मेलामा पहिलोपटक च्याउको मःमको स्वाद


कृष्ण खनाल
बुटवल, ८ पुस । 
तपाई च्याउमा विशेष रुची राख्नुहुन्छ ?  च्याउका अन्य विभिन्न परिकारहरु खानेगर्नुभएको छ तर अहिले सम्म च्याउको मःमको स्वाद लिन पाउनुभएको छैन भने त
पाईको लागि बुटवलमा आयोजना गरिएको लुम्बिनी एक्पो–२०१५, अन्र्तराष्ट्रिय व्यापार मेला  एउटा विशेष अवसर हुनेछ ।
यस भन्दा पहिला गजेडी–२ बेलभरियामा स्पीन्जर च्याउ फर्म स्थापना गरि च्याउका विभिन्न परिकार निर्माण गरी विक्री गर्दै आएका उद्यमी गंगाधर शर्माले यस पटक बुटवलमा मेलामा च्याउको मःम विक्रि सुरुवात गरेका हुन ।
 रुपन्देहीमा नै पहिलो पटक च्याउको मःम बनाएर विक्रि सुरु गरिएको दावि गर्ने उनले भने–‘फर्ममा पहिला देखि नै च्याउको अचार, च्याउको पकौडा, मःम बनाएर विक्रि गर्दै आएका थियौं व्यवसायीक रुपमा विक्रि पहिलोपटक हो  ।’ मेलामा १ सय रुपैयाँ प्रति प्लेट च्याउको मःम विक्रि राखिएको उनले जानकारी दिए ।  गजेडी गाविस–२ बेलभरियामा ७ वटा टलेल निर्माण गरी आज भन्दा ४ बर्ष पहिला च्याउ फर्म स्थापना गरी व्यवसायीक खेती गरेका थिए । 

अहिले उनको फर्ममा ५ कठ्ठा क्षेत्रफलमा ७ वटा टनेल निर्माण गरेर ‘कन्ये च्याउ, दुधे च्याउ लगायतका विभिन्न प्रकारका च्याउ उत्पादन गर्दै आएका छन् । गत बर्ष करिव ९ क्विीन्टल दुधे च्याउ विक्रि गरेको र सोही अनुपातमा यस बर्ष पनि उत्पादन सुरु गरिएको सञ्डचालक शर्माले जानकारी गराए । ७० हजार रुपैयाँबाट च्याउ फर्म सुरु गरिएको उनको अहिले स्थीर पुँजी १७ लाख पुगेको छ । उनी भन्छन्–‘स्वदेशमा नै मिहिनेत गरेमा विदेमा भन्दा पनि बढि आम्दानी  गर्न सकिन्छ भन्ने मान्यताले  च्याउ फर्म सुरु गरेका हौ ।’  
रुपन्देही जिल्लामा च्याउको विउको अभाव भएको भन्दै भविश्यमा च्याउको विउ उत्पादन गर्ने प्रविधि स्थापना गरी व्यवसायीक रुपमा च्याउको विउ स्थापना गर्ने योजना रहेको शर्मा बताउँछन् ।  सञ्चाल सर्माकान छोरा राजन शर्माले बर्षिक रुपमा करिव ७ लाख रुपैयाँ चोखो आम्दानी गर्न सफल भएको बताउछन् । च्याउको व्यवस्थापकिय जिम्मेबारी लिएका राजनले भने–‘स्वदेशी च्याउ खेती गरौ, प्रसस्त्र आम्दानी  गरी स्वरोजगार बनौं भन्ने मुल नाराका साथ हामी अगाडी बढिरहेका छौं, सफल भनि भएका छन् । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै