१ सय ७ किलोमिटर सडक ‘कालेपत्रो गर्न बाँकी’

कृष्ण खनाल
बुटवल, २९ मंसिर । 
 रुपन्देही जिल्ला सुगम र अन्य जिल्ला भन्दा विकसीत जिल्लाको रुपमा चिनिन्छ । तर रुपन्देहीमा अझैपनि १ सय ७ किलोमिटर सडक फुस्रो सडक अर्थात कालेपत्रे गर्न बाँकी छ । जुन  सडक जिल्ला विकास समितिले बनाएको सडक हो ।
 जिल्ला विकास समिति रुपन्देहीका अनुसार रुपन्देहीमा अझै १ सय ७ दशमलभ ४७ किलोमिटर सडक कालेपत्रो हुन सकेको छैन । जिल्ला विकास समिति रुपन्देही अन्र्तगतको जिल्ला प्राविधिक कार्यालयका ईन्जिीनियर हरि प्रसाद ओझाका अनुसार अहिले सम्म रुपन्देहीमा कुल १ सय ३ दशमलभ ६५ किलोमिटर सडक ओटासिल गरिएको छ भने १ सय ४६ दशमलभ ८७ किलोमिटर कालेपत्रो र ९ सय ४९ दशमलभ २४ किलोमिटर सडक  ग्राभेल गरिएको छ । उनी भन्छन्–‘अझै रुपन्देहीमा १ सय ७ .४७ किलोमिटर सडक कच्ची नै छ ।’ जुन तथ्यांक जिल्ला विकास समितिले आफ्नो बजेटमा निर्माण गरेको हो । यसको अलवा विभिन्न गरपालिका र स्थानिय उपभोक्ता स्वम्ले पनि सडक निर्माण गर्दै आएका छन् । 
गत आर्थिक बर्ष २०७१÷०७२ मा जिल्ला विकास समितिले सडक निर्माणको लागि करिव १० करोड ८० लाख  रकम खर्च गरेको छ । यद्यपी जिविसले  खर्च गरे अनुसार सडक उत्कृष्ठ नभएको सर्वसाधारणहरु बताउछन् । 
जिल्ला विकास  समितिले गत आर्थिक बर्षमा ३५ दशमलभ ७५ किलोमिटर सडक ग्रावेल गरेको छ भने  मात्र १३.३५ प किलोमिटर सडक कालेपत्रे गरेको छ । त्यस्तै सोही आर्थिक बर्षमा १ सय ७६  किलोमिटर सडक मर्मत संहार गरिएको जिल्ला विकास समितिको जिल्ला प्राविधिक शाखाको प्रगती विवरणमा उल्लेख छ । 
ईन्जीनियर झा भन्छन्–‘तिन किसमको सडकमा उक्त रकम खर्च गरिएको हो , यस बर्ष के कती सडक निर्माण गर्ने भन्ने विषयमा अवको केही महिनामा मात्र निर्कोल हुन्छ । ’
यता, जिल्ला विकास समितिको बार्षिक बजेट पुस्तिीकामा यस चालु आर्थिक बर्षमा पुर्वधार विकासको लागि २ अर्व ६ करोड ४१ लाख रुपैया बजेट विनियोजन गरेको छ । जसबाट सडक निर्माणको लागि बजेट विनियोजना हुने छ । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै