द्वन्द्वपीडित महिलाको पिडाः–‘न सास,न लास,न राहात’

रुपन्देहीमा वेपत्ता १४ राहात ८ जनालाई मात्र
कृष्ण खनाल
बुटवल, १४ भदौ ।

 रुपन्देहीको गजेडी गाविस–८ गोफलापुरकी ३५ बर्षीय निलम बुढाथोकी लाई २०६२ त्यो कालो दिन अहिले पनि मानसपटलमा ताजै छ । केही दिनको लागि माईतीघर गएकी उनी जव कर्मघर भर्किन् त्यतिबेला ‘संगैजिउने र संगैमर्ने’ कसम खाएर विवाह बन्धनमा बाँधीएका श्रीमान् अमर बुढाथोकी घरमा थिएनन् । घर परिवारलाई सोधिन्–‘खोई त नानीको बाउ ’ परिवारबाट जवाफ आयो ‘तै संग गएको होला नी कुन्न ।’ उनी छक्क परिन् । 
एक्लै आफ्नो माईती घर गएको र घरमा आउँदा आफ्नै श्रीमान् नभएपछि  एक पटक भक्कानीन् । उनी भन्छिन्–‘त्यो दिन आकास नै खसेर च्याप्पे जस्तो भयो ।’ पछि थाहा भयो उनको श्रीमान्लाई तत्कालीन राज्य पक्षको नेपाली सेनाले  विभिन्न आरोपलगाएर लगेको रहेछ । घर परिवारले पनि ‘पिरमान्छे’भनेर तत्कालन नभनेको रहेछ । उनका श्रीमान् वेपत्ता भएको करिव १२ बर्ष पुगेको छ । उनीलाई श्रीमान् वेपत्ता भएको पिडा एकातर्फ छ भने अर्को तर्फ तिनी श्रीमान्को नासो आर्थत बच्चा अहिले प्यारलाईसिसीले गाँजेको छ । 
द्वन्द्वको समयमा वेपत्ता पारिएका कायांै आफन्तहरुले राहत स्वरुप केही रकम र छोराछोरीहरुलाई शिक्षा दिक्षाको छात्रावृत्ती पाए । तर निलम बुढाथोकीले अहिले सम्म राहातको नाममा ‘एक सुको’ पनि पाएकी छैनन् । 
अहिले प्यारालाईसिस (पक्षघात) कारण विरामी परेको १२ बर्षीय छोरा काखमा च्याप्दै न्यायको लागि विभिन्न सरकारी निकाय र  कानुनको ढोका ढकढकाईरहेकी छिन् ।  आर्थिक अभावको कारण छोराको उपचार गर्न नसक्दा अहिले उनको छोरा शाररिक रुपमा अपाङ्गता भएको छ । 
जिल्ला प्रशासन कार्यालयबाट सबै काजगात ठिक बनाई राहत पाउने बेलमा वेपत्ता पारिएका श्रीमान् भारतमा रहेका छन् रे दाई(जेठाजु)ले भनेपछि न्याय नपाएको गुनासो गर्दै आएकी छिन् । उनी भन्छन्–‘छोरा बेहोस भएपछि उपचार गर्न पनि सकिन पैसा भएन, अहिले अंस पनि दिएका छैनन्, नत कुनै राहात पाएकी छु,  मलाई न्याय चाहियो ।’ यति भनेपछि पुरानो पिडाले भरिएको उनको मन भक्कानियो । 
रुपन्देहीको सुर्यपुरा गाविसकी राधिका पौडेलको पिडा निलम जस्तै छ । उनको पनि श्रीमान् पिताम्बर पौडेलाई तत्कालीन राज्यपक्षले वेपत्ता बनाएको थियो । तर अहिले सम्म उनले राहातको नाममा केही नगद पाएकी छिन् । तर राहातको केही रकमले उनको श्रीमानको शरिरको मुल्य तिर्न सकेको छैन । 
रुपन्देहीमा १४ जना वेपत्ता परिवारहरुको पिडा अहिले पनि उस्तै छ । आन्तराष्ट्रिय  संस्था आई.सी.आर.सीका अनुसार रुपन्देहीमा ८ जना व्याक्ति बेपत्ता  पारिएको बताईरहदा विभिन्न गैरसकारी संस्थाले भने १४ जना व्याक्ति बेपत्ता भएको प्रतिवेदनमा उल्लेख भएको एडभोकेसी फोरम नेपाल रुपन्देहीका अध्यक्ष शिव गौडेल बताउछन् । 
स्थानिय शान्ति समिति रुपन्देहीकी संयोजक ज्ञानु पौडेलका अनुसार रुपन्देहीमा अहिले सम्म १ सय ५१ ज्नाको नाम सुचिकृत भएको छ । त्यस्तै वेपत्ता ७ जना  र १८ जना घाईते अंगभंग भएका व्याक्तिहरुको नाम सुचिकृत भैसकेको अवस्था छ ।  एउटै खालको तथ्यांक नभएको कारणले केही कठिनाई भएको भन्दै उनले रुपन्देही जिल्लामा एक जना वेपत्ता परिवारको राहताको लागि छुटेको जानकारी गराईन ्। 
 उनले भनिन्–‘एक जनाको नाम छुटेको हामीले पाएका छौ जुन कुरा गाविसबाट आएको सिफारिसको आधारमा लेखेर पठाएका छौ  ढिलो छिटो न्याय पाउनुहुने छ । शान्ती तथा पुनःनिर्माण मन्त्रालयबाट कार्यादलबनाई अहिले पुनः तथ्यांक लिने र छानविन हुने काम भएको भन्दै  रुपन्देहीबाट थप १ सय ११ जनाको नाम सुचिकृत गर्न पठाइसकेको जानकारी दिईन ।  जसमा थप वेपत्ता ५ जना, मृतक १५ जना  र पहिला घाईते भएको अहिले मृत्यु भएको पठाएको घाईते ३३ जना, विस्तापित ५ जना, सम्बत्ती क्षती २२ जनाको नाम पठाइएको हो । स्थानिय शान्ती समिति रुपन्देहीले  ९ जना टुहुरा वालबालिकालहरुको नाम पनि केन्द्रमा पठाएका छ । केन्द्रबाट उक्त  नाम स्वीकृत भएका टुहुरा वालबालिकाले  प्रति महिना ५ हजार राहत स्वरुप पाउँछन् । 
मानव अधिकार तथा शान्ती समाजमा केन्द्रीय सचिव गोविन्द खनाल ले द्वन्द साम्यभएपछि  गठन हुनुपर्ने सत्य निरुपण तथा मेलमिलाप आयोग अहिले आएर गठन हुनु द्वन्द्व पिडीतको लागि केही खुसीको कुरा भएको भन्दै आयोगले पूर्ण रुपमा सत्य र तथ्य भएर आफ्नो प्रतिवेदन दिनेछ भन्ने आशा गर्न सकिने अवस्था रहेको प्रतिक्रिया दिएका छन् । 
यता,  नेपाल सरकारका उप–सचिव तथा ईलाका प्रशासन कार्यालय बुटवलका प्रमुख कृष्ण प्रसाद भण्डारीले कानुनको हिसावले पनि राहातको लागि कठीनाई भएको बताउछन । उनले भने‘विभिन्न प्रमाण नजुट्दा पनि केही समस्या हुन्छ ’ सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन भएको र ढिलो गरि आए पनि यसले माग सम्बोधन गर्नेछ भने आश गर्न सकिने जनाएका छन् । उनले थपे–‘हाम्रो तर्फबाट सहयोग र सद्भाव जारी रहन्छ ।’  
एक तथ्यांक अनुसार सुर्यबहादुर थापा प्रधानमन्त्री हुँदा ४ जना, गिरिजा प्रसाद कोईरालाको पहिलोपटक प्रधानमन्त्री हुँदा १८ जना , कृष्ण प्रसाद भट्राई प्रधानमन्त्री हुँदा ६ जना, पुन गिरिजाप्रसाद कोइराला प्रधान मन्त्री हुँदा १८ जना, शेर बहदुर  देउवा पुन प्रधान मन्त्री हुँदा थप ३ सय ५४, लोकन्द्र बहादुर चन्द्र प्रधानमन्त्री हुँदा ८३ जना र  सुर्य बहादुर थतापा प्रम हुँदा ५६ जना र शेर बहादुर देउवा पुन प्रधान मन्त्री हुँदा ६१  जना पुर्व राजा ज्ञानेन्द्र शाह प्रधानमन्त्री हुँदा ११ जना वेपत्ता  पारिएका छन् । 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्
खोइ न्यायः १२ बर्ष सम्म राहातको एक रुपैयाँ पनि नपाएकी निलम बुढाथोकी पक्षघात भएका छोराका साथ । तस्वीरः कृष्ण खनाल ÷बुटवल 



Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै