प्राविधिक शिक्षालय बनाउन स्थानिय जुटे


महायज्ञ सुरु नहँुदै दानविर बढे
कृष्ण खनाल
बुटवल, २५ मंसिर । 

स्थानियहरु कुनै मण्डप बनाउन जुटीरहेका छन्, कुनै तुल व्यानर टास्न त कुनै सोभा कलस यात्राको लागि कल सजाउन । कुनै कुनै स्थानियहरु आफै सरसफाईमा जुटेका छन् त कुनै स्वागतद्वार बनाउन । झट्ट हेर्दा लाग्छ यहा कुनै  मेला महोत्व नै लाग्दै त छैन । केही महिना पहिला वेवारिसे विद्यालय, नगर भित्रको गरिव विद्यालयको उपमा पाएको बुटवल–१९ रानगञ्जमा रहेको ‘जनशक्ति नमुना प्राथमिक विद्यालय’मा शुक्रवार पुग्दा माहोल बेग्लै थियो । 
स्थानिय आफै यज्ञको मण्ड बनाउने, स्वागतद्वार बनाउने देखि लिएर स्टेज पनि आफै बनाउन कस्सीएका थिए । जसमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, प्रअ ग्यामलाल भुषाल सर्मा र शिक्षक शिक्षीकाहरु समेत सहभागी थिए । 

करिव ९ महिना पहिला विद्यालयमा विद्यार्थी बस्ने बेच्नको समेत अभाव भएको बेला बुटवल टुडे दैनिक लगायत अन्य केही सञ्चार माध्यममा आएको समाचारको कारण अहिले उक्त विद्यालयलाई प्राविधिक शिक्षालय बनाउनको लागि स्थानियहरु जुटेका छन् । जसको लागि उनीहरुले आज(शनिवार)बाट धन धान्यञ्चल महायज्ञ लगाउदै छन् । 
भोली आईतबार रुपन्देही क्षेत्र नम्बर ४ का संसाद तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेले यज्ञको विधिवत रुपमा समुद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । 
श्रीमद् भागवत धनधान्यान्चल महायज्ञ बाट आएको केही रकमबाट विद्यालयको स्तरउन्नती गरी पल्स टु सम्म अध्यापन गर्न सक्ने बनाउने र त्यस क्षेत्रको विकासको लागि  प्राविधिक शिक्षलय समेत बनाउने योजना रहेको महायज्ञ सम्पादन मूल समिति अध्यक्ष भीमप्रसाद न्यौपाने बताउछन् । 
केही महिना पहिला विद्यालयको बास्तविक चित्र समाजमा आएपछि सहयोग दाताहरु आफै उत्साहित हुदै विद्यालयमा विभिन्न सामाजिक संघ संस्थाहरुले डेक्स, बेच्न तथा ह्वाईट बोड समेत प्रदान गरेका थिए । कुनै कुनै ले त आर्थिक पनि सहयोग गरेका थिए । 
अहिले विद्यालयको केही भौतिक अवस्था सुधार गरिएको छ । विद्यालयको वरीपरी कम्पाउण्ड(पार्खाल)  लगाईएको छ भने विद्यालयको भवनमा रङ्गरोगन गरेर चिरिच्याट्ट पारिएको छ । जसको लागि स्थानिय दानविरहरुले सहयोग गरेका छन् । 
यहि मंसिर मंसिर २७ गते देखि पुस ४ गते सम्म श्रीमदभागवत धन्धान्यञ्चल महायज्ञ गर्ने र जसबाट करिव १ करोड रुपैया संंकलन  गर्ने लक्ष्य लिइएको  मुल आयोज समितिका संयोजक भीमप्रसाद न्यौपाने बताउछन् । वडा सचिव दामोदर अर्यालका अनुसार ग्रामिणरुपमा बुटवलउपमहानगर पालिका भएपनि पिछडीएको क्षेत्रमा एउटा प्राविधिक शिक्षालय बनाउने उदेश्यले आयोजना गरिएको महायज्ञ साच्चै फलदायी हुने बताउछन् । 
मुल आयोजक समिति महिला परिचाल उप समितिका संयोजक मायाँ भण्डारीले त्यस क्षेत्रमा विद्यालय निर्माण भएपछि साच्चै फाईदा पुग्ने बताउछिन् । उनी भन्छीन्–‘यस क्षेत्रमा अधिकांस स्थानियहरु दिनभर मजदुरी गरेर साझ विहान छाक टार्ने खालको हुनुहुन्छ, यहा प्राविधिक विद्यालय बनेमा, साच्चै यहाँका विपन्न विद्यार्थीले पढ्ने अवसर पाउछन् ।’ अहिले विद्यालयमा महायज्ञका लागि मन्दिर निर्माण, धान्यान्चल स्थल निर्माण, दानबीरहरु र संघसंस्थाहरुलाई पत्राचार, प्रचारप्रसार लगायतका कामहरु सम्पन्न भएका छन् । महायज्ञ सम्पन्न गर्न करिब २० लाख रुपैयां खर्च लाग्ने अनुमान गरिएको छ ।
 महायज्ञ शुरु नहुंदै दान गर्ने क्रम भने शुरु भएको छ । अहिले सम्म करिव ५ लाख रुपैया दान संकलन भएको छ । पवित्रा कार्यको रुपमा सुरु गर्न लागिएको महायज्ञ सुरु नहुदै दानविरहरुले दान गर्न सुरु गरेको बताईएको  छ । शुक्रवार सम्म सेवानन्द न्यौपानेले १ लाख ११ हजार,जनआत्मा निर्भरता विकास समूहले ५१ हजार ५ सय, मिना पंगेनीले २५ हजार ५५ रुपैया, अध्यक्ष भीमप्रसाद न्यौपानेले १० हजार, छिमेकी समूहले ५ हजार एकसय,जंगबहादुरले ५ हजार रुपैयां दान गरिसकेका महायञका सदस्य सचिव एवं विद्यालयका प्रधानाध्यापक ग्यामलाल भुसालले जानकारी दिए ।  
 महायज्ञमा आर्थिक र भूमि दान गर्ने दानवीरहरुलाई विभिन्न थरिका  सम्मानले सम्मान गर्ने कार्यक्रम रहेको आर्थिक समिति संयोजक कृष्ण खरेलले जानकारी दिए ।  सात दिन सम्म चल्ने महायत्रमा भागवत अंलकार पण्डित नेत्र प्रसाद पराजुलीले कथा बाचन गर्ने गरि कार्यक्रम तय गरिएको छ । 
एउटा शिक्षामा पुन्य कमाउने काम सुरुवात भएको भन्दै सहयोगको निम्ती आफुले कथा बाचन गर्न लागेको पण्डीत पराजुलीले  प्रतिक्रिया दिएका छन् । उनले भने–‘महायज्ञबाट उठ्ने पैसाले ज्ञानको ज्योती छर्ने विद्यालयको सुधार गर्ने भएकाले सहयोगका लागि कार्य गरिएको हो ।’ जुन कार्यमा सहयोग गर्नको लागि सबैलाई अपिल गरिएको पण्डीत पराजुलीको भनाई रहेको छ ।  हाल कक्षा ५ सम्म पढाई हुने विद्यालयमा १ सय ६५ जना विद्यार्थी रहेका छन् ।

ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्
तस्वीर छ ।  तस्वीर प्रयोग गरिदिनुहोला । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै