‘कालाजार’को औषधी अभावमा उपचार प्राभिवित

कृष्ण खनाल
बुटवल, २५ साउन । 
गत बर्ष लुम्बिनी अञ्चल अस्पताल बुटवलमा करिव ५ जना कालाजारका विरामी उपचारको लागि आएका थिए । नेपाल सरकारले नारायणी नदी पश्चिम क्षेत्रलाई कालाजारका विरामी नहुने भन्दै प्राथमिकतामा नराखेको कारण औषधी अभावको कारण अघिल्लो बर्ष समयमा नै विरामीले उपचार पाएका थिएनन् । 
यस बर्ष पनि सोही समस्या दोहोरिएको छ । केही दिन पहिला उपचारको लागि २ जना विरामी लुम्बिनी अञ्चल अस्पतालमा आएका थिए । पाल्पा दोभानका एक जना युवा र अन्य एक स्थानमा व्याक्ति उपचारको लागि शुक्रवार र शनिवार गरी लगातार दुइ  दिन उपचारको लागि लुम्बिी अञ्चल अस्पतालमा आए पनि  दुई दिन बित्दा समेत विरामीको उपचार हुन सकेको छैन ।  
शनिवारबाट लुम्बिनी अञ्चल अस्पतालमा  उपचारको लागि आएका विरामीले  नेपाल सरकार रोग नियन्त्रण तथा ईपीडिमीयोलोजी स्वाथ्य विभागले औषधी नपठाईंदिएको कारण औषधी अभावमा ति विरामीको उपचार हुन सकेको छैन । 
लुम्बिनी अञ्चल अस्पताल बुटवलका सुचना अधिकारी लक्ष्मीराज रेग्मीले जानकारी स्वाथ्य विभागबाट औषधी माग गरिएको तर समयमा नै औषधी नआएको कारण उपचार हुन नसकेको जानकारी दिए ।   उनले भने–‘अघिल्लो बर्ष ५ जना जति विरामी आएका थिए, अहिले शुक्रवार र शनिवार गरी २ जना कालाजारका विरामी आएका छन्, तर औषधी  नभएको कारण  विरामी भर्ना भएको छैन ।’ स्वाथ्य विभागसंग  औषधी माग गरिएको तर सोमबार साझँ सम्म पनि औषधी नआएको सुचना अधिकारी रेग्मीको भनाई रहेको छ । 
उनले,  स्वाथ्य विभागसंग कुरा भएको र  सोमबार साँझ जहाज मार्फत औषधी जिल्ला जनस्वाथ्य कार्यालयमा पठाउने र मंगलबार मात्र लुम्बिनी अञ्चल अस्पतालमा आईपुग्ने संभावना रहेको जानकारी दिए । 
लुम्बिनी अञ्चल अस्पताल बुटवलमा पाल्पा दोभानबाट कालाजारका विरामी उपचारको लागि आएपछि अन्य स्थान बुटवल र तानसेन लगायतका क्षेत्रमा पनि कालाजारका विरामीहरु रहेको हुन सक्ने अनुमान गरिएको छ । तर नेपाल सरकारको प्राथमिकतामा  नारायण नदी पश्चिमको क्षेत्र नपरेको कारण सरकारी  अस्पतालमा उपचारका लागि आउने विरामी भने औषधी अभावको कारण उपचारबाट बञ्चित हुनु परेको छ । 
समयमा नै नेपाल सरकारले यस क्षेत्रमा पनि कालाजारका  विरामी फेला पर्दछन् भन्ने मानसिकता विकास गरी पुर्व तयारी स्वरुप औषधीको व्यवस्था गरेमा स्थानियले राहात पाउने छन् ।  अघिल्लो बर्ष अर्घाखाँची, प्युठान,  दाङ्ग, बाट समेत कालाजारका विरामी आएका थिए । 
कालाजारका विरामी झापा, मोरङ,  सुनसरी, सप्तरी, सिरहा, महोत्तरी, धनुषा, सर्लाही, रौतहट, बारा र उदयपुरका जिल्लाहरुमा बढि मात्रामा देखिने गरेको पाइन्छ ।  
 एपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार, केही समययता सुदूरपश्चिमको अछाम,  मध्यपश्चिमको दैलेख, पश्चिमको पाल्पा, पूर्वका खोटाङ र ओखलढुंगा लगायत जिल्लामा समेत कालाजारका  बिरामी पाइएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार, कालाजारका बर्षैनी दुई लाखदेखि चार लाखसम्म नयाँ केश  पाईने गरेको छ ।  जलवायु परिवर्तनले गर्दा यो रोग पहाडी जिल्लामा समेत फैलिन थालेको  विज्ञहरूको ठम्याई छ ।
के को कालाजार ? 
कालाजार एक प्रकारको भुसुना (स्यान्ड फ्लाई) ले टोकेर हुने सरुवा रोग हो । रोगीलाई टोकेको भुसुनाले स्वस्थ  व्यक्तिमा यो रोग सार्ने गर्छ । तराईमा यस्ताखाले भुसुनाहरू गोबरमाटोले लिपेर ओसिलो भएको घरको भित्ताका  चिरा र प्वालहरूमा बस्ने गर्छन् । गा
ईभैंसीको गोठ, फोहोरमैला थुप्रिएको ठाउँ, दाउरा राख्ने ठाउँ, मुसाको दुलो  आदिमा यस्तो भुसुनाले फुल पार्छ ।
लिस्मानियाबाट संक्रमित पोथी भुसुनाद्वारा मान्छेमा सर्ने रोग कालाजार हो । यसको लक्षण भुसुनाले टोकेको एकदे खि चार महिनाभित्र देखिन्छ । कसैकसैमा त यो रोगको लक्षण संक्रमण भएको १०  दिनदेखि २ वर्षसम्म पनि देखिन सक्ने सक्छ । 
यो बिस्तारै फैलिने रोग हो । विश्वमा औलोपछि सबैभन्दा बढी मृत्यु कालाजारले हुन्छ । कालाजारको परजीविले  शरीरका थुप्रै महत्त्वपूर्ण अंगलाई प्रभावित गर्छ । तर यसको सबैभन्दा बढी असर कलेजो र फियोमा पर्छ । यो रोग सार्ने भुसुना नौ फिटभन्दा माथि उक्लन सक्दैन । यसैले सम्भव भएसम्म माथिल्लो तलामा सुत्दा वा  मचान बनाएर सुत्दा यो रोगको संक्रमणबाट जोगिन सकिन्छ । कालाजारको उपचारमा पहिले एक महिनाजति समय लाग्ने गरे पनि हाल नयाँ उपचार विधि अन्तर्गत दस  दिनभित्रै निको हुने गर्दछ । 
कालाजारको उपचारमा पैसा लाग्दै, औषधि, परीक्षण र अस्पताल बस्नुपरे कुनै शुल्क लाग्दैन । सरकारको कार्यक्रम सञ्चालित जिल्लाहरूमा कालाजारबाट संक्रमितहरूले स्वास्थ्य संस्थाबाट एक हजार रुपैयाँ  यातायात खर्च र विषादी उपचारित एउटा झुलसमेत निःशुल्क पाइन्छ ।


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै