साना उद्योग दर्ता हुने क्रम घट्यो

कृष्ण खनाल
बुटवल, २४ मंसिर ।

दुई महिना पहिला रुपन्देहीको घरेलु तथा साना उद्योग कार्यालयमा उद्योग दर्ता गर्ने उद्योगी व्यवसायीहरुको  उपस्थिती बाक्लो हुन्थो । घरेलु तथा
तर अहिले देशमा आएको विषम परिस्थीतीका कारण उद्योग दर्ता गर्ने उद्योगीहरुमा पनि नैरस्यता छाएको छ । विगत २ महिना देखि भारतले गरेको नाकाबन्दीको कारण  ईन्धन अभाव हुँदा स्वदेशमा भएका साना उद्योगहरुले कच्च पदार्थ नपाउँदा उद्योग बन्द हुने अवस्थामा छन् ।
जसको असर नयाँ उद्योग दर्ता गर्ने उद्योगीहरुमा पनि परेको छ । रूपन्देहीमा आर्थिक वर्ष २०७१र७२ मा सानो लगानीमा आधारित एक हजार ३६ वटा उद्योग दर्ता भएका थिए ।  अघिल्लो आर्थिक बर्ष २०७०÷०७१ मा जिल्लामा १ हजार ६३ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।
केही महिना पहिला सम्म जिल्लामा ७५वटा सम्म उद्योग दर्ता हुने गरेकोमा अहिले ३० वटा पनि उद्योग दर्ता नहुने अवस्था आएको कार्यालय प्रमुख भुषाल बताउछन् । उनी भन्छन्–‘अहिलेको परिस्थीतिको कारण उद्योगीहरुमा उत्साह कमै मात्रामा पाएको छु, जसको असर उद्योग दर्तामा पनि देखिएको छ । ’

अहिले होटल तथा पर्यटन मुलक साना उद्योगहरुको संख्या केही फ्याट्ट फुट्ट मा
 विभिन्न प्रकारका तालिम लिएर आत्मनिर्भर बन्नेको संख्या बढ्दै गएपछि उद्योग दर्ता गराउनेको संख्या बढ्दै जान थालेको कार्यालयले जनाएको छ । कार्यालयमा साना उद्योग तीन करोडभन्दा कम स्थिर पुँजी भएका उद्योग मात्र दर्ता हुने गरेका छन् ।  अघिल्लो आर्थिक बर्ष २०७१÷७२ मा कृषि तथा वनजन्य एक सय नौ, खाद्यान्नमा आधारित ५८, पेयपदार्थसम्बन्धी दुई, नर्सरी जडीबुटीका ११, कपडाजन्य एक, तयारी पोसाकसम्बन्धी १३, स्टिल फर्निचरका ६, छालाजन्य उत्पादन १८, काठ फर्निचर ७३, स–मिल चार, साबुन चार, सस एक, प्लास्टिकजन्य १२ र इँटा उद्योग पाँचवटा दर्ता भएका छन् । सिमेन्ट ब्लक उद्योग सात, मेटल वर्क ६१, पशुपक्षीका दाना उत्पादन गर्ने ४, होटल तथा रेस्टुरेन्ट दुई सय १६, ट्राभल टे«किङ ६, ढुवानी सेवा २१, प्रशिक्षण ३३, काउन्सिलिङ (परामर्श सेवा) २९ र खाद्यान्न प्याकेजिङसम्बन्धी १६ गरी एक हजार ३६ वटा दर्ता भएका भुसालले जानकारी गराए ।
रूपन्देही जिल्ला देशमा नै सबैभन्दा बढी उद्योगधन्दा हुने जिल्लामा पर्छ । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार अहिले सम्म रुपन्देहीमा दर्ता भएका उद्योगमा ५० देखि ६० करोड लगानी रहेको छ । सरकारले ३ करोडसम्मका उद्योगलाई साना, ३ करोडदेखि १० करोडसम्मकालाई मझौला र १० करोडभन्दा धेरै लगानी भएका उद्योगलाई ठूला उद्योगमा दर्ता गर्ने गर्छ । नेपालमा ६ सय १२ ठूला, तीन हजार पाँच सय मझौला उद्योग सञ्चालनमा छन् भने साना उद्योग एक लाखभन्दा बढी रहेको बताइएको छ  ।
यता, बुटवल उद्योग बाणिज्य संघका महा–सचिव हरि प्रसाद अर्यालले अहिलेको विषम परिस्थिीतिका कारणले पनि घरेलु तथा साना उद्योग दर्ता हुने क्रममा कमी आएको धारणा व्याक्त गर्दछन् । उनी भन्छन्–‘अहिले देशमा सञ्चाालनमा आएका उद्योगहरु पनि कच्चा पदार्थको अभावले सञ्चालन गर्न कठीन छ, नयाँ उद्योग स्थापना हुने कुरो नै आएन । ’उनले अहिले अर्ध सञ्चालन अवस्थमा रहेका उद्योगहरुलाई नेपाल सरकारले पहिलो प्रथमिकतामा राखेर आवश्यक ईन्धन उपलब्धता गराउन, कच्चा पदार्थ आयात र ढुवानीमा सहजता ल्याउन समेत आग्रह गरे । यता, रुपन्देही व्यापार संघका अध्यक्ष श्रीकृष्ण पोखरेलले पनि अहिलेको विषम परिस्थितिको कारण कतिपय उद्योगहरु नराम्रोसंग  प्रभावित भएकोले उद्योगी व्यवसायीलाई करोडौंको घाटा लागेको बताए । उनले विषम परिस्थिीतिको कारण कयौ उद्योगहरु बैंक मार्फत ऋण लिएर कारोवार गरेको र अहिले भएको परिस्थीतिको कारण बैंकले उद्योग लिलाम गराउने अवस्था आउन लागेको भन्दै सरकारले अविलम्ब परिस्थिीति सहज बनाउन आग्रह गरे । रुपन्देही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मीले नेपालको ईतिहासमा पहिलो पटक उद्योगी व्यवसायीहरु नराम्रोसंग प्रभावित भएको भन्दै छिटो भन्दा छिटो नाका खोली परिस्थिती सामान्य बनाउन आग्रह गरे ।


त्रमा दर्ता हुने गरेको कार्यालयले जनाएको छ । यसको अलवा कृषिजन्य उत्पादहरुमा जिल्ला कृषि विकास कार्यालय तथा पशु सेवा कार्यालयबाट अनुदान पाईने हुनाले पनि केही मात्रामा उद्योग दर्ता भएका हुन । रुपन्देही जिल्लामा  हालसम्म नौ हजार तीन सय ३५ उद्योग दर्ता भएको कार्यालयले जानकारी दिएको छ । जसमा उत्पादनमूलक चार हजार ६ सय ५२, सेवामूलक दुई हजार सात सय ४७, कृषि तथा वनजन्य तीन सय ५५, पर्यटनसम्बन्धी एक हजार पाँच सय ७४ र ऊर्जामूलक सातवटा रहेका छन् ।
साना उद्योग कार्यालय भैरहवाका प्रमुख दण्डपाणी भुषालका अनुसार महिनामा ७० देखि ७५ वटा सम्म उद्योग दर्ता हुन्थे ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै