दृष्टिविहिनताले रोकेन उच्च शिक्षालाई

पूर्ण दृष्टिविहिन विद्यार्थीद्वारा सैनामैना नगर टप
कृष्ण खनाल
बुटवल, २  भदौ । 
कक्षा १० को ल्याकत परिक्षा (सेन्टअप) दिदाँ उनी सामान्य आम मानिस जस्तै थिए । आँखामा हल्का समस्या आएपनि उनले आफै सेन्टअप परिक्षा दिएका थिए । बेलाबेलामा चिकित्सक कहाँ चेक गराउँदै आएका उनलाई चिकित्सकले भनेका थिए –‘उमेर बढ्दै जाँदा की त आखाँको ज्वोती कमजोर हुदै जान्छ की त राम्रो हुदै जाँछ ।’ नभन्दै उनलाई त्यस्तै भयो । अर्थात उनीले आखाँको ज्वोती गुमाउँदै गए । जसको कारण प्रवेशिका परिक्षा (एसएलसी) सहयोगी राखेर दिनु प¥यो । कक्षा ११ र १२ मा पढ्दा पुरै बे्रेलको भरपर्नु प¥यो  । 
तिनै दृष्टिविहिन विद्यार्थी शंकर बन्जाडे अहिले सैनामैना नगरपालिकामा उच्च अंकसाथ स्नाकोत्तर तह प्रथम बर्षको परिक्षामा  उत्र्तीण भएका छन्  । ब्रेल लिपीको साहरामाअध्ययन गरेको विद्यार्थी बन्जाडेले सहिद नारायण पोखरेल रामापुर क्याम्पस मात्र टप गरेका छैन्न  सैनामैना नगरपालिकामा नै उत्कृष्ठ विद्यार्थीको गरिमा कायम गरेका छन् ।   सैनामैना–११ पटना घर भएका बन्जाडे प्रथम श्रेणीमा उत्र्तीण भई नगरमै उत्कृष्ठ विद्यार्थी भएका हुन । 
कक्षा ११, १२  रामापुर उच्च मावि दुधराक्षमा अध्यायन गरेका उनी  स्नातक तह सुरु भएपछि  क्याम्पसका शिक्षकहरुको मायाँ र ममताको कारण नै सफलताको श्रेणीमा लम्कीन सफल भएको प्रतिक्रिया दिएका छन् ।  
१८ बर्षको हुँदा आफ्नो दृष्टि पूर्णरुपमा गुमाएका बन्जाडेले रुपन्देहीको मणिग्राममा मदन भण्डारी र  टिकाराम भुषालको सहायताले ब्रेल सिकेका हुन ।  उनी भन्छन्–‘प्लस टु सम्म पढाई ठिकै थियो, स्नातक तह र मास्टर्स लेवलमा लागेपछि क्याम्पसको पुर्ण साथ पाएर अध्यायन सुर्धाने मौका मिल्यो ।’ उनले थपे–‘पारिवारिक सहयोग र सहिद नारायण पोखरेल रामापुर क्याम्पसका शिक्षकहरुको पुर्ण सहयोगबाट नै आझ म क्याम्पस मात्र होईन सैनामैना नै टप्न सफल भएको छु ।’
हालै मात्र सार्वजनिक भएको नतिजामा प्रथम श्रेणीमा उत्र्तीण भएका छन् । कक्षा ६ सम्म अर्घाखाँची जिल्लाको सरस्वती माविमा पढेका बन्जोडे ७ वाट रामापुर उच्च माविमा आएका थिए । प्रवेशिका परिक्षामा ६२, प्लस टुमा ५८ र स्नातक तहमा ५७ प्रतिशत ल्याएका उनी स्नाकोत्तर तह प्रथम बर्षको परिक्षामा कुल ३ सय २६ अंक अर्थात ६५. २ प्रतशत अंक ल्याएका हुन । नेपाल विषयका विद्यार्थी उनले नेपाली गद्य र नाटक विषयमा ७७, नेपाली कविता कथा र समलोचना विषयमा ७१,भाषा विज्ञान विषयमा ६९, एजुकेशन एण्ड साईकोलोजीमा २४, करिकुलमा ३२,  फाउनडेसनमा ३३ नम्बर प्राप्त गरेका छन् । 
यता, क्याम्पस प्रमुख दिनेश पन्थीका अनुसार दृष्टिविहिन विद्याथी शंकर बन्जाडे पहिला देखि नै नियमित  क्याम्पस आउने, मिहिनेती र ईमान्दार विद्यार्थी भएको कारण अझउक्त नतिजा प्राप्त गर्न सफल भएको हो ।  उनले भने–‘क्याम्पसको आत्मीय सहयोग र विद्यार्थीको मिहिनेतको कारणले गर्दा उक्त नतिजा हासिल गरेका हौ ।’ 
स्नाकोत्तर तहको प्रथम बर्षको परिक्षामा उक्त क्याम्पसबाट ५ जना विद्यार्थी प्रथम श्रेणी र अन्य १ जना द्धितिय श्रेणीमा पास भएका छ ।  क्याम्पस प्रमुख पन्थीका अनुसार  अपाङ्गता भएका विद्यार्थीहरुलाई क्याम्पसले स्थापना काल देखि नै छात्रावृत्ति प्रदान गर्दैै आएको छ । अहिले क्याम्पस तथा नगर टपेका विद्यार्थी बन्जाडेलाई पनि छात्रावृत्तीको व्यवस्था गरिएको  थियो । 
२०६० सालबाट १९ जना विद्यार्थीबाट सुरु  भएको उक्त क्याम्पसमा अहिले स्नातक तहमा ५ सय ७५ जना र स्नाकोत्तर तहमा ४० जना विद्यार्थी अध्यायपनरत रहेका छन् । 
विविएसबाट सुरु भएको उक्त क्याम्पसले अहिले विएड, विविएसमा दुई वटा माध्यम, विएडमा ४ वटाहरु विषयहरु  अंग्रेजी, गणीत, नेपाली र स्वाथ्य विषयमा अध्यापन गराउदै आएको छ भने विहानी  र दिवा संकायमा कक्षाहरु सञ्चालनमा रहेका छन् । 


२ वटा अपाङ्गमैत्री भवन निर्माण गरेको क्याम्पसले आगामी बर्षमा हाईटेक प्रविधि पोजेक्टरबाट सुरु गर्ने गर्ने जनाएको छ । जसमा ५ वटा कक्षा प्रोजेक्टरबाट तयार  , ईलाईब्रेरीको समेत व्यवस्था रहेकोछ ।  सामुदायिक क्याम्पसको रुप्मा पहिचान बनाएको विद्यालयले आगामी दिनमा एमविए, विविएमका कक्षाहरुसमेत सञ्चालन गर्ने योजना समेत बनाएका छ । 
यता,  दृष्टिविहिन विद्यार्थी का दाजु नारायण प्रसाद बन्जाडेले  परिवारको आर्थिक स्थिती मध्यमभएपनि  क्याम्पसको सहयोग र छात्रावृत्तीको कारण आफ्नो भाईलाई उच्च शिक्षा सम्मको यात्रा तय गर्न सफल भएको प्रतिक्रिया दिएका छन् । उनले भने–‘परिवारमा आर्थिक अवस्था पनि ठिकै छ, भाईको मिहिनेत र क्याम्पसको साथ र सहयोगले यो स्थानमा आएको हो ।’

ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्
तस्वीरः क्याम्पस प्रमुख दिनेश पन्थीको साथमा दृष्टिविहिन विद्यार्थी शंकर बन्जाडे । तस्वीरः कृष्ण खनाल÷बुटवल । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै