डिभिजन सडक कार्यालयबुटवलद्वारा: अधिकांस अधुरा पुर्वाधारमा रकम खर्च


कृष्ण खनाल

बुटवल, ६ भदौ । 
सडक डिभिजन कार्यालय बुटवलले गत आर्थिक बर्षमा निर्माण गरेका अधिकांसभौतिक पुर्वाधारहरु अधुरा रहेको पाईएको छ । डिभिजन सडक कार्यालय बुटवलले उपमहानरपालिका भित्र निर्माण सम्पन्न गरिएको भनिएका विभिन्न सडक, कल्र्भट तथा पुल अधिकांस अधुरा रहेका छन् । कुनै पुलको जग मात्र परिएको छ भने सडकको पनी कालेपत्रे गरेर अन्य कतीपय ढल निर्माण र निकासको काम त्यतिकै छोडीएको पाइएको हो । 
उक्त, कार्यालयले गतआर्थिक बर्षमा  बुटवल उपमहानगरपालिकाभित्र १२ वटा सडक र ५ वटा पुल तथा कल्भर्ल निर्माण कार्य सुरु गरेको थियो । सडक निर्माणको लागि उक्त कार्यालयले कुल ३३ करोड २० लाख रुपैयाँ रकम विनियोजन गरिएकोमा कुल ३० करोड ४१ लख ५ हजार रुपैया खर्च गरेको  डिभिजन सडक कार्यालय, बुटवलका ईन्जीनियर  कृष्ण प्रसाद पन्थी बताउछन् । 
 नयाँगाउँ देखि बेलबरिया जोड्ने सकडमा निर्माण हुदै गरेको ‘दानो पुल’जुन पुलको केही पिलरमात्र निर्माण गरी अलपत्र छोडीएको छ । 

उक्तकार्यालयले सोही आर्थिक बर्षमा  विभिन्न ५ स्थानमा पुल तथा कल्र्भट निर्माण गरेको जनाएको छ । तर ति अधिकांस पुल तथा कल्र्भल अधुरो अवस्थामा रहेको स्थानियको भनाई रहेको छ ।  डिभिजनका ईन्जीनियर पन्थीका अनुसार कार्यालयले ५ वटा  पुल तथा कल्र्भको लागि कुल ३४ करोड ५९ लाख ९ हजार रुपैया विनियोजन गरेकोमा कुल २२ करोड ५४ हजार रुपैयाँ मात्र खर्च गरिएको छ । डिभिजन सडक कार्यालय बुटवलले गत आर्थिक बर्षमा ब्रम्हकुमारी जाने सडक  ७० मि. कालोपत्रे, ३ सय मि. ग्राभेल सम्पन्न गर्नको लागि कुल ६ लाख ५० हजार खर्च गरेको छ । जसको लागि कुल १० लाख रुपैया बजेट विनियोजन गरिएको थियो । 


त्यस्तै स्वामीनागराण पथको पनि १ सय ६० मिटर सडक कालेपत्रे र १ उटा ह्युमपपाईप कल्र्भट  बनाउँदा कुल ७ लाख ८० हजार रुपैयाँ खर्च गरेको छ । बुटवल उमनपा १४ र १५ चक्रपथ निर्माणको लागि भन्दै कुल १० लाख बजेट विनियोजन  भएकोमा ५ लाख ५ हजार रुपैयाँ मात्र खर्च गरेको छ । जसबाट १ सय ५० मिटर मात्र सडक निर्माण पुरा गरेको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ । बुटवल –११ मोतिमार्गको पनि जम्म १ सय १८ मिटर सडक  कालेपत्रे गर्दै ९ लाख ५० हजार रकम सकिएको छ ।  सडक डिभिजन कार्यालले सिद्धार्थराजमार्ग अन्र्तगत बुटवल राजमार्ग चौराह देखि गोलपार्क सम्म र महेन्द्र राजमार्गको बुटवल अस्पताल लाईन देखि तिनाउ पुल सम्म सडक विस्तारको लागि कुल १४ करोड ४६ लाख ५० हजार रकम विनियोजन भएकोमा कुल १४ करोड ४५ लाख रुपैयाँ खर्च गरेको छ । उक्त सडकमा अझै कयौं भौतिक संरचना निर्माण गर्न बाँकी छ । तर सडक डिभिजना कार्यालयले ४ सय मिटर सडक कालेपत्रे गरेको, फुटपाथ  र खानेपानीको पाईप समेत  स्तानान्तरण  गर्ने काम गरेको जनाएको छ । 

त्यस्तै सडक निर्माण तर्फ सुवर्णपथ टोलको ८० मिटर  सडक कालेपत्रे र ७० मिटर ग्राभेलको काम गरेको उल्लेख गरेको छ । जसका कुल १० लाख बजेट विनियोजन भएकोमा ८ लाख ५० हजारमा काम सकेको उल्लेख गरेको छ । बुटवल उपमहानर पालिकाको बार्षिक बजेट समिक्षा बैठकमा बुटवल उपमहानर पालिकालाई  सडक डिभिजन कर्यालले बुझाएको प्रगती प्रतिवेदनमा कुन स्थानको सुवर्णपथ हो उक्त कुरा उल्लेख गरिएको छैन । 
बुटवलको योगीकुटी देखि पुरानो बस पार्क सडकम कुल ५ लख ३० हजारु रकम खर्च गरी सडक  मर्मत काम गरेको, मंगला पथमा कुल ५ लाख ५० हजार खर्च गरी कुल १ सय ४० मिटर सडक कालेपत्रे गरेको, गंगा पथमा पनि कुल ६ लाख ५० हजार खर्च गरी ३ सय मिटर सडक कालेपत्रे गरेको र दक्षिणकाली मार्ग मा कुल १० लाख ३५ हजार रुपैयाँ खर्च गरी २ सय ३५ मिटर सडक कालेपत्रे गरेको आफ्नो बार्षिक प्रगती प्रतिवेदनमा उल्लेख गरेको छ । 

त्यस्तै यस क्षेत्रमा  सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकको विकल्पको रुपमा समेत विस्तार गर्ने उदेश्यका  साथ निर्माण गर्ने भनिएको बुटवल–नुवाकोट शान्तीमार्ग सडक मा कुल ९ लाख रुपैया खर्च गरी १ सय ३० घनमिटर टेवा प्रर्खाल लागाईको , २  वटा कल्भर्ट र पहिरो सफाईको काम गरिएको जनाएको छ । उक्त सडकको लागि १७ लाख रुपैया बजेट विनियोजन भएको थियो । 

बुटवल पुरानो बजार र नयां बजार जोड्ने तिनाउ नदि पूल निर्माणको लगि कुल ८३ लाख ५६ हजार रकम विनियोजन भएकोमा जम्मा ६८ लाख ४० हजार रुपैया खर्च गरी  ३ वटा फाउण्डेसन त्यहि पनि निर्माणाधिन अवस्थामा छोडेको छ । बुटवल देविनगर हात्तिसुर्ण पुल निर्माणको लागि पनि सडक डिभिजन कार्यालयले जिम्मा पाएको थियो । जसमा कुल ९२ लाख रुपैयामा अहिले ठेक्का सम्झौता समेत भएको र मोविलाईजेसनको भुक्तानी समेत दिएको जनाएको छ । 
नयाँगाउ–बेलवरिया जोड्ने दानो पुल निर्माणको लागि कुल ७५ लाख रुपैया विनियोजन गरिएकोमा जम्मा ४९ लाख खर्च गरी ५ वटा फाउण्डेसन(पिलर) मात्र निर्माणाधिन अवस्थामा राखेको छ  । पहेलीभीत्ता कल्र्भट निर्माणको लागि ९५ लाख ४३ हजार विनियोजना भएकोमा ११ लाख ४ हजार रकम  मोविलाईजेसनको लागि भुक्तानी दिएको उल्लेख गरिएको छ । 
त्यस्तै गत आर्थिक बर्षमा नै विशालपथ–जवई सडकमा कल्र्भट निमार्णको लागि ठेक्का सम्झौता भई मोविलाईजेसन भुक्तानी दिएको उल्लेख गरिएको छ । तर के कती लागतमा निर्माण हुने र कती रकम भुक्तानी दिईयो भन्ने विषयमा बुटवल उपमहानगर पालिकालाई बुझाइएको प्रगती प्रतिवेदनमा उल्लेख गरिएको छैन । 

तस्वीरः नयाँगाउँ देखि बेलबरिया जोड्ने सकडमा निर्माण हुदै गरेको ‘दानो पुल’जुन पुलको केही पिलरमात्र निर्माण गरी अलपत्र छोडीएको छ । 




Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै