कृषि प्रविधीमा फड्को मार्दै रुपन्देही

कृष्ण खनाल
बुटवल, २० साउन । 
 केही बर्ष पहिला खेत जोत्नको लागि गोरु, राँगा तथा पाडाको प्रयोग गर्दथे ।  तर अहिले भने किसानहरुले आफ्नो कृषिलाई व्यवसायीकरण संगै यान्त्रीकरण समेत गर्दै लगेका छन् । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीबाट आर्थिक बर्ष २०७१÷०७२ मा ७ वटा पावर टेलर मेसिन वितरण भएको छ । जुन अनुदानको रुपमा उपलब्ध गराइएको हो ।  त्यस्तै सोही अवधीमा रोटाभेटर मेसिन, थे्रेसर मेसिन, सिड ड्रिल  मेसिन, रिपर मेसिन, धान दाउने थ्रेसर मेसिन समेत १÷१ वटा किसानले सहुलियतमा  लगेका छन् । 

यो केही उदाहरण मात्र हो ।  यसरी अनुदानको रुपमा विभिन्न यान्त्रहरु किसानले लैजाने क्रममा रुपन्देही प्रत्येक बर्ष जसो जारी रहन्छ । सिंचाहीको लागि यान्त्रीक ट्युवेल होस वा खेत  जोत्नको लागि पावर टेलर समेत किसानहरुले अनुदानको रुपमा जिल्ला कृषि विकास कार्यालयबाट लैजाने गरेका छन् भने आफै समेत खरिद गर्ने गरेका छन् । 

जिल्ला कृषि विकास कार्यलय रुपन्देहीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत कृष्ण भद्र अधिकारीले अनुदानमा विभिन्न यान्त्रीकरण कृषि औजारको लागि बर्षेनै सयौ संख्यामा निवेदन पर्ने गरेका छन् । उनी भन्छन्–‘हामी बास्तविक किसानहरुलाई समेटर कृषी जन्य औजार र यन्त्र  सहुलियतमा प्रदानग गर्दैै आएका छौं ।’
यस्तै जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले कृषि यन्त्र पावर टिलर अनुदानमा प्राप्तिका लागि कृषि ईन्जिनियरिङ्क निर्देशनालयमा ७० जना किसानहरुलाई सिफारिस गरेको छ ।  जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत जय बहादुर महत्राका अनुसार यसरी सिफारिस  गरिएको  कृषि यन्त्रहरुमा पावेर टेलर, एन्टी सिक्ट व्हील  सिफारिस गरिएको हो । 
आर्थिक बर्ष २०७१÷०७२ मा साना सिंचाई, सहकारी खेती तथा मल वीउ ढुवानी कार्यक्रम अन्र्तगत जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले ८७ जना किसानहरुलाई पम्सेट, बोरिङ्ग, मोटर डेलीभरी, ढिकी पम्प समेत वितरण गरिएको हो ।  किसानहरुले स्वतस्फुर्त रुपमा कृषिमा प्रयोग हुने विभिन्न यन्त्रहरु प्रयोग गर्र्दै आएका छन् । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै