विद्युत प्राधिकरणको लाचारीपन : ३ सय विगाहा खेत रोपाई प्रभावित

कृष्ण खनाल
बुटवल, १९  साउन ।
नेपाल विद्युत प्राधिकरणले उपभोक्तालाई समयमा नै विद्युत मिटर उपलब्ध नगराएको कारण सेमलार र पार्रोहा क्षेत्रका ३ सय विघा खेत आकासे पानीको भरमा सिंचाही हुँदै आएका छ । स्थानियको सक्रियाता,भुमिगत जलस्रोत विकास समिति बुटवल शाखाको संयोजन र विश्व विकास बैंकको लागतमा निर्माण भएका ड्युप ट्युवबेल  निर्माण कार्य सम्पन्न भएपनि विद्युत सप्लाई नहुँदा विगत ४ बर्ष देखि बन्द अवस्थामा रहेका छन् । 
रुपन्देहीको सेमलार–पर्रोहा  जल उपभोक्ता समिति मातहतमा निर्माण भएका कुल १० वटा डीप ट्युवेल मध्ये जम्मा ५ वटा मात्र सञ्चालनमा आएका छन् भने अन्य ५ वटा ट्युवे निर्माण कार्य पुरा भएको ४ बर्ष पुरा भएपनि सञ्चालनमा नआउँदा जिर्ण बनेका छन् । विद्युतको लागि भनेर गाडीएका पोल ढल्न लागेका छन् भने कती पय  पाईप खिला लागेर जिर्ण बनेका छन् भने पानी भण्डारणको लागि भनेर बनाइएका टंकीको समेत प्लाष्ट उप्कीन लागेको छ ।
पहिला नै नियम पु¥याएर खरिद गरिएका टान्समिटरले बढि विद्युत खपत गरेको भन्दै नेपाल विद्युत प्राधिकरणले समयमा विद्युत मिटर उपलब्ध नगराएको कारण ६० विगाहा क्षेत्रफलमा खेतीगर्र्दै आएका करिव ६ सय किसानहरु प्रत्यक्ष मारमा परेका हुन । 
बुटवलउप–महानगरपालिका–१४ (साविक सेमलार गाविस–४) का किसान रामनाथ मालीका अनुसार विश्व बैंकको सहयोगमा निर्माण भएका डीप ट्युवेल अहिले जिर्ण बन्दै गएका छन् । स्थानिय उपभोक्ताको १५ प्रतिशत र विश्व बैंकको ८५ प्रतिशत  सह–लगानीमा  निर्माण भएका त्यस्ता ५ वटा डीपट्युवेल सञ्चालन हुन सकेका छैनन् । 
सेमलार–पर्रोहा जल उपभोक्ता समितिका अध्यक्ष सुर्दशनदेव जोसीका अनुसार ति डीप ट्युवेल आर्थिक बर्ष २०६९÷०७० मा  निर्माण सम्पन्न भएका हुन । पहिला नै उक्त ट्युवेलको लागि खरिद गरिएको टान्र्सफर पछि विद्युत प्राधिकरणले बढि लोड खाने भन्दै विद्युत मिटर उपलब्ध गराएको  थिएन । जसको कारणले गर्दा सयौ किसान सिंचाहीबाट बञ्चित भएका छन् भने खेत रोपाईं वा तरकारी खेतीको लागि आकाशको पानी  कतिखेर पर्छ र सिंचाही गरौंला भनेर बस्ने गरेका छन् । 
उपभोक्ता रामनाथ माली भन्छन्–‘किसानले सिंचाही गर्न पाईला भनेर पहिला नै पैसा उठाएर  दिए तर अहिले सम्म पानीको थोपा समेत पाएका छैनौं ।’   डीप ट्युवेल गाड्नको लागि स्थानिय जग्गा धनी पूर्ण प्रसाद काफ्लले करिव १० धुर जग्गा  समेत दिएका छन्  ।  जग्गा दिएबात सिंचाहीको लागि सहुलियत पाउने गरी सम्झौता समेत गरिएको छ । तर  अहिले सम्म पनि उक्त ट्युवेल सञ्चालन हुन सकेको छैन । 
नेपाल विद्युत प्राधिकरणले टिओडी मिटर जडान गर्नुपर्ने भन्दै पुरानो टान्समिटटर चलाउन नपाउने बताएको थियो । तर  पहिला नै टान्समीटर खरिद गर्दा सहमती जनाएको  र पछि नियम परिर्वतन भएको भन्दै मिटर नदिएको स्थानि उपभोक्ताहरुको भनाई हरेको छ । 
अहिले नयाँ एस.टी.मिटर राखेर करिव २ लाख लागतमा सञ्चालनमा ल्याउने तयारी भैरहेको जलउपभोक्ता समितिका अध्यक्ष जोसी बताउँछन् । उनी भन्छन्–‘अहिले नलकुपको सहयोगमा थप २ लाख अनुदान  पाएर एस.टी.मिटर खरिद गरेर ल्याएर चलाउने कुरा भएको छ ।’ 
६० विघा क्षेत्रफल को एउटा समुह बनाएर उपभोक्ताहरुसंग रकम समेत उठाएको छ । कती पय उपभोक्ताहरुले पानी नपाएपछि रकम दिएका छैनन् भने कतपयले पानी एक थोपा नभएपनि रकम भने अग्रिम बुझाईसकेका छन् । ६० विगाहा क्षेत्रफलको सहुमा करिव ८० देखि १० जना किसानहरु आवद्व भएका छन् । विश्व  बैकको सहयोगमा ७ करोडको लागतमा निर्माण भएका ति डीप ट्युवेल समयमा नै सञ्चालन नआउदा किसानहरुलाई‘आकाशको फल आखाँतरी मर’ भने जस्तै भएको छ । 
यता नेपाल सरकार सिंचाही मन्त्रालय भुमिगत जलस्रोत विकास समिति बुटवल शाखाका ईन्जीनियर पूर्णलाल विश्वकर्मा ले अवको केही समयमा नै मिटर र टान्सीमटरको समस्या साधान हुने र किसानहरुले पानी उपभोग गर्न पाउने जानकारी दिएका छन् । उनले भने–‘आवको केही  समयमा त्यो समास्या समाधान हुनेछ ।’ समयमा नै बर्षा नभएको कारण समयमा नै खेत रोप्न नपाएका किसानहरुलाई अवको केही महिनामा सञ्चालन हुने डीप ट्युवेलले के कती राहत दिने हो यो सोचनीय विषय रहेको छ । 
तस्वीरमाः
करिव ४ बर्ष पहिला निर्माण सम्पन्न भएको रुपन्देहीको सेमलारमा रहेको डिप ट्युवेल जुन अहिले सम्मपनि सञ्चालनमा आउन  सकेको छैन । तस्वीरःकृष्ण खनाल ÷बुटवल  

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै