विद्युत प्राधिकरणमा उपभोक्ताको गुनासो– ‘चानुचुन पैसा फिर्ता दिदंैनन्’

कृष्ण खनाल
बुटवल, २४ साउन ।

 बुटवल देखि २४ किलोमिटर पश्चिम साझण्डीबाट विद्युतको महसुल बुझाउन ‘नेपाल विद्युत प्राधिकरण ‘बुटवल शाखा’ मा आएका एक उपभो
क्तले तिर्नुपर्ने विद्युत महशुल भन्दा झण्डै ३ रुपैयाँ बढी तिरे ।  फिर्ता गर्न चानचुन छैन भन्दै कर्मचारीले २ रुपैयाँ लिनुपर्ने ठाउँमा उपभोक्ताले ५ रुपैयाँ दिए तर तिन रुपैयाँ कर्मचारी फिर्ता गरेनन् । नत बिलमा बढि रकम तिरेको देखाइएको छ  नत बाँकी रहक फिर्ता भएको छ ?  नजिकै राखिएको उजुरी पेटीकाको हालत पनि उस्तै थियो । उनले उजुरी पेटीकामा उजुरी खसालेनन् । नजिकै पारदर्शी सरोकार मञ्च रुपन्देहीले आयोजना गरेको  नागरिक सहायता कक्षमा उनी पुगे र गुनासो टीपाएर गए । गुनासोमा उनले लेखेका थिए –‘चानचुन पैसाँ फिर्ता गर्दैनन् यो के  भष्ट्राचार होईन र ? ’
उनी एउटा उदाहरण मात्र हुन  । नेपाल विद्युत प्राधिकरण, खानेपानी संस्थान तथा नेपाल टेलिकम जस्ता सार्वजनिक संस्थानमा यसरी नै सानो सानो रकममा उपभोक्ताहरुबाट प्रत्यक्ष रुपमा नै भष्ट्राचार हुने गरेको छ ।  पैसा चानचुन(खुजुरो) नभएको भन्दै उपभोक्तबाट बढि रकम लिने गरेको पाईन्छ । 
भ्रष्ट्राचार नियन्त्रण सम्बन्धी काम गर्ने टान्र्सपरेन्सी ईन्टरनेशन नेपाल संग आवद्व भएको पारदर्शी सरोकार मञ्च रुपन्देहीका कोषाध्यक्ष दिपक ढकालका अनुसार सानो–सानो रुपमा उपभोक्ता माथि हुने अन्याय नै भष्ट्राचार हो । जुन कार्य  विभिन्न संस्थानहरुमा नजानिदो तरिकाबाट भष्ट्रचार गर्ने गरेका छन् । उनी भन्छन्–‘कुनै पनि काम को विल तिर्न जाँदा कर्मचारीहरुले बढि भएको रकम एडभान्स(अग्रमी भुक्तानी)को रुपमा नराखिदिने गरेको पाइन्छ । जुनकार्य राम्रो होईन  ।’ 
नेपाल विद्युत प्राधिकरण बुटवल क्षेत्र संग  करिव ४७ हजार उपभोक्ताहरु रहेका छन् ।  ति उपभोक्ताहरु मध्ये  दैनिक १ हजार भन्दा  बढि उपभोक्ताहरुले बुटवल शाखाबाट विद्युत महशुल भुक्तानी गर्दछन् । यदि दैनिक १ जना बाट १ रुपैयाँ बढि लिएमा करिव १ हजार रुपैयाँ बढि हुन्छ । जुन रकम पारदर्शी ढंगले खर्च गरिएको पाईदैन ।  पारदर्शी सरोकार  मञ्च रुपन्देहीकी कार्यक्रम अधिकृत देवी डुम्रेका अनुसार यसरी चानचुन रकम फिर्ता नगरेको भन्दै आईतबार मात्र करिव ७ जनाले उजुरी टिपाएका थिए । भने अन्य केहीले विद्युुत प्राधिकरणका कर्मचारीको लापरवाहीको कारण समयमा नै विद्युत मिटर रिडिङ्ग गर्न नजाने  तर उपभोक्ताबाट बढि जरिमाना लिने प्रवृत्ती भएको, समयमा विद्युत मर्मत गर्न प्राधिकरणका कर्मचारी नपुगेको जसको कारण अन्धकारमाबस्नु परेको जस्ता गुनासोहरु उपभोक्ताहरुले टिपाएका थिए ।  
आईतबार विहान १० बजे देखि  साझँ ३ बजे सम्म नागरिक सहायता कक्ष सञ्चालन गरेको थियो । दिनभर  उपभोक्ताहरुबाट आएका जन गुनासाहरुलाई दिउसो ३ बजे पश्चात कार्यलयका प्रमुख उमेश कुमार झा संग छलफल गरिएको थियो । 
उता, नेपाल विद्युत प्राधिकरण बुटवल शाखा प्रमुख उमेश कुमार झाले कार्यालयमा १ सय २१  जनाको दरबन्दी भएकोमा जम्मा ८६ जना मात्र कर्मचारीहरु कार्यरतको रहेकोले जनशक्तिको अभावको कारण पनि कतिपय काम सहजरुपमा गर्न नसकिएको स्वीकार गरे । उनले भने–‘कर्मचारीहरुको अभावको करण कायौ काम पुरा गर्न सकिएको छैन,  केन्द्रबाट नेपाल सरकारले पनि पुरा कर्मचारीको व्यवस्थापन हुनुप¥यो,’ उनले थपे–‘पहिला २२ हजार उपभोक्ता थिए अहिले ४७ हजार भन्दा बढि नाघेका छन्, त्यहि कर्मचारी, त्यहि पुर्वधारले कसरी समयमा नै सहज रुपमा कार्य सम्पादन गर्न सकिन्छ ? यो व्यवहारिक समस्या हो ।’
विल भुक्तानी गर्ने काउन्टरमा बसेका कर्मचारीहरुले चानचुन रकम फिर्ता नगरेको भन्ने गुनासो अन्य स्थानमा आएको भन्दै व्यवाहिक समस्याको कारणले गर्दा पनि केही समस्या रहेका छन् । उनले रुपैया फिर्ता गर्ने गरेको भएपनि केही पैसा भने व्याहारिक  समस्याको कारण फिर्ता गर्न नसिकिएको बताए ।  विल काट्ने सम्बन्धीत कर्मचारीहरुले भने विल भन्दा बढि आएको रकम अग्रीम भुक्तानी (एड्भान्स)को रुपमा उपभोक्ताको खातामा जम्मा गर्ने गरेको दावि गरेका छन् । 
उपभोक्ताले कति विल भुक्तानी गर्नुपर्ने हो, त्यति बराबरको रकम ल्याएमा आफुहरुलाई सहज हुने विद्युत प्राधिकरणका कर्मचारीहरुको भनाई रहेको छ । 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्
हेल्प डेक्स सञ्चालन
बुटवल, २४ साउन । 
पारदर्शी सरोकार समुह रुपन्देहीको आयोजनामा नेपाल विद्युत प्राधिकरण बुटवल शाखा कार्यालयमा नागरिक सहायकता कक्ष सञ्चालन गरिएको छ । आईतबार विहान १० बजे देखि साझँ ३ बजे सम्म नागरिक सहायता कक्ष सञ्चालन गरी उपभोक्ताहरुको गुनासाहरु संकलन गरिएको थियो ।  गुनासो संकलन पश्चात कार्यालय प्रमुख उमेश कुमार झा को कार्यकक्षमा छलफल कार्यक्रम समेत आयोजना गरिएको थियो । 
कार्यक्रम आयोजना गर्नुको उदेश्यमाथि प्रकाश पार्दै समुहका सह–सचिव अर्जुन कार्कीले विगतका दिनहरुमा रुपन्देहीका विभिन्न ९ स्थानमा  यस्तो प्रकारको  नागरिक साहायता कक्ष सञ्चालन गरेको जानकारी गराउदै एउटा सरकारी क्षेत्रबाट हुनु पर्ने काम आफुहरुले गरेको  जानकारी गराएका थिए । कार्यक्रममा बोल्दै समुहका सह सचिव अर्जुन कार्की, कार्यक्रम अधिकृत देवी डुम्रेले लगायतले बोल्दै विगतका दिनहरुमा समुहले आयोजना गरेको नागरिक सहायकता कक्षाबाट कयौ सेवा प्रदायक कार्यलयका प्रमुखहरुले आफ्नो कार्यलयको काम, कर्तव्य परिर्वतन गरेको भन्दै विद्युत प्राधिकरणले पनि उक्त कार्य गर्न सक्ने धारणा राखेका थिए ।  कार्यक्रममा बोल्दै पारदर्शी सरोकार समुहका कोषाध्यक्ष तथा कार्यक्रमका अध्यक्ष दिपक ढकालले  यस क्षेत्रमा सदाचार स्थापनाको लागि आप्mनो संस्था लागिपरेको जानकारी दिदै, अञ्चल अस्पताल स्थापना भएको  १ सय ५ बर्षमा पहिलो पटक सार्वजनिक सुनुवाई कार्यक्रम गर्न सफल भएको बताएका थिए । उनले कुनै पनि कार्यालयमा कार्यासम्पादनको क्रममा गुनासा आउने कुरा स्वभाविक भएको भन्दै यसको लागि कार्यलय प्रमुखले जिम्मेबार भएर सहज रुपमा कार्यसम्पादन गर्नुपर्ने धारणा राखेका थिए । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै