‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

कृष्ण खनाल
भैरहवा, ११ पुस । 
रुपन्देही  जिल्ला सहित  १२ वटा जिल्लाहरुमा लागू औषध कार्यकर्ताहरुको क्षेत्रमा काम गर्ने भनेर सिद्धार्थनगरमा केन्द्रीय कार्यालय रहेको नमुना एकिकृत विकास परिषद् नामक एक गैरसरकारी संस्थाको विरुद्धमा टान्सपेरेन्सी ईन्टरनेशन नेपाल(टीआई नेपाल) र अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरामा उजुरी परेको छ । 
विश्व विकास बैंकको  सहयोग  र नेपाल सरकारको राष्ट्यि एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको सहयोगमा लागू औषध प्रयोग कर्ताहरुलाई न्युनतम तथा निःशुल्क रुपमा विभिन्न सेवा सुविधा प्रदान गर्नको लागि स्थापना भएको संस्थाले उल्टै लागू औषध प्रयोगकर्ताहरुसंग रकम अशुल्ने गरेको, कर्मचारीहरु तलब बाट ‘नमुना फन्ट ’ भन्दै ५ प्रयितशत रकम काटेको  र नेपाल सरकारको तलब खाएका  र उक्त संस्थाको सहकार्यमा का गरिरहेको व्याक्तिहरुलाई विदेशमा अध्यायनको लागि पठाएको भन्दै उजुरी परेको हो । 
टान्सपरेन्सी ईन्टरनेशन नेपाल, पारदर्शी नेपाल सिद्धार्थनगरमा मिति २०७० साल मंसिर २७ गते निवेदन परेको छ  भने अख्तिीयार दुरुपयोग अनुसन्धान आयोग क्षेत्री कार्यालय पोखरामा पुस ११ गते(विहिवार) मात्रै कुरीयर मार्फत उजुरी परेको हो । यद्यपी अख्तियारले भने यसको पुष्टीगरेको छैन ।     
अख्तियारमा रुपन्देही जिल्ला हार्टी बनगाई ४ का ४० बर्षिय गोपाल बञ्जाडे, सिनपा वार्ड नम्बर ८ का ४१ बर्षिय प्रितम शाह, सिनपा  ३ का ३९ बर्षिय शुनिल चौधरी, सिनपा ३ का  ३८ बर्षिय राजेश कसजुले दिवेदन दिएका हुन ।  
नमुना लागू औषध परामर्स, उपचार तथा पुर्नस्थापना  गृह सिनपा ८ अन्नपुर्ण टोलमा रहेका लागू औषध प्रयोगकर्ताहरुलाई निःशूल्क रुपमा उपचार गर्नुपर्ने भएपनि  दुई दिन मात्रै उक्त केन्द्रमा बसेका एक जना व्याक्ति संग ९ हजार रुपैया सम्म अशुल गरेको निवेदनमा उल्लख गरिएको छ । यसको साथै कर्मचारीहरुबाट स्टान्डर्ड च्याटर्ड बैंक को खाता नम्बर ०१—१३६२९६८—०१ र लक्ष्मी बैंकको खाता नम्बर ००१७१०४००००९१७ मा ५ प्रतिशत  रकम जम्मा गर्न लगाएको तर उक्त रकम कुनैपनि सामाजिक काममा प्रयोग नभएको कारण छान विनको लागि निवेदन परेको हो ।  त्यस्तै निवेदनमा कर्मचारी खगेन्द्र बहादुर क्षेत्री र खड्क प्रसाद दाहाललाई लक्ष्मी बैंकको  व्याक्तिगत खाता नम्बर ००१७११०९००००१०९ र ०००८२३१००००९९२ मा रकम जम्मा गरेर विदेश अध्यायनको लागि स्टेट युर्निभसिटी अफ बंगला देशमा पठाएकोमा यसको  छानविन गर्न माग गरिएको छ । 
उता, संस्थाले भने सरकारबाट रकम थारै आएको कारण प्रति महिना १२ हजार ५ सय रुपँैया लागू औषध प्रयोगकर्ताहरु पुर्नस्थापना केन्द्रमा बसे बापत लिने नियम भएको दावि गर्दै  अवस्था हेरीकन ५० देखि ७५ प्रतिशत सम्म लागू औषध प्रयोगकर्ताहरुबाट लिने गरेको नमुना एकिकृत विकास परिषद्का लेखा तथा प्रसासन शाखाकी चाँदनी क्षेत्री बताउँदछिन । 
उनले लागू औषध प्रयोगकर्ताहरुको लागि राष्ट्यि एड्स तथा यौन रोग नियन्त्रण केन्द्र बाट ७३ हजार रुपैँया मात्र आएकोले त्यबाट कुनैपनि लागू औषध प्रयोगकर्ताको लागि व्यवस्था गर्न नसकिने भएको कारण लागू औषध प्रयोगकर्ताबाट रकम अशुल्ने गरेको बताए । 
टान्सपेरेन्सी ईन्टरनेशन नेपाल, पादरर्शी नेपाल सिद्धार्थनगरमा मिति २०७० साल मंसिर २७ गते निवेदन परेको छ । उक्त निवेदनको अहिले सम्म पनि कुनै काम अगाडी बढ्न सकेको छैन । निवेदन दिएको करिव दुई साता वित्न लाग्दा समेत  कुनै पनि पक्रिया अगाडी नबढ्नु कारण बारे पारदर्शी नेपालका सिद्धार्थनगरका प्रमुख गोपाल नेपालीले अहिले आफ्नो प्रोजेक्ट एएलएसीडिपी संग भएको कारण केन्द्र्र (टान्सपेरेन्सी ईन्टरनेशन नेपाल) बाट नै उक्त निवेदनको छानविन हुने जानकारी दिए । 
उनले केन्द्रबाट अहिले एन्जीओ(गैरसरकारी संस्था) को बारेमा कुनैपनि काम नगर्नुु भनेको कारण आफुले फाईल अगाडी बढाउन नसकेको जानकारी गराए । बुटवल टुडे संगको कुराकानीमा उनले भने—“केन्द्रबाट कुनैपनि एनजीओ को फाईलल अगाडी नबढाउनु भनेको छ केन्द्रले  फाईल मागेकोले फाईल केन्द्रमा बुझाउनेछु ।” 
उनले नमुना एकिकृत विकास परिषद्मा पटक पटक सम्पर्क गरेर टान्सपरेन्सी ईन्टरनेशन नेपाल —पारदर्शी नेपाल सिद्धार्थनगरमा निवेदन परेको जानकारी गराउँदा पनि कुनै पनि प्रतिक्रिया नआएको र कार्यालय प्रमुख या सम्बन्धीत व्याक्तिलाई फोन मार्फत कुरा गर्न खोज्दा कार्यालयबाट कुनैपनि प्रतिक्रिया समेत नदिएको जानकारी गराए । 
उता,  नमुना एकिकृत विकास परिषद्का सचिव शैलेन्द्र कुमार तुलाधरले आफुलाई कुनैपनि निवेदन (उजुरी) कुनैपनि स्थानमा परेको भन्ने बारेमा जानकारी नआएको बताए । बुटवल टुडेसंगको कुराकानीमा उनले भने—“हामीलाई कुनैपनि  स्थानमा हाम्रो कार्यको बारेमा  उजुरी परेको भन्ने जानकारी छैन ।”  नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका कर्मचारी समेत रहेका तुलाधरले भने—“हामी त भोलिन्टेयर(स्वयमसेवक) हौं यसको बारेमा कुनै पनि जानकारी छैन ।”
उक्त संस्थामा आफ्ना कर्मचारीहरुसंग संस्थाको कोष भन्दै मासिक ५ देखि १० प्रतिशत रकम असुलेको र सरकारी पैसा कर्मचारीको नाममा व्याक्तिगत बैँक खातामा जम्मा गरिदिएर विदेश पढ्न पठाएको भनि निवेदन (उजुरी) परेको छ ।
 मितिः२०७० कार्तिक २० गते प्रीतम शाहबाट नमुना लागू औषध परामर्स, उपचार तथा पुर्नस्थापना गृहको रसिद नम्बनर नै उल्लेख नगरी ९ हजार रुपँैया लिएको  बिलको छायाँप्रती समेत समावेश गरिएको छ । 
त्यस्तै संस्था कर्मचारीहरुबाट प्रतिमहिना मासिक ५ प्रतिशत काट्नेको रकम र तलब समेत संस्थाबाट हटीसकेपछि पनि नपाएको भन्दै सामाजिक नमुनको कपिलवस्तु जिल्लामा कार्यकर्ताको रुपमा कार्यरत कार्यरत  कर्मचारी माला कौसधनीले अखिल नेपाल सामाजिक श्रमीक संघमा समेत उजुरी दिएकी छिन । तर उनको उजुरीको अहिले सम्म कुनैपनि टुंगो लागेको छैन ।   मिति २०७० असार २२ गते नमुना कपिलवस्तुका रामप्रसाद अधिकारीले नमुना रुपन्देहीको लेखा शाखालाई सम्बोधन  गर्दै नागरीक लगानी कोष र  पर्व भत्ता समेत दिनु भन्दै  निवेदन पठाएका थिए । तर उनले अहिले सम्म रकम पाएकी छैन्न । 

Popular posts from this blog

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै