कृषिजन्य उत्पादनमा विचौलियाको बोलबाला

कृष्ण खनाल
बुटवल, ९ भदौ । 
रुपन्देहीको सेमलारका किसान रामनाथ मालीले बुटवलको कृषि उपज तथा थोक बजार केन्द्र बोडीलाई २५ रुपैयाँ प्रतिकेजी होलसेल मुल्यमा विक्री गरे ।  उपजकेन्द्रका व्यापारीले त्यहि बोडीलाई खुद्रा व्यापारीलाई ३० रुपैयाँ प्रतिकेजीमा विक्रि गरे । बजारमा त्यहि बोडी आउदा उपभोक्ताले ३५ रुपैयाँ प्रतिकेजीमा किन्न बाध्य छन् । यो एउटा  उदाहरण मात्र हो । किसानले उत्पादन गरेको कृषीजन्यउत्पादन प्रत्यक्ष उपभोक्ताकहाँ नपुग्दा विचौलीयाहरुले हजारौ रुपैयाँ  नाफागरी उपभोक्ता र किसान दुबैलाई सरासर ठग्ने गरेका छन् । व्यापार–व्यवसायमा केही प्रतिशत नाफा खानु स्वभाविक हो तर यस क्षेत्रका विचौलियाहरुले किसान र उपभोक्ता मर्कामा पार्ने गरेका छन् । आफै बजारमा गएर कृषिजन्य उत्पादन विक्रि गर्न नसक्ने किसानहरुले सस्तो मुल्यमा विचौलीयालाई आफ्नो उत्पादन विक्रि गर्न बाध्य छन् सोही बाध्यातालाई  मौकामा राखेर विचौलीयाहरुले लाखौं रुपैया कुम्लाईरहेका छन् । 
एउटा किसानले  कुनै पनि प्रकृतीको कृषि जन्य उत्पादन गर्नमा महिनांै दिन लागाउँछन् । मदखाद तथा ढुवानी खर्च र आफ्नो मिहिनेत जोडेर आफुले उत्पादन गरेको कृषि जन्य बस्तुको मूल्य निर्धारण गर्दछन् । तर विचौलियाहरुको बोलबालाकै कारण किसानले उचित मूल्य कहिल्यैपाउदैनन् । 
सेमलारका पिडीत किसान मालीका अनुसार केहीसमय पहिला ११ रुपैयाँ प्रतिकिलोमा बुटवलको थोक बजारमा तितेकरेला विक्रि गरे । उत्पादन राम्रै भएको कारण सो समयमा राम्रो आम्दानी हुने अपेक्षा उनले लिएका थिए । तर बजारमा ११ रुपैयाँ भन्दा बढि भाउ उनले पाएनन् । घाटा खाएर भएपनि करेला विक्रि गरेर घर फर्के । तर सोही दिन बुटवलका उपभोक्ताले २० रुपैयाँ प्रतिकिलोमा करेला खरिद गरेर उपभोग गरे । कारण होलसेल व्यापारीले थोरै नाफा राखे, रिटेलर व्यापारीले पनि नामा कुम्लाए र बजारमा उपभोक्ताकह जाँदा मुल्य आकासीयो ।
 बुटवल कृषि उपज तथा थोक बजार केन्द्रमा अहिले त्यहि करेलाको  थोक मुल्य २० देखि २५ रुपैया प्रतिकिलोमा कारवारा भैरहेको छ । जुन तथ्यांक उपजकेन्द्रले आधिकारीक रुपमा उपलब्ध गराएको हो । गत भदौ १ गते देखि बजारमा तरकारीको मुल्य आकाशिएको छ । किसानले उत्पादन गरेको तरकारी लगातारको बन्दको कारण ढुवानी हुन नसक्दा मुल्य आकासिएको रुपन्देही खुद्रा तथा किसाना व्यवसायी समितिका अध्यक्ष लक्ष्मण न्यौपाने बताउँछन् । 
गएको केही महिना यता आलु, प्याज , लसुन लगायतहरियो तरकारीको भाउ ह्वात्तै बढेको छ । बुधवार भदौ ९ गते बुटवल कृषि उपज थोक बजार केन्द्रमा रातो आलुको मुल्य न्युनम २१ देखि अधिकतम २२ र औषत मुल्य २१।५० रुपैया थियो । तर बुटवलको राजमार्ग चौराहामा रहेको न्यौपाने किराना पसलका सञ्चालक समेत रहेका खुद्रा किसान व्यसायी समितिका अध्यक्ष लक्ष्मण न्यौपानेले त्यहि आलु  २५ देखि २८ रुपैयाँ प्रति किलोमा विक्रि गरेको  जानकारी दिए । उनका  अनुसार सेतो आलु प्याज १ सय १० देखि १ सय १५ रुपैयाँ विक्रि गरेका थिए त्यहि प्याज बुटवलको कृषि उपज केन्द्रमा थोक मुल्य न्युनतम ९८ देखि अधिकत १ सय २ रुपैया औषत १ रुपैयाँ प्रतिकिलोमा विक्रि भएको थियो । 
यस बाट समेत के स्पष्ट हुन्छ भने बुटवलको थोक बजारबाट समेत खुद्रा तथा किसाना व्यवसायीहरुले खरिद गरेर लगेको प्याजमा प्रति कीलो १५ रुपैयाँ सम्म नाफा खाने गरेका छन् ।  खुद्रा किसान व्यवसायीका अध्यक्ष लक्ष्मण न्यौपाने भन्दछन्–‘गएको केही महिना यता बजारभाउ महङ्गीएको छ ।’ उनले चाड पर्व नजिकीदै जाँदा बजारमा सनफ्लो तेल लगायत केही खाद्यान्नको सटेज नै भएको दावि गरे  । ‘लगातारको बन्दको कारण ढुवानी हुन सकेको छैन, बजारमा भाउ आकाशिएको छ ।’  उनका अनुसार केही महिना पहिला  १ सय ६० रुपैया प्रतिकेजी पाईने अडहरको दाल अहिले २ सय रुपैया पुगेको छ । 
 नौं दिनमा आकासीयो भाऊ
–बुटवल कृषि उपज तथा थोक बजार केन्द्रले उपलब्ध गराएको मुल्य  थोक बजारको मुल्य सूची अनुसार भदौ १ गते रातो आलु औष १७।५० रुपैयाँ मा विक्रि भएको थियो । तर सोही आलु ९ दिन पछि अर्थात भदौ ९ गते २१। ५० रुपैयाँ प्रतिकिलोमा विक्रि भएको छ ।  सेतो आलु १४।५० मा विक्रि भएकोमा १७ रुपैयाँ पुगेका छ भने प्याज ७२ रुपैया प्रतिकिलोमा विक्रि भएकोमा अहिले १ सय ४० रुपैया पुगेको छ । त्यस्तै लसुन १ सय ४५ रुपैयाँमा विक्री भएकोमा भदौ ९ गते १ सय ४० मा विक्रि भएको जनाएको छ । 

ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्

तरकारीको अधिकत  थोक मुल्य
क।स तरकारीको नाम मुल्य÷केजी
(भदौ १ गते ) मुल्य/केजी (भदौ ९गते)
रातो आलु १८  २२

सेतो आलु १५   १८
प्याज         ७५   १०२
लसुन         १७०   १७०
अदुवा         ७० १००
सिमी ३० ४०
बोडी       २५ ३५
स्रोतः बुटवल कृषि उपज केन्द्र थोक बजार केन्द्र 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै