रुपन्देहीमा चेलिवेटी बेचविखन बढ्दै गएकोले चिन्दा व्यक्त गर्न थालिएको छ ।  पछिल्लो समयमा विभिन्न प्रलोभनमा पारि रुपन्देहीको बेलहिया नाका हुदै नेपाली चेलिहरु भारतामा बेच्नको लागि लैजाने क्रम समेत बढ्दै गएको छ । तर पछिल्लो समययमा रुपन्देहीको बेलहिया नाकामा प्रहरी प्रशासनको बढ्दो सक्रियातको कारण मानवतस्करहरुले यहाको बाटो परिर्वतन गर्न थालेका छन । उनीहरुले सुनौली नाका(बोडर) लागि ‘सजिलो एरिया’को रुपमा प्रयोग गर्दै आएकोमा रुपन्देही प्रहरी प्रमुखमा विक्रम सिंह थापा आएपछि मानब तस्कारहरुले बटो परिर्वतन गर्न थालेको छन । केही समया अगाडी बेलहिया नाकाबाट भारतमा बेच्नको लागि भनेर दोलाखाका लादु गाविसमा एकै गाउका ४ जना युवतीहरु लाई काकरभिट्टा पु¥याउदै गर्दा वडा प्रहरी कार्यालय अञ्चल पुरले पडसरीबाट ४  जना युवती सहित मानव तस्करमा संलग्न ४ जनालाई समेत प्रक्राउ गरेको थियो । यसबाट रुपन्देहीको बाटो परिर्वतन गरेर मानव तस्करहरुले अन्य बाटो ‘काकटभिट्टा’को बाटो प्रयोग गरेका थिए । ४ दिन सम्म काठमाण्डौमा राखेपछि विदेश पठाईदिने भन्दै रुपन्देहीमा ल्याएर ३ दिन सम्म

संविधान सभा निर्वाचन २०७० ५ सय ४३ मतदान केन्द्रमा ३ वटा मात्र अपाङ्ग मैत्री

कृष्ण खनाल भैरहवा, १६ अशोज । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीको गेटको छेवैमा ‘संविधान सभा निर्वाचनमा भाग लिऔं’ लेखिएको पोष्टर टा“सिएको छ । जुन पोस्टरमा नेपालका अधिकांस समुदायको झल्को दिने गरि ‘डमी’ (मानिसहरुको चित्र) कोरिएको छ ।  लगभग सबै जाती जनतातिहरुको झल्को दिने गरि निर्माण गरिएको चुनाव प्रचार सामग्रीमा मिसाइएको छ ह्वली चियर प्रयोग गरिकी महिला, सेतो छडी प्रयोग गरेका पुरुष, बैशाखको सहायतामा हिडडुल गर्ने मानिसहरु । तर यसरी समावेशी रुपमा तयार गरिएको निर्वाचनको पोष्टर टासिएको जिल्ला निर्वाचन कार्यालयमा कुनै काम विशेषले जादा कुनै पनि अपाङ्गता भएका व्याक्तिहर जान सक्दैन्न । किन भने उक्त कार्यालय अपाङ्ग मैत्री नै छैन । जिल्ला निर्वाचन कार्यालय भाडामा सञ्चालन गर्नुपरेको कारण अपाङ्गमैत्री भौतिक संरचना निर्माण गर्न नसकिएको जिल्ला निर्वाचनन अधिकृत तुलसीराम ज्ञवाली बताउदछन ।‘हामी भाडामा बसेको कारण अपाङ्ग मैत्री बनाउन सकिएन ।’ उनले थपे–‘भाडामा भएको भवन कति समय प्रयोग गर्ने टुंगो नै छैन ।’ केही भाग त ह्वील चियर प्रयोग गर्न सकिने थियो नी भन्ने संवादादातको जिज्ञासामा उनले भने–‘यो हाम्रो मात्र

१८ बर्षमा पनि सञ्चालनमा आउन सकेन ‘विशेष आर्थिक क्षेत्र’

कृष्ण खनाल भैरहवा, २० असोज । करिव १८ बर्ष पहिलाबाट रुपन्देहीको भैरहवामा स्थपनाहुने भनिएको ‘विशेष आर्थिक क्षेत्र’ले अहिलेसम्म सार्थकता पाउन सकेको छैन । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका डण्डा पुल नजिक नेपाल सरकारको केन्द्रबाटनै निर्माणगर्ने भनिएको विशेष आर्थिक क्षेत्र (स्पेसल ईकोनोमी जोन) अहिले सम्म पनि सञ्चालनमा आउन नसकेको हो । नेपालका विभिन्न स्थानहरुमा आर्थिक विकासको लागि भन्दै केन्द्रमा उद्योग मान्त्रालयबाट नै सुरु गरिएको मध्ये सिद्धार्थ नगरको पहिलो आर्थिक क्षेत्र विभिन्न कारणले अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । विशेष आर्थिक क्षेत्रको लागि चाहिने प्रारम्भिक विकासका पुर्वधारहरु समेत निर्माण सम्पन्न भएको करिव एक बर्ष वित्दासमेत उक्त क्षेत्रमा कस्ता उद्योगहरु स्थानपना हुने, कति उद्योगहरु स्थापना हुने, कस्तो प्रकृतीको उद्योगहरु(साना, ठुला तथा मझौला वा घरेलु) उद्योगहरु सञ्चालनमा आउने भन्ने बारेमा अहिले सम्म कुनै पनि निक्यौल हुन सकेको छैन भने उद्योगहरु स्थापनाकोलागि टेण्डर पक्रिया पनि अगाडी बढ्न सकेको छैन । रुपन्देही जिल्लामा स्थापना भएका औद्योगीक क्षेत्रहरुमा स्थान अपुग भैरहे

दशैमा अवधीभरमा ३ हजार ३ सय ३६ सवारीसाधान कारवाहीमा ६ लाख ४९ हजार ८ सय राजश्व संकलन

कृष्ण खनाल भैरहवा, ३ कात्तिक ।  विगतका बर्षहरुमा जस्तै यस बर्षको दशैमापनि ट्राफिक नियम उलंघनका घटनाहरुमा कमी आएन । खासगरी दशैको विदा सुरु भएको दिन असोज २५ गते देखि कात्र्तिक १ गतेसम्म विभिन्न बाहनामा ३ हजार ३ सय ३६ वटा सवारी साधानहरुले  ट्राफिक नियम उलंघन गरेको पश्चिम क्षेत्रीय ट्राफिक कार्यालय बुटवलले जनाएको छ ।  सवारी साधानहरुको छतमा यात्रुहरु ओर्सार्ने, क्षमता भन्दा बढि यात्रुहरु बोक्ने तथा तोकिएको मापदण्ड विपरित सवारीसाधन संञ्चालन गरेको भन्दै दशंै अवधीभरमा ३ हजार ३ सय ३६ वटा सवारी साधानहरुलाई कावारही गरि ६ लाख ४९ हजार ८ सय राजश्व संकलन गरिएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख एसपी सुशिल यादबले जानकारी दिए । उनका अनुसार गत बर्षको भन्दा यस बर्ष ट्राफिक व्यवस्था चुष्त दुरुस्त बनाएको कारण केही मात्रामा भएपनि ट्राफिक नियम उलघंनका घटनाहरुमा कमी थिए । ‘ठाउ“–ठाउ“मा हामीले विशेष व्यवस्था गर्नुको साथै कारवाहीको प्रक्रिया पनि कडाईसाथ लागू गरेका थियौं जसले केही कमी आएको छ ।’–बुटवल टुडेसंगको  कुराकानीमा एसपी  यादबले भने–‘केही हदसम्म घटनामा कमी आएको हामीले पाएका छौ ।’ उनल

जिसिअले नै गरे सरकारी गाडीको दुरुपयोग छोरीलाई सरकारी गाडीमा दिनभर लुम्बिनीको भम्रण

Image
कृष्ण खनाल भैरहवा, ४ कात्तिक । रुपन्देहीका जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद अधिकारीले सरकारी गाडीको दुरुपयोग गरेका छन । आफु प्रमुख रहेको कार्यालयको गाडीलाई आफ्नो छोरी र छोरीका साथीहरुलाई दिनभर घुम्नको लागि लुम्बिनीमा पठाएर उनले सरकारी सम्पतीको भज्जी उडाएका हुन ।  छोरी र छोरीका साथीहरुलाई  गौतम बुद्धको जन्म स्थान  लुम्बिनीमा पठाउनको लागि उनले जिल्ला शिक्षा कायालयका सरकारी कर्मचारी ‘गाडीचालक’नै पठाएर थिए । जस्को  प्रमाण सोमबार दिउसो लुम्बिनीमा फेला परेको छ । सोमबार विहान करिव १० बजे आफु कार्यालयमा आएर जिशिअ अधिकारीले बा १ झ ९५११ नम्बरको टाटा सुमो गाडीलाई आफ्नी ‘छोरीलाई लुम्बिनीमा घुमाउनु’ भन्दै  चालक तीलक बहादुर बुढाथोकीलाई पठाएका थिए । भैरहवा बाट २१ किलोमिटर दक्षिणमा रहेको लुम्बिनीमा घुमघामको लागि आएको लुम्बिनी क्षेत्र भित्रको शान्ती स्तुुपामा नजिकै भेटिएका जिसीअ अधिकारीका छोरीले भनिन–‘बाबाले पठाउनु भो आइम्’ उनीसंगै उक्त गाडीमा एकजना चालक, जिशिअअधिकारीका एक छोरी, एक जना युवक र अन्य २ जना युवतीहरु समेत रहेको थिए ।  दिउ“सो करिब  २ बजे सम्म उक्त गाडी लुम्बिनी क्षेत्रमा घुमिरहेको थियो 

सुखौरा सामुदायिक वनमा ‘अबैध’ समिति

कृष्ण खनाल बुटवल, १३ भदौ। उपभोक्तालाई नियममा बाँध्नका लागि बनेको सामुदायिक बनको उपभोक्ता समिति नै अबैध भएको भेटिएको छ । अबैध रूपमा जन्मिएको उक्त समितिले सामुदायिक वनमा आफ्नै बिधानविपरीत काम गर्दै आएको छ । समितिले सामुदायिक वनको संरक्षणको नाममा बिनाशजन्य गतिविधि गरिरहेको छ । व्यक्तिगत लाभका लागि पदाधिकारीहरूले लोभजन्य आर्थिक कारोबार गरिरहेका छन् । सामुदायिक वनलाई स्थानीय टाठाबाठा भनाउँदाहरूले बाँडीचँुडी खाने भाँडो बनाउँदै गएपछि स्थानीयहरू चिन्तित बनेका छन् ।  रूपन्देहीको मक्रहर गाविस १ देखि ९ मा रहेको सुखौरा हरियाली सामुदायिक वनमा उपभोक्ता समितिमा यस्तै गतिबिधि भेटिएको छ । समूहले बनाएको विधानविपरीत उक्त वन उपभोक्ता समिति गठन भएको देखिएको छ । मक्रहर गाविस १ देखि ९ का बासिन्दाहरूको २०६६ सालमा आम भेला गरी निर्माण गरेको विधानलाई लत्याउादै अबैध समिति गठन भएको छ । केही महिना अघि गठन भएको समितिमा राजनीतिक सहमतिका नाममा नियम मिचेर समिति बनाइएको छ ।  वि.स.२०६६ सालमा निर्माण भएको विधानमा स्पष्टसँग कार्यसमितिमा बस्ने व्यक्ति स्थानीयस्तरमा कुनै पनि पार्टीको नेतृत्व नगरेको र कुनै पनि सरकारी

विदेशको भगाई स्वदेशमा कमाई

कृष्ण खनाल बुटवल   (शुभ मंगल विशेष  ) करिव ५ बर्ष सम्म खाडी मुलुकमा पसिना बगाएपछि कपिलबस्तु जिल्ला चान्द्रौटा वार्ड नम्बर ९ का देवप्रकाश न्यौपाने अव कहिल्यै विदेशको भुमिमा गएर पसिना नबगाउने प्रण गरे । कतारमा अटो मेकानिक्कल सम्बन्धी कम्पनीका काम गरेका न्यौपानेले अहिले ५ बर्ष सम्म विदेशको भुमिका सिकेको सीप प्रयोग गरेर स्वदेशमा राम्रो आम्दानी गरेका छन् । भर्खरै मात्र २७ बर्षमा लागेका न्यौपाने युवा व्यवसायी हुन् । विदेशमा गएर पसिना बगाएपछि अहिले उनले आफ्नै लगानीमा मोटरसाईकल मर्मत गर्ने तथा  मोटरपार्टस् सेन्टर खोलेर राम्रो आम्दानी गर्दै आएका छन । ‘ पा“च बर्ष सम्म विदेशमा गएर पसिना बगाए तर अव आफ्नै देशम केही गर्नको लागि लागेको छु ।’ बुटवल टुडे संगको कुराकानीमा उनले भने–‘अव विदेको भमी पनि टेक्दिन ।’  कतारमा जादा उनको सुरुका दिन अत्यन्तै कष्टप्रदरुपमा विते । करण थियो उनले यहा मेकानिकलको काम पुर्ण रुपमा जानको थिएन्न । ठुला गाडीहरुको केही मात्र काम जानेका उनलाई त्यहाको प्रविधी र हवापानी वातावरणसंग घुलमिल हुन उनलाई धेरै समय लाग्यो । तर केही समय कडा परिश्रम गरेपछि उनले त्यहाको वातावरणसंग घुल

योजना अघि बजेट पछि

कृष्ण खनाल बुटवल, ११ भदौ । बेलैमा काम भएको भए यतिखेर बुटवल खानेपानी सुदृढीकरण आयोजना पूरा भएको दुई वर्ष भइसक्थ्यो । नगरबासी खानेपानीको हाहाकारबाट मुक्त भइसक्थे ।  आयोजनाको पहिले छनौट भएको मुहानमा समस्या, टेण्डर प्रक्रिया र बजेट निकासामा भएको ढिलाईले खानेपानी आयोजना पूरा हुने समय अनिश्चित छ । २० करोड रूपैयाँको यो आयोजना सुरु भएको चार वर्ष बितिसकेको छ । धेरै आयोजनाको अवस्था बुटवल खानेपानी सुदृढीकरण आयोजनाको जस्तै छ । बुटवललाई नमुना शहर बनाउन अघि सारेका आयोजना कतिपय सुस्त गतिमा अघि बढेका छन् । कतिपय धमाधम भइरहे पनि बेलैमा सकिने छाँटकाँट छैन ।  पाँच वर्षअघि बुटवलमा नेपालमै पहिलो अन्तर्राष्ट्रिय स्तरको सिटी हल बनाउने ठूलै हल्ला चल्यो । सिटीहलका लागि काम अघि बढ्न सकेको छैन । आर्थिक बर्ष २०७०÷७१ मा सरकारले सिटी हल बनाउनको लागि निश्चित बजेट विनियोजन गरेको छ । तर काम भने अगाडि बढ्न सकेको छैन । एउटा अन्तर्राष्ट्रिय स्तरको हल र अन्य दुईवटा साना सिटीहल सहित विभिन्न विकासका पूर्वाधार निर्माण गर्ने भनेर नक्सा समेत स्वीकृत भैसकेको बुटवल नगरपालिकाले जनाएको छ ।  ‘बुटवल मण्डप गुरुयोजना’ नाम दिएर प

फुटबलमा समर्पित गाउँ,प्रत्येक घरबाट गच्छे अनुरुपको सहयोग

Image
कृष्ण खनाल बुटवल, १७ भदौ ।  एक महिनासम्म सिं गाउ“ नै फुटबलमा समर्पित हुन्छ । ‘हामीलाई त यो दशंै आए जस्तो हो ।’ अधिकांश स्थानीयको साझा भनाइ हो यो । आर्थिक रुपमा सबल भएको परिवारले नगद र नहुनेले श्रम दिएर सहयोग गर्दछन ।  यो परम्परा चलेको आज होईन करिब २७ बर्ष भन्दा बढी नै भैसक्यो । बुटवलबाट केही किलोमिटर दक्षिण लागेपछि आउने  रुपन्देहीको आनन्दवन गाविस वडा नम्बर–६ मा रहेको कुञ्जलापुर गाउ“ले आफ्नो पहिचान नै फुटवल गा“उ बनाएको छ । यो सिंङ्गो गाउँमा अबको करिब एक महिना मेला पर्व आएजस्तो हुनेछ । करिब २७ बर्ष अघिदेखि निरन्तररुपमा आयोजना हुँदै आएको झरना रनि· शिल्ड फुटबल प्रतियोगिता आयोजनामा सिंगो  गाउँ नै  समर्पित भएर लागेको छ । करिब २ सय ५० घरधुरी रहेको उक्त  गाउ“का प्रत्येक घरबाट कम्तिमा  ३ सय रुपैयाँ संकलन गरिएको छ  फुटबल आयोजना गर्नको लागि ।  राष्ट्रियदेखि अन्तर्राष्ट्रिय खेलाडीहरुको समेत सहभागिता हुने प्रतियोगिताको सुरुवात  वि.स.२०२७ सालमा भएको जानकारहरु बताउँछन् ।  झरना क्लबका  संस्थापक खेलाडी ६० बर्षीय पदम बहादुर थापा मगरका अनुसार अनौपचारिक रुपमा वि.स.२०२७ सालामा  सुरु भएको भए

एमाओवादीका जोगी

Image
कृष्ण खनाल  बुटवल/शुभारम्भ  शुक्रबार बुटवल बहुमुखीको महोल नितान्त भिन्दै थियो। एकीकृत नेकपा माओवादीले आयोजना गरेको चुनावी सभामा सम्बोधन गर्नको लागि भनेर केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने भनेपछि बिहानै देखि सुरक्षा निकायका कर्मचारीहरू चाँजोपाँजो मिलाउनमा व्यस्त थिए भने एमाओवादी कार्यकर्ताहरू पनि लागिरहेको देखिन्थो। दिउँसो करिब साढे १ बजेबाट सुरु भएको एकीकृत नेकपा माओवादीको चुनावी सभामा सुरुमा एक जना केन्द्रीय सदस्यले स्वागत भाषण गरेपछि पार्टीमा कार्यकर्ता प्रवेश गराउने लहड चल्यो। अवध–मधेस राज्य समितिको आयोजनामा भएको उक्त कार्यक्रममा कार्यकर्ता ओसार्नको लागि नवलपरासी, कपिलबस्तु, पाल्पा र रूपन्देहीका विभिन्न स्थानबाट दर्जनांै गाडीहरू प्रयोग गरिएको थियो। कार्यक्रममा उपस्थित अधिकांस मधेसी समुदायका मानिसहरू थिए। कार्यक्रममा पार्टी प्रवेशको नामावली पढ्ने जिम्मा पाएका कमल चु“दालीले लामो लिष्ट नै वाचन गरे। अध्यक्ष पुष्पकमल दाहालको हातबाट टिका लगाएर पार्टीमा प्रवेश गर्नेहरूको लामो लाईन नै लाग्यो। त्यही लाईनमा एकजना साधु अर्थात् जोगी समेत देखिए। उनी लाईनमा बसेकै बेला दुई÷दु

दाताको रकमबाट व्याक्तीगत घडेरी

Image
कृष्ण खनाल    बुटवल, ५ भदौ ।  अपाङ्गता र कुष्टरोगी तथा विभिन्न विपन्न समुदायको लागि काम गर्ने भनेर स्थापना भएको बुटवल–५ ज्वोतिपथमा रहेको नया“ जिवनको लागि हातेमालो नामक संस्थाले विदेशीबाट आएको डोनरबाट व्याक्तिगत रुपमा  नाममा घडेरी किनेको छ ।   विदेशी संस्थाहरुले विपन्नता, अपाङ्गता र कुष्टप्रभावितहरुको लागि भनेर सहयोग गरेको रकमलाई सम्बन्धीत क्षेत्रमा खर्च नगरी ‘रिर्जभ फण्ट’ बनाएर उक्त संस्थाका अध्यक्ष, सचिव  र सदस्यले संयुक्त रुपमान जग्गा किनेका हुन । उनीहरुले करिव ४४ लाख रुपैयाबाट बुटवल देविनगर ९ ख मा  जग्गा किनी व्यक्तिगत रुपमा दर्ता समेत गरेको  प्रमाण बुटवल टुडेलाई प्राप्त भएको छ । संस्थाका अध्यक्ष शैलेन्द्र गौतम, सचिव सरला भुषाल  र सदस्य खेम प्रसाद थापाले गत माघ महिनामा  ९  धुर ३ अना ४ पैसा विवरणको जग्गा किनेका हुन् ।  यसरी डोनरको रकमबाट व्याक्तिहरुले घडेर किनेपछी वास्तविक व्यायिक्तीहरु भने डोनरको सहयोगबाट लाभाविंत हुन सकेका छैन्न ।   जिल्ला मालपोत कार्यालय  रुपन्देहीमा रजिष्टेशन दर्ता नम्बर २२८४९  र कित्ता नम्बर ६९९१  रहेको उक्त जग्गा मिति २०६९ साल  १० महिना २६ गते दर

पशुबधशाला नभएपनि पुर्णाङ्क,सञ्चालको अवस्था अन्यौल

Image
कृष्ण खनाल  बुटवल, असार ।   बुटवलमा आधुनिक पशुबधशाला निर्माण गर्ने भनेर सुरु भएको  योजना  ५ बर्ष पुरा हुदा समेत पुरा हुन सकेको छैन । आज भन्दा करिव ५ बर्ष पहिला  बुटवल १२ रामनगरको धागो कारखाना नजिकै आधुनिक सुविधा सम्पन्न पशु बधसाला निर्माण  गर्नको लागि नेपाल सरकार र गोरखा कन्ट्रक्सनको विचमा २०६५ फागुनमा भवन निर्माण सम्झौता र ०६६ बैशाखमा बधशाला भित्रको भौतिक संरचना निर्माण गर्ने सम्झौता भएको भएपनि हाल सम्म बधशालाको निर्माको काम पुरा भएको छैन् । अहिलेसम्म पशुबधशाला काम पुरा भएको छैन । यसरी पशु बधशालानै निर्माण नभएको अवस्थामा नेपाल सरकारको कार्यासम्पादन तथा मुल्याङ्कनमा बुटवल नगरपालिकाले २ अंकभारमा २ नै अंक प्राप्त गरेको छ ।  नेपालका कुल ५८ वटा नगरपालिका मध्ये  नेपाल सरकार स्थानिय  निकाय वित्तिय आयोगको सचिवालयबाट आर्थिक बर्ष २०६८÷०६९ मा सालको प्रतिवेदन अनुसार न्युनतम शर्त तथा कार्यसम्पादन मापन परिणम अनुसार एक नम्बरमा आएको हो ।  उक्त प्रतिवेदन अनुसार कुल ९१ अंक प्राप्त गरी बुटवल नगरपालिका प्रथम भएको उल्लेख गरिएको छ । शरही आधारभुत सेवा व्यवस्थापन शिर्षक अन्र्तगत कुल १८ अंक आएकोम

अपाङ्गता भएकाहरुलाई भत्ता वितरण, बजेटभाषणमा एउटा, कार्यान्वयनमा अर्कै

Image
कृष्ण खनाल  बुटवल, ३०  साउन ।  अन्तरिम चुनावी मन्त्री परिषद्का अर्थमन्त्री शंकर कोईरालाको आर्थिक बर्ष २०७०/०७१ को बजेट भाषण बु“दा नम्बर १ सय ५६ मा सम्पुर्ण अपाङ्गता भएका व्याक्तिहरुलाई विगतका बर्षहरुमा प्रदान गर्दै आएको आरक्षण प्रणाली (कोटा सिस्टम ) लाई खारेजगरी सामाजिक सुरक्षाको भत्ता प्रदान गर्ने उल्लेख गरिएको छ ।  तर त्यसलाई प्रिन्टमा त्रुटि भएको भन्दै रातो कार्ड पाउने ‘क’ बर्ग र निलो कार्ड पाउने ‘ख’ बर्गका अपाङ्गता भएका व्याक्तिहरुलाई सामाजिक सुरक्षा अन्तर्गतको भत्ता वितरण गर्ने भनेर अहिले व्याख्या गर्न थालिएको छ । तर उक्त निर्देशन पनि जिल्ला स्तरमा आउदा ‘क’बर्गको रातो कार्ड पाएका अतिअक्तश अपाङ्गता भएका व्याक्तिहरुलाई मात्र सामाजिका सुरक्षाको भत्ता वितरण गर्नु भनेर आएको पाइएको छ। विगतका बर्षहरुमा आरक्षण प्रणाली अन्र्तगत अपाङ्गता भएका  व्याक्तिहरुलाई  सामाजिक सुरक्षा अन्र्तगतको भत्ता उपलब्ध गराउ“दै आएको थियो ।  आर्थिक बर्ष २०७०÷०७१ बाट आरक्षण प्रणाली खारेजगरेर सम्पुर्ण आपाङ्गता भएका व्याक्तिहरुलाई सामाजिक सुरक्षाको भत्ता दिने भनेर बजेट भाषणमा घोषणा गरिएको भएपनि अहिले का

कक्षा १२ को विज्ञान समुहको नजिता उत्साहजनक ग्लोरियसका सरोजको ८७.२७ प्रतिशत फर्साटिकर तिलोत्तमाको शतप्रतिशत

कृष्ण खनाल बुटवल, २९ साउन । उच्चमाध्यामिक शिÔा परिÈद्ले प्रकाशित गरेको  कÔा १२ को विज्ञान समुहको  परिक्षाफल प्रकाशन गरेको छ । २०७० बैशाख महिनाको १७ देखि २९ गते सम्म सञ्चालन भएको परिक्षामा नियमिततर्फ ७५ दशमलब ३२ प्रतिशत उत्र्तिण भएको उच्चमाध्यामिक शिÔा परिÈद् सानोठिमी भक्तपुरले जनाएको छ ।  यो बर्षको नतिजा गत वर्Èको भन्दा ३ प्रतिशतले बढी हो । गत बर्È कक्षा १२ को विज्ञान समुहबाट ७२ प्रतिशत परिक्षार्थी उत्र्तीण भएका थिए । देशभरबाट उक्त समुहमा नियमिततर्फ सहभागी ३३ हजार ५ सय  ६६ मध्ये  उत्र्तीण हुनेको संख्या २५ हजार २ सय ३६ छ । यसबर्ष परिषद्ले  २४ जनाको परीÔार्थीको नतिजा रद्द गरेको  जनाएको छ । एक्जाम्टेड तर्फ भने  ५१ दशमलव ४४ प्रतिशत परिक्षार्थी उतीर्ण भएका छन् । परीÔामा सहभागी ६ हजार ३ सय ४९ जनामध्ये ३ हजार २ सय ६६ जना उत्र्तीण भएका हुन । एक्जाम्टेड तर्फ ७ जना परिक्षार्थीहरुको परिक्षा फल रद्द गरिएको छ । उच्च माध्यामिक शिक्षा परिषद् बुटवलका अनुसार यस क्षेत्रको कक्षा १२ को विज्ञान समुहको नतिजा राम्रो देखिएको छ । परिषद्को बुटवल कार्यालय प्रमुख सुवास पन्तले विगतको भन्दा यस बर्षको नतिजा राम्रो