आँखै अगाडी डाईनोसर ! ! (भिडियो सहित)
कृष्ण खनाल
बुटवल, ८ पुस ।
बुधवार बुटवलको कालिका उमावि कक्षा ८ मा पढ्दै गरेका अनिस क्षेत्री बुटवलमा सुरु भएको मेलामा पुगे । करोडौं बर्ष पहिला पृथिवीबाट लोप भएको डाईनोसर राखिएको छ,भन्ने प्रचार सुनेका उनी सिधैउक्त स्थानमा गए । टिकट काटेर डाईनोसर राखिएको स्थानमा प्रवेश गरेका उनले अचम्मीत हुदै भने–‘यस्तो पो हुदो रहेछ डाईनोसर ।’ सुनको र किताबमा बढेको आधारमा अनुमन लगाउदै गएका उनले भिन्दै अनुभव गरेको प्रतिक्रिया दिए । उनले भने–‘घर भन्दा ठुलो हुन्छ डाईनोसर भन्ने सुनेका थियौँ ।’
अहिले बुटवलमा जारी मेलामा युर्निर्भसल एमेन्मेन्ट प्रालिले डाईनोसर जस्तै देखिने गरी ईलेक्टोनिक्स प्रतिमा बनाएको छ । डाईनोसर जस्तै देखिने गरी ईन्जीनियरिङ्गका व्याक्तिहरुले बनाएको हेर्नको लागि दर्शकहरुको घुईचो लागेको छ । नेपालमा नै पहिलो पटक प्रर्दशनीमा राखिएको उक्त दृश्य साच्चै वास्तविक जस्तै बनाइएको छ । विज्ञान प्रविधि मार्फत सेन्सर प्रयोग गरी निर्माण गरिएको उक्त डाईनोसरको आकृती निर्माण गरिएको छ ।
ईन्जीनियरका ५ जना विद्यार्थीहरु मिलेर तयार गरिएको उक्त आकृती निर्माणमा करिव ९० लाख रुपैयाँ खर्च गरिएको छ । विज्ञानमा अन्तरिक्ष सम्बन्धी ज्ञान, रसायन विज्ञानका काम गर्दै आएका उनीहरुको समहुले पहिलो पटक जिव विज्ञानमा यस्तो प्रकारको आकृती निर्माण गरेका हुन । ईन्जीनियररिङ्गका विद्यार्थी मध्ये संयोजक राजु अहमदले पहिला देखिनै आफुमा भएको विज्ञान सम्बन्धी उत्सुक्तालाई व्यवाहरमा उतारेको जानकारी गराए । उनले भने–‘विज्ञानमा पहिला देखि क्युरीसिटी थियो, समुहमा रहेर केही नयाँ चिज बनाऔ भनेर यो सामग्री निर्माण गरेका हौ ।’
भिडीयोको लागि यो लिंक थिच्नुहोस् ।