समस्यमा डेरी व्यवसाय लागत बढ्दो,दक्ष कामदार अभाव

कृष्ण खनाल
बुटवल, ११ पुस । 

स्वदेशमा काम गर्ने दक्ष कामदारहरु विदेश पलायन भएसँगै डेरी व्यवसायमा काम गर्ने दक्ष कामदारहरूको अभाव सुरु भएको छ । स्वदेशमा नै कृषि कर्मगरी मनग्ये आम्दानी गर्न सकिन्छ भन्ने धारणाको विकास नभएको कारण पछिल्लो समयमा कृषि कार्यको लागि कामदार अभाव भएसँगै डेरी व्यवसाय पनि प्रभावित भएको नेपाल डेरी एशोसियसनका केन्द्रीय अध्यक्ष सुमित केडिया बताउँछन् । उनका अनुसार अहिले पछिल्लो समयमा डेरी व्यवसायमा कटिबद्ध भएर लाग्ने

मानिसको अभाव छ । 
कृषि क्षेत्रमा बढेको लागत सँगै डेरी व्यवसाय समेत संकटमा रहेको नेपाल डेरी एशोसियसनले जनाएको छ । पछिल्लो समयमा कृषि क्षेत्रबाट मानिसहरू पलायन हुने क्रम बढे सँगै डेरी व्यवसायमा लागत बढ्दै गएको हो। किसानहरूले समयमा नै दाना तथा अन्य कृषिजन्य उत्पादनको अभावको कारण कृषिमा विस्तारै लागत बढ्दै गएको छ । यसको अलवा सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिने भनेर बजेट भाषणमा पटक पटक उल्लेख गरेपनि कृषि क्षेत्रको लगि एथेष्ट लगान हुन नसक्दा दुग्ध व्यवसाय समस्यामा परेको नेपाल डेरी एशोसियसनका केन्द्रीय महासचिव प्रल्हाद दाहल बताउँछन् । उनी भन्छन्–‘केही बर्ष पहिला दुग्धजन्य पदार्थ अन्य मुलुकमा निर्यात गर्दै आएको हामी नेपाली अहिले भने आयातमा छौं जुन दुःखद कुरा हो ।’
नेपाल डेरी एशोसियसनका अनुसार अहिले नेपालमा दैनिक ४८ लाख लिटर दुध उत्पादन हुने गर्दछ । जसको १५ प्रतिश अर्थात ७ लाख लिटर दुध डेरी मार्फत विक्रि वितरण हुँदै आएको छ । पछिल्लो समयमा देखिएको समस्याको कारण किसानहरूले मिल्क होलिडे बढ्दै गएकोमा किसानहरूसँगै डेरी व्यवसायीहरू पनि चिन्तित बन्दै गएको नेपाल डेरी एशोसियसनका लुम्बिनी अञ्चल संयोजक कृष्ण प्रसाद भट्राई बताउँछन् । उनी भन्छन्–‘हामीले किसानको दुध महङ्गो ईन्धन प्रयोग गरेर भएपनि निरन्तररूपमा खरिद गरी विक्रि वितरण गर्दै आएका छौ,तर सरकारी निकायबाट यसको उचित सम्बोधन भएन ।’

केही समय पहिला नेपालमा गएको भुकम्पको कारण केही समस्या झेलेको र अहिले भएको नाकाबन्दीको कारण ईन्धन अभावको झनै समस्या झेल्नु परेको नेपाल डेरी एशोसियसनका पुर्व केन्द्रीय अध्यक्ष भेघराज भण्डारी बताउँछन् । उनी भन्छन्–‘हामी बिस्तारै दुग्धजन्य पदार्थमा आत्मनिर्भर बन्दै गएका छौं तर पनि नेपालमा यथेष्ट मात्रामा दुग्ध प्रसोधन केन्द्रको अभावको कारण अझै बार्षिक २८ हजार मेट्रिक टन धुलो दुध आयात गर्दै आएका छौ ।’
नेपालमा दुग्ध जन्य उत्पादनमा विस्तार आत्मनिर्भर बन्दै गएपनि देशमा प्रचुरमात्रामा दुग्ध प्रसोधन केन्द्रको स्थापना नहुँदा किसाने उत्पादन गरेको दुध समय समयमा प्रयोग हुन नसकेको किसान श्यामसुन्दर भट्टराईको भनाई रहेको छ । नवलपरासी जिल्लामा बरिष्ठ कृषि फर्म स्थापना गरेका उनले पछिल्लो समयमा दुध उत्पादनको लागि घाँस तथा दाना अभावको कारणले पनि किसानको लागत बढ्दै गएको बताए । उनले भने –‘ सरकारले नेपालमा उत्पादन भएको घाँसबाट गोटी दाना बनाउने उद्योग स्थापना गर्न पहल गर्नुपर्दछ, जसले दानामा मात्र आत्मनिर्भर हुने अवस्थाको अन्त्य हुनेछ । ’
देशमा नै घाँस तथा अन्य खेरा गएको भुस, पीनाबाट दाना उद्योग स्थापना गर्न सकियो भने किसानको लागत घटने पक्का छ । किसानले पछिल्लो समयमा ईन्धन अभावको कारण चरम संकट भोग्नु परेको भन्दै ईन्धनको विकल्पमा सोलारबाट चल्ने सवारी र विद्युतीय सवारी साधनबाट दुग्ध जन्य उत्पादन ढुवानीमा सरकाले प्रथमिकता निर्धारण गर्नु पर्ने नेपाल डेरी एशोसियसनका केन्द्रीय सदस्य रामकृष्ण पौडेल बताउँछन् । 

000
दुग्धजन्य उत्पादनमा लगानी गर्न माग
बुटवल, ११ पुस । 
देश मिल्क होलिडेको चपेटमा परेको भन्दै नेपाल डेरी एसोसियसनले दुग्धजन्य  पदार्थको उपभोग बढाउने खालको नयाँ निती  बनाउन सरकार संग माग गरेका छन् । शनिवार एसोसियसनको केन्द्रीय कमिटि बैठक तथा क्षेत्रीय भेला पश्चात आयोजना गरिएको पत्रकार सम्मेलनमा एशोसियसनका अध्यक्ष सुमित केडियाले किसानको उत्पादन लागत घटाउनको लागि सरकारले आवश्यक नयाँ नितीहरु तर्जुमा गर्ने पर्ने बताए ।  निर्वतमान उपाध्यक्ष नवराज भण्डारीले किसानको लागि शुन्य लागतमा दुग्धजन्य उत्पादन वृद्धिको लागि सरकारले आवश्यकक पहल गर्नुपर्ने धारणा राखे । कार्यक्रममा महासचिव प्रल्हाद दाहाल, केन्द्रीय सदस्य राम कृष्ण पौडेल, क्षेत्रीय संयोजक कृष्ण प्रसाद भट्राई लगायतले बालेका थिए । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै