फुर्सदको समय सदुपयोग गरी घरमै रोजगारी

कृष्ण खनाल
बुटवल, कात्तिक ।
 खाली रहेको समयलाई सुदपयोग गर्ने हो भने दैनिक जिविको पार्जनको लागि अर्काको मुख ताक्नु पर्दैन । महिनाभरमा घरमै समयको सदुपयोग गरियो भने मनग्य नै आम्दानी गर्न सकिन्छ । सोही उदाहरण पेश गरेकी छिन् रुपन्देहीको सैनामैना–५ कुस्माकी स्थानिय परिया थरुले । कुस्मा चौकमा सानो पसल सञ्चालन गरेकरी थारुले पसल संग संगै स्थानिय खेरा गएको खर(बाबियो)बाट कलात्मक ढकिया निर्माण गरी राम्रो आम्दानी गरेकी छिन् । विहास साँझ घरको कामा व्यस्थ हुने उनले दिउसोको समया पसल(खोका)मा बसेको समयमा ढकिया बुन्दै आएकी छिन् । बनबाट बा
बियो काट्ने देखि लिएर त्यसलाई सुकाउने, सानो ठुलो आकार विभाजन गर्ने र ढकिया बुन्ने सबै काम एक्लै गर्दै आएकी उनले ढकियालाई विभिन्न रङ्गमा रङ्गाउने काम समेत आफै गर्दै आएकी छिन्  ।उनी भन्छिन्–‘पसलमा ग्राहक नआएको बेला यसैमा भुल्ने गरेकी  छु ।’
बनमा खेरा गएको बाँबियोलाई काटेर घरमा सुकाएपछि ढकिया बुन्न सुरु गर्ने उनको भनाई रहेको छ । उनका अनुसार दैनिक एक वटा सम्म बुन्न सकिन्छ । सानो र ठुलो आकारमा गरी दुई प्रकारका ढकिया बुन्दै आएका छिन् उनले । सानो ढकियालाई स्थानिय बजारमा २ सय र ठुलो ढकियालाई ५ सय देखि ७ सय रुपैयाँमा विक्रि हुदै आएको  उनले जानकारी दिए । ‘बजारको समस्या छैन, यहाँ  शनिवार लाग्ने हाटबजारमा  बेच्दै आएको छु, बुटवल सम्म पनि  बेच्न लैजान्छु ।’

दैनिक एक वटा ढकिया बुन्न सकेमा महिनामा करिव १५ हजार रुपैयाँ सम्म कमाउन सकिने उनको भनाई रहेको छ । जसको लागि अलि बढि मिहिनेत लाग्ने भएको कारणले पनि झन्झटीलो भएको उनी बताउछिन् । ‘काम केही झन्झटीलो छ, सियोको माध्यमबाट बुन्ने हो, बाहिरको र भित्री खर(बाबियो)पनि फरक फरक पार्नुपर्छ ।’ उनले भनिन् । घरमा बस्ने महिलाहरुले फुर्सदको समयमा यत्तिकै नबसी 


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै