विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ

कृष्ण खनाल
बुटवल, बैशाख । 
कृषि मन्त्रालय, बाली संरक्षण निर्देशनालय र व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट नेपाल) को संयुक्त लगानीमा बुटवलमा निर्माण भ
एको विषादी परीक्षण केन्द्र सञ्चालनमा आउन सकेको छैन । बुटवलको ‘बुटवल कृषि उपज तथा थोक बजार केन्द्र’मा नेपालका सातवटा प्रदेशमा सात स्थानमा विषादी परीक्षण केन्द्र स्थापना गर्ने केन्द्रीय कार्यक्रम अनुसार स्थापना भएको केन्द्र सञ्चालनमा आउन सकेको छैन । 
यस क्षेत्रमा जिल्ला कृषि विकास कार्यालय रुपन्देहीको संयोजनमा केन्द्रको स्थापना गरिएको छ । बुटवल कृषि उपज थोक बजार केन्द्रको दोस्रो तल्लामा उपकरण जडान कार्य, प्रयोगशाला स्थापना गर्नुको साथै कर्मचारी समेत व्यवस्थापन गरिए पनि  निर्वाचन आचारसंहिताको कारण समुद्घाटनमा ढिलाइ भएको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले जनाएको छ । 
जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाकाअनुसार उपज केन्द्रमा उपकरण जडान तथा कर्मचारीको समेत व्यवस्थापन भैसकको छ । उनी भन्छन्– ‘एकजना अधिकृतस्तरको कर्मचारी, एक जना प्राविधिक र एकजना कार्यालय सहयोगीको व्यवस्थापन समेत भैसकेको छ, तर केन्द्रीय कार्यक्रमअनुसार एकै पटकमा ७ स्थानमा समुद्घाटन गर्ने नीति तय गरिएको कारण केही ढिलाई भएको जानकारी दिए । 
उनले भने– ‘हामीले केही नमुना संकलन समेत गरेका छाँै, यसको लागि नीतिगत कुराहरु बाँकी छन्, यो सञ्चालनको लागि कार्यविधि निर्माणको प्रक्रियामा रहेको कारण केही समस्या भएको हो ।’

केन्द्र्रीय कार्यक्रम भएको कारण कृषिमन्त्रीको उपस्थितिमा विषादी परीक्षण केन्द्रको उद्घाटन गर्ने कार्यक्रम बाली संरक्षण निर्देशनालयले निर्धारण गरेको छ । तर अहिले स्थानीय निकायको निर्वाचनको पाटो भएको कारण उक्त कार्यक्रम रोकिएको जनाइएको छ । 
यस्तै कुन कुन तरकारी तथा फलफूलमा के कति मात्रामा विषादीको दर देखियो भने खान नहुने या हुने भन्ने विषयमा कार्यविधि अझै नबनेको कारण पनि सञ्चालनमा आउन केही समय लाग्ने देखिएको छ । 
तरकारी प्रयोग गर्न नमिल्ने गरी परीक्षण गर्दा  रातो देखिएमा त्यो प्रयोग गर्न  हानिकारक हुन्छ भने परीक्षणको क्रममा पहँेलो (केही दिन कुरेर प्रयोग गर्नुपर्ने) नियम केन्द्रीय स्तरमा रहेको छ । 
यस्तै  कृषि प्राविधिकका अनुसार तरकारीमा विषादी निरीक्षण गर्दा रातो (खान अयोग्य), पहेँलो (केही समय राखेर खान मिल्ने) र हरियो (तत्कालै खान मिल्ने) भनी निर्धारण गरेको छ ।
बुटवलको विषादी परीक्षण केन्द्रमा जिल्ला कृषि विकास कार्यालय रुपन्देहीबाट बाली संरक्षण अधिकृत राजबहादुर खत्रीलाई केन्द्र प्रमुखको रुपमा खटाइएको छ भने एकजना प्राविधिक पनि जिल्ला कृषि विकास कार्यालयको मतहातमा काजमा खटिएका छन् । 
कृषि मन्त्रालय, बाली संरक्षण निर्देशनालय र व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट नेपाल) विषादी परीक्षण प्रयोगशाला ६ ठाउँमा केन्द्र विस्तारको लागि जम्मा बजेट २ करोड रुपैयाँ विनियोजन गरेको थियो । सोहीअनुसार अन्य ६ वटा स्थानमा पनि विषादी परीक्षण प्रयोगशाला स्थापना भैसकेका छन् । 
केही समय पहिला परीक्षण गरिएको एक नमुना परीक्षणमा बुटवलमा आयात गरिने खासगरी भारतीय केरा ‘रातो लेवल’ देखिएको छ । जुन आधिकारिक रुपमा  तथ्य सार्वजनिक नगरिए पनि रातो लेवल देखिएको केरामा अधिकत रुपमा क्याल्सियम कार्बोनेटको प्रयोग गरिएको कारण स्वाथ्यको लागि तत्काल हानिकारक  हुन्छ । जुन विषादी केरा पकाउनको लागि प्रयोग गरिन्छ । 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

१० करोडको विपद् कोष लुम्बिनी प्रदेश सरकारलाई सिरानी

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती