उन्नत विउ विजनको लागि ८४ करोड

कृष्ण खनाल
बुटवल, १५ साउन ।
किसानको लागि उन्नत विउ विजन कार्या
क्रम केन्द्रीय कार्यालय रुपन्देहीले ६ वटा जिल्लामा किसानहरुको  आयआर्जजन वृद्धिको लागि ८४ करोड रुपैया ख र्च गर्ने भएको छ । रुपन्देहीमा   केन्द्रीय कार्यालय र काठमाण्डौमा सम्पर्क कार्यालय रहेको उक्त कार्यालले पाल्पा, गुल्मी,  अर्घाखाँची, रोल्पा, सल्यान, रुकुमका विभिन्न १ सय ५६ वटा गाविसहरुमा विभिन्न परियोजना अनुसार उक्त रकम खर्च गर्न लागेको हो ।  किसानका लागि उन्नत विउ विजन कार्यक्रमका परियोजना प्रमुख लक्ष्मण पौडेलका अनुसार आर्थिक बर्ष २०७२÷०७३ का लागि चालु खर्च  तर्फ ७२ करोड २२ लाख ७३ हजार र पुँजीगत तर्फ ११ करोड ९४ लाख ४१ हजार रुपैयाँ खर्च गर्न लागिएको छ ।
कार्यक्रम सुरु भएको करिव डेढ बर्षमा २० हजार ५ सय ६२ घर धुरीका किसानहरु लाभांवित भएको भन्दै कार्यालयका परियोजनाका प्रमुख पौडेल भन्छन्–‘विभिन्न १२ वटा शिर्षकमा उक्त बजेट खर्च गर्ने कार्ययोजना अनुसार अगाडी बढाइएको छ ।’ 
उनका अनुसार कार्यक्रम व्यवस्थापन कार्यालयको लागि ४७ करोड२७ लाख १४  हजार रुपैयाँ विनियोजना गरिएको छ । भने हेफर इन्टरनेशनल  मार्फत ९ करोड ६८ लाख ९९ हजार, कृषि उद्यम केन्द्रलाई ५ करोड ४३ लाख ३ हजार, साना किसान बैंक मार्फत ४ करोड ९ लाख ४२ हजार रुपैया विनियोजना गरिएको छ ।
 त्यस्तै नेपाल कृषि केन्द्रीय सहकारी संस्था लिमिटेड मार्फत २ करोड ७८ लाख ४८ हजार, जिल्ला कृषि विकास कार्यालय मार्फत ३ करोड ३६ लाख ४२ हजार,  नेपाल कृषि अनुसन्धान परिषद् मार्फत ५ करोड ८१ लख ६५ हजार, क्षेत्रीय विउ विजन प्रयोगशाला भैरहवा, नेपालगञ्ज) मार्फत २२ लाख ९१ हजार, जिल्ला पशु सेवा कार्यलयहरु मार्फत ४ करोड ५७ लाख रुपैया , क्षेत्रीय कृषि निर्देशनालय (सुर्खेत र पोखरा)७० लाख ४ हजार,  राष्ट्रिय पशु प्रजन्न केन्द्र  पोखरा मार्फत ८२ लाख २ हजार र क्षेत्रीय पशु सेवा निर्देशनालय (सुर्खेत र पोखरा)७० लाख ४ हजार रुपैया विनियोजन गरिएको छ । 
विभिन्न कार्यालय, संघ संस्था र परियोजना मार्फत  करोडौ रुपैया खर्च गरिने गरी कागजी बजेट विनियोजना गरिएपनि बजेट पूर्ण रुपमा कार्यान्वन हुन्छ भन्ने विषयमा आंशका पैदा भएको छ । 
ईफाड र हेपर ईन्टरनेशनल जस्ता विदेशी दातृ निकायबाट बजेट ल्याएर २ डिसेम्बर  २०१२ देखि ३१  डिसेम्बर २०१९ सम्ममा उत्त बजेटमा रही काम गर्ने जनाएको छ ।  करिव डेढ बर्ष पहिला स्थाना भएको उक्त कार्याललले अघिल्लो आर्थिक बर्षमा कुल ४७ करोड, १२ लाख १२ हजार रुपैया खर्च गरेको छ । जसमा नेपाल सरकारको कुल ४ करोड ९६ लाख २ हजार र अन्य बैदेशिक सहयोग मार्फत ४२ करोड १६ लाख १० हजारा रुपैया खर्च  गरेको छ । जुन रकम खर्च गरिए अनुसार अपेक्षित रुपमा  नतिजा प्राप्त हुन नसकेको सरोकारवालाहरुको टिप्पणी रहेको छ । 
६ बर्षमा ७ हजार किसान ७ हजार विउ उत्पादन समुहमा सहभागी हुने, ५ वटा विउ उत्पादक कम्पनी विकास हुने,१ ह्जार भन्दा बढि विउ प्रर्दशन कार्यक्रममा २५ हजार भन्दा बढि किसानहरु सहभागी हुने, कम्तीमा १५ वटा पशु संकलन केन्द्र तथा बजार , २५ वटा चिलिङ्ग सेन्टर, स्थापना हुने अपेक्षा उक्त परियोजना लिएको छ । 
तर स्थापको पहिलो बर्षमा कृषि सेवा केन्द्र हंसपुर समस्याग्रस्त अवस्थामा रहेको कार्यालको प्रतिवेदनमा उल्लेख भएको छ । यसको साथै पशु सेवा केन्द्र ठाटा अर्घाखाँचीको काम आधा सम्पन्न भएको र अन्य विउ विजन प्रयोगशाला, भैरहवा र खजुरा, जिल्ला कृषि सेवा कार्यालय सल्यान,   कृषि सेवा केन्द्र बरौला प्युठान, बलेटक्सार गुल्मी, कृषि सेवा केन्द्र पुर्काट र स्किृन हाउस रुकमको भवन निर्माण प्रगती पुरा भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
 साथै उक्त परियोजनाको संकेतिक विउले करिव २ लाख ४० हजार हेक्टर क्षेत्रफल ढाक्ने, ६ सय ६० मेट्रिक टन गहु, १६६० मेट्रिक टन , मैक ८ सय ३० मेट्रिक टन, तरकारी ५ हजार मेट्रिक टन यर्थात विउ उत्पादन हुने अपेक्षा लिएको छ । 
तर एक बर्षमा सहभागीताम मुलक ३९ वटा कार्यक्रम सम्पन्न भएका छन् । भने मुल विउ उत्पादान तर्फ खाद्यान्न उत्पादन बाली ५.६ हेक्टर, तरकारी बाली ३ हेक्टर उत्पादन भएको छ । जुन नेपाल कृषि अनुसन्धान परिषद अन्र्तगतका फार्म र कृषि विभाग अन्र्तगत पाल्पा र रुकुम फार्मले उत्पादन गरेका हुन । 
उक्त कार्यालयको सम्भोग–२ परियोजना अनुसार ४ वटा क्षेत्र बाख्रा प्रजन्न पकेट क्षेत्र छनौट गरिएको छ, बोयर बाखंको लागि १२ वटा ६ वटै जिल्लामा डेरी पकेट म्यापीङ्ग तथा गाविस छनोट कार्य, ३० जना कर्मचारी नियुक्त गरिएको प्रगती प्रतिवेदन कार्यालयले प्रस्तुत गरेको छ ।  तर त्यो उपलब्धीलाई अपेक्षाकृत उपलब्धी मान्न नसकिने  सरोकारवालाहरुले टिप्पणी गरेका छन् । ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै