गभर्वती जाँच गराउन कन्जुस्याई

कृष्ण खनाल
बुटवल, ११ भदौ ।

 रुपन्देही जिल्लामा गर्भवती भएपछि महिलाहरुले नियमित रुपमा स्वाथ्य केन्दमा गएर जाँच गराउन कन्जुस्याईं गर्ने गरेको पाइएको छ । जिल्ला जनस्वाथ्य रुपन्देहीका अनुसार पहिलो पटक महिला गर्भवती भएको थाहा पाउन साथ स्वाथ्य संस्थामा जाँच गराउन जाने तर क्रमसः विभिन्न समयमा गर्नुपर्ने जाँचमा  गर्भवती महिलाहरु नजाने गरेको पाइएको हो । जिल्ला जनस्वाथ्य कार्यालय रुपन्देहीका सिनियर अहेव थानेश्वर खरेलका अनुसार पहिलो पटक स्वाथ्य केन्द्रमा जाँच गराउने महिलाहरुको सख्या तेस्रो र चौथो पटक जाँच गराउने जानेको संख्या अत्यान्त न्युन रहेको छ । 
जिल्ला जनस्वाथ्य कार्यालय रुपन्देहीका अनुसार गत बर्ष रुपन्देही जिल्लामा कुल ५ हजार २ सय १७ जना महिलाहरुले पहिलो पटक आफ्नो स्वाथ्य जाँच स्वाथ्य केन्द्रमा  गराएका छन् । तर  चौथो पटक गर्भवती जाँच गराउन भने जम्मा १ हजार २ सय ३७ जना मात्र महिला स्वाथ्य केन्द्र गएका छन् । यस तथ्यांकबाट के प्रष्ट हुन्छ भने गर्भवती भएका महिलाहरुले आफ्नो पेटमा रहेको बच्चाको नियमित जाँच गराउनको लागि कन्जुस्याईं गर्ने गरेका छन् ।  जिल्ला जनस्वाथ्य कार्यालय रुपन्देहीका सिनियर अहेव थानेश्वर खरेल भन्छन्–‘पहिलो पटक गर्भवती जाँच गराउनेको संख्या भन्दा दोस्रो पटक र तेस्रो पटक   जाँच गराउने महिलाहरुको संख्या क्रमस कम हुदै गएको छ ।’
महिला गर्भवती भएको चार महिनामा पहिलो पटक, ६ महिनामा दोस्रो पटक र ८ महिनामा तेस्रो पटक र ९ महिनामा चौथो पटक गरी जम्मा ४ पटक नियमित स्वाथ्य जाँच गराउनु पर्दछ । तर महिलाहरुले यसमा हेल्चेक्रई गर्ने गरेका पाइन्छ । 
आमा सुरक्षा कार्यक्रम लागु भएका जिल्लाहरुमा सरकारले  यातायात खर्चको रुपमा निश्चित रकम समेत महिलाहरुलाई दिने गर्दछ । तर पनि महिलाहरु लाजको कारण स्वाथ्य संस्था जाँच गराउन नजाने गरेको पाइएको हो ।  ‘कोहीले २⁄३ पटक जाँच गर्छन्। कोहीले चारै पटक गरे पनि तोकिएको समयमा गर्दैनन्।’ – सिनिय अहेव खरेलले भने । 
रुपन्देही जिल्लामा १ वटा अञ्चल अस्पताल, एउटा जिल्ला अस्पताल र ५ वटा प्राथमिक  स्वाथ्य चौकी, २६ वटा स्वाथ्य चौकी,  उप स्वाथ्य चौकी ३८ वटा, आर्युवेर्दिक अस्पताल सेन्टर ५ वटा,  र आर्वन हेल्थ सेन्टर ६ वटा रहेका छन् । 
जिल्ला जनस्वाथ्य कार्यालय रुपन्देहीमा १ जना एच ए, १ जना ए एच् डब्लु, एएनएम १ जना र  कार्यालय सहयोगी १ जना रहेका छन् । जिल्ला जनस्वाथ्य कार्यालय रुपन्देहीका अनुसार  गत बर्ष कुल ४२ हजार ३ सय १६ जना विरामीले विभिन्न सरकारी  स्वपाथ्य निकायबाट स्वाथ्य सेवा लिएका छन् भने ओपीडी(अन्तरङ्ग सेवा) कुल ३२ हजार २ सय १४ जनाले लिएका छन् भने  अन्य सेवा १० हजार १ सय २ जनाले लिएका छन् । 
नियमित गर्भ जाँच गरेमा बच्चा र आमाको अवस्था थाहा हुने र मृत्यु हुने सम्भावना कम हुने स्वास्थ्यकर्मीहरुको भनाइ छ। नियमित गर्भ जाँच नगर्ने र घरमै सुत्केरी गराउने प्रवृत्ति बढी छ। घरमा सुत्केरी गराउने क्रममा जटिलता आएपछि मात्रै अस्पतालमा लगेको पाइन्छ। अन्तिम अवस्थामा पुगिसकेका त्यस्ता आमालाई चिकित्सकले पनि बचाउन सक्दैनन्। 
किन गर्ने गर्भवती जाँच ?
डा. सुमनराज ताम्राकारका अनुसार  आर्थिक समस्या तथा सेवा अभावले पटकपटक अल्ट्रासाउन्ड गराउन नसके पनि गर्भमा रहेको बच्चामा कुनै किसिमको शारीरिक विकलाङ्गता छरछैन भन्ने थाहा पाउन गर्भावस्थाको १६–२२ हप्ताभित्र कम्तीमा एकपटक अल्ट्रासाउन्ड गराउनुपर्छ। गर्भपूर्वको अवस्थामा महिलामा कुनै समस्या भएमा गर्भाधान अगावै सम्बन्धित चिकित्सकसँग परामर्श लिनु श्रेयस्कर हुन्छ । गर्भाधानको क्रममा बच्चा, सालनाल, बच्चा वरिपरिको पानी, पाठेघरको वृद्धि र शरीरको विभिन्न भागमा प्रोटिन एवं बोसो जम्मा हुनाले गर्भावस्थामा महिलाको तौल करीब १०–१२ किलोसम्म बढ्न सक्छ ।

डा. सुमनराज ताम्राकार भन्छन् –‘४० हप्ता लामो गर्भ अवधिलाई पहिलो, दोस्रो र तेस्रो त्रैमासिक गरी तीन चरणमा बाँडिन्छ । प्रत्येक त्रैमासिकमा गर्भवतीका लक्षण पनि फरकफरक हुन्छन् ।’  उनी थप्छन् –‘ गर्भावस्थाको १२ हप्तापछि बाहिरी पेट जाँचेर पाठेघर छाम्न सकिन्छ। गर्भावस्थाको १२ हप्तामा पुट्ठाको हड्डी अघिल्लो भागसम्म, २० हप्तामा नाइटोको तल्लो भागमा, २४ हप्तामा नाइटोको माथिल्लो भागमा र ३६ हप्तामा मध्य छातीको हड्डी  मुनिसम्म पाठेघर (पेट) को उचाइ बढ्छ । करीब १८ हप्तामा बच्चा चलेको महसूस हुन्छ।’ 
गर्भ रहेको करीब ३६ हप्तापछि बच्चा तल सर्ने (पुट्ठाको हडीभित्र जाने) हुनाले सास फेर्न अलि हलुका महसूस हुन्छ । 
 विश्व स्वास्थ्य संगठनका अनुसार गर्भवती महिलाले कम्तीमा चारपटक स्वास्थ्य परीक्षण गराउनुपर्छ। गर्भवती जाँच गर्दा प्रत्येक पटक तौल लिने, रक्तचाप र नाडीको गति नाप्ने एवं रक्तअल्पता र खुट्टा सुन्निएको छरछैन जाँच्नुपर्दछ ।
पहिलो पटकको गर्भवती जाँच महीनावारी रोकिएको थाहा हुनासाथ वा करीब ६ हप्ताको वरिपरि गराउनुपर्छ। प्रत्येक गर्भवती महिलाले हेमोग्लोबिन, रक्तसमूह, यौनरोग (भीडीआरएल), एचआईभी एवं हेपाटाइटिस–बी, ब्लड सुगर, पिसाब जाँच एवं अल्ट्रासाउन्ड गराउनुपर्छ । 
गर्भावस्थामा अन्य कुनै स्वास्थ्य समस्या देखिनासाथ थप जाँच पनि गराउनुपर्छ। पहिलो गर्भावस्थामा दुईपटक टीटी खोप लिनुपर्छ, फोलिक एसिड र आइरन एवं क्याल्सियम जस्ता औषधि क्रमशः पहिलो र दोस्रो त्रैमासिकबाट खानुपर्छ भने तागत लाग्ने कार्बाेहाइड्रे्रट तथा प्रोटिनयुक्त खानेकुरा पनि खानुपर्दछ। कलिलो उमेरमा गर्भधारण गरेमा व्यथा लामो हुने, बच्चा पाउन गाह्रो हुने, बच्चा पनि कम तौलको हुने एवं महीना नपुगी व्यथा लाग्ने हुँदा आमा र बच्चा दुवैको ज्यान जोखिममा हुन्छ। मधुमेह, उच्च रक्तचाप, मुटु एवं मिर्गौला रोगी, नेगेटिभ रक्तसमूह, पेटभित्र सानो शिशु वा जुम्ल्याहा बच्चा बोकेका, पहिलो पटक गर्भ तुहिएका र उमेर बढी (३५ वर्षभन्दा माथि) भएका गर्भवती महिलालाई विशेष निगरानीमा राख्नुपर्छ।
सामान्यतया मानिसको गर्भ अवधि ४० हप्ता (२८० दिन) को हुन्छ। गर्भ ४२ हप्ता (२९४ दिन) भन्दा पछाडि गएमा राम्रो मानिंदैन। औसतमा १० प्रतिशत गर्भवती महिलामा ४२ हप्ता नाघ्छ ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै