कहाँ गयो स्व.अध्यक्ष न्यौपाने स्मृतीमा उठाएको रकम ?

कृष्ण खनाल
बुटवल, ३१ साउन । 


पश्चिम नेपाल बस व्यवसायी संघका पुर्व अध्यक्ष स्व.कलाधर न्यौपानेको स्मृतीमा निर्माण गरिएको अक्षयकोषबारे प्रश्नचिन्ह खडा भएको छ ।  स्व.न्यौपानेको स्मृतीमा पश्चिम नेपाल बस व्यवसायी संघमा कार्यत कर्मचारीहरुको तलब काटेर निर्माण गरिएको अक्षयकोषको विषयमा कर्मचारीहरुले प्रश्न उठाएका छन् । 
उक्त अक्षकोषको कर्मचारीहरुको संगठन ‘स्वतन्त्र कर्मचारी युनियन पश्चिम नेपाल बस व्यवसायी संघ’ ले आफ्नो खाताबाट ११ हजार १ सय ५१ रुपैयाँ  र प्रति कर्मचारी को तवलबाट ५ सयका दरले उठाइएको १ लाख ४० हजार रुपैयाँ गरी कुल १ लाख ५१ ह्जार १ सय ५१ रुपैयाँ जम्मा  गरिएको थियो । 
जसमा पश्चिम नेपाल वस व्यवसायी संघले थप ५ लाख थपेर साझा कोष निर्माण गरेको हो ।  तर कोषमा कर्मचारीबाट जम्मा गरिएको रकम के कती कुन कार्यमा प्रयोग गरियो भन्ने विषयमा संघले कुनै पनि जानकारी नगराएको भन्दै युनियनले आफ्नो बार्षिक साधारण सभा तथा अधिबसेनको ‘बार्षिक प्रतिवेदनमा’ नै उक्त  रकम बारे जानकारी नदिएको उल्लेख गरेको छ ।  
‘स्वतन्त्र कर्मचारी युनियन पश्चिम नेपाल बस व्यवसायी संघ’ का अध्यक्ष यज्ञप्रसाद खनालका अनुसार कर्मचारीबाट प्रति कर्मचारी ५ सय रुपैयाँ कट्टा गर्ने गरी जम्मा भएको रकम बारे युनियनलाई संघले कुनै पनि जानकारी उपलब्ध गराएको छैन । 
उनले आफ्नो बार्षिक प्रतिवेदनमा उल्लेख गरेका छन् –‘पटक÷पटक संघसंग यस विषयमा कुरा उठाउँदा समेत पदाधिकारीहरुले जानकारी गराएन््न ।’  उनले अगाडी लेखेका छन् –‘उक्त अक्षयकोषको लागि पटक÷पटक बुझ्न खोज्दा संघ नै उक्त पैसा र कोषको बारेमा अनविज्ञता जाहेर गरीरहेको जानकारी गराउन चाहान्छु ।’ 
प्रतिवेदनमा उल्लेख भए अनुसार कर्मचारीहरुको तलबबाट कट्टा हुने गरी प्रति कर्मचारी ५ सय का दरले उठाइएको १ लाख ४० हजार रुपैयाँ, र युनियनका खाताबाट ११ हजार १ सय ५१ रुपैयाँ गरी कुल १ लाख ५१ ह्जार १ सय ५१ रुपैयाँ प्रदान गरिएको हाल सम्म उक्त रकमको बोमा युनियनलाई जानकारी नै नदिएको उल्लेख गरेका छन् ।  
यता, पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेलले कार्यक्रममा बोल्दै उक्त पैसा बारेमा छिट्टै नै खोजीनीति सुरु गर्ने र अवको बार्षिक साधारण सभामा यसविषयमा विस्तृत जानकारी गराउने बताएका थिए । 
 उनले अक्षयकोषमा रकम अपुग भएको कारण संघले थप रकम जम्मा गरेर कोष वृद्धि गरेको भन्दै विभिन्न कार्यक्रममा उक्त रकम खर्च भएको बुटवल टुडेलाई जानकारी दिएका छन् ।  बुटवल टुडे संगको कुराकानीमा उनले भने–‘त्यति रकमको ब्याजबाट के कती कार्यक्रम गर्न सकिन्छ र ? हामीले विगतमा फलफुल वितरण, पत्रकारिता  पुरस्कार तथा स्मृती दिवस समेत मनाएका थियौं ।’ उनले कर्मचारी युनियनबाट आएको रकम तलमाथी नभएको र प्रतिवेदनमा  अर्कै लेखिको दावि गरेका छन् । उनले भने–‘रकम तलमाथी भएको प्रमाणित भएमा हामी फाँस लगाउन पनि तयार छौं ।’ 
सामान्य तया अक्षयकोष स्थापना भएरपछि त्यसको ब्याजबाट नै कार्यक्रम सञ्चालन हुने परिपाटी छ तर कोषको रकम नै किन खर्च गरियो भन्ने बुटवल टुडेकर्मीको प्रश्नमा उनले भने–‘त्यति रकमले के कार्यक्रम हुन्छ  र ? तपाईं आफै भन्नुस् न  ।’
तस्वीरः कर्मचारी युनियनका अध्यक्ष यज्ञ प्रसाद खनालले तयार गरिएको प्रतिवेदनमा लेखिएको केही अंस 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै