रुपन्देहीमा जिउदो माछा पसल बढ्दै

कृष्ण खनाल
बुटवल, असार ।
उपभोक्ताका आँखै अगाडी माछा
छोपेर विक्रि वितरण गर्ने ‘जिउँदो माछा पसल’ रुपन्देहीमा क्रमस बढ्दै गएका छन् ।  आज भन्दा केही बर्ष पहिला जिउदो माछा पसलको संख्या रुपन्देहीमा नगण्य मात्रामा थियो । तर पछिल्लो समयमा जिल्लामा करिव ढेड दर्जन भन्दा बढि  जिउदो माछा पसल सञ्चालनमा आएका छन् । 
माछाको लागि अब्बल जिल्लाको रुपमा पहिचान बनाएको रुपन्देही जिल्लामा खासगरी सहर केन्द्र्रीत जिउदो माछा पसल सञ्चालकहरु बढ्दै गएको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका  मत्सय विकास अधिकृत रमेश जैसवाल बाताउछन् । उनका अनुसार ग्राहहरुको माग अनुसार ताजा प्रकृतिको माछा विक्रि वितरण गर्ने गरी रुपन्देहीमा पछिल्लो समयमा जिउदो माछा पसल खोल्ने क्रम बढ्दै गएको छ । उनी भन्छन्–‘ग्राहकहरुले आफ्नै आँखा अगाडी  जिउदो माछा समातेर मारेर लैजाने क्रम बढ्दो छ, जसको कारण यस क्षेत्रमा लगानी गर्ने लगानीकर्ताहरु पनि उत्साहित भएका छन् ।’
रुपन्देहीमा जिल्ला कृषि विकास कार्यालयमा दर्ता भएर १८ वटा  जिउदो माछा पसल सञ्चालनमा आएका छन् । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले यसरी जिउदो माछा पसल सञ्चालक गरेका केही फर्महरुलाई अनुदानमा माछा विभिन्न उपकरणहरु प्रदान गर्ने गरेको छ । कृषि कार्यालयले यस आर्थिक बर्षमा भलवारीमा रहेको त्रिमुर्ति  एलाईभ फिस र गजेडी गाविस–६ मा रहेको चौधरी जिउदो माछा पसललाई २ वटा  माछा ढुवानीको लागि प्रयोग गर्ने पोलिटैंक, २÷२ वटा एयर कम्प्रेसर(पानीमा भएको हावा वाहिर फ्याक्ने मेसिन), डिजिटल तराजु, एउटा कम्प्रेसको लागि चाहिने व्याट्री  उपलब्ध गराइएको छ । 
जिल्ला कृषि विकास कार्यालयका अनुसार श्रवण पथ, बुटवल न.पा.–१० मा रुपन्देही कृषि उपज उत्पादन तथा वितरण कृषक समुह जिउँदो माछा पसल सञ्चालनमा छ  भने फिस ट्रेड सेन्टर जिउँदो माछा पसल होराईजन चोक, बुटवल न.पा.–१३,  तीनकुने जिउँदो माछा पसल मिलन चोक, तीनकुने, बुटवल न.पा.–११ सञ्चालनमा रहेका छन् । 

यस्तै  मिरमिरे मिट शप होराईजन चोक, बुटवल न.पा.–१३,  शाहिद एण्ड रंजित जिउँदो माछा पसल मायादेवी फलफुल तथा तरकारी बजार,बि.पी. पथ, पुतलीबजार, सि.न.पा.–८, भैरहवामा , सुबास सहनी जिउँदो माछा पसल  सोही स्थानमा सञ्चालनमा छन् ।
 यस्तै जिउँदो माछा बिक्री पसल मायादेवी फलफुल तथा तरकारी बजार,बि.पी. पथ, पुतलीबजार, सि.न.पा.–८,  भैरहवा, युनिक फिस सेन्टर एण्ड सप्लायर्स देवपथ, सि.न.पा.–८, पेन्टर फ्रेस हाउस, सिनपा १,  त्रिमुर्ती एलाईभ फिस  तिनापा–९  भलवारी, किसान फ्रेस हाउस सैनामैना नगरपालिका–३, मुर्गिया, फर्साटिकर मासु पसल  सौ.फर्साटिकर–१, फर्साटिकर, जिउ‘दो माछा पसल दयानगर–९, छपिया, न्यु यु आर  फ्रेस हाउस एण्ड फिस सप  सैनामैना न.पा.–१०, बाँसगढी र सुन्दर विकास जिउँदो माछा नर्सरी फार्म मैनहिया–२ गडसारी मा सञ्चालनमा आएका छन् । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्