ई–रिक्सा रुटमा चलाउने तयारी

कृष्ण खनाल

बुटवल, २  पुस ।
बुटवलमा अहिले सञ्चालनमा आएका ईलेक्ट्रिक रिक्सा जथाभावी रुपमा सञ्चालन आएपछि व्यवस्थित गर्न रुट निर्धारणको  पहल सुरु भएको छ । 
आवश्यकताभन्दा बढि ई–रिक्सा सडकमा गुड्दा स्वरोजगार बनेका रिक्साचालक मजदुर, बेरोजगार हुने खतरा बढ्दा र सबै क्षेत्रमा यात्रुहरुलाई यातायातको सुविधा दिन भन्दै लुम्बिनी ई रिक्सा डिलर्स एशोसियनको पहलमा रुट निर्धारणको लागि पहल सुरु गरिएको हो । अहिले ई–रिक्साहरु आफुखुसी रुपमा जुनसुकै रुटमा संचालन हुदै आएका छन् । 
आवश्यकता भन्दा बढि रिक्सा सञ्चालन भएपछि ट्राफिक व्यवस्थापनामा समेत समस्या भएको बताइएको छ । ट्राफिक समस्या देखिन थालेपछि प्रहरी प्रसासन, स्थानिय निकाय र व्यवसायीहरुको विचमा साझा धारणा विकास गरी अवको केही दिनमा रुट निर्धाणको प्रक्रिया सुरु गरिने  लुम्बिनी ई रिक्सा डिलर्स एशोसियसनका अध्यक्ष बाबुराम अधिकारीले जानकारी दिए । 

 बुटवल–४ फुलबारी घर भएका ४१ बर्षिय नवराज भण्डारीले  करिव ७ महिना पहिला बुटवलमा ईरिक्सा चलाउदा बुटवलमा जम्मा ४–५ वटा मात्र  ईलेक्टोनिक्स रिक्सा थिए । त्यतिबेलाको दिन सम्झीदै उनी भन्छन्–‘दिनभर रिक्सा चलाएर साझ घर पुग्दा खल्तीमा करिव ३ हजार सम्म पैसो हुन्थो ।’ पछिल्लो समयमा उनको आम्दानी दैनिक १ हजार पनि  पुग्न कठिन छ । उनी भन्छन्–‘अहिले त एक हजार पनि पुग्न छोड्यो । ’
उनी मात्र होईन रा १ घ ११० नम्बरको रिक्सा चलाउदै आइका ३७ बर्षिय अमृत गुरुङ्गको पनि व्यथा यस्तै छ । उनले रिक्सा चलाउन सुरु गर्दा बुटवलमा जम्मा ४ वटा मात्र रिक्सा थियो । उनी भन्छन्–‘मेरो रिक्सा ५ नम्बरमा थियो, आम्दानी दिनमा करिव २ हजार त चोखो बचथ्यो  ।’ उनको आम्दानीमा पनि अहिले ओरालो लागेको छ । उनी थप्छन्–‘अहिले कहिले १०० कट्दैन, कहिले १५ सय सम्म पुग्छ  ।’
पछिल्लो समयमा ई–रिक्सा व्यवस्थीत रुपमा सञ्चालन गर्नको लागि  रुट निर्धारण नहुँदा उनी जस्ता स्वरोजगार कयौ मजदुर विस्तावित हुने खतरा सिजृना भएको छ । जथाभावि रुपमा रिक्साको विक्रि हुँदा कतै स्वरोजगार गुम्ने त होईन भन्ने चिन्ता थपिएको लुम्बिनी ई रिक्सा डिलर्स एशोसियसनका  अध्यक्ष बाबुराम अधिकारी बताउछन् । उनी भन्छन्–‘बुटवल उपमहानर पालिकासंग संमन्वय गरी रिक्साको रुट निर्धारण गर्ने प्रक्रिया अगाडी बढेको छ ।’  साधारण रिक्सा ५ वटा विस्तापीत गरी १ वटा नयाँ ई रिक्सा सञ्चालन गर्ने योजना अगाडी सारिएको भएपनि त्यो व्यवस्थीत नहुँदा ट्राफिक व्यवस्थापनमा पनि समस्या आउन सक्ने अध्यक्ष अधिकारीको भनाई रहेको छ । 
यता, बुटवल उपमहानर पालिकाका बरिष्ठ अधिकृत विष्णुप्रसाद खनालले अहिले तत्काल रुट निर्धारणको लागि कुनै पहल नभएको बताउछन् । उनी भन्छन्–‘यातायतामा दर्ता रोकिएको बेला अहिले नै रुट निर्धारण गर्ने विषयमा कुरा भएको छैन, यद्यपी इ रिक्सा व्यवस्थीत बनाउनको लागि आवश्यक छ र पहल जारी रहेको छ ।’
 यता, पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रकाश अधिकारीले इन्धन प्रयोग हुने सवारी साधनले वातावरणमा प्रतिकूल असर पारेको र ब्यापार घाटा समेत बढाएकाले वातावरण संरक्षण र आत्मनिर्भरताका लागि अबको विकल्प विद्युतीय सवारी साधन नै हुनुपर्नेमा बताउछन् ।  
पछिल्लो समय भित्रिएको ई रिक्सा वातावरणमैत्री, चालक र यात्रु दुबैलाई सहज यात्राका लागि उपयुक्त  भएकाले यस्ता सवारी साधन सञ्चालनलाई सरकारले नै प्राथमिकता दिएको स्पष्ट पारे । उनले विगतमा ई रिक्सा सञ्चालनमा अवरोध सिर्जना गरिएको भएपनि अब यसलाई वैधानिकता दिएर व्यवस्थित रुपमा निर्वाध चल्न दिनुपर्नेमा र जसको लागि आफुले सक्दो पहल गर्ने बताएका छन् । उनले भने–‘मुलुकमा अहिले भएको इन्धन संकटका बेला ई रिक्साले यात्रुलाई धेरै राहत दिएको समेत दिएको छ, जसलाई व्यवस्थीति गर्न जरुरी रहेको छ ।’

केही दिन पहिला ई–रिक्सा व्यवसायी डिलर्स एशोसियन, लुम्बिनी ई रिक्सा व्यवसायी समिति, पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवल र बुटवल उपमहानगर पालिकाका विचमा ई–रिक्सा व्यवस्थापन गर्नका लागि छलफल भएको थियो । जसको लागि व्यवसायी समितिबाट रुट निर्धारणको लागि विस्तृत खाका माग गरिएको थियो । अवको केही दिनमा ई रिक्सा व्यवस्थित गर्नको लागि रुट निर्धारण गरेर अगाडी बढ्ने र कुन कुन क्षेत्रमा के कती रिक्सा आवश्यक हो भन्ने विषयमा प्रतिवेदन माग गरिएको लुम्बिनी ई रिक्सा व्यवसायी समितिले जानकारी दिएको छ । 
जथाभावि विक्री 
रुपन्देहीमा ई रिक्सा विक्रिको लागि सञ्चालन अनुमती विना नै केही व्यापारीहरुले जथाभावी रुपमा ईक्सा विक्री गर्ने गरेको पाइएको छ । बुटवलमा लुम्बिनी ईन्टरनेशन, अम्बीकेशरी, डाँफे समुह लगायतका  अन्य केही व्यवासायीहरुले अन्य जिल्लामा विक्रिको लागि अनुमती लिएपनि रुपन्देहीमा रिक्सा विक्रि गर्दै आएको ई रिक्सा डिलर्स एशोसियनको भनाई रहेको छ ।  रुपन्देहीमा दर्ता भएर ९ वटा कम्पनीले मात्र विक्रिको लागि स्वीकृत लिएका छन् । 
कार्यक्रममा लुम्बिनी ई–रिक्सा यातायात व्यवसायी संघका महासचिव प्रेम थापाले दुर्घटना रोक्न संघले चालक परिचयपत्रको व्यवस्था, संघमा दर्ता  अनिवार्य र ट्राफिक सचेतना प्रशिक्षण गरेको भन्दै रिक्साको रुट निर्धार अनिवार्य भएको बताउँछन् । डिलर एशोसिएसनका डिलर एशोसिएसनका कोषाध्यक्ष राज खनालले बुटवल उपमहानर पालिका लगायत अन्य स्थानमा नगरपालिकाहरुले रिक्सा दर्ता गर्नको लागि आनाकानी गरेको बताउछन् । उनी भन्छन्–‘अहिलेको विषम परिस्थीतिमा जनताको सारथी  बनेको रिक्सा दर्ता गर्नको लागि आनाकानी देखाएको छ ।’
(ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्(

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै