बुटवल उपमहानगरपालिको बार्षिक समिक्षा कार्यक्रममा , विषयगत कार्यालयद्वारा उपेक्षा


कार्यक्रम सुरु हुँदा ४ सय सहभागी  सकिदा ३७ जना 
कृष्ण खनाल
बुटवल, ४ भदौ ।

 बुटवल उपमहानर पालिकाकाले प्रत्येक बर्ष नगर भित्र सञ्चालन रहेका सरोकारवाला  सरकारी र गैर सरकारी कार्यालयहरुसंग बार्षिक समिक्षा बैठक आयोजना गर्दछ । नेपाल सरकारको नीति अनुसारनै आयोजना गरिने उक्त  बैठकमा सरकारी निकायका कार्यालयहरुले आफ्नो बार्षिक  प्रगती प्रतिवेदन पेश गर्नु पर्दछ । 
तर उक्त  बैठकमा नगरकाजनतासंग प्रत्यक्ष सरोकारराख्ने महत्पूर्ण कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले उपस्थिती समेत जनाएनन् । बुटवल उपमहानगर पालिकाले एक हप्ता पहिला नै पत्रलेखि ‘आनिवार्य रुपमा आ–आफ्नो कार्यालयको बार्षिक प्रगती समिक्षा सहित कार्यक्रममा उपस्थिती हुनुपर्ने’ भनेको थियो । तर  उप–महानगरपालिकाको उक्त आदेशलाई केही कार्यालयले टेरपुच्छर लगाएनन् ।  नेपाल खानेपानी संस्थान, नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण, जनताको तटबन्द कार्याक्रम लगायतका  जनतासंग प्रत्यक्ष सरोकार राख्ने निकायका प्रमुख तथा प्रनिधिहरु उपस्थिती भएनन् । 
जनतासंग प्रत्यक्ष सरोकार राख्ने र जनताले पटक पटक प्रश्न उठाउँदा आफु ¥याख ¥याख्तीमापर्ने डरले समेत ति कार्यालयका प्रमुख तथा प्रतिनिधि अन्र्तरक्रिया उपस्थिती नभएको बुटवल उप–महानगर पालिकाका प्रमुख कार्यकारी अधिकृत धुब्रबहादुर खड्काले बताउँछन् ।  उनी भन्छन्–‘यसरी कार्यालयको बार्षिक समिक्षा गोष्टीमा उपस्थिती नहुनु भनेको कानुनलाई समेत मिच्नु हो, कानुनको समेत उपहास गर्नु हो । ’ उनले यसरी सरकारीका र्यालयका प्रमुख तथा प्रतिनिधिहरुले आफ्नो जिम्मेबार नहुनु जनताप्रतिनै जवाफदेहितानहुनुहो । उनले थपप्रस्टाउदै भने –‘यसरी जनतासंग फेस गर्न नसक्नु लुकेर बस्नुजस्तै हो , जुन कुरा आमनागरिकले मात्र होईन कानुन कार्यान्वय गराउने निकायले समेत ख्याल गर्ने छन् । ’
यता, बुटवल उपमहानगरपालिकाका पुर्वमेयर पुनाराम पोखरेलले जनतासंग प्रत्यक्ष सरोकार राख्ने कार्यालयले नै जनतालाई उपेक्षा गरेको धारणा व्यक्त गरे । उनले जनतासंग सम्बन्धीत कार्यालयहरुले आ–आफ्नो कार्यालयले गरेका काम कारवाहीको विषयमा जानकारी गराउनुको साटो कार्यक्रममा नै उपस्थिती नहुने आफैमा लज्जाको विषय भएको तर्क अगाडी सारे । 
नेकपा एमाले बुटवलनगर अध्यक्ष  ज्ञानप्रसाद अर्यालले कार्यासम्पादनको आधारमा नगरपालिका उत्कृष्ठ भएको भन्दै विकास पुर्वाधारमा नगर राम्रो नहुनुलाई आलोचनामात्रै गर्न नहुने बताउछन्  । त्यस्तै पुर्व जिल्ला विकास समिति सदस्य तथा एमाले जिल्ला उपाध्यक्ष शिव सुवेदीले सरोकारवाला स्थानिय जनतासंग आयोजना गरिएको कार्यक्रममा जनताले तिरेको करबाट तलब थाप्ने व्याक्तिहरु नै  गैर जिम्मेबार रुपमा प्रस्तुत हुनु आफैमा निरङ्गकुस मानसिकता भएको बताउँछन् । उनी भन्छन्–‘ कार्यालयप्रमुखको जवाफदेहितामा प्रह्न चिन्ह खडा भएको छ ।’ पुर्व सांसाद रामचन्द्र भट्टराईले जिम्मेबार संस्थाले नै गैर जिम्मेबारीरुपमा प्रस्तुत हुनु जनताको उपहार भएको तर्क अगाडी सारेका छन् । उनले भने–‘यो जनतामाथीको अपमान हो, किन आउन चाहदैनन् सेवा प्रदायक संस्था ? प्रश्न उठाउने बेला आएको छ । ’
शुक्रवार विहान करिव ११ बजेट कार्याक्रम सुरु गर्ने भनिएपनि कार्यक्रम निर्धारित समय भन्दा करिव १ घण्टा ढिला करिव १२ बजे पछि मात्र सुरु भएको थियो । कार्याक्रम सुरु हुँदा करिव ४ सय भन्दा बढिको सहभागीता भएपनि कार्यक्रम समाप्त हुदा जम्मा ३७ जना मात्र कार्याक्रममा उपस्थिती रहेका छन् जस मध्ये बुटवल उपमहानगर पालिकामा कार्यरत १४ जना कर्मचारीहरु मात्र रहेका थिए ।  कार्यक्रम सुरु हुँदा बुटवल उपमहानगर पालिकाको सभाहलमा बस्नको लागि समेत कुर्सि अभाव थियो । कुनै कुनै स्थानियहरु उभिएर समेत कार्यक्रम अवलोकन गरेका थिए । तर आफुले गुनासो गर्ने प्रमुख सरोकारवाला निकायहरुकै उपस्थिती नभएपछि अधिकांस स्थानियहरु हलबाट बाहिरिएका थिए । 
प्रत्येक बर्षबार्षिक समिक्षा गोष्टी आयोजना गर्दैै आएको बुटवल उपमहान पालिकाको गत बर्षको कार्याक्रममा पनि नेपाल विद्युत प्राधिकरण र  नेपाल खानेपानी संस्थान लगायतका केही जनातको प्रत्यक्ष सरोकार राख्ने निकाउका प्रमुख तथा प्रतिनिधीहरु उपस्थिी रहेका थिएन्न । 
शुक्रवारको बार्षिक बजेट समिक्षा कार्याक्रममा बुटवल उपमहानर पालिकाका विधागत शाखा प्रमुखहरु लेखा प्रमुख शिवनाराययण शाह, सामाजिक शाखा बरिष्ठ अधिकृत भुवा प्रसाद लुईटेल, परियोजना प्रमुख  ईन्जीनियर सुमन श्रेष्ठ, भुकम्प सुरक्षा शाखाका सोमनाथ अधिकारी लगायतले आ–आफ्नो शाखामा भएका बार्षिक प्रगतीको बारेमा जानकारी गराएका थिए । 
त्यस्तै लुम्बिनी अञ्चल अस्पताल बुटवलमा मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र खनाल, सडक डिभिजन कार्यालय बुटवलका ईन्जीनियर कृष्ण प्रसाद पन्थी, लुम्बिनी सामुदायिक टेलिभिजनका स्टेशन प्रमुख दिनेश पाण्डे, लुम्बिनी अञ्चल आयुवेद्र्धिक  अस्पतालका चेननाथ आचार्य, नेपाल परिवार नियोजन संघ बुटवल शाखा प्रबन्धक मोहन बस्याल लगायतले आ आफ्नो कार्यालयमा भएको कार्य प्रगतीको बारेमा जानकारी गराएका थिए । 
त्यस्तै मोतिपुर हेल्थ पोष्ट प्रमुख विश्वबन्दु विनय, सिद्धार्थ महिला तथा बाल अस्पताल आम्दाका कृष्ण जिसी, जिल्ला जनस्वाथ्य कार्यालय रुपन्देहीका सिनियर अहेव थानेश्वर खरेल, सेतोगँुरास बाल विकास संस्थाका अर्जुन तामाङ्ग, नयाँ जिवनका लागि हातेमालो बुटवलकी कार्याक्रम प्रमुख मना पाण्डे, लक्ष्मी आर्दश सामुदायिक वनका कृष्ण पाण्डे लगायतले आ आफ्नो कार्यालयमा भएको कार्यप्रगतीको विषयमा जानकारी गराएका थिए । 









Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै