Posts

Showing posts from October, 2014

किसानलाई ५ सय ८३ टन सहुलीयतमा गहुँको विउ

Image
  कृष्ण खनाल बुटवल, १३ कार्तिक ।  रुपन्देही गहुँको उत्पादनमा  हुने प्रमुख जिल्लाको रुपमा चिनिन्छ । सोही अनुरुपमा रुपन्देहीका किसानहरुलाई लक्षित गरेर गर्त वर्ष जस्तै यस बर्ष  पनि  नेपाल सरकारको अनुदानमा जिल्ला कृर्षी विकास कार्यालय रुपन्देहीले आजबाट अनुदानको गहुको विउ वितरण गर्दै छ ।  जिल्ला कृषी विकास कार्यालय रुपन्देहीका अनुसार यस बर्ष ५ सय ८३ मेट्रिक टन गहुको विउ सहुलियतमा वितरण गर्न लागिएको हो । जसको लागि सहकारी मार्फत वितरणको प्रबन्ध मिलाईएको छ ।  जिल्ला कृषि विकास कार्यालयको सिफारिसमा राष्ट्रिय विउविजन कम्पनी लिमिटेड मार्फत गहुको विउ वितरण गर्न लागिएको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृर्षि अधिकृत कृष्ण भद्र अधिकारीले  जानकारी दिए ।  उनका अनुसार   गहुको विउँ  ६० रुपैँया प्रतिकिलो पर्दछ, यसमा  नेपाल सरकारको अनुदान २१ रुपैया पछि किसानहरुले प्रतिकिलो ३९ रुपैयाँमा गहुको विउ पाउने छन् ।  जिल्ला कृषि विकास कार्यालयको सिफारिमा  भृकुटी, विजय, एनएल् २९७, एनएल् ९७१, गौतम, आदित्य लगायतका  गहुँ रुपन्देहीमा कृषकहरुले लगाउदछन् ।  जिल्ला कृषी विकास कार्यालय रु

पश्चिम नेपाल बस व्यवसायीमा चुनावी सर्गर्मी

Image
  कृष्ण खनाल बुटवल, १२ कार्तिक । नेपालकै सबैभन्दा ठुलो यातायात व्यवसायी संघ पश्चिम नेपाल बस व्यसायी संघको २२ औ अधिवेसन  तथा साधारण सभा नजिकिदै जाँदा विभिन्न प्यानलबाट उमेद्बारी घोषणा गर्ने होडबाजी चलेको छ ।  केही दिन पहिला नेकपा एमाले समर्थीत व्यवसयीहरुले संघको आगामी कार्यकालको लागि उमेद्बारी घोषणा गरे लगत्तै विहिवार एमाओवादी र नेपाली कांग्रेस  निटक व्यवसायीहरुले ‘संयुक्त व्यसायीक प्यानल’ भन्दै उमेद्बारी घोषाणा गरेका छन् । एमाले निटक व्यवसायीहरुले केही दिन पहिला एमाले अञ्चल पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी उमेद्वारी घोषणा गरेका थिए भने एमाओवादी र कांग्रेस निटक व्यवसायीहरुले विहिवार सिद्धार्थ कटेजमा कार्यक्रम आयोजना गरी उमेद्बारी घोषाणा गरेका छन् । वर्तमान अध्यक्ष समेत रहेका दधिराम खरेललाई पुन अध्यक्षको उमेद्वारी बनाईएको छ भने  बरिष्ठ उपाध्यक्षमा कृष्ण ब हादुर खड्कालाई उमेद्बारी बनाईएको छ । त्यस्तै उपाध्यक्ष पदको लागि उपेन्द्रमान  श्रेष्ठ र अर्को उपाध्यक्ष पदमा लोकराज न्यौपानेलाई उमेद्बारी बनाइएको  छ । त्यस्तै अहिले कोषाध्य रहेका पदमराज गाहालाई महासचिवको उमेद्

भाँचीएकोे हड्डीमा निःशुल्क रड

Image
कृष्ण खनाल बुटवल, १० कार्तिक ।  तपाईं कतै दुर्घटनामा पर्नुभयो र हात वा खुट्टाको हड्डी भाँचीएर रड राखेर उपचार गर्नुपर्ने भयो भने यसको लागि खुसिको खबर छ । भैपरी आउने दुर्घटनाबाट हात, खु्ट्टाको हड्डी भाँचीएर रड राखि उपचार गर्नुपर्ने  विरामीहरुको लगि यस क्षेत्रमै पहिलो पटक निःशुल्क उपचार हुने भएको हो । यसरी निःशुल्क हड्डी राख्ने व्यवस्था रुपन्देहीको मणिग्राममा रहेकोे क्रिमशन अस्पतालले प्रदान गर्ने भएको हो ।  यसरी यस क्षेत्रमा पहिलो पटक  निःशुल्क रुपमा भाँचीएको हड्डीलाई जोड्नको लागि निःशुल्क रुपमा रडक राख्नको लागि विरामीको करिव २० देखि ३० हजार रुपैया जोगिन सक्ने अस्पतालका हाडजोर्नी तथा ट्रमा सर्जन विशेषज्ञ डा.योगेन्द्र अग्रहरी भनाई रहेको छ ।  साईन फ्युचर केयर ईन्टरनेशनल नामक एक विदेशी गैर सरकारी संस्थाको आर्थिक सहयोगमा उक्त सेवा सञ्चालन गर्न लागिएको अस्पतालका मेडिकल सुपरिटेण्डट मनोज ढुंगानाले जानकारी दिए । डा. अग्रहरीका अनुसार  विदेशी गैर सरकारी संस्थाको सहयोगमा सञ्चताल  गर्न लागिएको यो कार्यक्रम यस क्षेत्रमा पहिलो पटक हो । उनका अनुसार अस्पतालमा  हड्डी भाँचीको कारण रड राखेर उ

चाड पर्वमा ठगिदै उपभोक्ता,, बस्तु एक मुल्य अनेक

Image
कृष्ण खनाल बुटवल, ४  कार्तिक ।  नेपालीहरुको दोस्रो ठुलो  चाड शुभदिपावली अन्र्तगत यमपञ्चक सुरु भएको छ । सोही अनुसार  अहिले  नेपालीहरु  दिपावलीको लागि किनमेलमा व्यस्त छन भने कसैले दिपावलीको लागि खाद्यान्न लगायतका सामानहरुको जोह गर्न लागिरहेका छन् ।   चाड पर्वको मुखैमा बढि खपत हुने तेल, खाद्यान्नमा मैदान, आटा र सुजी, ध्यु जस्ता बस्तुहरुमा व्यापारीहरुले फरक फरक मुल्य राखि विक्रि वितरण गर्ने गरेको पाईएको छ । मंगलबार बुटवल टुडेले गरेको सर्वेक्षणमा व्यापारीहरुले एउटै बस्तुको मुल्य फरक ÷फरक गरी बेच्ने गरेको पाइएको हो  । खाससगरी रुपन्देही खुद्रा किराना व्यवसायी समिति पदाधिकारीहरुले  नै यसरी फरक फरक मुल्यमा खाद्यान्न बस्तुहरु विक्रि गर्ने गरेको रहस्य बाहिर आएको छ ।  मंगलबार बुटवलको मैत्रीपथमा रहेको पाणिनी स्टोर्समा रुपन्देही खुद्रा किराना व्यवसायी समितिका उपाध्यक्ष महेन्द्र  पोखरेलले धारा तेल प्रतिलिटर १ सय ७५ रुपैयाँ मा विक्रि गरिरहेका थिए । भने उनी आवद्व रहेको रुपन्देही खुद्रा किसाना व्यवसायी समितिका अध्यक्ष न्यौपाने स्टोर्स  बुटवल राजमार्ग चौराहका सञ्चालक लक्ष्मण न्यौपाने सोही

सहायक सामग्रीको लागि विदेश कै भर

Image
  कृष्ण खनाल बुटवल, ३१ असोज ।  तिलोत्तमा नगरपालिकामा  मणिग्राममा रहेको शान्ती उच्चमाविमा कक्षा १२ मा अध्ययनरत गीता र विन्दु अर्याल दुईदिदीवहिने पूर्ण रुपमा दृष्टिविहिन हुन् ।  उनीहरु विद्यालय जाँदा होस् या अन्य कुनै पनि स्थानमा हिडडुल गर्दा उनी सेतो छडी अर्थात ह्वाईट क्यान प्रयोग गर्छन् । उनीहरुले प्रयोग गर्ने सेतो छडी नेपालमा निर्माण हुदैन । यसको लागि उनीहरुले कि त कुनै एनजीओको भर पर्नु पछि कि त आफै काठको लठ्ठी निर्माण गरी प्रयोग गर्नु पर्दछ ।  यि उल्लेख गरिएका अर्याल दिदी बहिनी उदाहरण मात्र हुन ।  नेपालका करिव ३० देखि ३२ लाख अपाङ्गता भएका व्याक्तिहरु भएको अनुमान गरिन्छ । यि मध्ये करिव आधाको संख्याले सहकाय सामग्री  प्रयोग गर्दछन् । सेतो छडी, ह्वील चियर, ट्राई साईकल तथा कृत्रीम अंगहरु नेपालमा उत्पादन हुदैन्न । यि सबै सहायक सामग्रीहरुको लागि अहिले पनि अपाङ्गता भएका व्याक्तिहरुले विदेशीको भर पर्ने पर्दछ । अपाङ्गता भएका व्याक्तिहरुले नेपालमा सहज रुपमा नपाईने सहायक सामगी्रको लागि  अन्र्तराष्ट्रिय गैर सरहकारी संस्था तथा  विभिन्न सरकारी संस्थाहरुको मुख ताक्नु पर्ने अवस्था रहेको छ

कालिकाको शाख उच्च पार्नेहरु

Image
कृष्ण खनाल बुटवल,  असोज ।   – विज्ञान संकाय सञ्चालन गरेको पहिलो दोस्रो बर्ष कालिका उच्च माविबाट सहभागी कक्षा १२ की छात्रा आशा खनाल छात्रा तर्फ पश्चिमाञ्चल प्रथम भईन् । ८३.२ प्रतिशत अंक ल्याएकी उनी अहिले पूर्ण छात्रावृत्तीका पुलचोक ईन्जिनियर कलेजमा अध्ययन गर्दै आएकी छिन् ।  – २०६९ सालको व्याचकी गंगा श्रेष्ठले ८१.४ प्रतिशत र जमुना श्रेष्ठ ७८.८ प्रतिशत अंक ल्याए र उनीहरु जुम्ल्या दिदीबहिने अहिले मणिपाल क्याम्पसमा  पूर्ण छात्रावृत्तिमा अध्ययन गरिरहेका छन् ।  – व्यवस्थापन संकायमा २०६८ मा क्षेत्रीय प्रथम भएका तेज बहादुर बुढाथोकी पनि अहिले पोखरा विश्व विद्यालय अन्र्तगत बुटवलको एक्सीस उच्च माविमा पूर्ण छात्रवृत्तमा अध्ययन गरिरहेका छन् ।  –हालै प्रकाशित विज्ञान समुहको कक्षा १२ को नतिजामा दिपक कुँवर ले ८४.४ प्रतिशत अंक ल्याएर सामुदायिक विद्यालय तर्फ नेपाल प्रथम भए ।  ********************* यी प्रस्तुत गरिएका उदाहरण बुटवल–१२ कालिकानगरमा रहेको कालिका उच्च माविका विद्यार्थीहरुले हासिल गरेका नतिजका केही अंशहरु मात्र हुन । भर्खरै मात्र सार्वजनिक भएको प्रविणता प्रमाणपत्र तह अर्थात क

रुपन्देहीमा ‘कोर्ट म्यारिज’ नगन्य

Image
कृष्ण खनाल बुटवल, २४ असोज ।  कानूनी रुपमा बैद्यानिकता पाउने ‘कोर्ट म्यारिज ’ गर्नेहरु रुपन्देहीमा नगन्य मात्रामा रहेका छन् । कानूनी बाधा अड्चन आएको बेला ‘पोष्ट म्यारिज’ (अरु विवाह) गर्ने मानिसहरुको संख्या केही बढि भएपनि जिल्ला प्रशासन कार्यालयमा ‘कोर्ट म्यारिज’ गर्ने निवेदन दिनेहरुको संख्या न्युन रहेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा अन्तरजातिय विवाह गरेका जोडीहरुले प्रशासनबाट पाउने पुरस्कार(सहुलियत)को कारण कोर्ट म्यारिज गर्ने गरेको भएपनि अन्य मानिसहरु भने कोर्ट म्यारिजको लागि जिल्ला प्रशासन कार्यालयमा धाउदैन्न् ।  जिल्ला प्रशासन कार्यालय रुपन्देहीका विवाह दर्ता फाँटका नायव शुब्बा प्रेम रोका का अनुसार प्रशासन कार्यालय रुपन्देहीमा ४÷५ बर्षमा करिव जम्मा १ सय ५० वटा मात्र कोर्ट म्यारिज र पोष्ट म्यारिजको लागि निवेदन दर्ता भएका छन् ।  खासगरी बैदशिक कार्य प्रयोजनको लागि ‘पोष्ट म्यारिज’ गर्ने क्रम केही बढेको भएपनि कोर्ट म्यारिज गर्ने परिपाटी न्यून रहेको नायव सुब्बा रोका को भनाई रहेको छ । बुटवल टुडेसंगको कुराकानीमा नायव सुब्बा रोकाले भने–‘पछिल्लो समयमा कोर्ट म्यारि