स्वथ्य शिशु प्रतियोगीता !!

कृष्ण खनाल
बुटवल, २० साउन । 
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका भैरहवाकी कल्पना राना जव गर्भवती भईन् त्यतिबेला देखि नै नियमित स्वाथ्य परिक्षण गराउनुको साथै चिकित्सकको सल्लाह पनि लिईरहिन् । गर्भवती भएको बेला पेटको  बच्चा स्वाथ्य जन्माउनको लागि चाहिने प्रायाप्त आईरन चक्की खाईन । सुत्केरी व्यथा लागेपछि उनी स्वाथ्य संस्थामा गईन । बच्चालाई एक घण्टा भित्र  प्रायाप्त मात्रमा स्तनपान समेत गराईन् । 
Add caption
६ महिना सम्म आमाको दुध मात्र खुवाईन र एक बर्ष सम्म बच्चाउले पाउने आधरभुत सबै खोप समेत लगाईन् । यि उल्लेख गरिएका सबै कुरा स्वाथ्य शिसु बनाउनको लागि आमाले अपनाउनुपर्ने आधारभुत विषय हुन । माथि उल्लेख गरिएका सबै कुरा पालन गरेपछि कल्पना रानाको बच्चा सोम सारु मगर अहिले स्वाथ्य छ ।  उनको बच्चा स्वास्थ मात्र छैनन् । शिसु अवस्थामै ‘उत्कृष्ठ स्वथ्य शिशु’ पुरस्कार समेत पाएको छ । 
प्रसंघ विश्व स्तनपान सप्ताहको हो ।  विश्व स्तनपान सप्ताह जारी रहेको बेला भैरहवामा स्वथ्य शिसु प्रतियोगीता गरिएको छ । जसमा रानाको शिसुल प्रथम स्थान सहित नगद पुरस्कार समेत पाएको हो । उक्त प्रतियोगीतामा सहभागी हुनको लागि भैरहवामा विभिन्न ग्रामिण भेगबाट समेत करिव ४० जना भन्दा बढि आमा र शिशु सहभागी रहेका थिए । ‘स्तन पान र कामः यसलाई सफल पारौं’ भन्ने नाराका साथ यहि साउन १६ देखि २२ गते सम्म विभिन्न सचेतनामुलक कार्यक्रम गरी विश्व स्तनपान सप्ताह जारी रहेको छ । 
१ बर्ष उमेर पुगेका विभिन्न शिशुहरुले सबै खोप पाएको छ वा छैन, पोषण प्राप्त मात्रमा पाएको छ या छैन । उमेर अनुसार तौल कति बढेको छ ?, गर्भवती देखि बच्चा जन्माउने समय सम्म आमाले के कस्तो व्यवहार अपाईन, सरसफाईमा कती ध्यान दिएको छ लगायतका करिव एक दर्जन विषयमा आमा संग अन्र्तरवाता लिएर स्वाथ्य शिशु घोषणा गरिएको हो । 
जिल्ला जनस्वाथय कार्यालय रुपन्देही, जिल्ला विकास समिति रुपन्देहीको सहयोगमा नमुना नामक गैरसरकारी संस्थाले उक्त प्रतियोगीता आयोजना  गरेको हो । उक्त प्रतियोगीतामा भिम अस्पताल भैरहवाका सिस्टर, जिल्ला जन स्वाथ्य कार्यालयकी गीता सिस्टर, जिल्ला जनस्वाथ्य कार्यालयका निमित्त प्रमुख ओम प्रकास पन्थी, सिद्धार्थनगर नगरपालिका भैरहवका सामाजिक शाखा प्रमुख  शेखर पन्थी लगायत निणर्यकको भुमिकामा रहेका थिए । 
भैरहवाकी कल्पना रानाको छोरा सोम सारु मगर प्रथम, सृजना लोहनीको छोरा प्रिन्स लोहनीले द्धितिय स्थान, कविता बानियाँकी छोरी प्रिती बनियाले तृतिय स्थान प्राप्त गरेका छन् । 
त्यस्तै सोही प्रतियोगीतमा जुवेरा खातुनका छोरा मोहमद् कलाम र  सरिदा नेपालीको  छोरा प्रियस नेपालीले स्वान्तवना स्थान प्राप्त गरेका हुन ।
जिल्ला जनस्वथ्य कार्यालय रुपन्देहीका निमित्त प्रमुख ओम प्रकास पन्थीले एउटा स्वाथ्य शिसु हुनको लागि के कती  प्रकारको पोषण, खोप तथा स्याहार सुसार आवश्यकता

पर्दछ भन्ने विषयमा बच्चाका आमाहरुलाई जानकारी गराउनको लागि समेत यस्तो प्रकारको प्रतियोगीता  आयोजना गरिएको जानकारी दिए ।
यता, जिल्ला जनस्वाथ्य कार्यालयका पोेषण अधिकृत कृष्ण पोख्रेलका अनुसार नेपालमा जन्मीने कुल बालबालिका मध्ये ४१ प्रतिशत बालबालिका जन्मदा उल्टो पर्ने,४१ प्रतिशतमा पुड्को समस्या, २९ प्रतिशतमा कम तौल र ११ प्रतिशत बालबालिका ख्याउने पन हुने समस्या छ । जसको निराकरणको लागि पनि आमा समयमा नै सचेत हुनु पर्दछ । 
यता, रुपन्देही जिल्लाका स्थानिय विकास अधिकारी विश्व प्रकाश अर्यालले बालबालीकाको नैर्सगीक अधिकार स्थापना गर्नको लागि पनि स्वाथ्य शिश आवश्यक हुने बताए । उनले बाल सहभागीता, बाल बचाउ, स्वाथ्य वालबालिका हुनु आवश्यक रहेको बताउछन् । बालबालिकालाई जस्तो कुरा सिकायो सोही अनुसार नै सस्कार अगाडी बढ्ने भन्दै  जन्मदा देखि नै स्वाथ्य सिसु बनाउने अभियानमा सबै लाग्नु पर्ने बताए । 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्
 तस्वीर
स्वथ्य शिशु प्रतियोगीतमा शिसु सहित अन्तरवार्ता दिदै एक आमा । तस्वीरः कृष्ण खनाल÷बुटवल 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै