सार्थकता पायो नेत्रहिनको ‘एक एक व्याक्ति एक इँटा’ अभियानले


कृष्ण खनाल
बुटवल, १६ पुस ।  
‘दृष्टिविहिनता भएका व्याक्तिहरु’ एक जुट भएर लाग्ने हो भने अनुकरणीय काम गर्न सक्छन् भने उदाहरण पछिल्लो समयमा रुपन्देहीका दृष्टिविहिनहरुले प्रस्तुत गरेका छन् । अन्य अपाङ्गता भएका व्याक्तिहरुको आफ्नै कार्यालय भवन नभएको बेला रुपन्देही नेत्रहिन संघले सञ्चालन गरेको ‘एक व्याक्ति एक इंट्टा’ अभियान अन्र्तगत आफ्नै भवन निर्माण पुरा गरेका छन् । यद्यपी भवनमा अझै  केही पुर्वाधारहरुको विकास गर्न आवश्यक रहेको छ ।जुन भवनको मंगलबार नेपाल सरकारका  उप प्रधान तथा उर्जा मन्त्री टोप बहादुर रायमाझिले उद्घाटन गरे ।  
केही बर्ष पहिला देखि सुरु भएको ‘एक व्याक्ति एक ईंट्टा अभियान’ अन्र्तगत अपाङ्गता भएका व्याक्ति, दृष्टिविहिनता भएका व्याक्तिहरु संग चन्दा संकलन गरिएको थियो । सो अभियानमा बुटवल उपमहानगर पालिका र जिल्ला विकास समितिले पनि केही साथ दिएको थियो । बुटवल–१४ तामनगरमा दृष्टिविहिनहरुले अपाङ्गता भएका व्याक्तिहरुको लागि पश्चिमाञ्चल क्षेत्रीय स्तरिय तालिम तकेन्द्रको तथा आश्रय    स्थलको रुपमा रुपमा विकास गर्ने गरी ४ कोठा र एउटा कार्यक्रम हल सहितको भवन निर्माण गरेका हुन । 
रुपन्देही नेत्रहिन संघका अध्यक्ष बालकृष्ण मरासेनीका अनुसार अहिले सम्म करिव ३३ लाख रुपैया खर्च भएको छ । जसमा ७ लाख ३० हजार रुपैया जिल्ला विकास समिति र बुटवल उपमहानगर पालिकाले सहयोग गरेका छन् । अन्य सबै रकम दृष्टिविहिहरुले चन्दा उठाएका हुन । जसमा नेपाल नेत्रहिन संघले केन्द्रबाट ५० हजार उपलब्ध गराएको छ ।  
रुपन्देही नेत्रहिन संघका  संस्थापक अध्यक्ष  तथा राष्ट्रय अपाङ्ग महासंघ रुपन्देहीका अध्यक्ष आत्मराम पौडेलले को नेतृत्वमा भवन निर्माण कार्य सुरु गरिएको थियो । अहिले उक्त  भवनमा केही फिनिसिङ्गको काम बाँकी रहेको छ ।  ३ कठ्ठामा निर्माण भएको भवन लाई गुरुयोजना अनुसार क्षेत्रीय तालिम केन्द्रको रुपमा विकास गर्नको लागि अझै करिव ४० लाख रुपैया अभाव भएको रुपन्देही नेत्रहिन संघका अध्यक्ष बालकृष्ण मरासीनी बताउछन् । उनी भन्छन्–‘ओत लाग्ने एउटा भवन निर्माण गरेका छौ, तर गुरुयोजना अनुसार क्षेत्रीय तालिम केन्द्र बनाउनको लागि अझै ४० लाख रुपैयाँ अभाव रहेको छ ।’ वि.स.२०५४ सालमा स्थापना भएको रुपन्देही नेत्रहिन संघको विधिवत रुपमा वि.स.२०६४ सालमा  जिल्ला  प्रशासन कार्यालय रुपन्देहीमा दर्ता  गरिएको थियो ।

रुपन्देही नेत्रहिन संघका निर्वतमान अध्यक्ष आत्मराम पौडेल का अनुसार उक्त गुरुयोजनाको निर्माण  पुरा गर्नको लागि करिव ४० लाख रुपैया लाग्ने अनुमान गरिएको छ । ‘कुनै पनि सरकारी निकाय अथवा सहयोग दाताबाट सहयोग भएमा अवको करिव ५ बर्षमा पुरा गर्ने लक्ष्य लिएका छौ ।’ बुटवल टुडेसंगको कुराकानीमा भने–‘उक्त कार्य पुरा गर्नको लागि एक व्याक्ति एक ईंटा अभियान  सुरु गरेका थियौं केही हदसम्म  सार्थकता पाएको छ ।’
भवन निर्माण भैरहेको स्थानको जग्गा सार्वजनिक जग्गा हो । उक्त स्थान त्यस क्षेत्रका राजनीतिक दल, सरोकारवाला निकाय र स्थानिय निकायले सहमती गरेर रुपन्देही नेत्रहिन संघलाई दिने निर्णय गरेको थियो । रुपन्देही जिल्लामा अहिले ५ हजार ९ सय ९१ जना  अपाङ्गता भएका व्याक्तिहरु रहेका छन । उनीहरुबाट एक व्याक्ति एक ईंटा बराबरको सहयोग  जुटाउने अभियान रहेको छ । रुपन्देही नेत्रहिन संघ मा घ ९५ जना दृष्टिविहिनहरु आवद्ध भएका छन ।
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्

रुपन्देही नेत्रहिन संघको तालिम तथा आश्रय भवन उद्घाटन
अपाङ्गताको विषयमा सरकार गम्भिरः उपप्रधानमन्त्री रायमाझी
बुटवल संवाददाता
बुटवल, १६ पुस । 
 उप प्रधान तथा उर्जा मन्त्री टोप बहादुर रायमाझिले अपाङ्गताको विषयमा सरकार गम्भिर भएको बताएका छन् । बुटवल–१४ तामनगरमा रुपन्देही नेत्रहिन संघको नवर्निमत तालिम तथा  आश्रय भवनको उद्घाटन  कार्यक्रममा बोल्दै मन्त्री रायमाझिले अपाङ्गताको विषयलाई सरकारले केन्द्रमा राखेर छलफल जारी राख्ने बताए । उनले भने–‘अपाङ्गताको विषयमा सरकार गम्भिरछ, अहिले प्रदान गर्ने गरेको अपाङ्गता भत्ता बढाउनको लागि मेरो पहल हदैसम्म हुनेछ ।’
उनले नवनिर्मित भवनको अन्य भौतिक  पुर्वाधार निर्माणको लागि मन्त्रालयस्तरबाट सक्दो प्रयास गर्ने  प्रतिवद्वता जारी गरेका थिए । उनले आर्थिक, भौतिक र बर्गिय रुपमा पछाडी परेका  नेपाली समाजमा अझ अपाङ्गता जगत झनै पछाडी परेको भन्दै यसको लागि सबैको साझा पहल जरुरी भएको बताएका थिए । 
कार्यक्रममा बोल्दै नेपाल ससकार महिला वालवालिका तथा समाज कल्याण मन्त्रालयका सह सचिव शंकर प्रसाद पाठकले दृष्टिविहिनहरुको पहलमा सुरु भएको भवन निर्माण कार्य उत्कृष्ठ भएको बताएका थिए ।  उनले अहिले निर्माण भएको भवनलाई  आवाशिय तालिम केन्द्रको रुपमा विकास  गर्नको लागि मन्त्रालयबाट सक्दो सहयोग   हुने बताएका थिए । 
कार्यक्रममा नेपाल नेत्रहिन संघका केन्द्र्रीय अध्यक्ष रमेश पोखरेलले अपाङ्गता बर्ग समाजको बोझ भन्दा पनि समाजको लागि उत्पादशिल जनशक्ति बनेर उदाउन सक्ने भन्दै यसको लागि सरकारी क्षेत्रबाट आवश्यक तालिम तथा नेतृत्व विकासको लागि लगानी बढाउनु पर्ने बताएका थिए ।  कार्यक्रममा जिल्ला विकास समिति रुपन्देहीका सामाजिक शाखा अधिकृत दुर्गा प्रसाद श्रेष्ठ, बुटवल उपमहानर पालिकाका प्रमुख कार्यकारी अधिकृत धुब्र बहादुर खड्का, नेपाली कांग्रेसका जिल्ला सदस्य खगेन्द्र शमाए,  संस्थाका संस्थापक अध्यक्ष आत्मरा पौडेल,अध्यक्ष बालकृष्ण मरासेनी, नेत्रहिन पुर्नस्थापना कार्यक्रम रुपन्देहीका क्षेत्र निर्देशक प्रेम मर्हजन लगायतले बोलेका थिए । 



Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै