सवारी चालक अनुमती पत्रकार्यालयमा ‘विचौलियालाई प्रोत्साहन’

कृष्ण खनाल


बुटवल, ११ भदौ । 
नेपाल सरकार यातायात व्यवस्था कार्यालय ‘सवारी चालक अनुमती पत्र’ लुम्बिनी अञ्चल कार्यालयका कर्मचारीहरुले काम गर्दा ‘विचौलिया पोत्साहन’ गर्ने गरेको सेवाग्राहीहरुले आरोप लगाएका छन् । कार्यालयमा सेवाको लागि आउने सेवाग्राहीहरुसंग कार्यालयका कर्मचारीहरुले फारम भर्न,  टिकट किन्न र  स्वाथ्य परिक्षणको लागि समेत विचौलियाहरुलाई प्रोत्साहन गरेको सेवाग्राहीहरुले जनाएका छन् ।
शुक्रवार कार्यालयमा सेवा लिन आएका सेवाग्राहीहरुले कार्यालयमा राजश्व बुझाउदा खुद्रा पैसा फिर्ता नदिने, लाईन लामो भएको कारण लाईनमा बस्न समस्या भएको, कार्यालय सानो भएको कारणले समस्या, सोधपुछ कक्षको अभाव, कार्यालयमा टिकट र निवेदन फारम अभावको कारण विचौलियाबाट लिनुपर्दा महङ्गो भएको लगायतका गुनासो गरेका छन् । त्यस्तै  स्वाथ्य परिक्षण गर्दा तिरेको पैसाको रसिद नदिएको, टोकन सिस्टम नभएको जस्ले लाईमा घण्टौं बस्नु  परेको जस्ता गुनासो गरेका थिए । 
कार्यालयमा कार्यरत रहेका कर्मचारीहरुबाट शिष्ट व्यवाहर नभएको, पिउने पानी र  पङ्खाको अभाव  रहेको सेवाग्राहीको गुनासो  गरेका थिए ।  यता सदाचार स्थापानको लागिकार्यत टान्सपरेन्सी ईन्टरनेशनल नेपालसंगआवद्व पारदर्शी सरोकार समुहका कोषाध्यक्ष दिपक ढकालका अनुसार नयाँ कार्यालय भएको कारण केही समस्या भएपनि उक्त कार्यालयमा अझै केही सुधारको खाँचो रहेको छ । उनले भने–‘कार्यालयमा के के काम कुन कुन तला र कती नम्बरमा हुन्छ भन्ने विषयमा सुचना पार्टीमा लेख्नु पर्दछ तर यसो गरिएको पाइएन, जुन सूचनाको हक अनुसार नै राख्नु पर्दछ  ।’
उता, कार्यालयका प्रमुख वेद प्रकाश अर्यालले अहिले कार्यालय भाडामा रहेको कारण कयौ भौतिक पुर्वाधार अभाव रहेको जानकारी दिए ।उनले कार्यालयमा फर्निचरको समेत यथेष्ट व्यवस्था गर्न नसक्दा अन्य काम गर्न नसक्ने भन्दै यसको लागि केन्द्रसंग बजेट माग  गरिएको जानकारी दिए । उनले भने–‘केन्द्रबाट बजेट माग गरिएको छ, बजेट आएमा सबै काम विस्तारै पुरा हुन्छ । ’ आफु मातहतका कर्मचारीहरुलाई सेवा ग्राहीसंग शिष्ट व्यवाहारको लागि आफुले निर्देशन दिएको भन्दै कुनै कर्मचारीबाट अशिष्ट व्यवाहार कर्मचारीकै कारण समस्या भएमा जानकारी गराउनको लागि आग्रह गरे । 
टोकन प्राणाली नहुदा सेवा ग्राहीहरु कयौ घण्टा सम्म लाईनमा बस्नु पर्ने बाध्याता रहेको आफुले पनि महशुस गरेको भन्दै केन्द्रबाट बजेट आएपछि आफुले सुरु गर्ने बताए । ‘हामीलाई यति बजेट चाहिन्छ भनेर केन्द्रमा लेखेर पठाएका छौ, तर उताबाट तिमिहरुलाई   यथेष्ट फर्निचर व्यवस्था गर्न सकेका छैनौ, अरु पछि हेरौला भनेर जवाफ आएको  छ  ।’ उनले थपे । 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण

नागरिक सहायता कक्ष सञ्चालन
बुटवल, ११ भदौ । – टान्सपरेन्सी ईन्टरनेशन नेपाल संग आवद्वभई विगत लामो समय देखि भष्ट्राचार न्युनिकरणको लागि आवाज उठाउँदै आएको पारदर्शी सरोकार समुह रुपन्देहीको आयोजनामा यातायात व्यवस्था कार्यालय ‘सवारी चालक अनुमती पत्र’ कार्यालयमा एक दिने नागरिक सहायता कक्ष सञ्चालन गरेको छ । 
शुक्रवार विहान १० बजे बाट दिउसो २ बजे सम्म कार्यालयमा आएका सेवा ग्राहीहरुबाट विभिन्न गुनासो तथा सुझाव संकलन गरी कार्यालय प्रमुख वेदप्रकाश अर्याल संग अन्र्तरक्रिया गरिएको थियो । पारदर्शी सरोकार समुह रुपन्देहीका कोषाध्यक्ष दिपक ढकालले कार्यालय र सेवा ग्राहीहरुको विचमा संमन्वयकारी भुमिका निर्वाह गर्नको लागिसमेत कार्यक्रम आयोजना गरिएको जानकारी गराएका थिए । समुहका सदस्य शंकर कोईरालाले पटक पटक हुने यस्तो खालको कार्यक्रममले भष्ट्राचार न्युनिकरणको लागि टेवा पुग्ने जनाएका थिए । सेवा ग्राहीहरुबाट आएका गुनासाहरुको बारेमा कार्यक्रम अधिकृत देवी डुम्रेले प्रस्तुत  गरेकी थिईन । 
सेवा ग्राहीबाट आएको गुनसोलाई आफुले सहज रुपमा लिएको र आगामी दिनमा क्रमस कार्यान्वयन गर्दै लैजाने कार्यालय  प्रमुख अर्यालले प्रतिवद्वता जनाएका थिए । कार्यक्रममा बोल्दै समुहका कोषाध्यक्ष दिपक ढकालले यस अघिपनि  समुहले रुपन्देहीका विभिन्न ८ वटा कार्यालयमा नागरिक सहायता कक्ष सञ्चालन गरेको जानकारी दिदै भष्ट्राचार न्युनीकरण र सदाचार स्थापनाको लागि सबैको ऐक्यवद्वता जरुरी रहेको धारणा राखेका थिए । 


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै