युवा पुस्तामा ‘बढ्दो बोलबम क्रेज’

कृष्ण खनाल
बुटवल, २८ साउन । 
तिन दिन देखि लगातार पैदल खाली हिडेर बुटवल आएका २२ बर्षिय सुमन पौडेलमा तन कुनै थकाई थियो न त कुनै पछुतो । कक्षा १२ को परिक्षा दिएर बसेका पौडेल रुपन्देहीको सैना मैनाका  स्थायि बासिन्दा हुन भने एक युवा विद्यार्थी । 
विहिवार साँझ बुटवलमा  नवलपरासी जिल्लाको त्रिबेणीबाट जल लिएर बुटवल पैदल आएको टोलीमा सहभागी उनी भन्दै थिए–‘हल्का खुट्टा मात्रै दुखेको छ, अरु केही भएको छैन ।’ भित्री मन देखि नै धर्मप्रति विश्वास रहेको बताउने उनी भन्दै थिए –‘कसैले भनेर पनि गएको होईन, भविश्यमा राम्रो हुन्छ भनेर बोलबम यात्रामा हिडेको हुँ ।’ उनी संगै सैना मैना उच्च मावि कक्षा १२ मा पढ्दै गरेका  गोपाल पौडेलको पनि भनाई उस्तै रहेको थियो ।  
भर्खरै  १७ बर्षमा लागेका उनी सैनामैना–५का स्थानि बासिन्दा हुन । उनी भन्दै  थिए –‘आगामी दिनमा  धर्म कमाईन्छ, राम्रो हुन्छ भनेर नै पैदल यात्रामा हिडको हो ।’ घर परिवारमा अन्य सदस्यहरु नहिडेको  आफु मात्र हिडेको बताउने उनी भन्दै थिए–‘भित्री मन देखि नै ईश्वर प्रति आस्था छ, त्यी भएर यात्रामा हिडेको हो ।’ यी केही प्रतिनिधि उदाहरण मात्र हुन । ३ दिन लगाएर नवलपरासी जिल्लाको त्रिवेणीघाट देखि सयौ संख्यामा युवा युवतीहरुको अलवा बयस्क तथा पौढको समेत सहभागीता रहेको थियो ।  कुनै कुनै युवा युवतीहरुको खुट्टा सुन्नीएको कारण पट्टी समेत लगाएका थिए । तर उनीहरुमा धार्मिक क्रेज भने उस्तै थियो । उनीहरुको एउटै भनाई थियो –‘भविश्यमा केही शान्ती होला भन्ने हेतुले बोलबम यात्रामा लागेका हौ ।’ 
त्रिवेणीधाम बाट ल्याएको जल स्वयम् उत्पती शिव ज्वोर्तिलिङ्ग पर्रौहा परमेश्वर बोलबम धाम सैना मैनामा चढाउने कार्यक्रम रहेको छ ।   परोहा परमेश्वर बोलबम धाम यात्रा समिति २०७२ का  यात्रा व्यवस्पन समिति संयोजक प्रदिप कुमार विक  का अनुसार बोलबम जर्लापण यात्रा तेस्रो दिन बुटवल आएको हो भने चौथो दिन धाममा लगेर जर्लापण गर्ने कार्यक्रम तय  गरिएको छ । 
यात्रा नेतृत्वकर्ता को नेतृत्व गरेका धर्मगुरु व्यासाचार्य पण्डित  किशोर कुमार गौतम का अनुसार उक्त यात्रामा करिव ५ सय जना तिर्थालु हरुको सहभागी रहेका छन् । किशोर किशोरीहरु देखि लिएर पौढ, वृद्ध वृद्धाहरु समेत सहभागीता रहेको छ । बुटवलमा आएको जलयात्रीहरुलाई ठाउ ठाउमा स्वागत तथा सम्मान समेत गरिएको थियो । धाम मुल व्यस्थापन समितिका अध्यक्ष  राम बली चौधरीका अनुसार बुधवार विहान विहान धाममा जलापर्यण गर्ने कार्यक्रम तय गरिएको हो । वर्तमान युवा पुस्तामा धार्मिक मोह कम हुदै गएको भन्ने भम्र चिर्नको लागि पनि सयौं संख्यामा युवा युवतीहरु स्वत स्फुर्त रुपमा यात्रामा सहभागीता  भएको उनको तर्क रहेको छ । जर्लापर्ण यात्रा मुल समिति सल्लाहकार पत्रकार हरिश ढकालका अनुसार  वि.स.२०५१ साल बाट धाम मा धामकै नेतृत्वमा जर्लापर्ण गर्ने कार्यको सुरुवात गरिएको हो ।  पहिलो दिन कपिलबस्तुको लक्ष्मणघाटबाट जल ल्याएर उद्टन गरिएको  यात्रा अनुसार  चितवनमा देवघाट धाम देवघाट, गुल्मीको रिडीबाट समेत जल ल्याएर जर्लापर्ण गरिसकीएको छ । 
यसै विच उक्त धाममा  अशोज ६ गते तिलोत्तमा नदीबाट समेत जल लगेर जर्लापर्ण गर्ने कार्य तय गरिएको छ ।  यसको साथै स्वक्त स्र्फत रुपमा  काठमाण्डौंको बागमती, राप्तीनदी, भारतको कासी, गया, लगायतका स्थानमाट भक्तालुहरुले जल ल्याएर जर्लापर्ण गर्दै आएका छन् । पश्चिम क्षेत्रको पशुपती धामको रुपमा विकास गर्नको लागि समेत आयोजना बनाएर अगाडी बढाईएको धाम विकास समितिका अध्यक्ष चौधरीको भनाई रहेको छ । 
तस्वीरः दुई दिन देखि पैदल जल यात्रामा सहभागी युवाहरु । तस्वीरः कृष्ण खनाल÷बुटवल टुडे

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै