लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

कृष्ण खनाल
बुटवल, २४ बैशाख । 
कुनै पनि यौनजन्य हिंसा तथा घरेलु हिंसाबाट पिडीत हुनुभएको छ, आवश्यक स्वाथ्य उपचार तथा मानोपरामर्स पाउनुभएको छैन भने अव तपाईहरुको लागि खुुसिको कुरा छ । पहिला लैङ्गिक  हिंसामा परेका व्याक्तिहरु प्रहरी कार्यालयमा न्याय माग्न पुग्दछन् । तर त्यहाँबाट पनि उचित न्याय नपाएका, उचित उपचार तथा मनोपरामर्स  पाउनबाट बञ्चिात भएकाहरुको लागि पनि लुम्बिनी अञ्चल अस्पातलमा नयाँ सेवा सुरु भएको छ । 
कुनै पनि प्रकृतिको  लैङ्गिक हिंसाबाट पिडीत भएका महिला वा पुरुषहरुको लागि ‘लैङ्गिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र’ सुरु भएको हो । जसमा  कुनै पनि लैङ्गिक हिंसामा परेका महिला तथा पुरुष हरुले निःशुल्क रुपमा उचित स्वाथ्य उपचारको साथै अस्थायी तथा स्थायी प्रकृतिको आवासको समेत सुविधा पाउछन्  । 
हिंसा पिडकलाई आवश्यक कारवाहीको लागि  सोही केन्द्रमा खटिएको संमन्वय समितिबाट नै कार्य हुन्छ ।  यस क्षेत्रकै पुरानो अस्पताल लुम्बिनी अञ्चल अस्पतालमा आईतबारबाट नयाँ सेवा थपीएको छ ।  नेपाल  सरकार स्वाथ्य मन्त्रालयको केन्द्रीय कार्याक्रम अनुसार ‘लैङ्गिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र’ सुरुवात भएको हो । 
केन्द्रको  रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी विनोदप्रकास सिंह, जिल्ला संमन्वय समितिका स्थानिय विकास अधिकारी युवराज सुवेदी, अञ्चल अस्पतल बुटवलका मेडिकल सुपरिटेन्डेन्ड  डा. राजेन्द्र सञ्जेल क्षेत्रीले संयुक्त रुपमा सुभाम्भ  गरे । 
लैङ्गिक हिसांमा परेका महिला वा पुरुषहरुको  लगि अहिले २  वेडबाट सुरु गरिएको  यो सेवा निकट भविश्यमा विस्तार गर्ने योजना रहेको मेडिकल रेकर्डर अधिकृत लक्ष्मीराज रेग्मीले जानकारी दिए ।  स्वाथ्य मन्त्रालयका कन्सल्ट्यान्ट अरुण गौतमका अनुसार स्वाथ्य उपचार, चिकित्सकजन्य प्रमाण संकलन, मानिसक एव्म मनोसामाजिक परामर्स संगै सुरक्षा, आश्रय, कानुनी उपचार र पुर्नस्थापना सम्मको कार्य  यो ईकाईले गर्ने छ । 
 उनी भन्छन्–“उद्धार, तथा आकत्समीक सुविधा, आकत्समीक स्वाथ्य उपचार सेवा, घटनासम्बनधी  उजुरीको व्यवस्थाप, अनुसान्धान तथा तहकीकात, चिकित्सकजन्य कानुनी प्रमाणको संकलन तथा संरक्ष्णका कार्य गर्ने छ ।’
यस्तै सामाजिक संवाद तथा मेलमिलाप , अस्थायी  सुरक्षित आश्रय सेवा तथा दिर्घकालिन प्रकृतिका आश्रय केन्द्र, मर्यादित जीवन यापनका लागि स्वमलम्बन विकास सम्बन्धी सिप, दक्षता विकास, सामाजिक पुर्नएकिकरण तथा सम्मिलिन  सेवा, एकिकृत रुपमा सूचना व्ययवस्थापन तथा सम्प्रेषण सेवा, संमन्वयात्मक तथा सहजीकृत प्रेषण सेवा प्रदान गरिने छ । 

यस्तै सबै किसिमका लैङ्गिक हिंसाबाट प्रभावित व्याक्ती, मानव बेचविखन तथा ओसारपसामा परी हिंसामा परेका महिला तथा वालावालिका, लैङ्गिक हिसांको जोखिमयुक्त परिस्थितिमा रहेका बेबारिसे एवम शाररिह तथा मानसिक रुपमा अशक्त  महिला तथा वालवालिका, लैङ्गिक हिंसापिडीत एकल महिला, अपाङ्गता भएका व्याक्ति, महिला तथा वालवालिका र जेष्ठ नागरिकहरु पनि यस केन्द्रको सेवा क्षेत्र भित्र पर्ने मेडिकल सुपरिटेन्डेन्ड डा. क्षेत्रीको भनाई रहेको छ । 
शशस्त्र  द्वन्द्व तथा प्राकृतिक विपतका कारण हिंसामा परेका वा पर्न सक्ने महिला तथा वालवालिकाहरु, एचआईभी तथा एड्सबाट स्रक्रमति भई लैङ्गिक  हिंसामा परेका महिला, तथा वालवालिकाहर, लैङ्गिक हिंसाबाट प्रभावित भई उत्पन्न मानिसक स्वाथ्यमा गम्भिर  समस्या उत्पन्न भएको कारणले घर वा सार्वजनिक स्थानमा अलपत्र अवस्थामा जिवन जिउन  बाध्यम महिला तथा अन्य वालावालिकअरुलाई उच्च प्राथमिकतामा राखेर सेवा प्रदान गर्नेै योजना रहेको स्वाथ्य मन्त्रालका कन्सट्यान्ट अरुण गौतमको भनाई रहेको । 
अन्य नेपालका २८ औ जिल्लाहरुमा यस्तो प्रकृतिको सेवा सुभारम्भ भैसककेो जानकारी दिदै गौतमले रुपन्देहीको बुटवल २९ औ जिल्ला भएको जानकारी दिए । उनका अनुसार निकट भविश्यमा बाँके, चितवन, कास्की, उदयपुर, ओखलढुङ्गा, सिन्धुली र धादिङ्ग जिल्लामा यस्तो सेवा प्रदान गरिने छ । 
अहिले सञ्चालनमा आएका केन्द्रहरुमा ९४ प्रतिश महिला कम उमेर समुहका  लैङ्गिक हिंसामा परेकाहरु रहेको उनको तथ्यांक छ । यस्तै ६ प्रतिशत पुरुषहरु पनि लैङ्गिक हिंसाको सिकार भएका थिए । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै