आकाशेपुलको आशमा बुटवलवासी

कृष्ण खनाल
बुटवल , ११  पुस ।  
बुटवल उपहानरपालिकाले आफ्नो बार्षिक कार्ययोजनामा सात बर्षदेखि आकाशेपुल निर्माणलाई योजनामा राख्दै आएको छ । योजनामा राखिने गरेको आकाशे पुलले भने मूर्त रुप लिन सकिरहेको छैन् । अकाशे पुल नबन्नुको जवाफ उपमहानगर पालिकाले
सहजै दिने गर्छ– भौतिक योजना तथा निर्माण मन्त्रालयमा माग गरेको हो बजेट स्वीकृत भएन बनेन ।
आर्थिक बर्ष  ०६५÷०६६ बाट उपमहानगर पालिकाले आकाशे पुललाई योजनामा राख्ने र नबनको जवाफ दिने क्रम चलिरहेको छ । गत आर्थिक बर्ष २०७१÷०७२ मा पनि नगरपालिकाको निर्णय नम्बर ६० को बुँदा नम्बर ११ मा आकाशेपुल निर्माण अञ्चल अस्पताल अगाडि, ट्राफिक चोक, मिलन चोक र राजमार्ग चौराहामा को लागि केन्द्रीय मन्त्रालय संग बजेट माग गर्ने  भनेर निर्णय गरेको थियो । यो क्रम चालु आर्थिक बर्ष ०७२÷०७३ को मा पनि चलिरहेको छ । नगरपालिकाको बार्षिक बजेट कार्ययोजनाको निर्णय नम्बर ६५ को बुँदा नम्बर ९ मा सोही बुँदा दो¥याएको छ ।  नगरपालिकाले प्रत्येक बर्षिक योजनामा आशेपुल निर्माणको लागि पहल गर्ने  गरेको भएपनि यसले सार्थकता पाउन सकेको छैन ।  
आकासेपुलको अभावमा पैदल यात्रुहरुले जोखिम मोलेर बाटो काट्न बाध्य छन् ।  विहिवार बुटवलको अस्पताल लाईनमा रहेको जेब्राक्रसिङ्गबाट बाटो काट्दै गर्दा गुल्मीकी दिक्षा अधिकारीलाई गोलपार्कबाट आउदै गरेको माइक्रोले झण्डै ठक्कर दिएन । 
पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालले निर्माण गरेको जेब्राक्रसिंङ्गबाट बाटो काट्दै गर्दा उनी जोखिमले बाटो काटिन् । बाटो पार गर्नको लागि विचमा पुगेका उनी जस्तै अन्य यात्रु करिव ५ मिनेट विच बाटोमा नै रोकिए ।  कारण सडकमा गुड्ने सवारी साधनको चाँप बढी थियो भने जेब्राक्रसिङ्गबाट पैलयात्रुले बाटो काट्दा सवारी सधानको गती सुस्त बनाउनुपर्छ वा रोक्नुपर्छ भन्ने चालक चेतना अभावको कारण पछिल्लो समयमा सडक विस्तार पछि निर्माण गरिएका जेब्राक्रसिङ्ग नै पैदल यात्रुको लागि जोखिम निम्त्यी रहेका छन् । ‘जेब्रा क्रसिङ्गबाट बाटो काट्दा पनि यस्तो जोखिम’–बुटवल–८ अस्पताल लाईनका स्थानिय राजन खनालले भने ।
सवारीको संख्या थपिदै जादा ट्राफिक प्रहरीलाई समेत ट्राफिक व्यवस्थामा चुनौति थपिएको छ । ‘सवारी साधनकै कारण जाम हुने अवस्था नभएपनि बढ्दो सवारीले समस्या पारेको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव निरीक्षक ज्ञानु पाण्डे बताउछन् । उनी भन्छन्–‘सवारी साधनको चापँ बढ्दै जाँदा ट्राफिक व्यवस्थापनमा पनि चुनौति थपीदै गएको छ । ’
यातायात व्यवस्था कार्यालका अनुसार लुम्बिनी अघिल्लो आर्थिक बर्षमा झन्डै १६ हजार  नया  सवारी साधन थपिएका छन् । नया सवारी थपिएपछि लुम्बिनी अञ्चलमा सवारी साधनको संख्या १ लाख ५१ हजार ६ सय पुगेको छ । यातायात ब्यवस्था कार्यालय लुम्बिनीका अनुसार दैनिक करिब ५० वटा नया सवारी साधन दर्ता भईरहेको छ । थपिनेमा सबैभन्दा बढि मोटरासाईकल छन् । आर्थिक बर्ष ७१÷०७२ मा १३ हजार ६ सय ५८ वटा मोटरसाईकल दर्ता भएको छ । यसैगरि टेक्टर÷पावर टेलर १ हजार ३ सय १६,बस २ सय ३६, कार÷जीप÷भ्यान १ सय ९३, पिकअप १ सय ५९,मिनिबस÷मिनिट्रक ६२, ट्रक÷टिपर५७,क्रेन÷डोजर÷एक्साभेटर÷लोडर ८ र एम्बुलेन्स १६ वटा दर्ता भएका छन् ।
बुटवल र यस आसपासको बढ्दो सवारी साधनको चाँपले गर्दा  पैदल यात्रुहरुलाई मध्यनगर गर्दै आकासे पुल निर्माणको लागि प्रत्येक बर्ष जसो बुटवल उपमहानर पालिकाले यसरी  केन्द्रमा पहल गरेको छ । बजेट स्वीकृत भए केही महिनामा बुटवलका तीन स्थानमा आकासेपुल निर्माणको प्रक्रिया सुरु हुने उपमहा नगरपालिकाले जनाएको छ । यद्यपी‘समय अनुकुल नभएको’ भन्दै उक्त अवधी केही लम्बीन पनि सक्छ । 
बुटवल उप–महानरपालिकाका योजना तथा प्राविधिक महाशाखाका योजना प्रमुख सुमन श्रेष्ठले प्रत्येक बर्ष बार्षिक कार्ययोजनामा बुटवल उपमहानर पालिकाले आन्तरिक श्रोतबाट कार्यसम्पादन गर्न नसकिने योजनाहरुलाई केन्द्रमा पहल गरेको जानकारी दिए । उनले बुटवल उप–महानर पालिकाले केन्द्रको लागि निरन्तर पहल गरेको जानकारी गराउँदै यस विषयमा सडक डिभिजन कार्यालयले हेर्ने जानकारी गराए । उनले भने–‘हामीले योजनाको लागि केन्द्रमा पहल गरेका हौं, केन्द्रबाट भएको प्रगतीको विषयमा जानकारी भएन ।’
सडक डिभिजन कार्यालय बुटवलका प्रमुख मेघराज मरासेनीले बुटवलका  विभिन्न ३ स्थानमा आकासे पुल निर्माणको लागि कार्ययोजना अगाडी बढेको जानकारी दिए । उनले भने–‘बुटवलको अस्पतालाईन, मिलचोक र  पुष्पलाल पार्क नजिकै आशासे पुल निर्माणको लागि प्रक्रिया अगाडी बढेको छ ।’ ति स्थानमा विहान ९ देखि १० बजे र साझ ४ बजे देखि ५ बजे सम्मको समयामा यातायातका साधनका कारण बाटो काट्नका लागि कठिनाई हुने गरेको छ । 
अहिले तीन स्थानमा आकासे पुल निर्माणको लागि मन्त्रालयमा फाईल पेश भएको र अवको केही दिनमा मन्त्रालयबाट फाइल स्वीकृत भएपछि काम  सुरु हुने जानकारी दिए । उनले भने–‘अवको केही महिनामा फाईल स्वीकृत भएर बजेट विनियोजना भएपछि काम अगाडी बढ्छ ।’
मन्त्रालयबाट स्वीकृती प्रदान भएपछि  करिव २ महिनामा निर्माणको लागि कार्य प्रारम्भ हुने सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ । अवको २ महिनामा टेण्डर आह्वान गर्ने कार्य प्रारम्भ हुने छ । आकासे पुल संगै बुटवलको सौन्दर्यको लागि सडक बत्ती लगायतका व्यवस्थापन गरिने सडक डिभिजन कार्यालयले जनाएको छ । डिभिजन कार्यालयका अनुसार अवको करिव २ देखि ढाई बर्षमा उक्त काम सम्पन्न गर्ने योजना रहेको छ । 
दुर्घटनाको जोखिम बढ्दो
लुम्बिनी अञ्चलमा सवारी दुर्घटनाको क्रम बढेको छ । आर्थिक बर्ष ०७१÷०७२ मा लुम्बिनी अञ्चलका छ जिल्लामा ७ सय ५४ वटा सवारी साधन दुर्घटना परेका छन् । ती सवारी दुर्घटनामा पर्दा २ सय ८४ जना व्यक्तीले ज्यान गुमाएका छन । यो गत बर्षको भन्दा २ सय ४४ बढी रहेका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार आर्थिक बर्ष ०७०÷०७१ मा लुम्बिनी अञ्चलमा ५ सय १० ओटा सवारी साधन दुर्घटनाममा परेका छन् । ती सवारी दुर्घटनमा पर्दा ३ सय २४ जनाले ज्यान गुमाएका छन् । आर्थिक बर्ष ०७१÷०७२ मा लुम्बिनी अञ्चलमा भएका ७ सय ५४ ओटा सवारी साधन दुर्घटना मध्ये रुपन्देहीमा १ सय ८२, कपिलबस्तुमा १ सय, नवलपरासीमा ३ सय १२, पाल्पामा ९७, गुल्मीमा ४० र अर्घाखाँचीमा २३ ओटा सवारी साधनहरु दुर्घटना परेको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।  ती दुर्घटनामा परि रुपन्देहीमा ८३ जना, नवलपरासीमा १ सय १ जना, कपिलबस्तुमा ४३ जना, पाल्पामा २८ जना, गुल्मीमा १७ जना र अर्घाखाँचीमा १२ जनाले ज्यान गुमाएका छन् । भने ५ सय ४ जना व्यक्तीहरु गम्भिर घाईते भएका थिए ।
त्यस्तै सोही आर्थिक बर्ष ०७१÷०७२ मा लुम्बिनी अञ्चलमा ट्राफिक नियम उलंघन गर्ने २ लाख ८ हजार ७ सय ७९ सवारी साधनहरु लाई कारवाही गरि ६ करोड ६ लाख ७५ हजार ३ सय ५० रुपैयाँ राजश्व समेत संकलन गरिएको क्षेत्रिय ट्राफिक प्रहरी कार्यालयले बुटवलले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका अनुसार आर्थिक बर्ष ०७०÷०७१ मा भन्दा आव ०७१÷०७२ मा रुपन्देहीमा सवारी साधन दुर्घटना संख्यामा बृद्धि भएको छ । आ.व ०७०÷०७१ मा जम्मा ६२ ओटा सवारी साधन दुर्घटना भएको जसमा ४२ जनाले ज्यान गुमाएका थिए । ति क्षेत्रहरु बाहेकका जिल्लाका अन्य क्षेत्रहरुमा आर्थिक बर्ष ०७१÷०७२ मा रुपन्देहीमा ७० ओटा सवारी दुर्घटना भएको ती दुर्घटनामा ४५ जनाले ज्यान गुमाएको तथ्यांक पाईन्छ । दुर्घटनामा परी ४७ जना गम्भिर घाईते भएको तथा १ सय ३ ओटा सवारी साधन दुर्घटनामा संलग्न रहेका थिए । जसमा बस १२ ओटा, ट्रक १६ ओटा, मोटरसाईकल ५१ ओटा, कार जिप १० ओटा र अन्य १४ ओटा रहेको थिए । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै