धपक्कै छोप्योे तीजको रौनकले

 कृष्ण खनाल
बुटवल, १६ साउन । 
शनिवार रुपन्देहीको तिलोत्तमा–११ चारनम्बर मणीग्रामा रहेको रेसुङ्गा पार्टी प्यालेसमा रौनक अर्कै थियो । नेपाली महिलाहरुको  मुख्य चाडको रुपमा रहेको ‘तीज’ आउन अझै करिव डेढ महिना बाँकी छ । भदौ महिनाको ३० गते यस बर्षको हरितालिका तीज हो । तर उक्त पार्टी प्यालेसमा उपस्थिती महिलाहरुलाई भने तीज लागीसकेको थियो । 
अधिकांस महिलाहरु रातो साडीमा धपक्क सजिएर आएका थिए भने विभिन्न प्रकारका गहनाले झनै शोभा बढाएको थियो । उनीहरु यसरी रातो सारीमा सजिएर तीज विशेष कार्यक्रम भन्दा पनि एउटा तीजको म्युजिक भिडियोको लागि व्यस्त थिए । निर्देशक मदन खड्काले उपस्थित महिला तथा कलाकारहरुलाई ‘एक्सन कट’ को रुपमा अभिनय सीकाउँदै थिए । 
यो एउटा उदाहरण मात्र हो । पछिल्लो समयमा जती–जती तीज नजिकीदै जान्छ त्यतिनै  नारी र कलाकारहरुको व्यस्तता झनै बढ्दै गएको छ । अहिले रुपन्देही लगायत यस क्षेत्रका विभिन्न स्थानहरुमा  तीजको म्युजिक भिडियो निर्माण गर्ने लहर चलेको छ ।  
कतिपय कलाकारहरुले आ–आफ्नो म्यूजीक भिडीयो बजारमा ल्याईसकेका छन् भने कुनै–कुनैले ल्याउने तरखरमा रहेका छन् ।प्रमिला सुवेदीको ती गीत दृष्टि ईन्टरनेन्टमेन्ट प्रा.लि.काठमाण्डांैको बजारमा ल्याउने छ । रेशमको साडी सररर...को  शनिवार तिलोत्तमा–११ चारनम्बर मणिग्राममा रहेको रेसुङ्गा पार्टी प्यालेसमा सुर्टिङ्ग गरिएको हो । अवको एक हप्ता भित्र बजारमा ल्याउने गरी म्युजिक भिडियो निर्माण गर्न लागिएको शब्द संकलन शिव पि सुवेदीले जानकारी दिए ।  स्थापित गायिका माण्डवी त्रिपाठी र निर्मल केसीको स्वरमा रहेको उक्त तीज गीतमा संगीत विपीन आचार्यले भरेका छन् । यस क्षेत्रका उदयमान कलाकारहरु  मदन खड्का, सुरज पन्थ, नारायण घिमिरे, प्रिया भण्डारी, पवित्रा थापा, सपना राना लगायतले उक्त म्युजीक भिडियोमा धमाकेदार अभिनय गरेका छन् । 
मदन खड्का को निर्देशन रहेको उक्त गीतको छायांकन सोभाकर पोख्रेलले गरेका हुन । बुटवल र यस आसपासका कलाकारहरुलाई नै प्रथमिकतामा राखेर निर्माण गरिएको उक्त गीतमा काठमाण्डौ बाहिर पहिलो पटक आधुनिक र हाईडेभिनेसन क्यामेराका साथ ईन्डोर सुटिङ्ग गरिएको हो । एम.वि. स्टुडियो सामखुसी काठमाण्डौमा रेकर्ड गरिएको उक्त उत्त म्युजीक भिडियोको नरेश अधिकारी र दिनेश श्रेष्ठले कोरियो ग्राफ गरेका छन् । करिव १ सय ५० भन्दा बढि आधुनिक, लोक गीत लेखेका रचनाकार शिवपि सुवेदीले काठमाण्डौमा मात्र राम्रो म्युजिक भीडियो बन्छ भन्ने भ्रम चिर्नको लागि बुटवलमा उच्च गुणस्तर युक्त म्युजिक भिडियो निर्माण गर्न लागिएको जानकारी दिए । उनले भने–‘मोफसलमा पनि राम्रो भिडियो बन्न सक्छ, जसको लागि उच्च स्तरिय क्यामेरा र सोही प्रकारको ईकुप्मेन्टहरु प्रयोग गर्नु प¥यो नी ।’
केही दिन पहिला पाल्पाका विभिन्न स्थानमा ४ वटा तीज गीतको  सुटिङ्ग गरिएको छ । युनिक मुभिजको ब्यानगरमा निर्माण हुन लागेका चार वटा गीतको सम्पादन तथा निर्देशन सञ्चारकर्मी विजय पोखरेलले गरेका हुन ।  गत बर्ष ‘टेन्सन हटाईदेउ..’ बोलको तीज गीत बजारमा ल्याएका  योगराज पोखरेल र राजेन्द्र पोखरेलले ‘ज्वाई र जेठान भट्टी जान थालियो..’ गीतको छायांकन गरिएको छ ।  उक्त गीतमा योगराज पोखरेल, राजेन्द्र पोखरेल, तेजश रेग्मी, जमुना रानाको स्वररहेको छ ।
 त्यस्तै पाल्पाको पालुङ्ग मैदानीका विभिन्न वडामा समेत सुर्टिङ्ग गरिएको उक्त भिडियोमा काठमाण्डौबाट मेरी बास्सैका दारी बुढा (सुरविर पण्डीत) र निर्मलीलाई समेत ल्याएर सुटिङ्ग गरिएको हो । उक्त गीतमा  नवराज पाण्डे, तेजस रेग्मी र जमुना रानाको स्वरमा रहेको छ । अर्को गीत तीज गीतीसंघ्रह‘भैसी साटेझैको पनि सुटिङ्ग सम्पन्न भएको छ । जसमा  योगेन्द्र पोखरेल, राजेन्द्र पोखरेल, पुस्कर शर्माको स्वर रहेको छ । 
त्यस्तै ‘तातोपानी  भन्सारैमा...’ बोलको गीत सुर्टिङ्ग सम्पन्न  गरिएको छ । उक्त गीतमा जमुना राना, विनोद पाण्डे लगायतका कलाकारको  स्वर रहेको छ । सुटिङ्ग सम्पन्न भैसकेकपछि अहिले उक्त म्युजिक भिडियोहरुको सम्पादन काम जारी रहेको र केही दिन पछि म्युजिक भिडियो सार्वजनिक हुने सम्पादनकर्ता विजय पोखरेलले जानकारी दिए । 
यस्तै  रुपन्देहीको देवदह नगरपालिकाका पाकरी वृक्षा नजिक केही दिन पहिला हास्य कलाकार सुजन न्यौपाने र सुमित्रा काफ्लेको तीज गीत एलबम ‘केटा केटीलाई मात्नु मताए’ बोलको गीत छायांकन गरिएको छ । सुजन न्यौपाने र सुमित्रा काफ्लेकै स्वरमा रहेको उक्त गीत नेपाली तीज गीतमा आएको विकृतलाई यथार्थ परकढंकले उतारिएको  गायक तथा निर्मातामा न्यौपाने बताउनछन् । 
अक्सीजन मिडिया प्रालिको ब्यानगरमा निर्माण भएको उक्त तीज गीतमा लय शब्द सुजन न्यौपानेकै रहेको छ भने रेशम, तेजेन्द्र, सुनिल, युवराज, विशाल, हरिमायाँ, सर्मिला र सुमीले अभियनय गरेका छन् । टंक केसीले छायांकन गरेको उक्त म्युजक भिडियोको  विकास ज्ञवालीले सम्पादन गरेका छन् भने कोरियोग्राफर  रेशम न्यौपनेले गरेका हुन । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै