विउ उत्पादनमा लगानी बढ्दो

कृष्ण खनाल
बुटवल, २७ साउन । 
धान र गहुको विउ उत्पादनमा आत्मनिर्भर बन्दै गएको रुपन्देही जिल्लामा विउ विजन उत्पादनमा सहकारी र समुह मार्फत लगानी बढ्दै गएको छ । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका अनुसार  अहिले जिल्लामा समुह र सहकारी मार्फत विउ विजन उत्पाद गर्ने समुह÷सहकारीको संख्या २२ वटा पुगेको छ भने नीजी कम्पनीहरु ६ वटा स्थापना भएका छन् ।
 यि सहकारी तथा समुहले जिल्लामा अधिकांस धान र गहुँको विउ उत्पादन गर्दैै आएका छन् । कुनै–कुनै सहकारी ÷संस्था तथा कम्पनीहरुले मुसुरो, केराउ, तोरी, मकै, बोडी, मुग,  सुर्यमुखीको समेत विउ उत्पादन गर्दै आएका छन् । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका बाली विकास अधिकृत जय बहादुर महत्राका अनुसार जिल्लामा गठन भएका कृषि सहकारी संस्था र अन्य जीजी कम्पनीहरुले समेत  विउ उत्पादन गरिररहेका छन् । जसको कारण रुपन्देही विउमा आत्मनिर्भर बन्दै गएको हो । 
जिल्लामा उत्पादन हुने विउ विजन उत्पादन र संमन्वयको लागि जिल्ला स्तरिय विउ विजन उत्पादन संमन्वय समिति समेत गठन गरिएको छ ।  रुपन्देहीको मानपकडी–५ मा रहेको अन्नपूर्ण विउ उत्पादन सहकारी संस्था नै गठन गरिएको छ । संस्थाका अध्यक्ष निर बहादुर रानाका अनुसार अहिले  उक्त सहकारीले धान, गहु, मुसुरो, केराउ, बोडी, ढेंचा, जईघाँस, बोडी राजमो लगायतका विउ उत्पादन गर्दै आएको छ । संस्थाका अध्यक्ष राना भन्छन्–‘हामी रुपन्देहीलाई विउमा आत्मनिर्भर बनाउनको लागि लागिपरेका छौं ।’ त्यस्तै माननटेरिया गाविसमा राधाकृष्ण विउ विजन उत्पादन कृषक सहुक गठन गरिएको छ । 
उक्त, समुहले धान, गहु तोरी र मुसुरोको विउ उत्पादन गर्दै आएको छ ।  त्यस्तै बुटवल उपमहानगर पालिका –१९ मा सिम्रक कृषि सहकारी संस्थाले धान गहु, मकै, तोरी, मुसुरो केराउ, करिया मा रहेको स्वालम्बी विउ उत्पादन कृषक समुहले पनि धान गहु तोरी बोडी मुसुरो र अडहर, धकधई गाविसमा रहेको  आदित्य कृषि सहकारी संस्थाले पनि धान गुह, केरो मुसुरो,  बुटवल–१७ सेमलारमा रहेको आर्दश कृषि सहकारी संस्था लिमिटेडले धान, गुह र मकै,  सैनामैना दुधराक्षमा रहेको रामापुर कृषक  बहुउदेश्यिक सहकारी संस्थाले धान गहु, मकै, मुग, बोडि लगायतका विउ उत्पादन गर्दै आएका छन् । 
त्यस्तै पश्चिम अमुवामा रहेको ज्ञान विज्ञान कृषिक समुह, दयानगर–८ मा रहेको लुम्बिनी बहुउदेश्यि कृषक समुह,  मानमटेरिया–३ मा रहेको कृष्ण विउ उत्पादन  कृषक समुहले पनि धान गहु, मसुरो, ल गायतका विउ उत्पादन गर्दै आएका छटन् । देवदह–९ केरवानीमा रहेको देवदह केरवानी कृषक समुहले धान, गहु, कुमारवर्ति कृर्षि तथा बाख्रा पालन सहकारी संस्था तिलोत्तमा १६ रुपन्देहीले धान गहुको अलवा सुर्यमुखी फुलको समेत व्यवसायीक विउ उत्पादन गर्दै आएको छ । 
रुपन्देहीमा अन्य विउ उत्पादक संस्थामा सिद्धि गणेश कृषि उत्पादक संस्था ख.बनाई, निर्वािह कृषि सहकारी संस्था हा. बनगाई, ग्रामिणि महिला उद्यम सहकारी संस्था धकधई, सोनवदसा कृषक विउ उत्पाद न समुह रायापुर ४, विउ वृद्धि उत्पादन समुह असुरैना ४, तैरनी कृषक सहुह पटखौली, रोहीणी कृषक सहकारी संस्था पटखौली, भृकुटी कृषि तथा पशु विकास सहकारी पश्चिम अमुवा, पर्वत विउ उत्पादन कृषक समुह सौ. फर्साटिकर र किसान एकता कृषक समुह मक्रहर–९रुपन्देहीले समेत धान, गहुको विउ उत्पादन गर्दै आएका छन् । 
यस्तै रुपन्देहीमा नीजि क्षेत्रबाट समेत विउ विजन उत्पादन भएका छन् । भैरहवा रहेको लुम्बिनी सिड कम्पनी प्रा.लि, भैरहवा नै रहेका युर्निर्भसल सिड कम्पनी प्रालि, कालिका सिड कम्पनी प्रालि, कालिका सिड कम्पनी प्रालि र मनकामना विउ तथा मलखात ट्रेर्डसले समेत गहु, धान, मसुरो, को विउ उत्पादन गर्दैै आएका छन् । 
त्यस्तै रुपन्देही बाहिर बुद्ध सिड कम्पनी प्रालि नवलपरासी र ईन्टरनेशनल सिड कम्पनी प्रालि तौलिहवा कपिलवस्तुले समेत धान, गहु र मुसुराको विउ उत्पदान गरि वि

क्रि गर्दै आएका छन् ।  जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले  बालि विकास कार्यक्रम अन्र्तगत मसिना तथा बासन्दार धान उत्पादन कार्यक्रमको लागि मसिना तथा ब ासनादार धानको उन्नत विउ  र स्रोत विउ को लागि ७५ प्रतिशत विउमा अनुदान र स्रोत विउमा ५० प्रतिशत अनुदान  उलब्ध गराएको छ  । जसबाट ३० मेटिक टन उन्नत विउ उत्पदानको हुने  लक्ष्य कृषी विकास कार्यालले लिएको  जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत कृष्णभद्र अधिकारीले जानकारी दिए ।  रुपन्देहीमा उत्पादित गहुँको बीउ नवलपरासी, कपिलवस्तु, पाल्पा, तनहुँ लगायतका जिल्लामा निर्यात हुने गरेको छ । रुपन्देही जिल्लामा विजय, भृकुटी, गौतम, एनएल, २ सय ९७ लगायतका गहुँको बीउ उत्पादन हुने गरेको छ । अन्यका तुलनामा यी बीउको उत्पादकत्व राम्रो र रोग प्रतिरोधात्मक शक्ति बढी भएकाले यहाँ उत्पादित बीउ अन्य जिल्लामासमेत लोकप्रिय हुने र निर्यात हुने गरेको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले जनाएको छ । रुपन्देहीमा २२ वटा सहकारी र ६  वटा नीजी कम्पनीले बर्षिक १० मेट्रीक टन भन्दा बढि गहुँको उन्नत बीउ उत्पादन गर्ने गरेका छन् । रुपन्देहीका ४० हजार किसान गहुँ खेतीमा संलग्न छन् । यहाँको ३० हजार हेक्टर क्षेत्रमा गहुँ खेती गरिन्छ । त्यसका लागि ३ हजार ७ सय टन बीउ आवश्यक पर्छ ।  जसबाट प्रतिहेक्टर उत्पादन ३ दशमलब २ टन हुने गरेको

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै