मेलामा कृषकलाई दोहोरो फाईदा मनोरञ्जन संगै कृषि तालिमको व्यवस्था

कृष्ण खनाल 

बुटवल, १ पुस । 
तपाईं बेरोजगार हुनुहुन्छ ? कृषि क्षेत्रमा लागेर नाम र दाम कमाउने योजनामा हुनहुन्छ । तर कृषि क्षेत्रमा के कस्तो संभावना छ र कृषि सम्बन्धीत विभिन्न विधामा तालिम पो लिन मन लागेको छ की ? यदि यस्तो हो भने तपाईंको लागि यहि पुस ८ गतेबाट बुटवलमा लाग्ने  मेला एउटा सारथ बन्न सक्छ । 
मेलामा आएर मनोरञ्जन, व्यापारसंगै तपाईंले कृषि तालिमको समेत अवसर पाउनुहुनु पक्का पाएको छ । मुल आयोजक संस्था रुपन्देही व्यपार संघले यसको चाँजोपाँजो मिलाएको छ ।  लुम्बिनी एक्स्पो, अन्तर्राष्ट्रिय व्यापार मेलाको तयारीका सन्दर्भमा कृषि तथा प्रविधि व्यवस्थापन उप–समितिको बैठकले मेला अवधिमा विभिन्न प्रकारका कृषि तालिम आयोजना गर्ने निर्णय गरेको छ । संयोजक पर्शुराम पन्तलका अनुसार केरा, च्याउ, मह तथा माछाका विभिन्न परिकार बनाउने तालिम दिने कृषकलाई प्रदान गरिनेछ ।

उनी भन्छन्–‘यस्तै कौशी तरकारी खेती तालिम पनि सञ्चालन गर्ने निर्णय गरिएको छ ।’ मेला अवधिमा सात दिन विभिन्न किसिमका तालिम र तीन दिन गोष्ठी गरिने आयोजकले जनाएका छन् । ‘मेलामा तालिमको व्यवस्था मिलाएर बेरोजगार युवा शक्तिलाई स्वरोजगार तर्फ अभिप्रेरित गर्न खोजेका हौं ।’ संयोजक पन्तले भने । मेलामा राखिने कृषिका ८० भन्दा बढि स्टल रहने आयोजक जनाएका छन् ।   ‘स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउ“सम्म व्यापार बिस्तार’ भन्ने नाराका साथ आगामी पुस ८ देखि २१ गतेसम्म बुटवल मण्डपमा लुम्बिनी एक्स्पो २०७२, अन्तर्राष्ट्रिय व्यापार मेला हुन लागेको हो । मेलाको तयारी तीव्र अन्तिम चरणमा पुगेको छ । रुपन्देही व्यापार संघका अध्यक्ष श्रीकृष्ण पोखरेलका अनुसार बाल उद्यान,स्टल, गेट, मञ्च निर्माणको काम अन्तमीम चरणमा पुगेको छ ।  मेलामा ६ सय स्टल राख्ने लक्ष्य आयोजकहरुले लिएको छन् । स्टल सहभागितामा प्रगति भएपछि आयोजकहरु उत्साहित भएका छन् । कठिन परिस्थितिका बीच आयोजना हुन लागेको मेलामा स्टल दर्ताको संख्याले आयोजकलाई उत्साहित बनाएको छ । मेलामा कृषि, सूचना प्रविधि, फूटवेयर गार्मेन्ट, दैनिक उपभोग्य लगायतका छुट्टाछुट्टै पेभेलियन बनाइनेछ । स्टलहरुको प्रत्येक पेभेलियनमका गेट निर्माण गरी स्टल व्यवस्थापनलाई आकर्षक बनाइने आयोजकले जनाएका छन् । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै