कृषिः संभावना नै संभावना

कृष्ण खनाल

कृषि क्षेत्रमा लागेर विदेशको भन्दा पनि बढि आम्दानी गर्न सकिन्छ भन्ने मानसिकताको विकास अझै हुन सकेको छैन । यद्यपी कृषि क्षेत्रमा नै लागेर केही किसानहरुले नाम मात्र होईन दाम पनि राम्रै कमाएका छन् । यसबाट केही पाठ सिक्न सकिन्छ । 
राष्ट्रिय जनगणना २०६८ अनुसार पश्चिमाञ्चल विकास क्षेत्रको कुल जनसंख्या ४९ लाख २६ हजार ७ सय ६५ मध्ये कृषिमा आश्रीत जनसंख्या ३२ लाख २२ हजार ७  सय ७३ छ । अर्थात पश्चिमाञ्चलका १६ जिल्लामा कुल ६५ दशमलब ४ प्रतिशत मानिसहरु कृषिमा आश्रीत रहेका छन् । पश्चिमाञ्चलका आधा भन्दा बढि जनसंख्या कृषिमा आश्रीत भएपनि यो विकास क्षेत्र अझैपनि कृषिमा आत्मनिर्भर बन्न सकेको छैन । यद्यपी संभावना भने नभएका होईनन् । विद्यमान स्रोत र साधनको उच्चतम प्रयोग गरी कृषिलाई आधुनिकीकरण गरी आत्मनिर्भरताको बाटो पहिल्याउनु पहिलो आवश्यकता हो । 
जिल्लामा रहेका कृषि कार्यालयहरुले प्रत्येक बर्ष करोडौ रुपैयाँ अनुदान स्वरुप कृषकहरुलाई प्रदान गर्दछन् । तर त्यसको उपयोग भएपनि लक्षित प्रगति प्राप्त हुन सकेको पाईदैन । गत आर्थिक बर्षमा क्षेत्रीय कृषि निर्देशनालय पोखराका कृषि प्रसार अधिकृत प्रकाश आचार्यका अनुसार ८० दशमलब ८४ प्रतिशत मात्र प्रगती भएको थियो ।
 बार्षिक प्रगती समिक्षा बैठकमा प्रस्तुत गरिएको तथ्यांक अनुसार उक्त प्रगति प्रतिवेदनलाई सन्तोषजनक रुपमा हेरिएको थियो । नेपालमा आर्थिक दृष्टिकोणले सक्रिय कुल जनसंख्याको करिव दुइ तिहाइ आश्रित रहेको छ । कुल गाह्रस्थ उत्पादनमा करिव एक तिहाई भन्दा वढि योगदान पु¥याउँदै आएको कृषि पेशा अन्य क्षेत्रको जस्तै यस क्षेत्रको पनि जनजिविकाको माध्यम मात्र नभई समग्र आर्थिक विकासकै आधारशिला हो । 
नेपालमा कृषि कर्म गरेर उदाहरणीय बनेका किसानहरु पनि छन् । 

तर तिनिहरुको संर्घषको कथा पनि लामै छ । छोटो समयमा नै कृषि कर्ममा लागेर अन्य व्यवसाय  जस्तै आम्दानी गर्छु भनेर सोच्ने हो भने कृषि क्षेत्र भन्दा पनि अन्य कुनै विकल्प उपयुत्त  हुन सक्छन्  । यस क्षेत्रमा पनि छोटो समयमा कृषि क्षेत्रमा लागेर मनग्य आम्दानी गर्छु भन्दै कयौं कृषि फर्म स्थापना भए भने स्थापनाको छोटो अवधीमा नै बन्द पनि भए । कृषि कर्म छोटो समयमा ठुलो आम्दानी गर्छु भनेर लागेका जग्गा कारोबारको जस्तो पेशा होईन । यो निरन्तररुपमा खटेर जिविको पार्जन गर्ने ‘माहुरी’ जस्तै जिन्दगी हो । 
बुटवल उपमहानरपलिका –२२ सेमलारका किसान रामनाथ माली एक क्याम्पसका कर्मचारी हुन । उनले अबको ५ बर्षमा अर्गानिक उत्पादनबाट नै नाम कमाउने गरी दृढता पुर्वक लागेका छन् । कृषि फर्म स्थापना भएको  ३ बर्ष सम्म उनी घाटामै रहेका छन् । उनी भन्छन् अवको करिव सात बर्षपछि पुर्णरुपमा अर्गानिक उत्पादन विक्री गरेर आम्दानी गर्ने सोच रहेको छ ’–उनी भन्छन् । बैंक मार्फत ऋण लिएर कृषि पेसामा अबलम्बन भएका कृषकहरु रुपन्देहीमा सयौं रहेका छन् । 
रुपन्देहीमा जिल्लाले देशमै कतिपय कृषि कर्ममा नाम स्थापीत गरेको छ । नेपालमै पहिलो पटक नयाँ ‘अष्ट्रिज फर्म’ स्थापना गरेका सिपी शर्मा यहि जिल्लाका नागरिक हुन् भने देशमै उदाहरणीय गाई  फर्म स्थापना गरेका अर्को किसान शसी पौडेले पनि यहि जिल्लाबाट नाम कमाएका छन् । रुपन्देहीको दक्षिण क्षेत्र सुर्यपुरामा ५२ विघा विद्यालयको जग्गा भाडामा लिएर कृषि कर्म गरिरहेका नारदमुनी यादवको प्रयास पनि सराहनिय छ । 
रुपन्देही जिल्ला कृषि क्षेत्रमा संभावना बोकेको जिल्ला हो । तर पनि यथेष्ट मात्रामा सिंचाईको व्यवस्था नहुँदा अझै पनि कयौ क्षेत्र बाँझो रहेको छ । 
रुपन्देहीमा कुल ८२ हजार ६  सय २२ हेक्टर क्षेत्रफल खेती गर्न  योग्य मानिन्छ । तर यसमा कुल खेती योग्य जमिनको ९६.९७ अर्थात कुल ८० हजार १ सय २२ हेक्टर भुमिमा खेती गरिएको छ ।  जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका कुल ५७ हजार ९ सय ८९ हेक्टर क्षेत्रफल सिंचाईको पहुँचमा रहेको मा बर्षभरी सिंचाई हुने  भुमी कुल १२.८८ प्रतिशत अर्थात १० हजार ३  सय २२ हेक्टर मात्र रहेको छ  । अन्य भुमीमा आशिंक रुपमा  मात्र सिंचाइको व्यवस्था रहेको छ ।  सिंचाईको यथेष्ठ व्यवस्था नहुँदा पनि यसक्षेत्रको कृषि उत्पादनमा ह्रास आउने गरेको छ । 
संभावनाः
नेपाल एक कृषि प्रधान देशको रुपमा पहिचान बनाए पनि कृषिमा आधुनिकीकरण नहुँदा यथेष्ठ मात्रामा कृषिजन्य उत्पादनले देशको कुल जनसंख्या धान्न सकेको छैन । नेपालमा कृषिजन्य उत्पादन आधुनिकरण र बजारीकारणका लागि सरकारी तथा गैर सरकारी तथा व्यक्तिगत प्रयासहरु नभएका पनि होइनन् । तर पूर्णरुपमा कृषिजन्य जनशक्ति परिचालन हुन नसक्दा नेपाल कृषिमा आत्मनिर्भर बन्न नसकेकको हो । अझै पनि कयौ कृषिजन्य उत्पादनमा हामी आयतमुखी भएका छन् । जसको एक मात्र कारण कृषि निर्वाहमुखी हुनु हो । कयौ विकसित देशमा भएका कृषिकर्महरु हेर्दा नेपाल पनि एक संभावना बोकेको देशहो । तर  यहाँ कृषि क्षेत्रको लागि जे जती प्रयास भएका छन्  । ति यथेष्ठ मात्रामा भएका छैनन् । 
कुल बजेटको केही प्रतिशत मात्र लगानी कृषि क्षेत्रमा गरेर हामी कृषिबाट देशलाई आत्मनिर्भर बन्ने र आयात प्रतिस्थापन गर्ने सपना बुन्छौ । तर त्यो संभव छैन । देशमा भएको उर्जाशिल जनशक्तिलाई पूर्णरुपमा कृषि क्षेत्रमा लगाउन सकियो, कृषिमा नयाँ नयाँ आधुनिक प्रयोग र यथेष्ट मात्रामा जनपरिचालन हुन सकेमा मात्र कृषिले केही छलांङ्ग मार्न सक्छ । कृषि क्षेत्रको  यथेष्ट विकास नहुनमा मुख्य कारणहरुमा भौगोलिक विकटता, हावापानीको विषमता, यातायात, सिचाई र वजार पुर्वाधारहरुको कमि, गुणस्तरीय उत्पादन सामाग्री र सेवा आपुर्तिमा कठिनाई आदी मुख्य पर्दछन भने कतिपय जिल्लाहरुमा खुल्ला सिमाना, वर्णशंकर जात तथा रासायनिक विषादीको त्रुटिपुर्ण आयात एवं प्रयोग, वढ्दो शहरिकरणसँगै खेतियोग्य जमिनमा भवन निर्माण र गैर कृषि कार्यमा उपयोग, युवा जनशक्तिलाई कृषि क्षेत्रले आकर्षित गर्न नसकि विदेश पलायन हुनु आदि यस क्षेत्रमा कृषि विकासका प्रमुख चुनौतिहरु हुन् ।
तर पनि भौगोलिक विविधतासँगै कृषि जैविक विविधतामा पनि धनि रहेको यस क्षेत्रमा विद्यमान समस्या एवं चुनौतीहरुलाई अवसरका रुपमा लिन र सदुपयोग गर्न सकिएमा मौसमी तथा वेमौसमि ताजा तरकारी तथा तरकारी विउ, खाद्यान्न विउ, सुन्तलाजात फलफुल, मकै, गहु, कोदो लगायत अन्य रैथाने अन्नवालीहरुका साथै कफि, अलैची, चिसोपानीमा हुने रेन्वो ट्राउट माछा एवं किविफल, कागजी वदाम, अनार, स्ट्रवेरि जस्ता उदियमान एवं उच्च मुल्यवान वाली÷वस्तुहरु र कृषि वन प्रणालीमा आधारित औषधिजन्य जडिवुटिहरुको विकास विस्तार गरि आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन गर्न सकिने प्रशस्त अवसर एवं सम्भावनाहरु पनि रहेका छन् । 
पश्चिमाञ्चल विकास क्षेत्रको कुल क्षेत्रफल २९३९८०० हेक्टर मध्ये २९ प्रतिशत जमिन (८५९८९५ हेक्टर) मात्र खेति योग्य जमिन रहेको छ, जसको ७६.०३ प्रतिशत जमिन (६५३८०८ हे.)मा खेति गरिएको छ । खेति गरिएको जमिनमध्ये ४३ प्रतिशत जमिनमा मात्र सिंचाई सुविधा पुगेको छ । उपलव्ध सिंचित क्षेत्रफल मध्ये ३७ प्रतिशतमा वाह्रै महिना र ६३ प्रतिशत जमिनमा मौसमी सिचाई सुविधा उपलव्ध भएको देखिन्छ ।
। जनसंख्याको सन्दर्भमा राष्ट्रिय जनगणना २०६८ को नतिजालाई विश्लेषण गर्दा सवैभन्दा कम जनसंख्या वृद्धिदर र जनघनत्व भएको जिल्ला मनाङ्ग (३२ प्रतिशत र ३ जना प्रति वर्ग मिटर), सवैभन्दा कम प्रति घरपरिवार जनसंख्या कास्की (३.९२ जना) र लैगीक अनुपातमा सवैभन्दा कम भएको गुल्मी (७६) जिल्लाहरु यस क्षेत्रमै पर्दछन् । पश्चिमाञ्चल विकास क्षेत्र खाद्यान्न उत्पादनको आधारमा औषतमा खाद्यान्न वचत हुने क्षेत्र हो तापनि जिल्लागत रुपमा हेर्दा कास्की, मनाङ र मुस्ताड. जिल्लाहरु खाद्यान्न न्युन हुने जिल्लाहरुमा पर्दछन् ।
भौगोलिक विविधताको धनि यस क्षेत्रका तिनै भाग तराई, मध्य पहाड र उच्च पहाडको आ–आफ्नै विशेषताहरु रहेका छन् । तराईमा खाद्यान्न, फलफुल, मह, माछा, मध्य पहाडमा तरकारी खेति, खाद्यान्न विउ, च्याउ, मह, फलफुल र उच्च पहाडमा स्याउ, आलु, यस क्षेत्रलाई चिनाउने मुख्य कृषि उपजहरु हुन् । कफि, अदुवा, सुन्तलाजात फलफुल आदि यस क्षेत्रवाट अन्य क्षेत्र तथा विदेशमा समेत निर्यात हुने वालीहरु हुन् ।
अवको योजना कृषनहरुले खासगरि सामुहिक खेति, सहकारीमा आधारीत खेति र निजि उद्यमीहरुको निजि प्रयासवाट व्यवसायिक कृषि प्रणाली अपनाउनुपर्दछ । जसले गर्दा विकासमा उल्लेख्य टेवा पुगेको छ । 
चुनौतिहरुः 
कृषि विकासका प्रचुर सम्भावनाहरु हुँदा हुँदै पनि चुनौतीहरुको पनि त्यतिनै रहेका छन् । वर्तमान अवस्थामा पश्चिमाञ्चलको कृषि क्षेत्रको मुख्य चुनौति भनेको खेतियोग्य जमिन गैर कृषि क्षेत्रमा प्रयोग हुनु, अव्यवस्थित शहरिकरण, खेतीयोग्य जमिन घडेरी र रियलस्टेटमा परिणतहुनु नै हो । यसका अलावा, रासायनिक विषाषि र हाइव्रिड जातहरुको अनियन्त्रित आयात एवं प्रयोग, रासायनिक मलको गुणस्तरमा वारम्वार उठ्ने गरेको प्रश्न, अप्रयाप्त सिचाई सुविधा, सरकारी निकायवाट पुर्याइने सेवामा सेवा प्रदायक र सेवाग्राीहविच फराकिलो अन्तर, स्थानीय । रैथाने वालीको प्रर्वद्धन तथा सदुपयोग कृषि क्षेत्रमा मुख्य चुनौतीहरु हुन् ।
 विकासकोलागि कृषि क्षेत्रले महत्वपुर्ण योगदान पुर्याउन सक्ने प्रशस्त सम्भावनाहरु रहेका छन् । फलफुल (स्याउ, सुन्तला, आप, केरा आदि), ताजा तरकारी, खाद्यान्नवाली, माछा, च्याउ, मौरी, अदुवा, कफि आदि कृषि उपजको वृहत्त उत्पादन, मुल्य अभिवृद्धि र वजारीकरणनै कृषि विकासका लागि प्रमुख सम्भावनाहरु हुन् ।  आम उपभोक्ताको माग अनुसार आपुर्ति हुन नसक्नु, भारत, चीन लगायतका मुलुकवाट कृषि उपजको अध्याधिक आयात, क्षेत्रभित्र सिमित उत्पादन जस्ता वर्तमान अवस्थाले कृषि उपजको उत्पादन र उत्पादकत्व वढाई आयात प्रतिस्थापन र निर्यात प्रर्वद्धन गर्न सकिने प्रशस्त सम्भावनाहरु रहेका छन् ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै