दुर्घटनापश्चात हुने मृत्युबाट जोगाउन‘क्वीक रेस्क्यु युनिट’

कृष्ण खनाल
बुटवल, १६ पुस । 
रुपन्देहीको सबैभन्दा बढि दुर्घटना स्थल देवदहमॉ क्वीक ईमेरजन्सी रेक्यु युनिट’  स्थापना गर्न सबै यातायात व्यवसायीहरुले प्रतिवद्वता जनाएका छन्  । सुरक्षित यात्रा अभियान नेपालको  संमन्वयमा निकट भविश्यमा स्थापना हुने उक्त युनिटको लागि यस क्षेत्रका यातायात व्यवसायी तथा यातायात क्षेत्र संग सम्बन्धी व्याक्तिहरुले चसो देखाएका हुन । पश्चिम नेपाल बस व्यवसायी
संघका अध्यक्ष दधिराम खरेलले दुर्घटना भएर भन्दा पनि दुर्घटनापछि समयमा नै उपचार पाएर मानिसको मृत्यु हुने गरेको भन्दै यसको लागि तिब्र रुपमा उृद्धार गर्ने व्याक्ति साधान र संयन्त्रको आवश्यकता रहेको बताउछन् । नेपालमा  नै सबै भन्दा बढि  बस सञ्चालन गर्दे  आएको व्यवसायी संस्था पश्चिम नेपाल बस व्यवसायी संघमा करिव २२ सय बसहरु गुड्ने गर्दछन् भने सोही अनुपातमा व्यवसायीहरु आवद्व रहेका छन् ।  संघका अध्यक्ष खरेले भन्छन्–‘दुर्घटनापछि  व्याक्तिको उद्धार भन्दा पनि दुर्घटना नै हुन नदिनको लागि विभिन्न यातायता व्यवसायी र सम्बन्धीत निकाय लाग्नु पर्दछ ।’ उनले थपे –‘दुर्घटना  हुन नदिनको लागि नै पहिला सडक सुरक्षाको विषयमा चालक, मेकानिक तथा सडक प्रयोगकर्ताहरुलाई प्रशिक्षण गर्नु आवश्यक छ ।’
रुपन्देहीको भैरहवामा केन्द्रीय कार्यालय रहेको सिद्धार्थ यातायता व्यवसायी संघका अध्यक्ष सुर्यकुमार सारुमगरले  प्रत्येक  बर्ष दुर्घटनाबाट हुने क्षतीपुर्ती र उपचारको लागि समितिले करोडौ रुपैया विनियोजन गर्ने गरेको बताउदै दुर्घटनाबाट हुने क्षतीलाई न्युनिकरण गर्दै पहिला नै कसरी सुरक्षित हुन सकिन्छ भन्ने विषयमा कुराहरु अगाडी बढाउनु पर्ने बताउछन् । उनी भन्छन्–‘हामी दुर्घटनापछि हुने क्षती न्युनिकरण र क्षतीपुर्तीको लागि करोडौ रुपैयाँ  विनियोजन गर्ने गर्दछौ तर पहिला नै दुर्घटना न्युनिकरणको लागि सोच्ने बेला आएको छ ।’  पैदलयात्री, सरकारी निकाय, स्थानिय निकाय र अन्य व्यवसायीय संघ संस्थाले साझा अभियानको रुपमा सडक सुरक्षा अभियान सञ्चालन गर्नुपर्ने बेला आएको छ । 
यता, पश्चिमाञ्चल यातायता(ट्रक) व्यवसायी समितिका अध्यक्ष लोकराज पोखरेलले पनि दुर्घटनाबाट हुने क्षती भौतिक रुपमा जती हुने भएको भएपनि त्यसको मानसिक र संवेगात्मक क्षतको मुल्यांकन गर्न नसकिने बताउछन् । उनी भन्छन्–‘दुर्घटना भन्दा वित्तीकै नराम्रो सन्देश जान्छ, यसको लागि दुर्घटना न्युनिकरण गर्न सबैको साझा पहल आवश्यक छ ।’

 त्यस्नै नेपाल अटो मेकानिक्स ट्रेड युनियनका उपाध्यक्ष जीवन अधिकारीले दुर्घटना न्युनिकरणका लागि अटोमेकानिक्सहरुलाई तालिम प्रदान गर्दै आएको जानकारी दिदै यसको लागि आगामी दिनमा कसरी पार्टपुर्जा प्रयोग गरेमा दुर्घटनाका कम हुन्छ,? गाडीको अवस्था कस्तो छ भन्ने विषयमा प्रत्येक दिन नै कन्डीसन चेकअपको व्यवस्था हुनुहुपर्नेृ बताउछन् । उनी भन्छन्–‘केही दुर्घटना गाडीको अवस्थाको कारण पनि हुने गरेको छ, त्यसकारण निश्चित स्थानमा चेकचाँज सेन्टरको स्थापना गरी अनिवार्यरुपमा गाडी चेक गरेर मात्र चलाउनुपर्ने व्यवस्था गरेमा दुर्घटनाका केही हदसम्म  कमी आउनेछ ।’
यता, नेपाल अटोमोवाईल्स एशोसियसन नेपाल(नासाा)को केन्द्रीय महासचिव गोविनद्र भट्राईले पछिल्लो समयमा  गरिएको अध्यायनअनुसार दुर्घटनाबाट भन्दा पनि दुर्घटना पश्चात उचित समयमा उपचार नपाएर मानिसहरुको मृत्यु हुनेगरेको भन्दै तिब्र उद्धार टोलीको आवश्यकता रहेको बताउछन् । उनी भन्छन् –‘नजिकै आधुनिक अस्पताल नभएको समयमा जहिले पनि तयारी अवस्थामा रहने गरी उद्धार टोली र साधानको व्यवस्थापन हुन सकेमा दुर्घटनापश्चात हुने मानिसको मृत्यु दरमा कमी ल्याउन सकिन्छ ।’
 उनले एउटा मोटरसाईकल दुर्घटना हुँदा ७१ लाख रुपैयाँ सम्म खर्च भएको घटना नेपालमा ताजै भएको भन्दै सबैभन्दा उत्तम दुर्घटनाबाट कसरी बच्ने भन्न तर्फ लाग्नुपर्ने बताउछन् । उनी भन्छन्–‘सबैभन्दा पहिला सडक सुरक्षा अधिकतम कसरी अपनाउने भन्ने तर्फ लाग्नुपर्दछ  भने त्यसपछि दुर्घटना भईहाल्यो भने दुर्घटना पश्चात हुने मानिसको मृत्युदर घटाउन सबैको पहल आवश्यक छ ।’ नेपालमा प्रत्येक बर्ष २४ सय मानिसको मृत्यु सडक दुर्घटनाबाट हुने गरेको पाइएकोले अकालमानै मृत्युवरणहुनबाट जोगाउनको लागि सबैको साझा अभियान जरुरी रहेको उनको तर्क रहेको छ । यतायात मजदुर तथा व्यवसयायी भलाई कोषका अध्यक्ष नारायण प्रसाद भट्राईले दुर्घटनाबाट हुने क्षती    अमुल्य हुने भन्दै यसको न्युनिकरणको लागि सबैको पहलमा आफ्नो एैक्यवबद्धता जारी रहने बताउछन् । यता, सुरक्षित अभियान यात्रा नेपाल रुपन्देहीका सचिव तथा पत्रकार दिनेश पाण्डेले सबैको साझा प्रयास भएमा  दुर्घटनालाई शुन्य दरमा झर्न सकिने बताउछन् । 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै