आयुर्वेद उपचारका विरामी पुर्नावृत्ती हुने क्रम बढ्दो

कृष्ण खनाल
बुटवल, ७ भदौ । 


लुम्बिनी अञ्चल आयुर्वेद औषधालय बुुटवलमा उपचार गरेका विरामीहरुले पुनारावृत्ति हुने दर बढेको छ । स्वाथ्य क्षेत्रको पुरानो उपचार पद्धतीको रुपमा  रहेको  आयुर्वेद प्रति स्थानियको आर्कषण क्रमस बढ्दै गएको छ । 
विरामीहरु पुनारावृत्ती हुने क्रम भने बढेको पाइएको हो । लुम्बिनी अञ्चल आयुर्वेद औषधालय बुटवलका  चेतनारायण आचार्यका अनुसार  गत आर्थिक बर्षमा कुल कुल १९ हजार ४ सय १ जनाले उपचार गराएकोमा २ हजार ९ सय २९ जना विरामी पहिला नै विरामी भएर एक पटक उपचार गराईसकेका हुन । आचार्यका अनुसार सोही अवधिमा १६ हजार ४ सय ७२ जना नयाँ विरामीहरुले उपचार गराएका छन् ।  ९ हजार ६ सय १३ जना  नयाँ विरामी महिलाले उपचार गराएकोमा कुल १ हजार ८ सय ६८ जना महिला पहिला नै उपचार गराएका अर्थात पुराना विरामी हुन । 
त्यस्तै सोही आर्थिक बर्षमा कुल ६ हजार ८ सय ५९ जना नयाँ पुरुष विरामीले उपचार गराएकोमा १ हजार ६१  जना पुराना विरामी पुनरावृत्ती भएका हुन । 
गत आर्थिक बर्षमा उक्त कार्यालयले  वार्षिक स्वीकृत वजेट  कुल २८ लाख  २० हजार प्राप्त गरेकोमा  २७ लाख १८ हजार ९ सय ४० रुपैया खर्च गरेको छ । 
उक्त कार्याललले ज्वर,  श्वर विकार, अम्लपित्त, अतिसार ग्रहणी, उदररोग, प्रमेह रोग, मधुमेह, कामला, पाण्डु, हृदयरोग, रक्तचाप, शोथ, कृमि, विकार, ब्रण, आघाताज, वातव्याधि, आमवातवात, रत्तविकार, मुत्रविकार, प्रशुतिविकार, स्त्रीरोग, अर्शादिगुदविकार, नेत्ररोग, शालक्य, शिरोरोग, मानसविकार, बालरोग, जराजन्य,  विविध रोगको उपचार गर्दैै आएको छ ।
उदर रोगका सबैभन्दा बढि विरामीहरुको उपचार गरेको छ । जुनमा १४ ८८ जना नयाँ र ४ सय २० जना पुराना रोगका विरामीहरुले उपचार गराएका छन् । श्वन विकारका कुल ११ सय ७४  जना नयाँ र  २ सय ६ पुराना विरामीले उपचार गराएका छन् । उक्त कार्यालयबाट सबै भन्दा कम मानसविकारका नयाँ ६५ र पुराना ३ जना गरी कुल ६८ जनाले उपचार गराएका छन् ।
आयुर्वे्दिक औषधालयबाट ७७ प्रकारका औषधि निःशुल्क वितरण गरिन्छ । तर, बुटवलमा भने ३० देखि ३२ प्रकारका औषधि मात्रै उपलब्ध छन् । ०४८ मा बुटवल देविनगरमा स्थापना भएको आयुर्वेद अस्पताल जिल्लास्तरीय हो । यहाँ एक डाक्टर, एक आयुर्वे्दिक निरीक्षक एक÷एक जना कविराज वैद्य, एक सहायक लेखापाल र दुई कार्यालय सहायक गरी सातजनाको दरबन्दी छ 
सो अन्चल औषधालयको २ वटा सामान्य किसिमका कार्यालय भवन भएपनि यहाँ चिकित्सक, औषधी र बिरामीको पनि अभाव छ । निशुल्क बहिरंग सेवा मात्र प्रदान गर्दै आइरहेको औषधालयका अनुसार निकट भबिष्यमै १५ शैया सहित अन्तरंग सेवा पनि संचालन गरिने छ ।
आयुर्वेद चिकित्सा पद्धति अनुरुप जनतालाई सेवा पुराउने उद्देश्यले बि.सं २०२९ सालमा पाल्पाको रामपुरमा स्थिापित सो आयुर्वेद औषधालय बि.सं २०४३ सालमा बुटवलमा सारिएको हो । पुरानो भएपनि यो औषधालय उद्देश्य अनुरुप संचालन हुन सकिरहेको छैन । यद्यपी यसले सिमित जनशक्ति र कमसेकम श्रोत साधनको प्रयोग गरि निःशुल्क रुपमा स्वास्थ्य परिक्षण र औषधी उपचार गर्दै आईरहेको छ । दैनिक १५–२० जनाले मात्र यस औषधालयबाट सेवा लिनेकार्यालय प्रमुख चेतनाथ आचार्य बताएका छन । आचार्यका अनुसार पछिल्लो समयमा योग तथा आयुर्वेद चिकित्साप्रति मानिसहरुको रुचि बढ्दै गएको देखिएपनि सहभागिता संख्या भने सन्तोषजनक छैन् । यहाँ बार्षिक करिब १७ हजार बिरामीको सेवा गरिएको आचार्यको भनाई छ ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै