बन्दको मौका छोपी मनपरी रिक्सा ! ३ किलोमिटर ३ सय भाडा !!!!

कृष्ण खनाल
बुटवल, ६ साउन ।  


बुटवलमा सामान्य तया ३ किलोटिर यात्रा गरेको प्रति यात्रु रिक्सा चालकले ३० रुपैयाँ र दुई जना यात्रु भएको खण्डमा ६० रुपैयाँ लिन्छन् । बुटवलको गोलपार्क देखि राजमार्ग चौराहा सम्मको भाडा सामान्य तहा २ जना यात्रु चढेको ६० रुपैयाँ हो । तर आईतबार जनजाती महासंघ नेपालले गरेको बन्दको मौका छोपी एक रिक्सा चालकले मनपरी भाडा असुलेका छन् । उनले बुटवलको गोलपार्क देखि राजमार्ग चौराहा सम्मको ३सय रुपैयाँ भाडा लिएका हुन । जुन सामान्य अवस्थमा भन्दा ५ गुणा बढि हो ।
रिक्सा व्यवसायी समितिले निर्धारणा गरेको भाडा भन्दा झण्डै ५ गुणा बढि ति रिक्सा चालकले यात्रुबाट भाडा लिएका छन् । ‘बन्दको बेला यस्तै हो भन्दै ति रिक्सा चालकले ३ सय रुपैया लिएको  यात्रु गुल्मी मुर्भिङ्ग गाविसका रुद्र लम्सालले बताए । उनले पहिला १ सय रुपैयाँमा लैजानु भनेर हिडालेको विचबाटोमा आएपछि ३ सय दि लैजाने नत्र नलैजाने भन्दै झाराल्न खोजेको र राजमार्ग चौराहामा पुगेपछि ३ सय रुपैयाँ भाडा लिएको उनले गुनासो गरे । पिडीत यात्रु लम्सालले भने–‘पलिहा थोरै लिउला भनेको थिए तर पछि बेइज्यत गरेर ३ सय लिए ।’ उनले बन्दको बेला आफुहरुले यसरी नै मङ्गगो लिने गरेको भन्दै उनी संग ३ सय रुपैयाँ लिएका थिए ।
यो एउटा प्रतिनिधी घटना मात्र हो । यसरी बन्दको बेला अन्य सवारी साधन नचल्दा सास्ती खेपेका यात्रुलाई रिक्सा चालकले पटक पटक ठग्दै आएका छन् । अत्यावश्यक कामले  अस्पताल तथा अन्य स्थानमा जाँदा पटक पटक तोकिएको मूल्य भन्दा बढि लिने गरेका पाईन्छ । यता रिक्सा व्यवसायी समिति रुपन्देहीका सचिव गोपाल रिजालले नियम भन्दा बढि यात्रुभाडा नपाउने भन्दै कुनै रिक्सा चालकले महङ्गो भाडा लिएको पाईएमा आफुहरुले कारवाही गर्ने बताए । उनले समितिले निर्धाणरण गरेको भन्दै बढि भाडा लिने चालक र रिक्सा धनीलाई समेत कर्यालयमा बोलाएर स्पष्टीकरण सोध्ने र बढि लिएको पैसा फिर्ता  गराउने र केही दिन रिक्सा सञ्चालन गर्न रोक लगाउने सम्मको काम गर्ने  जानकारी दिए । उनले भने–‘हामी कार्यालयमा बोलाएर यात्रुको भाडा फिर्ता गर्नेदेखि लिएर केही दिनको लागि रिक्सा चलाउन नपाउने गरी लिनम्बन समेत गर्द छ, तर त्यसको लागि रिक्सा नम्बर र  कम्पनीको नाम ल्याउनु प¥यो ।’
तस्वीरः
बाध्याताः बन्दको बेला बुटवलको मिलनचोकमा रिक्सामा यात्रा गर्दै एक यात्रु । तस्वीरः कृष्ण खनाल÷बुटवल टुडे ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै