खुम्चीदै रुपन्देहीको सिमसार क्षेत्र

कृष्ण खनाल
बुटवल, ७ पुस ।  
सिमसार क्षेत्रको दिर्घकालिन महत्व बुझ्न नसक्दा स्थानिय उपभोक्ताहरुबाट नै रुपन्देहीका सिमसार क्षेत्र अतिक्रमणमा पर्दै गएका छन् । उपभोक्ताहरुले  क्षणिक लाभमा ध्यान दिई दिर्घकालिन महत्व बोकेका रुपन्देहीका अधिकांस सिमसार क्षेत्र संरक्षणको अभावमा ओझेलमा परेका छन । जिल्लामा के कती क्षेत्र सिमसार क्षेत्र रहेको छ भन्ने विषयमा एकिन तथ्यांक नभएपनि अतिक्रमण, विभिन्न विनासकारी झारका कारण अधिकांस सिमसारको क्षेत्र खुम्चीदै गएको छ । जिल्ला वन कार्यालय रुपन्देही अन्र्तगतगको सेक्टर बन कार्यालय बुटवलका प्रमुख  यज्ञमूर्ती खनालका अनुसार रुपन्देहीमा भएका अधिकांस सीमसार क्षेत्र अहिले अतिक्रमणको चपेटामा परेका छन् ।  प्रमुख खनालका अनुसार  स्वामित्व र व्यवस्थापनमा विवाद,स्थानियको चासो कम हुनु, ज्ञान, शिप, दक्षताको कमी, अतिक्रमण तथा अत्यधिक दोहन र वातावरणीय सेवा सुविधा तथा महत्वमा कम ध्यान पुगेको करण रुपन्देही सिमसार क्षेत्र मासिदै गएका हुन ।  सिमसार क्षेत्र भन्नाले रसिलो भूमि हो, जहाँ जमिन लुक्दैन, जहाँ पानी सुक्दैन त्यस्तो स्थानलाई सिमसार क्षेत्र भनिन्छ । सामान्यतया, सिमसार भन्नाले पानीको मुहान लगायत दलदल, धानबाली एवं पानी जमेको क्षेत्रलाई जनाउँछ  । 

जिल्ला वन कार्यालय रुपन्देहीका अनुसार जिल्लामा भएका सिमसार क्षेत्रलाई दुई भागमा विभाजन गरिएको छ ।  नदी तथा खोला नाला तथा जलाधार क्षेत्र र ताल तलैया क्षेत्र । नदी तथा खेला क्षेत्र अन्र्तगत तिनाउ, दानव, कञ्चन, रोहीणी, कोठी, डण्डा, कजरार नदी  रहेका छन् भने ताल तलैया अन्र्तगत गैडहवा ताल, विष्णुपुरा १ (गैडहवा बन.), गजेडी ताल, गजेडी ३, दानापुर (समयमाई सामुदायिक वन , नन्द भाउजु ताल, चिल्हिया (बाउन्नकोटी बन.), बढ्की र कर्महवा ताल, सुर्यपुरा , पोखरा ताल, छोट्की रामनगरm लुम्बिनी विकास कोष अन्र्तगतको ताल तलैया (कृत्रिम समेत), निजी जग्गामा विकास गरेको पोखरीहरु (टिकुलीगढ, दयानगर क्षेत्रमा) रहेका छन् । 
गत बर्ष बाट मात्र जिल्लामा सिमसार क्षेत्र संरक्षण र यसको प्रर्वद्धनको लागि बजेट विनियोजन भएको जिल्ला वन कार्यालय रुपन्देहीले जनाएको छ । जिल्ला भु संरक्षण कार्यालय रुपन्देही र जिल्ला वन कार्यालयको संयुक्त पहलमा जिल्लामा सिमसार क्षेत्र संरक्षणको लागि पहल सुरु गरिएको छ । पर्यावरणीय हिसावले महत्पूर्ण मानिएको सिमसार क्षेत्र लोप भएमा त्यसमा आश्रीत अन्य प्रणी र बनस्पतीको समेत लोप हुने खतरा बढेकाले यसको संरक्षण र प्रर्वद्र्धनमा लाग्नुपर्ने सेक्टर वन कार्यालय बुटवलमा प्रमुख यज्ञमूर्ती खनाल बताउछन् । उनी भन्छन्–‘जैविक श्रोतको भण्डार, जैविक विविधता अर्थात चरा, वन्यजन्तु र जलचरका लागि आश्रय स्थल,जंगली प्रजातिका धान लगायत संकटापन्न प्रजातिका प्राणी तथा वनस्पतिको वंशाणुगत श्रोतको प्राकृतिक रुप सिमसार क्षेत्रमा रहेको छ ।’ 
नेपालले सन् १९८७ डिसेम्बर १७ तारिखका दिन कोशीटप्पु वन्यजन्तु आरक्षलाई रामसार क्षेत्रमा सुचिकृत गरेर रामसार महासन्धीमा प्रवेश गरेको हो ।  हालसम्म नेपालका ९ वटा सिमसार क्षेत्र रामसार क्षेत्रमा सुचिकृत भैसकेका छन् । 
राष्ट्रिय सिमसार नीति २०६९ का अनुसार नेपालको करिब सात लाख पचास हजार हेक्टर (करिब पाँच  प्रतिशत) भू भाग सिमसारले ओगटेको छ । 
राष्ट्रिय ताल संरक्षण विकास समितिको तथ्यांक अनुसार नेपालमा ५३५८ वटा ताल रहेकोमा २७१२ वटा (५१५) ताल ५०० मीटर उचाई भन्दा तल र २२२७ (४२५) वटा ताल ३००० मीटर भन्दा माथि र ४१९ वटा (८५) ताल ५०० मीटर देखी २९९९ मीटरको उचाईमा रहेको देखिन्छ ।  रुपन्देही जिल्लामा रहेका सिमसार क्षेत्रहरुको त्यस्तो खासै अध्ययन नभएको भएतापनि यस जिल्लामा मुख्य रुपमा गैडहवा ताल, गजेडी ताल, नन्द भाउजु ताल, वड्की ताल आदि रहेको छ ।
रुपन्देही जिल्लाका गजेडी,गैडहवा र नन्दभाउजु ताल सहित अन्य साना तालहरुमा पानी सुक्ने खतरा बढ्दै गएको हो । सिमसार क्षेत्रमा रहेका तालहरुको संरक्षणमा सरकारी निकायको उदासिनताका कारण प्रत्येक बर्ष तालको अस्तित्व संकटमा परेको जानकारहरुको भनाई छ 
बिष्णुपुरा गाविस वडा नं १ मा अवस्थित रुपन्दहीकै ठूलो ‘गैडहवा ताल’ संरक्षणकै अभावमा सुक्दै गएको छ ।
 सिमसार क्षेत्र अन्तर्गत पर्ने ‘गैडहवा’३५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । लुम्बिनीबाट १५ किलोमिटरको दुरीमा रहेको यो तालमा पर्यटकीय सम्भावना रहेपनि स्थानिय प्रशाशन र गाविसको नै सक्रियता नभएपछि तालको अस्त्विनै संकटमा पर्दै गएको छ । गाविसका अधिकांश स्थानिय बासिन्दाहरुले तालको संरक्षण गर्नुभन्दा पनि तालको पानीले सिचाई गर्ने गरेका छन् । तालकै पानीले त्यस क्ष्ँेत्रका २० हेक्टर क्षेत्रफलमा सिचाई हुदै आएको छ । 
  स्थानिय निकायले जिल्लाका तालहरुको अस्तित्वनै संकटमा पर्दै गएपनि अहिलेसम्म कुनै पनि योजना निर्माण गर्न सकेको छैन । ताल सिमसार क्षेत्र अन्तर्गत रहेकाले पनि विभिन्न प्रजातिका चराहरुको अध्ययनका लागि विदेशी अनुसन्धानकर्ताहरु समेत आउने गर्दछन् । तालमा ७० भन्दा बढि प्रजातिका चराहरु पाईने तथ्याङक छ ।
 तर क्रमश ताललले आफ्नो प्राकृतिक स्वरुपनै गुमाउन थालेपछि भने चराचुरुङगीको आवागमन घट्दै गएको स्थानिय उपभोक्ता समितिका संयोजक बाबुराम मल्ल बताए । जिल्लाकै ठूलो भनिएको विष्णुपुरा स्थित गैडहवा ताल मात्र होईन अर्को चर्चित ‘गजेडी ताल’मा पनि विस्तारै पानी सुक्ने र चराचुरुङगी विहिन हुने खतरा बढ्दै गएको छ । विश्व सिमसार क्षेत्रमा सुचिककृत गजेडी तालमा व्यवसायीक माछा पालन र डुङगा संचालन हुदां   विगतको तुलनामा चराचुरुङगी आउन छाडेको बताईएको छ । बुटवलबाट झण्डै २५ किलोमिटर पश्चिम दक्षिणमा रहेको गजेडी तालको पनि सरकारी उदासिनता र स्थानिय बासिहरुको वेवास्ताका कारण संकटमा पर्दै गएको हो ।
 तालमा पाईने सारस,साईबेरियन हांस,गिद्ध,जलहांस,बकुल्ला लगायतका चराहरु विस्तारै घट्दै गएका छन् । मानविय अतिक्रमणका साथै छेउछाउमा बढेको मानव बस्तीले अस्तीत्व नै संकटमा परेको स्थानियको भनाई छ । पछिल्लो समयमा गजेडी ताल पर्यटकीय विकासका नाममा ढुङगा संचालन,पिकनिक स्पट समेत हुनेक्रम बढेपछि थप प्रदुषित भएको बताईन्छ । रुपन्देहीको अर्को चिल्हिया गाविसमा रहेको नन्दभाउजु तालपनि संरक्षण विहिन अवस्थामा छ ।  
नेपाल पत्रकार महासं रुपन्देहीका अध्यक्ष शेर बहादुर केसीले वातावरण सबैको साझा चौतारी भएको भन्दै सिमसार क्षेत्र लगायत प्रर्यावरण जोगाउनको लागि स्थानिय स्तरबाट अपनत्वको विकास हुनुपर्ने धारणा राख्नछन् । उनी भन्छन्–‘जव सम्म स्थानिय स्तरमा रहेका व्याक्तिहरुबाट नै अपनत्वको विकास हुन्छ तब सिमसार क्षेत्र संरक्षण हुन्छ, यसको लागि सबैको हातेमालो जरुरी छ ।’  
यता, नेपाल वातावरण पत्रकार संघ रुपन्देहीका अध्यक्ष डि.आर.घिमिरेले सिमसार क्षेत्र  जिवीत प्राणीको भविश्य भएको भन्दै अविलम्ब यसको संरक्षणमा विशेष भुमिका निर्वाह  गर्नुपर्ने बताउछन् । उनी भन्छन्–‘केही निश्चित व्याक्तीहरुको स्वाथपुर्ती भन्दा पनि आम मानिसको समस्यालाई ध्यानमा राखेर सिमसार क्षेत्रको संरक्षणमा जुट्नु पर्दछ ।’


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै