आठ बर्षको बैदेशिक भोगाईपछि स्वदेश मै हाँसपालन

कृष्ण खनाल

बुटवल, २ भदौ । 
आठ बर्ष सम्म बैदेसिक भुमिमापसिना बगाएका रुपन्देहीका एक कृषकले यस क्षेत्रमै नमुना कामको सुरुवात गरेका छन्  । रुपन्देहीको सैनामैना नगरपालिका, बुद्धनगरका ३६ बर्षिय किसान थानेश्वर पौडेलले यस क्षेत्रमा नै नमुना हाँस पालन सुरु गरेका छन् ।  गत जेठबाट हासँपालन सुरु गरेका उनलेको फार्ममा  अहिले १३ सय हाँस रहेका छन् । ‘पौडेल कृषि फार्म’ दर्तागरेर सञ्चालनमा आएको उनको फार्ममा अहिले  हंङकङ क्रस, थाईल्यांण्ड क्रस र चानीज जातका हाँस  रहेका छन् । 
आफ्नै पाँच कठ्ठा जमिनमा क्षेत्रफलमा फार्म निर्माणगरी हाँस पालन गरेका पौडेलले हाँस पाल्नुको कारण रोचक रहेको छ ।  विभिन्न क्षेत्रमा घुम्न मन पराउने उनी गएको बैशाख महिनामा एक जना साथीसंग नवलपरासी जिल्लाको त्रिवेणी क्षेत्र घुम्न गएका थिए ।
 त्यहा एक जना किसानले नमुना फर्मको रुपमा सुरु गरेको हाँस पालन हेरे । त्यतिखेर नै आफुले पनि हाँस पाल्ने अठोट गरेर अर्को दिन घरमा आएपछि फार्म बनाउन सुरु गरेका थिए । अहिले पहिलो पटक हास पालेका उनले आम्दानीको स्वाद चाख्न पाएका छैनन् । तर कृषि क्षेत्रमा भविश्य छैनन् भन्नेहरुलाई भने राम्रो उदाहरण पेश गरेका छन् । 
करिव १२ लाख रुपैया लगानीमा काठमाण्डौबाट हासँको चल्ला ल्याएर पालेका उनले अवको तिन महिनामा करिव ४ लाख आम्दानी हुने बताउँछन् । उनी भन्छन्–‘मैले १२ लाख लगानीमा सुरु गरेको हुँ अहिले पनि बेचेभने पनि ३ लाख चोखो आम्दानी गर्दछु त्यो कुरामा म ढुक्क छु ।’
मलेसिया, सिंगापुर, दुवई, कतार लगायतका देशमा उनले ८ बर्ष काम गरेका थए भने काठमाण्डौंमा  केही समय पहिला एक गैर सरकारी संस्थामा समेत काम गरेका थिए । 
स्नातक तह उत्र्तीण गरेका पौडेलले मेडिकलमा सिएमए समेत गरेका छन् ।  उनी भन्छन्–‘मलेलिया २ बर्ष सिंगापुर साढे ३ बर्ष , दुवई कतारमा करिव ३ बर्ष जती  क्वालिटी कन्टोलरको रुपमा काम गरेको थिए ।’ परिवारमा आमा, छोरा, श्रीमती रहेका उनी भन्छन् सबै काम परिवारका सदस्यहरु नै मिलेर गर्दै आएका छौं ।  दानाको कुनै समस्या नभएको र प्लेट दाना र घरेलुविधिबाट निर्माण गरिएको दाना खुवाउँदै आएको बताउने पौडेलले हाँसमा रोग कम लाग्ने र उपचार गर्न पनि सहज भएकोले हाँस पालन सजिलो हुने गरेको बताउँछन् ।  आज भन्दा करिव ३ महिना पहिला आफै कृषि पेशामा भविश्य छैनन भनेर हिड्ने गरेको बताउने पौडेले भन्छन्–‘अहिले बल्ल थाहा भयो कृषि मा राम्रो भविश्य रहेको छ ।’ 
हाँस पाल्दा सफाईमा विशेष ध्यान दिनुपर्ने र विराम भएपनि एकै पटकमा धेरै हाँस नमर्ने र सहज रुपमा उपचार गर्न सकिने हुँदा हाँस पालन थप फस्टाउदै गएको छ । यस क्षेत्रमा हासँको बजार नभएको र उत्पादन भएका हाँस काठमाण्डौ पठाउने सञ्चालन पौडेलको भनाई रहेको छ । 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्
जे छ कृषिमा छ ः रुपन्देहीको सैनामैना बुद्धनगरमा नमुना हास पालन गरेको थानेश्वर पौडेल हाँस फर्म संगै । तस्वीरः कृष्ण खनाल÷बुटवल टुडे 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै