यस पटकको मेला ‘कृषिमा विशेष’ मेला हुनेछ ।

पर्शुराम पन्त 
संयोजक, कृषि पेभिलियन, लुम्बिनी एक्पो–२०१५
रुपन्देही व्यापार संघमा वि.स.२०५६ सालमा साधारण सदस्य बनेका फर्सराम पन्त वि.स.२०६९ साल देखि कार्यसमित पदमा रहेका छन् । रुपन्देही व्यापार संघले यस भन्दा पहिला २०६९ सालमा आयोजना गरेको मेलामा समेत कृषि संयोजकको रुपमा जिम्मेबारी पुरा गरेका थिए । रुपन्देही व्यापार संघको आयोजना यहि पुस ८ गते देखि बुटवलमा लुम्बिनी एक्सो–२०१५ अन्र्तराष्ट्रिय व्यापार मेला लाग्दैछ । यस सन्र्दभमा कृषि पेभिलियन र किसानले पाउने सुविधा लगायत विविध विषयमा केन्द्रीत रही बुटवल पत्रकार कृष्ण खनाल ले गरेको कुराकानीको सम्पादीत अंसः–स

यस पटकको मेलामा कती कृषि स्टल रहेनेछन ?
–यस पटक हामीले करिव ८० वटा स्टल कृषि संग सम्बन्धीत राखिने व्यवस्था गरेका छौ । हामीले आवश्यकता परेमा बढाउन पनि सक्छौ । 
पहिला भन्दा फरक के छ ? 
–विगतका बर्षहरुमा हामीले कृषि पेभिलियनलाई छुट्टै पेभिलियनको रुपमा विकास गरेका थियौं । यस बर्ष पनि सोही हुन्छ । तर सुरु देखि नै अन्तय सम्म देखिने गरी ठाडो लरहमा यस बर्ष कृषि जन्य उत्पादन प्रर्दशनको लागि राखिने  छ । रुपन्देही व्यापार संघको मुल नारा अनुसार नै ‘स्वरोजगार आत्मनिर्भर हाम्रो आधार गाउ देखि सरहसम्म व्यापार विस्तार’  अनुसार नै हामीले विगतका मेलाहरुमा भन्दा केही फरक गर्ने कोसिस गरेका छौ । 
यस पटकको मेलामा कृषकहरुले के सुविधा पाउछन् ? 
–यस भन्दा पहिलाको मेलामा हामीले बढ्दो बेरोजगारीको दरलाई केही हद सम्म पनि कमी ल्याउन सकिन्छ भनेर तालिम प्रदान गर्ने सोच बनाए पनि तालिम प्रदान गर्न सकेका थिएनौं । केही कुखुरा पालन सम्बन्धी ३ दिने तालिम दिएका थियौ । यस पटक हामीले किसानहरुलाई व्यवसायीक कसरी गर्न  सकिन्छ । कृषि जन्य उत्पादन के कसरी अगाडी बढाउन सकिन्छ भन्ने विषयमा कृषि तालिमको व्यवस्था समेत गर्ने लक्ष्य लिएका  छौं । 

अहिलेको कृषि पेभिलियन कस्तो प्रकारको हुन्छ ? 
–यस पटक हामीले सुरु गेट देखि नै कृषि जन्य उत्पादनहरुको प्रर्दशन गर्दै जान्छौ । त्यसपछि हामीले प्रत्येक कुनुमा कृषि विकास कार्यालय संग संमन्वय गरेर कृषि जन्य उत्पादनको को प्रतियोगितात्मक रुपमा प्रर्दशनमा राखिने छ । यसको साथै कृषकले उत्पादन गरेका कृषि जन्य उत्पादन तथा विभिन्न परिकारहरु स्वाद चखाउने  समेत योजना रहेको छ ।
उत्कृष्ठ किसानलाई पुरस्कार पनि छ की ?
–हो, यस भन्दा पहिला हामीले विभिन्न १७ वटा विधामा किसानहरुलाई पुरस्कार प्रदान गरेका थियौं । अहिले हामीले २६ बर्गिय उत्पादनलाई हामीले पर्दशन गर्ने योजना ल्याएका छौ । १७ वटा विधामा हामीले उत्कृष्ठ प्रथम, द्धितिय, तृतिय र सान्तवना रुपमा पुरस्कार प्रदान गर्ने योजनामा छौं । यस भन्दा पहिला हामीले १०००, ७००, ५०० रुपैया नगद र प्रमाणपत्रको व्यस्था गरेका थियौं । यस बर्ष हामीले यसको रकम बढाउने योजना रहेको छ । 
कृषि पेभिलियनलाई हेर्ने दृष्टिकोण फरक पाईन्छ नी किन होला ? 
–यस भन्दा पनि पहिला हामीले आयोजना गरेको कृषि पेभिलियन लाई पहिलो प्रथमिकतामा राखेका थियौं । त्यसमा हामै पेभियिन कृषि बाट नै किसानहरु उत्कृष्ठ हुनुभएको थियो । सोही पेभिलियनबाट नै मेलाभरमा उत्कृष्ठ स्टल पनि सोही भएको थियो । हामी आयोजको तर्फबाट मेलामा कृषि पेभिलियनलाई हेर्ने दृष्टिकोण पहिलो प्रथमिकतामा पर्दछ । अन्य आम दर्शको बुझाई आ आफ्नो रुचीमा भर पर्छ नी होईन र । 
तपाई एउटा कृषि पेभिलियनको संयोजक, पछिल्लो समयमा कृषि क्षेत्रमा भविश्य छैन, भनेर विदेसिने युवाहरुको लागि यहाँको सन्देश के छ ? 
–बास्तवमै पछिल्लो समयमा कृषि क्षेत्र छाडेर विदेशीने नेपालीहरुले यस क्षेत्रमा ध्यान दिनुपर्ने बेला आएको छ । नेपाल कृषि क्षेत्रको कुरा गर्दा तरकारीमा नेपाल आत्मनिर्भर भएको छ । अन्य कृषि क्षेत्रमा पनि भविश्य रहेको छ । कयौं किसानहरुले कृषि क्षेत्रमा राम्रो नाम र दाम कमाउनुभएको छ । हामीले केही योजना पनि अगाडी सारेका छौ । विदेशमा सिकेको सिपलाई यहा ल्याएर प्रयोग गर्न चाहानुहुन्छ भने हामी त्यसको पनि व्यस्था मिलाउने सोच बनाएका छौं । विदेशमा सिकेको सिप नेपाल ल्याएर अगाडी बढाउन चाहानुहुन्छ भने हामी जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशु सेवा कार्यालय लगागतका सरकारी निकाय संग संमन्वय गरेर कृषि क्षेत्रको विकासको लागि लागानी मैत्री वातावरण सृजना गर्ने योजनामा लागेका छौ । 
अन्यत्यमा,


–अन्त्यमा हामी युवाहरु  लाख ढेड लाख लगानी गरेर विदेशी भुमिमा गएर पसिना चुहाईरहेका छौं । नेपाली भुमिमा विदेशमा गरेको मिहिनेत गर्न सकिन्छ  । हामीलाई नेपालीमा यहाँ देशमा नेपालमा काम गर्न लाज लाग्ने परिपाटी छ । जुन परिपाटी हामीले त्याग्नु पर्दछ । किनभने  हामी स्वरोजगार यहि बन्नु पर्दछ, यहि नै आत्मनिर्भर बन्न सक्नु पर्दछ  । धन्यावाद । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै