यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं


धुब्र न्यौपाने
प्रबन्ध निर्देशक, पैचाँे पसल प्रालि
ग्रामिण भेगमा बस्तु विनियमय प्रथालाई आधार मान्दै ग्रामीण क्षेत्रका जनताको उत्पादन गरेर पनि उचित बजार नपाएको सामानहरुलाई सगर सम्म पु¥याउने हेतुका साथ केही समय पहिला पौचो पसल प्रालि सुभारम्भ भएको थियो । गुल्मी जिल्लको बलेटक्सारमा प्रधान कार्यालय स्थापना गर्दै गुल्मीको बलेटक्सार , दिगाम र पाल्पाको अर्गेली मुख्य पैचो पसल स्थापना गरिरएको छ । केही समय पहिला पैचो पसल प्रालिले ६ प्रकारका अचार समेत बजारमा ल्याएको छ । प्रस्तुत छ पैचो पसलका अगामी योजनाका विषयमा प्रबन्ध निर्देशक धुब्र न्यौपाने संग बुटवलका कृष्ण ख नालले  गरेको कुराकानी । 

पैचो पसलको अवधारण कसरी आयो ? 
–पैचो शब्द गाँउ गाउमा अहिले पनि प्रचलित शब्द हो । बस्तु विनिमय प्रालिको आधारमा अहिले पनि गाउ गाउमा कारोवार हुदै आएको छ । यसै कुरालाई हामीले टपक्क टिपेर पैचो पसलको अवधारणा अगाडी ल्याएका हौं । गाउ–गाउमा उत्पादन भएर पनि उचित बजारको अभाव झेलिरहेका किसानहरुलाई व्यवसायीकमुखि बनाउने उदेश्यका साथ हामीले पैचो  पसलको सुभारम्भ गरेका हौं । सहरमा मात्र होईन गाउमा पनि व्यवसायको संभावना छ भन्ने हेतुले हामीले यो अभियानको थालनी गरेका हौं । 

अहिले सम्म कति लगानी  भएको छ ? 
–पैचो पसल प्रालिको शुभारम्भ ३ करोड रुपैयाँबाट भएको हो ।  ५ बर्षमा  लगानी १५ करोड पु¥याउने उदेश्यका साथ हामीले यो योजना अगाडी बढाएका थियौं । तर अहिले नै करिव ३ बर्षमा हाम्रो लगानी १५ करोडमा पुगीसकेको छ । 
पैचो पसलका पैचो दिने ठाउ कुनकुन ठाउँमा छन? 
–हामी बस्तु विनिमय किसानहरु संग उनीहरुकोे उत्पादनमा गर्दछौं । तर उपभोक्ताहरुलाई नगदमा नै विक्रि वितरण गदछौं । हामीले गुल्मी जिल्लाको बलेटक्सार गाविसमा प्रधान कार्यालय स्थापना गरेका छौं । यस्तै गुल्मी र माध्यमबाट गुल्मी र पाल्पाका १० गाबिसका ३० वटा स्थानमा संकलन केन्द्र स्थपान गरेका छौं ।  गुल्मीकै  सदरमुका   तम्घास र बुटवलमा विक्रि केन्द्र स्थापना गरेका छौ भने रिणीमा हाम्रो प्रसोधन केन्द्र स्थापना भएर सञ्चालनमा आएको छ । हामीहरुले प्रसोधन विभाग, संकलन विभाग र उत्पादीत बस्तु विक्री विभाग गरि ३ प्रकारको चरणबाट काम गर्दै आएका छौं । 


पहाडको स्वाद तराईमा विक्रि गर्दै आउनुभएको छ, कस्तो प्रतिक्रिया पाउनुभएको छ ? 
–हामीलाई अहिले सम्म सबै जसो उपभोक्ताहरुले  सकारत्मक प्रतिक्रिया दिनुभएको छ । उपभोत्ताको सल्लाह सुझाव र प्रतिक्रिया विना हामी अगाडी बढ्न सक्दैनौ । पहाडमा उत्पादन भएको शुद्ध अर्गानिक बस्तु तराईका  उपभोक्ताहरुले सेवन गर्न पाउनुभएको छ जुन कार्य हामीले नेपालमै पहिलो पटक सुभारम्भ  गरेका हौं । 
बस्तु विनिमयको प्रक्रिया उत्पादक किसानहरुको प्रक्रिया कस्तो छ ? 
–हामी गाउ गाउमा उपभोग्य बस्तु उत्पादनको लागि प्रेरणा दिदै जाँदा त्यहा उत्पादन भएर पनि खेरा गएका बस्तुहरुले उचित बजार पाएका थिएनन् । हामी गाउ गाउमा पुगेर उत्पादन भएको बस्तु लिने र किसानहरुलाई के कस्तो बस्तु चाहिएको छ त भन्ने विषयमा अभियान सञ्चालन ग¥यौं । जसको कारण किसानहरुले उत्पादन गरेको कृषि जन्य उत्पादनको बजार अहिले बुटवल सम्म आएको छ । गुल्मी र पाल्पाका विभिन्न स्थानमा उब्जीएको कृषि जन्य उत्पादनले बुटवलमा बजार पाएको छ । हामीलाई सुरुका महिनामा करिव २०÷२५ हजारको कृषि जन्य उत्पादन विक्रि गर्ने किसानले अहिले हामीलाई मासिक ४ देखि ५ लाख रुपैयाँ सम्मको उत्पादन दिन थाल्नु भएको छ । काम गरे त हुँदो रहेछ नी भन्ने बानीको विकास भएको छ । 

अहिले नयाँ उत्पादन के छ ? 
–केही बर्ष देखिहामीले पहाडमा उत्पादन भएको कृषि जन्य उत्पादन बजारमा ल्याएका छौं । केही समय  पहिला हामीले पहाडमा उत्पादन भएर पनि खेरा गएको कृषि जन्य उत्पादनलाई प्रसोधन गरी हामीले ६  प्रकारका अचार बजारमा ल्याएका छौं । जुन पहिलो पटक हो । गाउमा उत्पादन भएको अर्गानि अचारको स्वाद हामीले शहरका उपभोक्ताहरुलाई दिएका छौ  । 

भावि योजना के छ ? 
–हामीले पैचोको ब्राण्डको रुपमा स्थापना गर्ने योजनामा छौं । कृषि जन्य उत्पादलाई प्रसोधन गरी विभिन्न परिकारको रुपमा हामीले बजारमा ल्याएका छौ भने केही उत्पादन बजारमा ल्याउने तयारीमा छौं । ६ प्रकारका अचार बजार ल्याए संगै हामीले यस आर्थिक बर्षमा करिव १ प्रकारका कृषि जन्य उत्पादन ब्राण्डीङ्ग र लेवलिङ्ग  गरी बजारमा ल्याउने  योजनामा छौं ।  हामीले कर्कलाको मस्यौरा, फलफुलको जाम, हरियो मकैै, क्यान जुस, मकैको आटो, कोदोको पिठो लाई ब्रान्डीङ्ग गरी बजारमा  ल्याउने तयारीमा छौं । यो बर्ष भित्र हामीले १ सय प्रकारका ब्राण्डीङ्ग कृषि जन्य उत्पादन बजारमा ल्याउदै छौं । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

१० करोडको विपद् कोष लुम्बिनी प्रदेश सरकारलाई सिरानी

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती