स्थाननिय निकायमा वेथीति : लक्षित बर्गको रकम विकास निर्माण देखि बाँधर धपाउन खर्च


बुटवल उपमहानगरमा लक्षित वर्गको पैसा अन्यत्रै खर्च
कृष्ण खनाल
बुटवल, १०  भदौ ।
‘सवल आर्थिक केन्द्र समुन्नत

बुटवल’ नारा दिएको बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष ०६९÷०७० मा कुल २९ करोड ८६ लाख १८ हजार रुपैयाँ बजेट विनियोजन ग¥यो ।
 विनियोजित बजेटमध्ये लक्षित वर्ग ‘महिला लक्षित कार्याक्रम’ मा कुल ५८  लाख ५४ हजार रुपैया, बालबालिका लक्षित कार्यक्रममा कुल ५७ लाख १५ हजार रुपंैया र अन्य लक्षित समुदाय आदिवासी जनजाति, जेष्ठ नागरिक, अपाङ्गता भएका, मधेसी, मुस्लिम, पिछडावर्ग र अन्य समुहको लागि एकमुष्ट कुल ८५ लाख रुपैयाँ विनियोजन गरेको थियो ।  बालबालिका लक्षित कार्यक्रमको विभिन्न ३० वटा शीर्षकको पैसा भौतिक  पूर्वाधार विकासमा लगाईएको छ । अन्य ११ वटा  विधामा मात्र क्षमता अभिवृद्धिको लागि खर्च गरेको देखिन्छ । 
 आर्थिक वर्ष २०७०÷०७१  मा पनि उपमहानगपालिकाले यस्तै गरी एउटा शीर्षकमा छुट्टयाएको पैसा अर्कै शीर्षकमा खर्च गरेकोे छ । यो आर्थिक वर्षमा लक्षित समुदाय अन्र्तगत महिला तथा बालबालिका लक्षित कार्यक्रममा कुल ४९ लाख ३५ हजार रुपैया विनियोजन गरेकोमा ५ वटा शीर्षकमा भौतिक पुर्वाधार निर्माणको लागि बजेट विनियोजन गरेको छ । महिला लक्षित कार्यक्रममा जिपी कोईराला भलिवल प्रतियोगिता सञ्चालनको लागि भन्दै ७५ हजार  छुटईएको थियो । यो प्रतियोगितामा पुरुष  खेलाडीले मात्रै सहभागिता जनाए । 
उक्त आर्थिक वर्षमा खनेपानीको बोरिङ्ग निर्माण देखि सिद्धबाबा धामको विकासको लागि समेत बजेट विनियोजन गरिएको छ । जुन विषय महिला लक्षित कार्यक्रममा पर्दैन । सोही आर्थिक वर्षमा अर्को लक्षित समुह बालबालिका लक्षित कार्यक्रममा कुल ५० लाख ४० हजार रुपैया विनियोजन गरेकोमा  ११ वटा विभिन्न शीर्षकमा भौतिक पुर्वाधर निर्माणको लागि रकम विनियोजन गरेर खर्च गरेको पाइएको छ । सडक पक्की गर्ने देखि विद्यालय भवन निर्माणको काममा खर्च गरिएको देखिन्छ  । 
सोही आर्थिक वर्षमा अन्य लक्षित समुह अन्र्तगत दलित, आदिवासी जनजाति, जेष्ठ नागरिक, अपाङ्गता भएका  व्यक्तिहरु, मधेसी, मुस्लिम, पिछडा वर्गको विकासका लागि भन्दै कुल ७३ लाख ८५ हजार रुपैंया विनियोजन गरिएकोमा २३ वटा शीर्षकको बजेट भौतिक पुर्वाधर निर्माणको लागि खर्च गरिएको छ ।  उक्त समुहको बजेटबाट चौपारीमा कुर्सि राख्ने देखि लिएर मन्दिर निर्माण र सडक बत्ती जडानको लागि भन्दै बजेट विनियोजन गरेर खर्च गरिएको पाइएको हो । 
त्यस्तै आर्थिक वर्ष २०७१÷०७२ मा  पनि  महिला लक्षित कार्यक्रमहरु  शीर्षकमा कुल ९० लाख १० हजार विनियोजन गरेकोमा १४ वटा बजेट शीर्षक भौतिक निर्माणमा छुट्टयाएर खर्च गरिएको छ ।  सोही शीर्षकमा ढुङ्गेधारा संरक्षणका लागि १ लाख र र खानेपानीको लागि जेनेरेटर व्यवस्थापनको लागि भन्दै ३ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
त्यस्तै बालबालिका लक्षित कार्यक्रम अन्र्तगत ९० लाख १० हजार रुपैया विनियोजन गरिएकोमा १८ वटा शीर्षकमा भौतिक पुर्वाधार निर्माणको लागि बजेट विनियोजन गरी खर्च गरिएको छ । अन्य लक्षित समुह ः (दलित,आदिवासी र जनजाति, जेष्ठ नागरिक, अपाङगता भएका व्यक्तिहरु, मधेसी, मुस्लिम, पिछडा वर्ग र अन्य पीछडिएका वर्ग विकास कार्यक्रम)को लागि सोही  आर्थिक वर्षमा कुल १३ लाख ४९ हजार रुपैयाँ विनियोजन गरेकोमा ३८  वटा बजेट शीर्षकमा रकम विनियोजन गरी भौतिक पुर्वाधार निर्माणमा खर्च गरिएको छ । विभिन्न समुदायको भवन, सडक निर्माण र नाली मर्मतको लागि समेत बजेट विनियोजन गरी खर्च गरेको पाइएको छ । प्रवद्र्धनात्मक कार्यक्रम भन्दै बाँदर नियन्त्रणको लागि १ लाख रुपैयाँ विनियोजन गरिएको छ । 
चालु आर्थिक वर्ष २०७२÷०७३ मा पनि बुटवल उपमहानगर पालिकाले सोही कार्य दोहो¥याएको छ । 
महिला लक्षित कार्यक्रम शीर्षकमा कुल ७५ लाख रुपैया विनियोजन गरेको बुटवल उपमहानगरपालिकाले १७ वटा विभिन्न शीर्षकमा भौतिक पुर्वाधार निर्माणको लागि बजेट विनियोजन गरेको छ । यस वर्ष पनि सडक कालेपत्रे बनाउने, नाली निर्माण तथा सहकारीको भवन निर्माणको लागि समेत बजेट विनियोजन गरिएको पाइएको छ । 
त्यस्तै चालु आर्थिक वर्षमा नै बालबालिका लक्षित कार्यक्रमहरुको लागि पनि समान ७५ लाख रुपैया विनियोजन गरिएको छ ।  कुल ५१ वटा वजेट शीर्षकमा विनियोजन गरिएको छ । जसमध्ये २२ वटा विभिन्न शीर्षकमा बजेट भौतिक पुर्वाधार निर्माणको लागि मात्रै खर्च गर्ने गरी विनियोजन गरिएको पाइएको छ ।  उक्त बजेट शीर्षकमा पनि गत वर्षको जस्तै सडक निर्माण तथा कालेपत्रे, भवन निर्माण, मन्दिर निर्माणको लागि समेत बजेट विनियोजन गरिएको हो । 
अर्को लक्षित समुदाय अन्य लक्षित समुह ः (दलित,आदिवासी र जनजाति, जेष्ठ नागरिक, अपाङगता भएका व्यक्तिहरु, मधेसी,मुस्लिम, पिछडा वर्ग र अन्य पीछडिएका वर्ग विकास कार्यक्रम)को लागि चालु आर्थिक वर्षमा कुल १ करोड १५ लाख रुपैंया विनियोजन गरिएको छ । कुल ९२ वटा शीर्षकमा बजेट विनियोजन गरेकोमा ५५ वटा बजेट शीर्षक भौतिक पुर्वाधार निर्माणको लागि भन्दै विनियोजन गरिएको छ । 
उक्त लक्षित वर्गको बजेट शीर्षकमा रोचक कुरा के छ भने बुटवल–३ मा बादर नियन्त्रणको लागि भन्दै १ लाख रुपैया विनियोजन गरिएको छ ।  त्यस्तै अन्य सिंचाई व्यवस्थापन, पाइपलाइन विस्तार, सडक निर्माण, पार्क निर्माण तथा धु“वारहित चुलो निर्माण तथा वितरणको लागि भन्दै रकम विनियोजन गरिएको छ । 
स्थानीय स्वायत्त शासन ऐन २०५५ र त्यसलाई कार्यान्वयन गर्न बनेको नियमावली २०५६ अनुसार लक्षित समुदायको लागि भनेर विनियोजन गरिएको रकम  भौतिक पुर्वाधार निर्माणमा प्रयोग गर्न पाईदैन ।  
स्थानीय निकाय स्रोत परिचालन तथा व्यवस्थापन कार्यविधि, २०६९ को दफा १० को उपदफा (२) र (७) सँग सम्वन्धित लक्षित समुहहरूलाई उपयोगी कार्यक्रम तथा आयोजनाहरू अन्र्तगत बजेट विनियोजन गर्दा  महिला विकास कार्यक्रम अन्र्तगत पूर्वाधार विकास ः– स्वास्थ्य तथा सरसफाई ः प्रसुतीगृह निर्माण तथा मर्मत सुधार, प्रसुती एवं स्वास्थ्य जाँचका लागि आवश्यक पर्ने सामाग्री खरिद गर्न पाउने उल्लेख गरिएको छ । 
त्यस्तै  खानेपानी तथा सरसफाई ः इनार निर्माण तथा मर्मत, ट्यूवेल जडान, धारा निर्माण तथा मर्मत सुधार ट्याङ्की निर्माण, आकाशेपानी संकलन, खानेपानी श्रोत संरक्षण, शौचालय निर्माण, मर्मत र सम्भारको लागि बजेट विनियोजन गर्न पाउने उल्लेख गरिएको छ ।   विपन्न वर्गका महिलाहरूको कार्यबोझ घटाउने खालका आयोजना जस्तै वैकल्पिक उर्जा, सुधारिएको चुलो , सौर्य उर्जा, गोबरग्यास, पानी घट्ट, खाद्य प्रशोधन आदि आयोजनाहरूको लागि पनि बजेट खर्च गर्न पाउने उल्लेख गरिएको छ ।  
यसको अलवा  हिंसा पीडित महिला र किशोरीको लागि अस्थायी आवास गृह निर्माण र मर्मत सुधार,  अपाङ्ग महिलाहरू र किशोरीहरूको लागि सहयोग पुग्ने आयोजनाहरू जस्तै ः छात्राबास निर्माण, स्थानीय तहमा सामाजिक पूँजी अभिवृद्धि गर्ने तथा तालिम सञ्चालन गर्न सामुदायिक भवन तथा महिला सहकारी भवन निर्माण गर्न समपुरक कोष आदि कार्यक्रममा खर्च  गर्न पाउने उल्लेख गरेको छ । 


सामाजिक÷क्षमता विकास ः शीर्षकमा   प्रजनन् स्वास्थ्य सम्वन्धी कार्यक्रम, पाठेघर सम्वन्धी समस्या रोकथाम तथा जनचेतना जगाउने कार्यक्रम, छाउपडी प्रथा विरुद्ध जनचेतना जगाउने कार्यक्रम, एचआइभी÷एडस् सम्वन्धी जनचेतना जगाउने कार्यक्रम गर्नुपर्ने स्पष्ट व्यवस्था रहेको छ । 
बालबालिकालाई पुर्वाधार विकास कार्यक्रमको लागि बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति र कार्यविधि, २०६८ को सूचक अनुसार बालमैत्री गाउँ विकास समिति, बालमैत्री नगरपालिका र बालमैत्री जिल्ला विकास सम्बन्धी कार्यक्रमको लागि  प्राथमिक शिक्षा (प्रारम्भिक बालविकास भवन, वालमैत्री शैक्षिक सामाग्री, खेलकुद मैदान, खेलकुद सामाग्री, विद्यालय मर्मत सुधार, फर्निचर, पुस्तकालय निर्माण तथा मर्मत सुधार, शौचालय निर्माण तथा मर्मत सुधार, खानेपानी तथा सरसफाई आदि कार्यक्रमको लगि खर्च गर्न पाउने गरी व्यवस्था गरेको छ । 
लक्षित समूह विकास कार्यक्रम ः (१) कार्यविधिको दफा ८ को खण्ड (ख) बमोजिम छुट्याइएको कुल रकमबाट लक्षित समूहलाई प्रत्यक्ष फाइदा पुग्ने कार्यक्रम वा आयोजनाहरूमा लगानी गर्न देहाय बमोजिम बजेट विनियोजन गर्नु पर्नेछ भन्ने उल्लेख गरिएको छ ।  
कार्यविधिमा उल्लेख गरिए अनुसार सबै जातजातिका विपन्न वर्गका महिलाहरूको सशक्तिकरण, रोजगारीमूलक र आयमूलक कार्यमा प्रत्यक्ष फाईदा पुग्ने कार्यक्रम वा आयोजनाका लागि न्यूनतम दश प्रतिशत,  सबै जातजातिका विपन्न वर्गका बालबालिकाहरूलाई प्रत्यक्ष फाईदा पुग्ने कार्यक्रम वा आयोजनाका लागि न्यूनतम दश प्रतिशत,  सबै जातजातिका आर्थिक रूपमा विपन्न तथा आर्थिक एवम् सामाजिक रूपमा पछाडि परेका र पारिएका वर्ग (ज्येष्ठ नागरिक, दलित, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्तिहरू, मधेसी, मुश्लिम तथा पिछडावर्ग लगायत) एवम् क्षेत्र तथा नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी लक्षित समूह भनी तोकिएका वर्ग एवम् समुदायले प्रत्यक्ष फाइदा पाउने कार्यक्रम वा आयोजनाका लागि न्यूनतम पन्ध्र प्रतिशत   रकम विनियोजन गर्नुपर्ने  उल्लेख गरिएको छ । 
 तर बुटवल उपमानगर पालिकाले भने लक्षित वर्गको लागि विनियोजन गरिएको रकममा अधिकांश भौतिक पुर्वाधार  निर्माणको लागि खर्च गरेका छन् । 
यता, बुटवल उपमहानगर पालिकाका प्रमुख कार्यकारी अधिकृत धुब्र बहादुर खड्काले लक्षित समुहको रकम विकास निर्माण तथा बाँदर नियन्त्रणको लागि विनियोजन गर्न हुने या नहुने भन्ने विषयमा आफुले  निर्देशिका अध्ययन गरेरमात्र केही भन्न सक्ने प्रतिक्रिया दिएका छन् । उनले भने–‘दक्षित समुहका व्याक्तिहरु पनि त जंगल नजिकै बस्छन् नी तर कहाँ बाट कसरी त्यो शिर्षकमा प¥यो भन्ने विषयमा  निर्देशिका हेरर मात्र जानकारी दिन मिल्छ ।’

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै